syangyong
cg

​यौनका लागि महिलाहरु किन खोज्छन् भाडाका पुरुष ?


Friday, 10 Aug, 2018 12:54 PM
२५ साउन, काठमाडौं । महिला यौनकर्मीबारे त हामीले कतै न कतै सुन्दै आएका छौं । तर, अहिले संसारमा पुरुष यौनकर्मीहरु पनि बढेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । धनाढ्य परिवारका महिला सदस्यहरुले यौन प्यास मेटाउनका लागि पुरुष यौनकर्मीको सेवा लिने गरेको पाइन्छ । विशेषगरी विकसित मुलुकहरुमा पुरुष यौनकर्मी महिलालाई सेवा दिँदै आएका छन् । नेपालमा पनि केही संख्यामा पुरुष यौनकर्मी भएको बताइन्छ ।  

ब्रिटेनकी ४२ वर्षीया शरलोटले पुरुष यौनकर्मीको सेवा लिएकोमा भन्छिन्,  ‘केही वर्षअघि मैले पहिलोपटक पुरुष यौनकर्मीबाट यौन चाहना पुरा गरेकी थिएँ । म एउटी एकल महिला र आमा पनि भएकाले पुरुषसँग बाहिर गएर समय बिताउनु पहिले मलाई पनि ठीक लाग्दैनथ्यो ।’

उनले निशुल्क सेक्सको प्रस्ताव पाइरहँदा पनि किन त्यसलाई खरिद् गरेरै प्राप्त गर्ने विचार गरिन् भन्ने प्रश्नमा यस्तो जवाफ दिइन् , ‘आफूलाई कोही मानिस मन नपर्दानपर्दै पनि ऊसँग रात बिताउनाले केबल असमझदारी मात्र पैदा हुन्छ । मलाई त्यस्तो दबाब सहनु थिएन । त्यसैले मैले पुरुष यौनकर्मीलाई भाडामा लिने निर्णय गरेँ । यस्तो सेवा लिँदा हामी दुवैलाई एकअर्काको चाहनाबारे स्पष्ट थाहा हुन्छ । आजभोलि धेरै महिला आफ्ना पार्टनरले ओछ्यानमा भने बमोजिम क्रियाकलाप नगरेपछि घरबाहिर गएर यस्ता सेवाबाट सन्तुष्टि लिने गर्छन् ।’

उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘ऊ आफ्नो पेशामा धेरै राम्रो थियो । त्यो अनुभव मलाई अनैतिक लागेन । हामीबीच प्रेम थिएन तरपनि मलाई एक प्रकारको सुख र आनन्दको अनुभूति भयो । म आफूलाई सन्तुष्ट पार्नकै लागि त्यहाँ गएको मलाई आभास भयो ।’ दुई घन्टा हुनासाथै उनले १० हजारका दरले पैसा तिर्नु परेको बताइन् । विश्वमा यो चलन कत्तिको फस्टाइरहेको छ भन्नेमा अहिलेसम्म कुनै तथ्याङ्क नभएपनि यसबारे जानकारहरुले यस्तो चलन बढ्दै गइरहेको बताएका छन् । 

यौनविद् एड्रियन सैपेटीका अनुसार हामीले सोचेभन्दा यो व्यवसाय धेरै व्यापक भइसकेको छ । यसको वास्तविक सम्बन्ध महिलाहरुको हातमा आएको ताकतसँग रहेको उनले बताए । पहिले केबल पुरुषहरुले मात्र आफ्नो बल प्रयोग गर्थे तर अहिले महिलाका हातमा पनि उत्तिकै पैसाको ताकत भएका कारण उनीहरु आफूलाई सन्तुष्ट गराउन सक्षम भइसकेका छन् ।

यस्ता महिलाहरु कसरी सेक्सका सेवा लिन्छन् ? कस्ता किसिमको सेवा बढी रुचाउँछन् ? पुरुष यौनकर्मीबाट कस्तो अपेक्षा राख्छन् र शारीरिक र यौन सुरक्षाका लागि कस्तो उपाय अपनाउँछन् ? भन्ने प्रश्नहरुको जवाफ पाउन प्राध्यापक सारा किंगस्टनले ‘वुमन हु बाई’ भन्ने नयाँ प्रोजेक्ट सुरु गरेकी छन् । यस प्रोजेक्टलाई सफल पार्न ब्रिटेनमा त्यस्ता महिलाको खोजी गरियो जसले सेक्स खरिद गर्ने गर्छन् ।

लैंकस्टर विश्वविद्यालयमा अपराध विज्ञानकी प्रोफेसर किंगस्टन भन्छिन्,  ‘यस सम्बन्धी इन्टरनेट र पत्रिकामा राखिने त्यस्ता ६३ प्रतिशत विज्ञापनले महिला ग्राहकलाई मात्र केन्द्रीत गराएको हामीले पत्ता लगायौँ । यस्तै अध्ययनबाट हामीले सन् २०१२ मा पुरुष यौनकर्मीको सङ्ख्या ५,२४६ बाट अहिले योभन्दा तीन गुना बढी १५,७३२ भइसकेको जानकारी पनि हासिल गरेका छौं ।’ 

शोधकर्ताका अनुसार महिलाहरु इन्टरनेटमार्फत् विभिन्न एजेन्सीको सहयोगले त्यस्ता पुरुषको खोजी गर्ने गर्छन् । अझ लन्डनमा महिला ग्राहककै लागि मात्र खुलेको बेश्यालय समेत भेट्टाइएको थियो जुन अहिले बन्द भइसकेको छ ।

सारा किंगस्टन भन्छिन्,  ‘हाम्रो अध्ययनमा हामीले सबै उमेर समूहका महिलाहरु पायौँ । विशेषगरी त्यस्ता एकल महिलाहरु जो आफ्नो काममा सफल छन्, टन्नै पैसा कमाउने गर्छन् र जसका छोराछोरी पनि ठुल्ठुला भइसकेका हुन्छन् । यस्तो अवस्थामा महिलाका आवश्यकता भिन्नै हुन्छन् । आफ्नो जोडीसँग समयको कमी भएकाले उनीहरुको चाहना र सन्तुष्टी अपूरै रहेका हुन्छन् ।’ कुनै अन्जान व्यक्तिसँग एक रातका लागि मात्र सम्बन्ध बनाउन यसरी एजेन्सीमार्फत सेक्स खरिद गर्नु महिलाहरुका लागि सबैभन्दा सुरक्षित तरिका हो । यसमा पूर्वग्राहकले गर्ने टिप्पणी पनि धेरैका लागि सहयोग हुने गरेको छ । कतिपय एजेन्सीहरु त्यस्ता पुरुषलाई ग्राहक महिलासँग भेट समेत गराइदिन्छन् र कन्डमको प्रयोगमा बढी जोड दिने गर्छन् ।

बार्सिलोनामा महिलालाई सेक्स सेवा प्रदान गर्ने गरेका ३० वर्षीय क्रिस्टियन भन्छन् , ‘यो एउटा गोप्य र रहस्यमय संसार हो । यहाँ अधिकांश ग्राहकहरु आफ्नै मर्जीले विभिन्न एजेन्सीमार्फत आउने गर्छन् । महिला ग्राहकका फोन गोप्य नम्बरबाट आउने हुनाले उनीहरुका बारेमा पत्ता लगाउन धेरै कठिन हुन्छ । यो एउटा अत्यन्तै गोप्य प्रक्रिया हो ।’ क्रिस्टियन एकवर्षदेखि यो पेशामा लागेका हुन् । उनले आफ्ना सेवाका लागि प्रतिघन्टाको १८०० देखि ३७७० रुपैँयासम्म लिने गरेको बताए । उनका ग्राहकमा तीस वर्ष देखि ५५ वर्षका महिला हुने उनले बताए । कम उमेरका महिला उनीहरुलाई दबाब नहोस् भनेर आउने गर्छन् भने बढी उमेरका महिला आफ्ना जोडीबाट असन्तुष्ट भएकाले सेवा लिन आउने गरेको उनले बताएका हुन् । उनका अनुसार कुनै पनि महिला पुरुष यौनकर्मीकहाँ आउँदा साधारण सेक्स चाहदिँनन् । क्रिस्टियनले भने, ‘आफूले आफ्नो सीमा बताएपनि उनीहरुलाई सन्तुष्ट पार्नु नै हाम्रो पेशा हो । त्यसैले हामीले उनीहरुको आवश्यक्तालाई कुनै पनि हालतमा पूरा गर्नै पर्छ । यो एउटा हृदयहिन संसार हो जुन केबल पैसाले मात्र चलेको हुन्छ ।’

त्यस्तै, २४ वर्षीय इवान पनि मेक्सिकोमा यौनकर्मीका रुपमा काम गर्छन् । उनी भन्छन्, ‘यस्ता ग्राहकहरु एकदमै धनी हुन्छन् जसलाई हामी स्पा वा स्पोर्टस क्लबमा एकान्तमा भेट्न जाने गर्छौं । कतिपयले ३५ हजारदेखि ५० हजारसम्मको प्रस्ताव राख्ने गर्छन्,’ उनका अर्का साथी भन्छन्, ‘कतिपय महिलाका पति बूढा र कुरुप भइसकेका कारणले पनि हामीकहाँ आउने गर्छन् । आफ्नो पतिमा सबै आकर्षण समाप्त भइसकेपछि उनीहरु हामीबाट आवश्यक्ता पूरा गर्छन् र हामीसँग यसबारेमा कुरा गर्ने गर्छन् ।’

तर, यस्ता सबै क्रियाकलाप सेक्ससँग मात्र जोडिएको हुँदैन । कतिपय महिलाले आफ्ना ठूलाठूला पार्टीमा उनीहरुलाई प्रेमी बनाएर लग्ने गरेको समेत उनीहरुले बताए । त्यस्तै धेरै माहिलाहरु कामुक मालिशको मज्जा लिनमात्र पनि आउने गरेका छन् । ब्रिटेनमै यस्तो मसाजको सेवा प्रदान गर्ने ‘इन्टिमेसी म्याटरस’ नामक कम्पनी खोलिएको छ जसलाई कोलिन रिचर्डले चलाइरहेका छन् । उनका अनुसार यसरी सेवा प्रदान गर्नुअघि ग्राहकको आवश्यक्ताबारे बुझ्न २५ प्रश्न भएका प्रश्नपत्र दिइन्छ । यस्ता स्थानमा आउने अधिकांश ग्राहकहरुले शारीरिक सम्बन्ध नराखी यौन सन्तुष्टी पाउन चाहेको रिचर्डले बताए । उनका अनुसार यस प्रकारको मसाज लिन अर्जे्न्टिना, क्यानडा, अफ्रिका, साउदी अरब जस्ता देशका सेलिब्रेटी र राजकुमारी, पोल डान्सर र महिला यौनकर्मी समेत आउने गरेका छन् । मनलाई शान्त पार्न सेक्स सबैभन्दा उपयुक्त उपाय भएको उनको भनाइ रहेको छ । एजेन्सी

 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

​प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाउछौँ – मुख्यमन्त्री राई

२६ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च 

​हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा

२६ असोज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए। “हाम्रो कर्णाली हामी आफैँ 

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top