esewa

पेन्टागनका कार्यबाहक प्रमुख काबुलमा


Monday, 11 Feb, 2019 1:31 PM
२८ माघ, काबुल । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहान अचानक अफगानिस्तान पुगेका छन् । 

संयुक्तराज्य अमेरिकाले अफगान सरकार र युद्धरत तालिबान लडाकूसँग शान्ति वार्ताको प्रयास जारी राखेको अवस्थामा शनाहानको यो आकस्मिक भ्रमण भएको हो । 

शनाहानले आफगानिस्तानका राष्ट्रपति अस्रफ घानीसँग भेटवार्ता गर्नेछन् । त्यस वार्ताको मुख्य एजेन्डा गत महिना अमेरिका र तालिबान लडाकूबीच भएको वार्ता हुने बताइएको छ । 

अफगानिस्तानमा १७ वर्षयता अफगान सरकार र तालिबान लडाकूबीच जारी द्वन्द्व समाधानको लागि अमेरिकाले मध्यस्थताको कार्य गर्दै आएको छ । 

तालिबान लडाकू समूहले काबुल प्रशासनलाई अमेरिकी ‘कठ्पुतली’ भनी आरोप लगाउने गरेको छ । तर पनि अफगान राष्ट्रपति घानीका समर्थकहरु तथा मित्रराष्ट्रहरुले तालिबानसँगको शान्ति प्रक्रियामा अफगानीहरुको मुख्य भूमिका हुनुपर्ने बताएका छन् । 

तालिबान लडाकू समूहले अफगान राजनीतिज्ञको उच्चस्तरीय प्रतिनिधिमण्डललाई गत हप्ता मस्कोमा भेटवार्ता गरेको थियो । सो भेटवार्तामा देशको भविष्य र शान्तिको लागि सम्भावित मार्गको विषयमा छलफल भएको थियो । 

केही समय अघिदेखि नै अफगानिस्तानमा शान्ति वार्ताका लागि प्रयासहरु भएका छन् । ती प्रयासहरु आजसम्म साकार हुन नसकिरहेको भए पनि अमेरिकाले भने अफगान राष्ट्रपति घानीले नै शान्ति प्रक्रियाको नेतृत्व गर्नुपर्ने बताउँदै आएको छ । 

यस पटकको पेन्टागनका कार्यबाहकको काबुल यात्राका क्रममा पनि यस विषयले चर्चा पाउने अनुमान गरिएको छ । 


Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रधानमन्त्री सिङ्गापुर गएपछि नेकपाको बाँकी काम प्रचण्डको अध्यक्षतामा गरिने

५ भदौ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुर गएपछि नेकपाको बाँकी काम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गरिने भएको छ ।पार्टीका प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सिङ्गापुर गएपछि ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले

लोकतन्त्रमा संकट आए सरकार जिम्मेवार : डा. कोइराला

४ भदौ, विराटनगर । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले सरकारकै कारण लोकतन्त्र संकटमा पर्ने खतरा बढेको बताएका छन् । दुई तिहाईको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा राजसंस्था र विप्लव समूहले चलखेललाई बढाएको उनको दाबी छ । आज विराटनगरमा रमा–मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण समारोहमा नेता डा. कोइरालाले भने, ‘सरकारको असफलतासँगै विरोधी तत्वहरुको चलखेल बढेको छ ।
 

नेकपा सचिवालय बैठक बस्दै

४  भदौ काठमाडौ । गृहकार्य नपुगेको भन्दै मंगलबार स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाले मंगलबार दिउँसो ३ बजेका लागि बोलाएको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरेको थियो ।बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटि, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटि लगायतका साङ्गठनिक जिम्मेवारुी

अन्तर्राष्ट्रिय

काश्मीर मामिलामा भारतलाई बंगलादेशको समर्थन

४ भदौ, काठमाडौं । दक्षिण एशियाली मुलुक बंगलादेशले काश्मीर मामिलालाई लिएर भारतको समर्थन गरेको छ । भारतका विदेशमन्त्री एस जयशंकर बंगलादेशबाट नेपाल आइनपुग्दै बंगलादेशको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी भारतको समर्थन गरेको हो । संविधानको धारा ३७० लाई निस्तेज गर्ने कार्य भारतको आन्तरिक मामिला भएको समेत वक्तव्यमा जनाइएको छ । उसले वक्तव्यमा क्षेत्रीय शान्ति र स्थिरताका लागि त्यसले मद्दत गर्ने समेत बताएको छ । 
 

इरानी पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रह जिब्राल्टरद्धारा अस्वीकार

२ भदौ, काठमाडौं । गत जुलाइमा पक्राउ परेको पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको छ । अमेरिकाले उक्त जहाजलाई सिरियाका लागि तेल ओसारपसारमा लागेको आरोप लगाए पनि पुष्टि नभएको भन्दै जिब्राल्टले अमेरिकी आग्रह अस्वीकार गरेको हो । ग्रेस वान पानी जहाजलाई छाड्ने निर्णय भएको एक दिन पछि अन्तिम समयमा अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको हो । इरानविरुद्ध अमेरिकी प्रतिवन्ध लागू नहुने भएकाले अमेरिकी आग्रह मान्न नसकिएको जिब्राल्टले स्पष्ट पारेको छ ।

 

हङकङमा प्रदर्शन थामिएन, चिनियाँ सेना परिचालन गर्ने तयारी

२ भदौ, काठमाडौं । हङकङमा बिगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरु फेरि प्रदर्शनमा उत्रिएका छन् । स्थानीय भिक्टोरिया पार्कमा भेला भई उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । भारी बर्षाको परवाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकार बिरुद्ध चर्को नारा लगाएका थिए । गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो । नागरिक समाज र मानव अधिकारवादी संस्था सी.एच.आर.एफले प्रदर्शन आयोजना गरेको हो ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top