म यो क्याबिनेटमा जान्नँ,प्रचण्डले अर्को गल्ती गरे : माओवादी नेता प्रभू साह


Monday, 15 Aug, 2016 8:03 AM


माओवादी केन्द्रको हेडक्वार्टरले तयार पारेको मन्त्री सूचीमा नेता प्रभू साहको नाम थियो । तर आइतबारको मन्त्रिपरिषद् विस्तारमा उनी परेनन्, किन  ? कान्तीपुर दैनिकका लागि बसन्त बस्नेतले गरेको संक्षिप्त वार्ता 

मन्त्री बन्ने प्रस्ताव किन अस्वीकार गर्नुभएको  ?
म मन्त्री बन्ने चर्चा पार्टीमा कसले सुरु गर्‍यो, थाहा भएन । मसँगै बरु सल्लाह गरेको भए हुन्थ्यो । अध्यक्षले भेटेर ‘तपाईंको अपेक्षा के छ ’ भनी सोध्दा पनि मैले अरू कुरा राखिनँ । ‘तपाईंले फेरि देशको नेतृत्व गर्ने मौका पाउनुभएको छ, यो अप्ठ्यारो समयमा जोखिम मोल्न लाग्नुभएकाले म निसर्त सहयोग गर्छु’ भनें । मनमा शंका भने थियो– अध्यक्ष प्रचण्डले देशको निकास र संविधानको कार्यान्वयनका लागि जोखिम मोल्नुभएको हो कि प्रधानमन्त्री बन्नका लागि चलाखीमात्रै । आजको मन्त्रिपरिषद् विस्तार हेरेपछि थाहा भयो, यो शुभ लक्षण होइन । त्यसैले म नगएको ।


किन, मन्त्रिपरिषद् कसरी विस्तार भयो र ?
यो देशको चिन्ताभन्दा पनि गुटवाद र झुन्डको व्यवस्थापन गर्ने किसिमबाट गयो । सबैलाई थाहा छ, म प्रचण्डसँग निरन्तर फरक मत अनि असहमति राख्दै भए पनि पार्टी पद्धतिमा विश्वास गर्दै आएको मानिस हुँ । तर यहाँ असहमति राख्नेलाई विश्वास गर्ने परिपाटी बनिसकेको रहेनछ ।

तपाईंले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अपेक्षा गर्नुभएको थियो ?
अनौपचारिक कुराकानीका क्रममा मेरो भूमिका के हुन सक्छ भन्ने बारेमा कुराकानी भएकै थियो । संविधान निर्माणदेखि नै संघीयताको माग सम्बोधन भएन भन्ने मधेसी समुदायको गुनासो छँदै छ । म मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने पार्टीको नेता भएका कारणले पनि मधेसलाई चित्त बुझाउने गरी प्रभावकारी संवाद गर्ने, स्थानीय चुनाव सफल पार्ने वातावरण बनाउने अवस्था बन्ने थियो । त्यो जिम्मेवारी नपाउने भएपछि अरू पदमा गएर केवल मन्त्रीका लागि मन्त्री बन्नुभन्दा बरु म समितिमै सभापति छँदै छु । यहींबाट पनि योगदान गर्न सक्छु भनेर गइनँ ।

कानुन मन्त्रालय अफर गरिएको थियो । किन नजानुभएको ?
कुन मन्त्रालयमा जानेभन्दा पनि देशको चिन्ता लिएर समस्यालाई कसरी सम्बोधन गर्ने कुरा मुख्य हो नि । सरकार त हिजो पनि थियो, तर मैले हिजोदेखि नै एउटा लाइन लिएको थिएँ । केपी ओली नेतृत्वको सरकारमा हाम्रो पार्टी हुँदा पनि राजनीतिक समस्या समाधान नहुने देखिएकै थियो । तर अहिले सम्भावना होला कि भनी उत्साहित भएको थिएँ । अब त्यो अवस्था बन्ने नदेखिएपछि किन मन्त्रीका लागि मन्त्री बन्ने भनेर नगएको हो । सार्थक र परिणाममुखी भूमिकाका लागि मेरो खोजी थियो ।

मन्त्रिपरिषद् त फेरि पनि विस्तार हुनेवाला छ । फेरि पनि अर्को सुविधाजनक भूमिका पाउने अवस्था भएमा मन्त्री बन्नुहोला नि ?
म यो क्याबिनेटमा जान्नँ । देशभन्दा गुट प्राथमिक बन्ने अवस्थामा मैले गम्भीरतापूर्वक समीक्षा गर्नैपर्छ ।



Nmc

jutta mela

bijuli

bussewa

राजनीति

​नेपाल र युएईका ऊर्जामन्त्रीबीच भेटवार्ता

३ माघ अबुधावी। ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ । अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको 

चैतमा चुनाव हुने सम्भावना टर्यो, सरकार भाग्न खोज्यो : नेताहरु

३ माघ, काठमाडौं । स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैतमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् । तर  दलहरुवीचको सहमतिमै चुनावको मिति घोषणा गर्ने सरकारको तयारी रहेको  भनेका छन् । 

​ तोकिएकै समयमा तिनै तहको निर्वाचनः सञ्चार मन्त्री

३ माघ, धरान । ​सुचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले तोकिएकै समयमा तिनै तहको निर्वाचन गर्ने वताए । धरानमा गरिएको पत्रकार सम्मेलनमा वोल्दै  उनले स्थानिय निकाय लामो समय देखि जनप्रतिनिधि विहिन भएको छ । यसले गर्दा पनि स्थानिय निर्वाचन तुरुन्त हुनुपर्नेमा 

प्रवास/अन्तर्राष्ट्रिय

​विश्वका शक्तिशाली १० खुफिया एजेन्सी ,जसको नाम सुनरै थररर हुन्छन्

विश्वका हरेक देशमा त्यस देशका नागरिक,दस्तावेज र बौद्धिक सुरक्षाको जिम्मेवारी एक एजेन्सीले निकै मौन र शालिन तरिकाले निभाइरहेका हुन्छन् । यस एजेन्सीमा काम गर्ने मानिसहरुका बारेमा प्रायलाई थाहा हुदैन् ।

​किर्गिस्तानमा विमान दुर्घटनाहुँदा ३२ जनाको मृत्यु, घरमा ठोकिएर दुर्घटना

३ माघ  । किर्गिस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ । हङकङबाट उडेको टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थल नजिक दुर्घटना भएको समाचार संस्था रोटर्सले जनाएको छ ।  विमान घरमा ठोक्किएर दुर्घटना भएको हो । 

​सपनामा बारम्बार किन आउँछन् बुद्ध र शिव भन्दै आत्तिए राहुल गान्धी

३ माघ । कांग्रेस आईका उपाध्यक्ष राहुल गान्धीले आफ्नो सपनामा बाराम्बार गौतम बुद्ध र शिव आउने गरेको उल्लेख गरेका छन् ।  उनले शिव र गौतम बुद्धको तस्बिरमा भारतीय कांग्रेस पार्टीको झन्डा देख्ने गरेको र सो कारण आफुलाई निकै डर लागेको भन्दै एक बाबालाई सुनाएका थिए । 

बिचार

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो।

ओली कमरेड!संघीयता र गणतन्त्र एमालकोे एजेण्डा होइन भने माओवादीसंग माफि माग्नुस्

एमाले त्यस्तो कुकुरको पुच्छर हो,जसको पुच्छर १२ वर्ष ढुङ्गा्रोमा राखेपनि कहिले पनि सिधा हुनसक्दैन् । उसले आफ्नो असली रुप देखायो । केपी ओलीले संघीयता मनै परेको छैन् भन्न थाले । बामदेव गौतम संघियता लागु हुदैन भन्न थाले । परिणाम संघियता नै धरापमा पर्ने खतरा छ ।  यतिबेला नेकपा एमाले संघीयताको विरुद्धमा उत्रिएको छ ।

Top