syangyong

प्रदेश राजधानी तोकिएकाे दुर्इ दिन भित्रै कर्मचारी खटाउने तयारी


Tuesday, 14 Nov, 2017 9:09 AM
कात्तिक २८,काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको ४८ घन्टाभित्र प्रदेश सभामा आवश्यक पर्ने कर्मचारी खटाइसक्ने गरी तयारी गरेको जनाएको छ ।
मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा गठित कार्यदलले त्यस्तो तयारी गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले बताए । प्रदेशमा कर्मचारी र अन्य आपत्कालीन व्यवस्थापन गर्न मुख्यसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सचिवहरू सदस्य रहेको उच्चस्तरीय कार्यदल गठन भएको छ ।

कार्यदलले प्रदेश सभा सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीको नामावली तयार गरी खटिने कर्मचारीका लागि निर्वाचन आयोगको सहमति लिने पत्रसमेत तयार गरिसकेको छ । प्रवक्ता पन्थीका अनुसार मन्त्रिपरिषद्को कार्यालयले आयोगसँग सहमति लिने फाइलको टिप्पणी उठाएर पत्र तयार पारेको छ ।

‘मन्त्रिपरिषद्ले प्रदेशको राजधानी तोकेर प्रदेशमा कर्मचारी खटाऊ भनेर आदेश दिएको ४८ घन्टाभित्र कर्मचारी पुगिसक्ने गरी हामीले पूर्वतयारी गरिसकेका छौँ । कर्मचारीको अभावमा प्रदेश सभा सञ्चालन हुने काममा अवरोध आउन दिँदैनौँ,’ उनले भने ।

प्रदेश राजधानी नतोकिँदा अप्ठेरो

प्रवक्ता पन्थीले प्रदेशको राजधानी नतोकिँदा प्रदेशको कार्यालय र कर्मचारी व्यवस्थापन गर्न नसकिएको बताए । उनले प्रदेश राजधानी तोक्नेबित्तिकै भाडामा लिएर भए पनि प्रदेश कार्यालय सञ्चालन गर्ने र आवश्यक संख्यामा कर्मचारी खटाउने बताए । ‘प्रदेश राजधानी तोकिएको भए भाडामा कार्यालय लिएर पनि कर्मचारी खटाइसक्थ्यौँ,’ प्रवक्ता पन्थीले भने, ‘तर, त्यसमा ढिलाइ हुँदा कर्मचारी खटाउन रोकिएको छ ।’

एउटा प्रदेश सभा सचिवालयमा कम्तीमा ५० कर्मचारी

कार्यदलले एउटा प्रदेशको प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय सञ्चालन गर्न कम्तीमा पनि ७४ जना कर्मचारी खटाउनुपर्ने आँकडा निकालेको छ । तयारीअनुसार संघको वरिष्ठ सचिवलाई प्रदेशमा मुख्यसचिव बनाएर खटाइनेछ । यस्तै मुख्यमन्त्रीको कार्यालयसहित प्रदेशमा गठन हुने मन्त्रालयको सचिवका रूपमा संघका सहसचिवहरूलाई खटाउने गरी गृहकार्य भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सभामा कर्मचारी व्यवस्थापनबारे सामान्य प्रशासन मन्त्रालयले छुट्टै कार्यदल बनाएर काम गरिरहेको छ । मन्त्रालयको तयारी प्रारम्भिक चरणमा रहेकाले यसबारे टिप्पणी गर्ने वेला नभएको सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाले बताए । स्रोतका अनुसार आवश्यक पर्दा प्रधानमन्त्री कार्यालयकै कर्मचारी प्रदेशमा खटाउने सरकारको तयारी छ ।

राजधानी तोक्नेबारे सरकार अलमलमा
प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सरकार अझै अन्योलमा छ । मन्त्रिपरिषद् बैठकमा धेरैपटक प्रदेशको अस्थायी राजधानी तोक्ने विषयले प्रवेश पाए पनि प्रधानमन्त्रीले राजनीतिक सहमतिका आधारमा निर्णय लिने बताउँदै आएका छन् । निर्वाचन प्रचारप्रसारमा व्यस्त भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा माओवादी केन्द्र र एमालेसँग अझै औपचारिक छलफल गरिसकेका छैनन् । दुई साताअघि सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा रहने अधिकार सम्पन्न पुनर्संरचना समितिले सातवटै प्रदेशको अस्थायी राजधानी प्रस्ताव गरेको थियो । -नयाँ पत्रिकाबाट


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​चिकित्सा शिक्षा विधेयकमा राय लिइँदै

३ भदौ, काठमाडौँ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा गोविन्द केसीसँग छलफल गर्ने भएको छ । समितिको आजको बैठकले उक्त विधेयकका सम्बन्धमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारभएकाहरूसँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिएका

​अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

१ भदौ, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उनले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गरे। उनले भने, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

१ भदौ, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन्। दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताएका हुन् । महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top