syangyong
cg

छिनछिनमा पिसाव लागिरहन्छ ? ध्यान दिनुस् यस्ता हुन सक्छन् कारण


Monday, 8 Oct, 2018 8:37 AM
बानी भनौँ या बाध्यता, कसै-कसैलाई सामान्य भन्दा बढि नै पिसाब लागिरा’को हुन्छ। घरमै बसिराख्दा पनि आधा-आधा घण्टामा अथवा पन्ध्र-पन्ध्र मिनेटमा बाथरुम छिर्नै पर्ने हुन्छ। पानी बढि भएको होला भनेर कम पानी खान थाल्दा पनि पिसाबयन्त्रले पत्तो पाउँदैन।

यस्तो अवस्थाबाट गुज्रिने सोँचेको भन्दा धेरै जना हुन्छन्। तर किन हुन्छ यस्तो?

आजको अङ्कमा हामी तपाईँहरूलाई ‘छिनछिनमै पिसाब किन लागिरहन्छ?‘ भन्ने बारेमा केहि जानकारी दिन गैरहेका छौँ।

१. सामान्य बानीलाई नै तपाईँले नचिन्नुभएको हो कि?

हुन त तपाईँलाई ‘धेरै’ जस्तो लाग्न सक्छ, तर तपाईँले दिनमा पिउनुभएको तरल पदार्थको मात्रालाई तुलना गर्ने हो भने, दिनमा ८ चोटिसम्म पिसाब लाग्नु भनेको ‘सामान्य’ नै हो। झ्याउ लाग्न छुट्टै कुरा हो, तर रातिको बेला एक चोटि पिसाब लाग्नु भनेको पनि सामान्य नै हो। यदि तपाईँलाई आफ्नो बानीप्रति विश्वास नलागे, कति-कति बेला पिसाब लाग्छ नोटमा टिपेर राख्नुहोस् अनि तुलना गर्नुहोस्।

२. थैली नै सानो पनि हुन सक्छ

छिनछिनमा पिसाब गरिराख्नुपर्नेहरूको यो राम्रो बाहना हो- “मेरो थैली नै सानो छ!” तर यो सत्य कुरा नै हो। शारीरिक बनावटलाई हेर्ने हो भने, सबैको शरीर फरक-फरक हुन्छ। जसरी कोहि अग्लो कोहि होँचो हुन्छ, त्यसरी नै कसैको पिसाब थैली सानो त कसैको ठूलो हुन्छ।

सामान्तयताः एउटा व्यक्तिको पिसाब थैलीले २ कप पिसाब थाम्न सक्छ, त्यो भनेको ३०० देखि ४०० मिलिलिटर हो। यदि तपाईँलाई आफ्नो पिसाब थैली सानो छ जस्तो लाग्छ भने जाँच पनि गर्न सक्नुहुन्छ। एउटा कप लिनुहोस् र नाप्नुहोस्।

यदि साँच्ची नै तपाईँको थैली सानो छ भने त्यसलाई तपाईँले ट्रेनिङ्ग पनि गर्न सक्नुहुन्छ, धेरै थाम्नको लागि। सबैभन्दा बढि पिसाब थाम्न सक्ने मानिसहरूको आँकडा हेर्दा शिक्षक र नर्सले बढि थाम्न सक्दोरहेछन्। हाम्रो थैलीको खास कुरा नै त्यहि हो, जब भरिन्छ तब तन्किन्छ।

फेरि पिसाब थामेर बस्नु हुँदैन भनेर कत्तिले जति बेला मन लाग्यो उतिबेला बाथरुम छिर्ने गर्छन्। “तर यसो गर्दा थैलीको बानी बिग्रिन्छ।”, मूत्रविशेषज्ञ भन्छन्- “थामेर राख्नु र तन्काउनु भनेको फरक कुरा हो। हाम्रो थैलीलाई ट्रेनिङ्ग दिन सकिन्छ।”

हाम्रो थैलीलाई धेरैबेरसम्म थामेर बस्नको लागि यसरी ट्रेनिङ्ग दिन सकिन्छ :

मन लागेपनि नलागेपनि २/३ दिनसम्म ३०-३० मिनेटमा पिसाब गर्न जानुहोस्।
अब त्यसमा १५ मिनेट थपेर हरेक ४५ मिनेटमा पिसाब गर्नुहोस्, ३/४ दिनसम्म  यसलाई निरन्तरता दिनुहोस्।
फेरि त्यसमा १५ मिनेट थपेर हरेक घण्टामा पिसाब गर्नुहोस्।
यसरी १५-१५ मिनेट थप्दै आफ्नो थैलीलाई ट्रेन गर्न सकिन्छ।

३. कतै चाहिने भन्दा थोरै पानी त पिउनुभएको छैन?

हो, यदि तपाईँलाई छिनछिनमै पिसाब लागिराख्ने समस्या छ भने तपाईँको शरीरमा पानीको मात्रा कमि पनि भएको हुन सक्छ। “जब पानी कम पिइन्छ, तब हाम्रो पिसाब त्यति नै बढि बाक्लो हुन्छ, जसमा एसिडको मात्रा बढि हुन्छ। त्यसैले गर्दा थैलीलाई जलन हुन थाल्छ र पिसाब लागेको महशुस हुन्छ।”, ग्रिनलिफ भन्छन्। त्यसैले अलि बढि पानी पिएर विचार गर्नुहोस्, धेरै बेरसम्म थाम्न पनि सक्नुहुन्छ। फेरि एकैचोटि धेरै पानी पिउँदा पनि राम्रो हुँदैन। ठिक्क पिउनुहोस् ताकि तपाईँको पिसाबको रङ्ग खैरो परालको जस्तो होस्।

४. थैलीमा सङ्क्रमण अथवा मृगौलाको पत्थरी त भएको छैन?

पिसाबथैलीको सङ्क्रमण र मृगौलामा पत्थरी हुँदा पनि थैलीमा जलन गराउँदछ र सामान्यभन्दा बढि पिसाब लाग्न सक्छ। तर फेरि दुवैको लक्षण पनि फरक फरक हुन्छ। विशेष गरी मृगौलाको पत्थरी हुँदा कम्मर पछाडि अत्याधिक दुख्छ भने थैलीको सङ्क्रमण हुँदा जतिबेला पनि तुरुन्तै पिसाब गर्नैपर्ने अवस्था सृजना हुन्छ र पिसाब गर्दा पीडा पनि हुन्छ। कसै-कसैको पिसाबमा रगत पनि देखिन सक्छ। त्यसैले यस्ता सङ्केतहरूमा विशेष ध्यान दिनुपर्दछ।

५. कतै तपाईँलाई मधुमेह त भएको छैन?

माथिका कुनै पनि कारणले तपाईँलाई धेरै पिसाब लागेको होइन जस्तो लाग्छ भने तपाईँलाई मधुमेह भएको हुन सक्ने बढि सम्भावना हुन्छ। यदि रगतमा सुगरको मात्रा बढि छ भने मृगौलाले ती सबै सुगरलाई छान्न सक्दैन र केहि मात्रा पिसाबथैलीमा खसाल्न सक्छ। जसको कारण त्यो सुगरले शरीरबाट बढि पानी सोस्दछ र बढि पिसाब पैदा गराउँदछ। यस्तो बेलामा गुलियो चकलेट अथवा कुनै गुलियो खानेकुरा खाँदा पनि पिसाब लागेको महशुस हुन्छ। “यो थैलीको समस्या होइन, यो त मधुमेहको सङ्केत हो।”, विषेशज्ञ भन्छन्। त्यसैले तुरुन्तै चिकित्सकको परामर्शअनुसार उचित उपचार गर्नु आवश्यक हुन्छ।


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

वडाध्यक्षविरुद्ध सार्वजनिक मुद्दा

७ कार्तिक ओखलढुङ्गा ।  स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ ।  मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।  शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे गरेर 

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

​प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाउछौँ – मुख्यमन्त्री राई

२६ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च 

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top