cg electronics
nlic

तिहारको टिका, माला र भाइमसला छिमेकीमा निर्भर

कृष्ण पोखरेल


Thursday, 19 Oct, 2017 1:04 PM
२ कार्तिक, पाल्पा ।  पाल्पा रिब्दिकोट गाउँपालिका वडा नंं ६ की शान्ता थापाले भाईटिकाको लागि टिका, माला, काजु किसमिस, बदाम, र झिनिया रोटी किनिन । थापाले तिहारका लागि किनेका सामानमध्ये झिनिया रोटी मात्र तानसेनमा बनेको हो बाँकी टिका, मालादेखि भाइमसाला भारतबाट ल्याईएका हुन् ।  

नेपालको दोस्रो ठुलो पर्वको रुपमा मनाउँदै आईएको तिहारका लागि चाहिने ९० प्रतिशत सरसमान भारत र चीनबाट आएको छ ।

तिहारमा दाजु भाइलाई दिदी बहिनीले सप्तरङगी टिका सहित खेतवारी तथा घरदैलो अगाडि उत्पादन भएको मखमली गुर्दाउली फूलको माला लगाई दिदी बहिनी दाजुभाई बीचको पे्रेम सम्वन्ध बलियो बनाउने मौलिकता हराउदै गएको छ ।

भाइ टिका तिहार नेपालीहरुले मान्ने तिहारको लागि आवश्यक सरसमानको व्यापार छिमेकी मुलकका व्यापारीले गर्दै आएका छन ।  

बजार पसलहरुमा सरसमान किनमेल गर्नेको भिडभाड बढ्दै गएको छ । बजारमा तिहार भाईटिकाको लागि विभिन्न थरीका सप्तरङ्गी टिका, सप्तरङ्गी रेडिमेट माला, विभिन्न किसिमका काजु किसमिस, बदाम, झिनिया रोटी लगायतका सरसमान किनेमेलको भिडभाड बढेको छ । तर, यी सबै आवश्यक सामानहरु छिमेकी देशबाट आयातित छन् ।

तानसेन बजारमा भारतीय झोले व्यापारीको विगविगनै बढेको छ । चोक चोकमा बसेर मस्त व्यापार गर्ने भारतीय व्यापारीको विगतका बर्षदेखि नै परम्परा जस्तै भएको छ ।  भाइ टिकाको दिन प्रकृतिले नै दिएका सुन्दर फूलका माला पहिराईदिनु पर्नेमा, फूलमालाको सट्टा रेडिमेट माला लगाईदिने प्रचलन बढ्दै गएको छ ।  

आफ्नै घर आँगन करेसा बारीमा फूलहरु रोपेर तिहारमा दाजु भाई राम्रो राम्रो माला उनेर पहिराईदिने चलन रहेपनी, आजकल परम्परा मौलिकतालाई भुल्दै  फूलमालाको सट्टा रेडिमेट झिलिमिली माला लगाईदिने प्रचलन शहर हुँदै गाउँ गाउँमा पुगेको छ  । तानसेनका माला व्यापारी रफि मिया भन्छन्, ‘दैनिक २० देखि २५ हजार रुपैयाँको रेडिमेट माला बिक्रि हुनेगर्छ ।’

‘दिनहुँ आधुनिकता र फेसनको नाममा हामी नेपाली परनिर्भरतर्फ लागिरहेका छौ ।  फूलको माला धेरै दिन टिकाउन सकिदैन, जनताको माग अनुसार व्यापार गर्ने हो, प्रत्येब बर्ष रेडिमेट मालाको विक्रिदर बढ्दै गएको छ ।’, अर्का माला व्यापारी मेहदी खान बताउँछन ।

तिहारमा लगाउने टिका र माला समेत हामी आफैले बनाउन नसक्ने भएका छौं । चाडवाड नेपालीले मनाउने माला र टिका अरुले बनाईदिने ? हामीले कस्तो चाडवाड मनाएका छौं, एकपटक गम्भीर भएर सोच्ने बिषय बनेको छ ।

टिका र माला जस्तो विषयमा पनि तिहारमा मात्र करोडौं रुपैयाँ विदेशिन पुगेको छ । चाडपर्व मनाउने र कमाएको रकम विदेशी समानमा खर्चिने बानी बसाल्दै आएका छौ । केहि वर्ष अघिसम्म शहर बजारका करेसाबारी, घरका छत छतमा र गाउँघरका खेतवारीमा प्रशस्त हुने विभिन्न किसिमका फूल आजकल बिरलैका घर घरमा  पाईन्छन । स्वदेशी खेतबारीमै जतिपनि उत्पादन हुनसक्ने यस्ता वस्तुमा पनि नेपाल आत्म निर्भर नहुने हो भने ठुला ठुला कुरामा हामी कसरी आत्म निर्भर बनौला ।


 


Ruslan

paicho

bussewa

राजनीति

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

१३ जेठ, काठमाडौ ।  राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५\७६को नीति तथा कार्यक्रम पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जीतेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प्रधानमन्त्रीले 

राष्ट्रियसभा बैठक शुरु

१३ जेठ, काठमाडौ । राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै छन् । प्रधानमन्त्री ओलीले यही जेठ १० गते राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए । छलफलका क्रममा तीन संशोधनसहित राष्ट्रियसभा सदस्यले आफ्ना धारणा राखेका

​ट्रेड युनियन काँग्रेस प्रदेश–३ मा कार्की

१२ जेठ काठमाडौँ  । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् । ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ को शुक्रबार राति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गरे । यस्तै उपाध्यक्ष (खुल्ला)मा गोविन्द डंगोल र घनश्याम चापागार्इं, उपाध्यक्ष )महिला)मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष )सेवा) मा लीलानाथ चौलागार्इं, उपाध्यक्ष (उत्पादन)मा वीरेन्द्रबहादुर लामा, 

अन्तर्राष्ट्रिय

ट्रम्प-किम बैठक रद्द हुनुमा को जिम्मेवार ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जोन उनलाई पत्र पठाउँदै सिंगापुरमा जुन १२ का लागि प्रस्तावित शिखर बैठक रद्द गरेको जानकारी गराए। शिखर बैठक रद्द गरिएको खबर त्यतिबेला आयो जतिबेला उत्तर कोरियाले पुङ्गेरीस्थित आफ्नो पारमाणविक परीक्षणस्थललाई नष्ट पारिसकेको थियो। उत्तर कोरियाको त्यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो र पछिल्ला हप्ताहरूमा त्यसप्रति प्रतिक्रियाहरू आउने क्रम जारी थियो।

उत्तर कोरियाले दक्षिण र अमेरिकासँग सम्बन्ध सुधार्न गर्यो यस्तो ‘ब्रेक थ्रु’

१० जेठ, काठमाडौं । उत्तर कोरियाले आफ्नो एकमात्र परमाणु परीक्षण स्थलमा रहेको सुरुङलाई ध्वस्त बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबरअनुसार उत्तर कोरियाले कोरियाई प्रायद्विपमा रहेको तनाव कम गर्न यो कदम उठाएको हो । परमाणु परीक्षण स्थलको नजिक उपस्थित कयौं विदेशी पत्रकारहरुले त्यसक्रममा एक ठूलो विस्फोट देखेको बताएका छन् । 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top