के प्रचण्ड ओलीका मुख्य ‘दुश्मन’ हुन् ? ओली –प्रचण्ड विवादको नालीबेली


Saturday, 10 Dec, 2016 9:47 AM


२५,मंसिर,काठमाण्डौं । राजनीतिमा स्थायी मित्र र सत्रु कोही पनि हुदैन् । यसैको उदहारण हो,काँग्रेसको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार । काँग्रेस सभापति देउवा तिनै व्याक्ति हुन्,जसले २०५८ सालमा संकटकाल लगाएर प्रचण्डको टाउँकोको मुल्य तोकेका थिए । र अहिले उनीहरु एउटै गठबन्धनमा सरकार चलाइरहेका छन् । माओवादी सुप्रिमो प्रचण्डले प्रधानमन्त्री हुने बेला भएका थिए–राजनीतिक अनेक सम्भावनाको खेल हो ।

सम्भावनाको खेलमा प्रचण्डले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर देउवाको साथमा दोस्रो पटक प्रधानमन्त्री बने । नेपाली इतिहासमा दोश्रोपटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता बने प्रचण्ड । सरकार ढाल्ने निर्णय गरेपछि प्रचण्ड र ओलीबीच राम्रोसँग बोलचाल नै हुन सकेको छैन् ।

यहाँसम्मकी ओलीले त प्रचण्डको मुखै हेर्न नचाहेको सम्म बोल्न भ्याए । तिनै ओलीले नेतृत्व गरेको एमाले प्रमुख प्रतिपक्ष दलको भूमिकामा छ । प्रचण्डलाई एमाले पनि साथ चाहिएको ,संविधान संशोधनदेखि कार्यान्वयनसम्म । तर दुरी रिनन्तर बढ्दो छ । नेपाली राजनीतिका लागि यो सुखद संकेत भने होइन ।

जनयुद्धदेखि नै प्रचण्ड–ओली ‘दुश्मन’जस्तै
त्यसो त जनयुद्धकै क्रमबाट ओली र माओवादीबीच निकै ठुलो द्धन्द्ध थियो । ओलीले निकै अपाच्य भाषामा माओवादीको विरोध गर्दै आएका थिए । बरु एमाले नेता बामदेब गौतमले माओवादी युद्धलाई सहानुभुतिको नजरले हेर्थे । १० वर्षे युद्धबाट माओवादी शान्ति प्रक्रियामा आएपछि केपीओली पार्टीको निर्णायक जिम्मेवारीमा थिएनन ।

त्यत्तीबेला एमाले महासचिवको जिम्मेवारीमा माधव नेपाल थिए । २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा ओलीलाई माओवादीले पराजित गरेको थियो । राष्ट्रिय राजनीतिको हरेक सबालमा ओलीले प्रचण्डको खुलेर विरोध गर्थे । ओलीले माओवादीलाई बादल,आतंककारी,गुरील्ला यस्तै–यस्तै गैरराजनीतिक शब्दले सम्बोधन गर्थे ।

जनताको मतबाट पहिलो पार्टी बन्दासमेत ओलीले माओवादीलाई नागरिकको पार्टी भनेर स्वीकार गरेनन् । नभन्दै पहिलो संविधानसभा निर्वाचनमा पहिलो पार्टी भएको माओवादी दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो पार्टीमा सीमित हुन पुग्यो । त्यसपछि त ओलीलाई ‘के खोज्छस,काना आखा’ भनेझै भयो । त्यसपछि ओलीले माओवादीको झन उछितो काटन थाले । १६ बुँदे सहमतिमा संविधान जारी गर्नको लागि ओलीले पनि हस्ताक्षर गरे ।

संविधान जारी भएपनि प्रधानमन्त्री ओली बन्ने दलहरुको बीचमा भद्र सहमति भएको थियो । तर कांग्रेसले भद्र सहमति पालना नगरेपछि प्रचण्डले ओलीलाई काँध हालेका थिए । प्रचण्डकै समर्थनमा ओली प्रधानमन्त्री भए । सरकार गठन भएको सात महिनापछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड र ओलीबीच नौ बुँदे सहमति भएको थियो । जसमा ओली सरकारले बजेट जारी गरेपनि प्रचण्डलाई सरकारको नेतृत्व दिने । तर ओलीले हुँदै होइन भनेपछि प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिए । 

सहमतीबाट पछि हटे ओली
आफैले गरेको सहमती पालना नगरेपछि प्रचण्डले ओलीलाई दिएको समर्थन फिर्ता लिए । सरकारबाट हटेपछि ओली प्रचण्डको नाम नै लिन चाहदैनन् । सरकार गठन हुनुपूर्व र नौ महिना सरकारको नेतृत्व गर्दा प्रचण्ड भनेर नाम उल्लेख गरेपनि अहिले नाम नै लिन पर्यो भने पुष्पकमल दाहाल मात्र भन्ने गरेका छन् । यो पनि अपवादमा मात्र ओलीले प्रयोग गर्ने गरेका छन् । ओलीले प्रचण्ड र पुष्पकमल दाहाल दुई नाम भएको रुपमा विश्लेषण गर्दै आएका छन् । प्रचण्ड नेतृत्वमा सरकार गठन भएको ३ महीनाभन्दा बढी भइसकेको छ । 

यसबीचमा प्रचण्डले बोलाएको तीन दलको बैठकमा एमालेका उपाध्यक्ष भीम रावल र उप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिबीच भनाभन भएपछि प्रचण्डले बैठक स्थगित गरेका थिए । त्यसपछि प्रचण्डले भारत जानु अघि तीन दलको छलफल गरेका थिए । वालुवाटारमा बसेको बैठकमा पनि ओलीलाई बोलाएदा पनि सहभागी भएनन । ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई पठाएका थिए । 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top