​पशुपति शमशेरले भने, ‘सुशील ज्ञवालीलाई हटाएर भए पनि पीडितलाई राहत दिनुपर्छ’


Tuesday, 10 Jan, 2017 4:26 PM


२६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले भूकम्पपीडित जनताको विषयमा काम नगर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले भने, ‘भूकम्पपीडित जनताको विषयमा काम गर्न सरकार पूर्णरूपमा असफल भएको हो,’ उनले भने,‘ प्रचण्डजीको सरकार पनि भूकम्पपीडितको पक्षमा काम गर्न नसकेर असफल भएको छ । दुई दुई वटा जाडोमा पनि भूकम्पपीडित कठ्याङिग्रएका छन्  यो सबैभन्दा ठूलो पाप हो । यसमा सरकार र प्राधिकरण दुबै दोषी छन् । त्यसैले ज्ञवालीलाई हटाएर भए पनि पीडित जनतालाई केही दिनुपर्यो ।’

काम गर्न नसक्ने प्राधिकरणको सीइओलाई पदमा राखिराख्नुको कुनै औचित्य नभएको राणाको भनाइ थियो । सरकारले हालै संसदमा टेबुल गरेको संविधान संशोधन विधेयकका विषयमा राप्रपाले कुनै आधिकारिक धारणा नबनाएको उनले बताए । ‘यो विधेयकको विषयमा हामीले कुनै आधिकारिक धारणा बनाएका छैनौं, मधेसको समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा हामी छौं,’ राणाले भने, ‘संशोधन विधेयकमा उल्लेख भएको अंगीकृत नागरिकताबाहेक अरू विषयमा हाम्रो समर्थन हुनसक्छ । सीमांकनमा हाम्रो आपत्ति छैन’



Nmc

bijuli

paicho

bussewa

राजनीति

प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री तथा विज्ञसँग भेट, चिन भ्रमणको बारेमा छलफल

१० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण थाल्नुअघि पूर्व प्रधानमन्त्री तथा विज्ञसँग छलफल गरेका छन । प्रधानमन्त्री दाहालले सरकारी

चुनावबारे निर्णय लिन वैद्य माओवादीद्धारा केन्द्रीय समितिको बैठक आव्हान

१०,चैत,काठमाडौं ।  मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय निकायको चुनावसम्बन्धी निर्णय लिनका लागि केन्द्रीय समितिको विस्तारित बैठक आव्हान गरेको छ । बुधबार पार्टी कार्यालय बुद्धनगरमा बसेको

​डडेल्धुुराको निर्वाचन कार्यालयमा चुनावको तिव्र तयारी

१० चैत, डडेल्धुरा । वैशाख ३१ गते हुन गइरहेकोे स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सबै किसिमका तयारी तीव्र पारेको छ । डडेल्धुरा निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने, दल दर्तासहित मतदानस्थल निर्धारण कार्य 

प्रवास/अन्तर्राष्ट्रिय

​लण्डन हमलामा संलग्न रहेको आशंकामा ८ जना पक्राउ

१० चैत । लण्डन हमलाको अनुसन्धानका क्रममा वरिष्ठ प्रतिआतंकवादी अधिकारीहरुले ६ घरमा छापा मारी आठ जनालाई पक्रन सफल भएको छन् । पक्राउ पर्नेहरू लण्डनमा गरिएको आतंकवादी हमलामा संलग्न भएको अनुमान गरी अनुसन्धान भइरहेको छ ।

बेलायती प्रधानमन्त्री टेरेसा मेद्वारा लन्डन आक्रमणको कडा शव्दमा निन्दा

१० चैत्र, लन्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले गतः बुधबार राति राजधानी लन्डनको संसद् भवनबाहिर एक जना आतङ्ककारीले सर्वसाधारण उपर जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणको घोर निन्दा गरेका छन । उक्त आक्रमण, लन्डनको इतिहासमा सन् २००५ 

सात वर्षीय ‘आत्मघाती’ लडाकु ! चेल्सी फुटबल क्लवको जर्सीभित्र आत्मघाती बम

१०,चैत,बग्दाद । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट आइएस विरुद्ध इराकमा सुरक्षा फौजले निर्णायक कारवाही गरिरहेकै समयमा बालबालिकालाई समेत आइएसले आत्मघाती बनाउन थालेको रहस्य सार्वजनिक भएको छ । हालै इराकी सेनाले एक सात वर्षीय बालकलाई 

बिचार

ओली र नेपालले यसरी गराएका थिए राष्ट्रघाती महाकाली सन्धि : एमालेकै नेताको बयान

केपीले असहमति जनाएका हुन्थे भने माधवले मात्र राष्ट्रघाती कदम अनुमोदनको हिम्मत गर्ने थिएनन् । पछि झलनाथ खनाललगायत अन्य नेताहरुलाई पनि माधव–केपीहरुले मनाए । मनमोहन अधिकारी अन्तिम समयसम्मै सम्झौताको विरोधमा थिए । पार्टीभित्र विवाद चुलिएपछि एमाले केन्द्रीय कमिटी बैठकमा पक्षरविपक्षमा भोटिङ गर्नुपर्ने अवस्था आयो । २०५२ साल माघ पहिलो हप्ता महाकाली सन्धिबारे एमालेमा अग्निपरीक्षा भयो । 

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

Top