cg electronics
nlic

‘हरेक काम राम्रो हुनुपर्छ’ भन्ने सोंचले एक दिन बिरामी बनाउँछ


Tuesday, 17 Apr, 2018 4:58 PM
४ बैशाख, काठमाडौं । बाल्यकालदेखि नै हामीलाई हरेक काम निकै राम्रोसँग, कत्ति नबिगारी, कुनै पनि कसर बाँकी नराखेर गर्न सिकाइन्छ । ‘पर्फेक्सनिज्म’ (पूर्णतावाद) शब्द हामीलाई जडीबुटीझैँ घोटेर सानैमा पिलाइन्छ । यो शब्द हाम्रो मनमा यति जोडले गडेर बसेको हुन्छ कि यदि कुनै काम गर्दा रौं बराबर कमजोरी भयो भने पनि हामी त्यसलाई स्वीकार गर्न चाहदैनौं । 

यद्यपि यस्तो सबैले गर्दैनन् । धेरै मान्छे बेपर्वाह हुन्छन् । पर्फेक्सनिज्म यानेकी हरेक काम विना कुनै कमीले सम्पन्न गर्नु । सामान्यरुपमा यसलाई राम्रै अर्थले लिइन्छ । तर, हालैका ‘रिसर्च’ले के पुष्टि गरेको छ भने, पर्फेक्सनिज्मको आदत एक प्रकारको दिमागी खलल हो । यसले स्वास्थ्यमा निकै खराब असर पार्छ । आश्चर्य लाग्दो कुरा आजकलका मानिससमा यो आदत मजबूत हुँदै गइरहेको छ । 

बेलायतका दुई अनुसन्धानकर्ता कुरैन र एन्ड्रयू हिल्सले सन् १९८९ देखि २०१६ सम्म विस्तारपूर्वक कैयौं पिढीमा यसबारे रिसर्च गरेका थिए । यो रिसर्च बेलायत, अमेरिका र क्यानडाका छात्राहरुमा गरिएको थियो । त्यसक्रममा के पाइयो भने, हरेक बर्ष कलेज आउने छात्रामा पर्फेक्सनिज्म बानी गहिरो गरी बसेको थियो ।

रिसर्चर यो बानीलाई महामारी मान्छन्, जुन बडो तेज गतिले फैलिरहेको छ । बच्चाहरुमा पनि यो आदत बढिरहेको छ । यस्तो बानीले उनीहरुलाई आफ्नो क्षमता र व्यक्तित्वलाई बुझ्न रोक्छ । बच्चाहरुमा आफ्नो हारलाई खुला मनले स्वीकार गर्नबाट बञ्चित गराउँछ ।

वास्तवमा पर्फेक्सनिज्म या पूर्णतावादजस्तो चिज यो दुनियाँमा हुँदैन । हरेक व्यक्तिमा केही न केही कमजोरी अवश्य हुन्छ । पृथ्वी त पूर्णरुपमा गोलो छैन भने कुनै कामविना कमीको पुरै ठिक हुन्छ भनेर कसरी मान्ने ? यो सम्भव छैन । यही कमी हाम्रो जीवनमा पनि हुन्छ । हरेक चिजलाई देख्ने र बुझ्ने आ–आफ्नै नजर हुन्छन् । जुन चिज तपाईँलाई पर्फेक्ट लाग्छ, हुनसक्छ त्यही पर्फेक्सनिज्ममा अर्को व्यक्तिले कमजोरी खोजिरहेको पनि हुन सक्छ ! 

पफेक्सनिज्मको मान्यताको सबैभन्दा ठूलो कमजोरी के हो भने यसले मान्छेलाई गल्ती गर्नबाट रोक्न खोज्छ । जबकी ठूला–ठूला विद्वानहरुको भनाइ भने ‘जब तिमीले गल्ती नै गर्दैर्नौं भने सुधार पनि सम्भव छैन । बास्तवमा जीन्दगीका अनुभवले पनि गल्ती गरेपछि नै कहाँ कमी छ भन्ने महसुश गराउँछ’ भन्ने छ । 

हरेक गल्तीले नै पर्फेक्सनिज्म ल्याउँछ । यो नियम केवल काममा मात्रै होइन, बरु मानवीय सम्बन्धमा पनि पूर्णरुपले लागू हुन्छ । गल्ती गरेर त्यसलाई सुधारेमा सम्बन्ध राम्रो हुन्छ । हरेक चिजमा सुधारको संभावना हमेसा कायम रहन्छ ।

परर्फेक्सनको बानी सफलताको लागि आडमात्र बनेर आउँदैन, बरु अनगिन्ती बिमारीलाई जन्म दिन्छ । जस्तो तनाव, अनिद्रा, आत्महत्याजस्ता सोंच मनमा आउँछ । आफैँलाइ नेक्सान पुर्याउने विचारलाई जन्म दिन्छ । हरेक चिजमा कुनै न कुनै कमी खोजिरहने बानी पर्फेक्सनिज्मको कारणबाटै आउने हो । यसले मान्छेलाई पूर्णरुपले मानसिक रोगी बनाइदिन्छ । 

रिसर्चर सारा इगनका अनुसार जति तपाईँ पर्फेक्सनिज्मतर्फ लम्किनुहुन्छ, त्यति नै तनावले घेरिँदै जानुहुन्छ । त्यसो त पर्फेक्सनिज्म नकारात्मक हुँदाहुँदै पनि केही हदसम्म ठिकै हो । आफ्नो उदेश्य पूरा गर्नको लागि उच्च महत्वाकांक्षा राखेर काम गर्नु सकारात्मक पर्फेक्सनिज्मको लागि पहिलो कदम हो । यदि आफूले चाहेजस्तै नतिजा नआए पनि हतास हुनुको सट्टा फेरि पनि त्यसलाई मेहनत र लगनसाथ गर्दा असल पर्फेक्सनिज्मतर्फ लैजान्छ । कुनै काम सोचेअनुसार भएन वा असफल भइयो भने तनाव लिएर आफ्नो समय र जीन्दगीलाई अस्तव्यस्त पार्नु नकारात्मक पर्फेक्सनिज्म हो ।

चीनमा एक हजार विद्यार्थीमा गरिएको अनुसन्धानले के पत्ता लगायो भने जसले आफ्नो कमीकमजोरीलाई मनैबाट स्वीकार गरेर मेहनतका साथ काम गरिरहेका थिए उनीहरु ज्यादा खुसी र सिर्जनशील देखिन्थे । 

यसको अलावा पर्फेक्सनिज्मको पछि दगुर्नेहरु चाँडै नै हिम्मत हार्छन् ।  एकपटक असफल हुनेबित्तिकै उनीहरुको मनले भन्न थाल्छ, अब सबै खत्तम भयो । उनीहरुलाई आफ्नो हारमा लाज लाग्न थाल्छ । जबकी यो बास्तविकता होइन । हाम्रो दिमागमा पर्फेक्शनिज्मजस्तो बिमारीको जन्म दिन र त्यसलाई कायम राख्न धेरै हदसम्म हाम्रो समाज र अर्थव्यवस्था जिम्मेवार छ । 

कार्यालयमा तिनै कर्मचारीहरुलाई ज्यादा महत्व दिइन्छ जसको काममा कुनै कमी देखिंदैन । तमाम ठूला जिम्मेवारी र फाइदा यस्तै कर्मचारीले पाउँछन् । जसको काममा थोरबहुत कमी रहन्छ, उनीहरु पनि अफिसियल जिम्मेवारी बोक्न चाहन्छन् । परिणाम पर्फेक्सनको आँकडा छुन उनीहरु पनि दिनरात कोशिसमा लाग्छन् । कहिलेकाहीँ त पर्फेक्सनिज्मको पछि दगुर्दा ज्यादा गल्ती हुन जान्छ र तनावको शिकार हुन पुग्छन् । पर्फेक्सनको लागि सबैभन्दा महत्वपूर्ण कुरा मानसिक विश्राम हो । परफेक्ट हुनको लागि आफैँलाई यो सम्झाउन जरुरी छ कि गल्ती जोकसैबाट पनि हुन सक्छ । अरुको गल्तीलाई माफ गर्न सिकौं । आफ्नो गल्ती सुधारेर त्यसलाई फेरि मेहनत र लगनशीलताका साथ अघि बढाउने कोशिस गरौं ।

बिना गल्ती कामलाई सम्पन्न गर्न खोज्नु राम्रो कुरा हो । तर, यसलाई जीवनको एकमात्र उदेश्य बनाउनु ठीक होइन ।  एजेन्सी

 


Ruslan

paicho

bussewa

राजनीति

काँग्रेस बैठक स्थगित, अर्को बैठक वैशाख ९ गते

७ बैशाख, काठमाडौ । नेपाली काँग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिए । 

​बालुवाटारमा ओली–दाहालबीच निर्णायक वार्ता

७ बैशाख, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ । ९ बैशाखमा हुने भनिएको एकता तत्कालका टरेपनि आजको वार्ता सकरात्मक भयो भने सोही मितिमा एकता घोषणा हुने सम्भावना अझै पनि बाँकी छ । आजको वार्तालाई विहीबार विहानकै वार्ताको निरन्तरता मानिएको छ । ओली–प्रचण्डबीच विहीबार ३ घण्टा एक्लाएक्लै 

काँग्रेस केन्द्रीय समिति बैठक सुरु, पदाधिकारी मनोनयनको प्रस्ताव लैजाने सभापति देउवाको तयारी

७ बैशाख, काठमाडौ । चुनावी पराजयको समीक्षालगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गतेदेखि बैठक स्थगित भएको थियो । बैठकमा पार्टीले तीन वटै तहको निर्वाचनमा पराजय भोग्नु पर्नाका कारणको खोजी भइरहेको नेताहरुले जनाएका छन् । 

अन्तर्राष्ट्रिय

भारतमा नोटको अभाव, नेपालमा कस्तो असर पर्ला ?

६ बैशाख काठमाडौ । यसै हप्ता भारतको मध्यप्रदेशका एक किसानले आफ्नी छोरीको बिहेका लागि श्रीमतीको गहना धितोमा राखे। साहुबाट लिएको ऋण रकम संकलन गर्न दुई दिनदेखि उनी बैंक धाइरहेका छन्। तर उनलाई नगद अभावको कारण देखाउँदै बैंकले रित्तो हात फर्कारहेको छ। एटिएममामानिसहरू लामबद्ध भएको विगतको जस्तो निराशावादी अवस्था कम्तीमा पाँचवटा प्रदेशमा देखिएको छ। यो समस्या आन्ध्रप्रदेश, तेलंगना, कर्नाटका

प्राचीन भारतमा इन्टर्नेट आविष्कार भएको दाबी

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले प्राचीन कालमा भारतीयहरूले इन्टर्नेटको आविष्कार भएको दाबी गरेका छन्। 
महाभारतकालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्‌धृत गर्दै उनले त्यति बेला इन्टर्नेटको मात्रै नभई भूउपग्रहको समेत प्रयोग हुने गरेका टिप्पणी गरेका हुन्। त्रिपुरामा आयोजित एउटा कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री देवले भने,‘यो यस्तो देश हो जहाँ महाभारतमा सञ्जयले 

​अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप

३ बैशाख, एजेन्सी । इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध भएको प्रमाणित भएको आरोप लगाएका छन् । हसनले उक्त दाबी गरेको तास्निम समाचार समितिले सोमबार जानकारी दिएको छ । अमेरिकनले पूर्वी गुटाबाट आतङ्ककारी हटाएकोले उनीहरुको अमेरिकासँग सम्बन्ध रहेको देखिन आएको राष्ट्रपति रोउहानीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top