syangyong

के हो पञ्चबलि ? हिन्दूधर्मका ज्ञाता भन्छन्– जीवहत्या पञ्चबलि होइन

लीना खड्का


Monday, 25 Sep, 2017 2:18 PM
असुरमाथि दैवी शक्तिको जीतमा विजयोत्सव मनाइँदै आएको विजया दशमी हिन्दू प्राचीन र ठूलो चाड हो । विजया दशमीलाई बडा दशैँ तथा नवरात्रि पनि भनिन्छ । विजया दशमीमा भक्तहरुले दुर्गा भवानीको नौ रुपको पूरा आरधना गर्छन् । 
 
पौराणिक कथाअनुसार दुर्गा भवानीको जन्म असुर नाशका लागि भएको थियो । यही कारण बडा दशैँमा जगदम्बे दुर्गा भवानीको विशेष रुपले पूजा आरधना हुने गर्छ । दशैँको समय देवी स्थानहरुमा भक्तहरुको बाक्लै भिड लाग्छ । 

दशैँको पहिलो दिन माता दुर्गा भवानीको प्रथम स्वरुप शैलेपुत्रीको पूजा आरधना गरिन्छ । दोस्रो दिन ब्रम्ह्चारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुशमाण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यमयनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नौ दिन सिद्धिधात्रीको पूजा आरधाना गरिन्छ । नवरात्रिको नवौँ दिन माता दुर्गा भवानी आफ्ना भक्तहरुको माझमा रहनका लागि पृथ्वीमा आएर बस्ने जनआस्था पनि रहँदै आएको छ । यसै कारणले दशैँका नौ दिन भक्तहरु माता दुर्गालाई खुसी बनाएर आर्शीवाद ग्रहण गर्न अनेकौ विधी विधानमा माता जगदम्बाको स्तुती गर्छन् ।

बडा दशैको सुरुवात घटस्थापनाबाट हुन्छ । यो दन घडा स्थापना गरी नौ थरीका अन्नहरुबाट जमरा राखिन्छ । दोस्रो, तेस्रो, चौथो र पाँचौ दिन बिहान र बेलुका शुद्ध भएर जमरामा नित्य पूजा, आरधना र धुप बत्ती गर्ने गरिन्छ । छैठौं दिन बेलुका बेलको हाँगाको स्तुती गरिन्छ र सोही बेलको हाँगो, उखुको बोट, केराको पात लगायतका अन्य फूलहरु सहित दशैको सातौं दिन भित्राइन्छ र दुर्गा माताको प्रमुख तीन स्वरुप महागौरी, महालक्ष्मी र महा सरस्वतीको आव्हान गरिन्छ ।

बडादशैँको आठौँ दिनलाई महाअष्टमी र नवौं दिनलाई महानवमी भनिन्छ । त्यसै बडा दशैको १० दिनलाई असुरमाथि दैवी शक्तिको विजयदिवसको रुपमा शुभसाइत निकालेर माता दुर्गा भवानीको आर्शीवाद स्वरुप टिका र जमरा ठूला र मान्यजनको हातबाट ग्रहण गरिन्छ । दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमामा जमरालाई नदीमा लागेर विसर्जन गर्ने प्रचलन छ । 

बडा दशैँमा महाअष्टमी र महानवमीको छुट्टै महत्व छ । साँचै नै दशैँ आएको अनुभूति यी दिनहरुले गराउँछन् । तर, यी दिनहरुमा हजारौं वर्षदेखि  विद्यमान बली प्रथा छ । यसलाई धर्मको नाम दिइएको छ र निकै महत्वमा पनि राखिएको छ । घिरौंला र कुबिण्डोमात्रै होइन कुखुरा, बोका, राँगो, हाँसको बलि पनि दिइन्छ । पशुपंक्षि बलीलाई दशैँमा राज्यले नै मान्यता दिएको छ । राष्ट्रिय कोतघरहरुमा पनि वलि दिने गरिएको छ । वर्षौंदेखि काठमाडौंको बसन्तपुरमा रहेको दशैँ घरमा कालरात्रिको नाममा पञ्चबलि दिने प्रचलन पनि छ । त्यहाँ पञ्च बलिका रुपमा थुप्रै कुखुरा, बोका, राँगो, हाँस र कुबिन्डो बलि दिने गरिन्छ । 

के साँच्चै जगतजननी र जगदम्बा नामले पूजिने भगवती दुर्गाले रगतको बलि माग्लिन् त ? समस्त जगतकी आमा भनेर पूजित उनी आफ्नै सन्तानहरुको रगतको बलि पाउँदा खुसी होलिन् त ? बलि प्रथाले त हिन्दु धर्ममा नै प्रश्न चिन्ह खाडा गरिदिएको छ । 

हिन्दूधर्मका ज्ञाता प्राध्यापक भवानीप्रसाद खतिवडा हिन्दू धर्मशास्त्रमा कुनै पनि देवीदेवताले मलाई रगतको बलि देउ भनेको कुरा उल्लेख नगरिएको बताउँछन् । ‘वास्तवमा बलिको सन्देशमूलक भाव बेग्लै छ, जुन हामीले अझै पनि बुझ्न सकिरहेका छैनौं । बलि दिनु भनेको त्याग गर्नु हो । मानिसहरु भित्र रहेका काम, क्रोध, लोभ, मोह र घृणाजस्ता अमानवीय गुण तथा कुप्रवृत्तिहरु त्याग गरेर आफ्नो पुरै ध्यानचित्त मातालाई समर्पण गर्नु नै जगतजननि माता दुर्गाले चाहेको र खोजेको पञ्च बलि हो,’ खतिवडाले धर्मको ब्याख्या गरे ।

मानिसहरुको मासुप्रतिको बढ्दो मोहका कारणले गर्दा पनि दशँैमा बली दिने प्रचलन सुरु भएको हो । ‘बलि प्रथा मानिसको स्वार्थका लागि निर्मित एक कुप्रथा हो । माता दुर्गाको नाममा मानिसहरुले आफ्नो घृणितस्वार्थ पूर्तिका लागि यसको सरुवात गरेका हुन् । नत्र कुन आमाले आफ्नै सन्तानको रगतको बलि मागेर त्यसलाई प्रसाद स्वरुप खान भन्लिन् र ?’ खतिवडाको प्रश्न छ । 

 


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​सुरक्षित मातृत्वसम्बन्धी विधेयक प्रस्ताव स्वीकृत

३० साउन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सो प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमा आफ्ना अभिमत प्रस्तुत गर्दै सांसदले प्रजनन स्वास्थ्यका अधिकार कार्यान्वयन गर्ने संरचना तयार नभएकामा गुनासो गरे। उनप्हरुले एक हजार

​सांसदद्धारा सरकारको ध्यानाकर्षण

३० साउन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।नेपाली काँग्रेसका विमला नेपालीले देशभरका दलित दिनप्रतिदिन प्रताडित भएको गुनासो गर्दै त्यस्तो अमानवीय व्यवहार अविलम्ब अन्त्य हुने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छिन् । सोही पार्टीका भरतकुमार शाहले सप्ताह भन्ने पण्डितदेखि सर्वसाधारणसम्मलाई करको मारमा

कर्णालीको प्राथमिकतामा जोड दिन आग्रह

२९ साउन सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले गैरसरकारी संस्थालाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गरेका छन् । । आज सुर्खेतको वीरेन्द्रनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कर्णाली प्रदेशको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेशमा काम गर्ने गैससलाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गरेका हुन् । कार्यालय उद्घाटन कार्यक्रममा

अन्तर्राष्ट्रिय

‘बोल्ड डिसिजन’ गर्दै मलेसियाका प्रधानमन्त्री महाथिर : चीनको अर्बौँ डलर सहयोग नलिने !

२८ साउन, काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनियाँको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिए।अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर छन्।

​पूर्व मुख्यमन्त्री करुणानिधिको अन्त्येष्ठिका विषयमा विवाद

नयाँ दिल्ली । भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको अन्त्येष्ठिका विषयमा विवाद भएको छ । चेन्नइस्थित कावेरी अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा हिजो निधन भएको हो । 

​इरानमाथि नयाँ प्रतिवन्ध लगाउँदै अमेरिका, मनोवैनिक युद्ध भएको इरानको प्रतिक्रिया

२२ साउन, न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट हटेपछि नयाँ प्रतिबन्धको घोषणा गर्न लागेका छन् ।यो प्रतिबन्ध केही घण्टापछि लागु हुने जनाइएको छ । नयाँ प्रतिबन्ध अटोमोबाइल क्षेत्रसँगै इरानको सुन र बहुमुल्य धातुको व्यापारमा सम्बन्धित छ ।आर्थिक दबाबका कारण इरान नयाँ सम्झौताका लागि तयार हुने र आणविक गतिविधि रोक्ने ट्रम्पको विश्वास छ ।अमेरिकी राष्ट्रपतिले प्रतिबन्ध 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top