पर्यटनमन्त्री भट्टराईको आग्रह : अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउनुस्


Thursday, 9 Jan, 2020 5:52 PM
२४ पुस, अस्ट्रेलिया । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध  गरेका छन् । 

गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधबार राति यहाँ आयोजित ‘भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे। 

मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बीचमा सिधा हवाई उडानका लागि सरकारले काम अघि बढाएको उल्लेख गर्दै यसो हुनसकेमा पर्यटकको सङ्ख्या बढाउन र यहाँ भएका नेपालीलाई पनि सहज हुने बताए। अष्ट्रेलियामा भएको आगलागीबाट नेपाल सरकार मर्माहत भएको बताउँदै उनले यस दुःखको घडीमा सहयोगमा जुट्न नेपाली समुदायसँग आग्रह गरे। 

कार्यक्रममा अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्ष सफल बनाउन यहाँ रहेका नेपालीको उत्साह सराहनीय रहेको भन्दै सबैको साथ र सहयोग रहेमा लक्ष्यअनुसार पर्यटक नेपाल भित्र्याउन सकिने बताए । उनले आफू अष्ट्रेलिया आए देखिनै यहाँका नेपालीको साथबाट उत्साहित भएको पनि बताए । 

गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले आफ्ना परिवार र साथीभाइ भेट्न नेपाल जान सबैलाई आग्रह गरे। उनले नेपालीलाई आफू स्वदेश जान र आफूले चिनेका साथीभाइलाई लैजान पनि अनुरोध गरे। अष्ट्रेलियाका सङ्घीय सांसद ग्रलाडीस ल्यूले यहाँको अर्थतन्त्रमा आप्रवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै यस वर्ष आफू पनि नेपाल जान इच्छुक रहेको बताए । 

गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियका अध्यक्ष केशव कँडेलले सरकारको लक्ष्यअनुसार पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताए । यहाँको आगलागी पीडितका लागि सङ्घले ५० हजार डलर सहयोग गर्न लागेको पनि जानकारी दिए। सङ्घकै पहलमा मेलवन र सिड्नीमा एउटा एउटा बसमा भ्रमण वर्ष अङ्कित स्टिकर पनि टाँस्ने कार्यक्रम रहेको उनको भनाइ थियो । 

सो अवसरमा महावाणिज्यदूत चन्द्र योन्जन, भिक्टोरिया प्रदेशका सांसद नेटाली हुट्चिङ्, अष्ट्रेलियाको रेस कमिस्नार चिन्टाङलगायतले भ्रमण वर्ष सफलताको शुभकामना दिए । 

कार्यक्रममा नेपाल भ्रमण गरेका ट्रेभोर मोयलरी, स्टेफोनिक मे, लुइसिन्डा पेर्टसन, लुई गिलगायतले नेपालको पर्यटकीय महत्वका बारेमा वर्णन गरेका थिए । 

गत वर्ष यहाँबाट ३३ हजार पर्यटक नेपाल आएको तथ्याङ्क छ । अष्ट्रेलियामा एक लाख ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान रहेको छ । 


global ime

runner bike

राजनीति

वाग्मती प्रदेशको भौतिक योजना मन्त्री बन्दै रामेश्वर फुयाँल

९ माघ, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता रामेश्वर फुयाँल वाग्मती प्रदेशको भौतिक योजना तथा विकासमन्त्री बन्ने भएका छन् ।  गत कात्तिक १६ गते मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई बर्खास्त गरेपछि प्रदेशको भौतिक योजना तथा विकास मन्त्रालय मन्त्रीविहीन थियो । १५ महिनादेखि रिक्त मन्त्रालयमा प्रदेशका मुख्य सचेतक रहेका फुयाँललाई प्रस्ताव गरिएको नेकपा स्रोतले जानकारी दियो । यद्यपि फुयाँलले यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘पार्टीमा कुराकानी चलेको होला । तर मलाई कसैले केही भनेको छैन,’ उनले भने ।

​राष्ट्रियसभा निर्वाचन : १८ सदस्यका लागि मतदान हुँदै

९ माघ काठमाडौ । राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा बिहीबार बिहानदेखि हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।निर्वाचन आयोगका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा

गोकर्ण रिसोर्ट अगाडि नेविसंघको विरोध प्रदर्शन

८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको एउटा समूहले काठमाडौंको गोकर्ण रिसोर्ट अगाडि बुधबार प्रदर्शन गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीनिकट यति होल्डिङ्सलाई गोकर्ण रिसोर्ट कौडीको मूल्यमा दिएको भन्दै नेविसंघले प्रदर्शन गरेको छ ।  नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा सम्झौता अवधि सकिन ६ वर्ष बाँकी रहँदै यती होल्डिङ्सलाई थप २५ वर्षका लागि दिइएको भन्दै चर्को आलोचना भइरहेको छ ।  यस्तोमा नेविसंघका विद्यार्थीहरु प्रदर्शनका लागि गोकर्ण रिसोर्ट अगाडि पुगेका नेता नवराज त्रिपाठीले जानकारी दिए । 

अन्तर्राष्ट्रिय

अमेरिकाको सियाटलमा अन्धाधुन्ध गोली प्रहार गरी आक्रमणकारी फरार

९ माघ, काठमाडौं । अमेरिकाको सियाटलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एकजनाको ज्यान गएको छ । सियातलको व्यस्त क्षेत्रमा स्थानीय समय अनुसार बुधबार बेलुका बन्दुकधारीले गोली चलाएका हुन् । गोली लगाएर सातजना गम्भीर घाइते भएका छन् । घाइते मध्ये एकजना बालक रहेको स्थानीय अधिकारीले बताएका छन् । आक्रमणकारी घटनास्थलबाट भागेको प्रहरीले बताएको छ । आक्रमणको कारण अहिलेसम्म खुलेको छैन । एक महिलाको घटनास्थलमै मृत्यु भएको र घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

कोरोनाभाइरस : चीनको वुहान नगरमा सार्वजनिक यातायात सेवा बन्द

९ माघ, काठमाडौं । श्वाप्रश्वास सम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेको छन्। कोरोनाभाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ । पाँच सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने कैयौँको ज्यान गइसकेको छ । कोरोनाभाइरसको पछिल्लो संक्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको अधिकारीहरूको भनाइ छ । अहिले चिनियाँ अधिकारीहरूले वुहान सहरका दशौँ लाख बासिन्दालाई जरुरी काम नभई शहर नछोड्न निर्देशन दिएका छन् ।

आगो निभाउने क्रममा अस्ट्रेलियामा अमेरिकी एयरक्राफ्ट दुर्घटना

९ माघ, काठमाडौं । अस्ट्रेलियामा आगो निभाउने क्रममा अमेरिकी विमान दुर्घटनामा पर्दा केही अमेरिकी नागरिकको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।  ठूलो एयर ट्यांकर र क्रुहरू दक्षिणी न्यु साउथ वेल्समा बिहीबार स्थानीय समयअनुसार १ बजेर ३० मिनेटमा हराएको जनाइएको थियो । दुर्घटनाको कारण खुलेको छैन । न्यु साउथ वेल्सका प्रधानमन्त्री ग्याडिज बेरेजिक्लियनले सो विमान हिउँ परेको पर्वत क्षेत्रमा क्यानबेराबाट दुई घण्टाको दूरीमा दुर्घटनामा परेको जनाएका छन् । तीन क्रु मेम्बरको पहिचान नखुलेको र तर उनीहरू अमेरिकी नागरिक भएको जनाइएको छ । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top