syangyong
cg

अब समुद्रमा चल्नेछ ठुलाठुला स्वचालित पानी जहाज, यस्तो छ तयारी


Tuesday, 10 Oct, 2017 9:53 AM
यो मेसिनको जमाना हो । हरेक काम मानिसको सट्टा मेसिनबाट गराउने प्रयासहरु भइरहेका छन् । संसारभर कयौ कमपनी चालकविहीन कार चलाउने प्रयोग गरिरहेका छन् । अमेरिकामा त स्वचालित बस र ट्रकको ट्रायल पनि भइरहेको छ ।

कुरा यहाँसम्म त ठिकै थियो, अब त कयौ कम्पनी यस्ता पनि छन् जो स्वचालित पानी जहाजको निर्माणमा समेत जुटेका छन् ।

त्यस्तै कम्पनीमध्येको एक हो, फिनल्याण्डको वार्टसिला । अगस्त महिनामा यो कम्पनीका एक इन्जिनियरले अमेरिकाको क्यालिफोर्नियामा बसेर, स्कटल्याण्ड नजिक एउटा जहाज चलाए । यी इन्जिनियरले जीपीएस र अन्य प्रविधिको सहयोगबाट जहाजलाई सबै खतराबाट बचाउँदै सुरक्षित गन्तव्यमा पुराए ।

चालकको आवश्यकता अन्त्य
वार्टसिलाका अनुसार विभष्यका लागि यस्ता स्मार्ट जहाज बनाउनुपर्नेछ । यसबाट जहाजका मालिकलाई थाहा हुनेछ कि उनको जहाज समुद्रमा कहाँ छ, कुन गतिमा अघि बढिरहेको छ, त्यो कतिबेलासम्म आफ्नो गतव्यमा पुग्नेछ ।

कुरा यतिमा मात्र सीमित छैन, वार्टर्सिलाको जहाजलाई त इन्जिनियर रिमोर्टबाट चलाइरहेका थिए । अब त यस्ता जहाज बनाउने कोशिस भइरहेको छ, जुन कम्प्युटरको माध्यमबाट चलाउन सकिनेछ । अर्थात जहाजमा चालकको आवश्यकता अन्त्य हुनेछ ।

यो कुरा यति महत्वपूर्ण छ, यसका लागि सबैभन्दा पहिला जहाजको महत्व बुझ्नुपर्नेछ । अहिले संसारभरको कारोबारको सबैभन्दा ठुलो हिस्सा पानीमा चल्ने ठुलाठुला जहाज जहाजको माध्यमबाट हुने गर्दछ । डिजलबाट चल्ने ठुलाठुला जहाज समुद्रको लहरसँगै सामानहरु संसारको एउटा कुनाबाट अर्को कुनासम्म पुराउने गर्दछन् ।

संसारभरको कार बराबर प्रदुषण
यसको माध्यमबाट प्रदुषण पनि धेरै फैलने गर्दछ । तपाई यो थाहा पाएर आश्चर्यमा पर्नुहुनेछ कि संसारका १५ सबैभन्दा ठुला पानी जहाजले त्यति प्रदुषण फैलाउँछन् जति कि संसारभरका भएका कारले फैलाउने गर्दछन् ।

पछिल्लो एक सताब्दीमा जहाज बनाउन धेरै नयाँ प्रविधि प्रयोग भएको छैन । त्यसैले यो क्षेत्रमा सुधारको आवश्यकताबोध धेरै गरिएको छ ।
 
सुधारको आवश्यकता पनि छ। यदि नयाँ प्रविधिबाट स्वचालित हल्का जहाज बनाएर सफलतापूर्वक चलाउन सक्यौ भने यो अर्थव्यवस्था र संसारको अवयवका लागि ठुलो कुरा हुनेछ ।

नर्वेको एउटा कम्पनी कान्ग्सबर्गले त पूर्ण रुपबाट अटोमेटिक जहाज निर्माण प्रक्रिया पनि सुरु गरेको छ । कान्गसबर्गले द ह्राँन र यारा बिर्कल्याण्ड नामको दुई वटा यस्ता जहाज बनाउन सुरु गरेको छ, जुन पूर्णरुपमा स्वचालित हुनेछ । बिर्कल्याण्ड ८० मिटर लामो मालबाहक जहाज हुनेछ, यो पूर्णरुपमा बिजुलीबाट चल्नेछ र २०१८ को अन्तिमसम्म यो समुद्रमा उत्रनेछ ।

कम्पनीका निर्देशक पिटर ड्युका अनुसार यो जहाजमा यति शानदार सेन्सर हुनेछ कि यदि यसका सामुद्रमा तैरिदै गरेको बिरको बोत्तल आए पनि त्यसबाट बचेर अघि बढ्ने  कोशिस गर्नेछ ।

यो जहाजमा यस्तो प्रविधि लगाइएको छ कि यसको सेन्सरले समुद्री जनावर र वियर वा चट्टानजस्ता वस्तुलाई छुट्याउन सक्नेछ । त्यसैले यो जहाजलाई समुद्रमा चालकबिनै चलाउन सजिलो हुनेछ । तर, यसका लागि सबैभन्दा ठुलो समस्या अहिलेसम्म संसारभर समुद्री नियमले स्वचालित जहाज चलाउने अनुमति दिएको छैन ।

ब्रिटेनको साउथैम्पटन युनिभर्सिटीले अनुमान लगाएको छ कि स्वचालित यस्ता जहाज चाँडै समुद्रमा उतार्न थालिनेछ । त्यसपछि नियम कानुन पनि परिवर्तन गर्नु आवश्यक हुनेछ ।

ग्लास फाइबरबाट बन्नेछ जहाज
पिटर ड्यु भन्छन्–कुनै एउटा देशको समुद्री सीमाभित्र त स्वचालित जहाज चलाउन सजिलै हुनेछ, किनभने त्यसका लागि एउटा देशले आफ्नो कानुन परिवर्तन गर्नुपर्नेछ । तर संसारभरका लागि एउटा कानुन बनाउन समय लाग्नेछ ।  

त्यतिबेलासम्म कम्पनीहरुले आफ्नो देशको समुद्री दायरामा यस्ता स्वचालित जहाजहरुलाई चलाएर नयाँ प्रविधिमा विशेषज्ञता हासिल गर्न सक्नेछन् ।

अर्कातिर नयाा कुरा जुन गर्ने प्रयास भइरहेको छ, त्यो हो हल्का जहाज बनाउने । अहिले जुन जहाज हजारौ टन तेल लिएर यात्रा गरिरहेका छन्, त्यसलाई हल्का बनाउन त कठिन छ । किनभने यसबाट खतरा बढ्नेछ । तर अन्य जहाजलाई ग्लास फाइबर प्रयोग गरेर हल्का बनाउने कोशिस सुरु गरिएको छ।

युरोपियन युनियनले हालै फाइबरशिप नामको एउटा परियोजना सुरु गरेको छ। यो परियोजनामा कार्गो अर्थात मालबाहक जहाजको अगाडि र तलको भागलाई फाइबरबाट बनाउने कोशिस गरिनेछ । साथै यो पनि ध्यानमा राखिनेछ कि यसको बलियोपनामा असर नपरोस् । यस्ता जहाज जुन ५० मिटरभन्दा लामो हुन्छन्, त्यसलाई फाइबरशिप परियोजनाअन्तर्गत बनाइनेछ । यद्यपि ठुला मालबाहक जहाजहरु अहिले पनि स्टीलबाटै बनाइनेछ ।

 यस्तै जापानको कम्पनी इको मरिन पावर पनि जहाजहरुमा पाता लगाइरहेको छ, जसमा सोलार प्यानल हुनेछ, यसबाट जहाजलाई गन्तव्यसम्म पुग्नका लागि स्वयम बिजुली उत्पादन गर्न सकिनेछ । कम्पनीका निर्देशक ग्रेग एट्किंसन भन्छन् कि प्रविधिमा सुधार आइरहेको छ । खर्च कम भइरहेको छ । यसरी सोलार  प्यानल लगाएर निकै रकम बचाउन सकिनेछ ।

थ्री–डी प्रिन्टिङ प्रविधि
एट्किंसनका अनुसार जहाजमा सोलार प्यानल जडान गरेर उसलाई आवश्यक पर्ने ८० प्रतिशत इन्धन आफै बनाउन सक्दछन् । बाँकी डिजलजस्ता इन्धन प्रयोग गर्नुपर्नेछ ।

इको मरिन कम्पनीले आफ्ना यस्ता मालबाहक जहाज चाँडै परीक्षणमा ल्याउने तयारी गरेको छ । यस्तै अरु पनि यस्ता जहाज बनाउने तयारी संसारका विभिन्न कम्पनीहरुले गरिरहेका छन् ।

तर, यसमा सबैभन्दा ठुलो समस्या नयाँ प्रविधिमै आइरहेको छ । यसका लागि ठुलो शक्ति आवश्यक छ । जोखिम पनि छ । किनभने समुद्रमा आँधीमा फसेको खण्डमा सोलार प्यानल जठित पातामा क्षति पनि पुग्न सक्दछ ।

त्यसैले जहाज निर्माणमा थ्री–डी प्रिन्टिङ प्रविधिबाट पनि सहयोग लिइँदैछ । हालै जहाजका केही पार्टपुर्जा बनाउनका लागि नेदरल्याण्डको एउटा कम्पनीले थ्री–८ प्रिन्टिङ प्रविधिको प्रयोग गरेको थियो ।

यसबाट समुद्रमा जहाजको कुनै पार्टपुर्जा टुटफुट भएको खण्डमा थ्री–डी प्रिन्टिङको सहयोगमा तत्काल बनाउन सकिनेछ । यसो गर्दा जहाज फस्ने छैन । यसमा मर्मत खर्च पनि कम हुनेछ ।

यदि यो प्रविधि सफल भएको खण्डमा संसारभर जहाजबाट हुने कारोबार पूर्ण रुपमा परिवर्तन हुनेछ । बीबीसी हिन्दीबाट


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

​प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाउछौँ – मुख्यमन्त्री राई

२६ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च 

​हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा

२६ असोज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए। “हाम्रो कर्णाली हामी आफैँ 

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top