esewa
kantipur mall

होटल र्याडिसन काठमाडौंमा पिज्जा र पास्ता सेलिब्रेसन सुरु


Sunday, 16 Jun, 2019 4:23 PM
१ असार काठमाडौ । र्याडिसन होटल काठमाडौंमा १४ जुन २०१९ देखि अथेन्टिक इटालिएन “पिज्जा र पास्ता” सेलिब्रेसन  सुरु भएको छ । दुई सातासम्म चल्ने प्रोमोशन प्रत्येक दिन बेलुका साढे ६ बजे देखि राती १०ः३० बजेसम्म वोलिभ र्गाडेन रेष्टुरेन्टमा आयोजना हुनेछ ।
“पिज्जा र पास्ता”प्रमोशनले पहुनाहरुलाई परम्परागत इटालियन स्वादको अन्वेषण गर्ने मौका प्रदान गर्ने बताइएको छ ।

एक्सपर्टद्वारा छनोट गरिएको स्पेशल वाइन संगै ह्याण्ड क्रापटेड पिज्जा र होममेड पास्ताले खानाका पारखीहरुलाई भिन्न र स्वादिष्ठ परिकारको अनुभव दिने विश्वास होटलले लिएको छ । 

परिवार, साथी तथा व्यवसायिक जमघट गर्नेहरुले पिज्जा, पास्ता र वाइनको विशेष स्वाद लिन पाउने बताइएको छ ।

शुक्रबारदेखि सुरु भएको प्रोमोसन २ सातासम्मचल्ने छ । 

“पापरडिले कार्वोनरासंग र्सिम्प र लिच्ची”तथा“क्यापीलेटीसंग पोरसीनी मसरुम सस”, “पिज्जा र पास्ता”प्रमोशनमा स्पेशलआला कार्ट मेनु बाट शान्दार इटालियन भोजनको लागी वोलिभ र्गाडेन विशिष्ट रोजाई हुनेविश्वास लिइएको छ । 
 


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

साझा पार्टीले कास्की २ मा रजनी केसीलाई उमेद्वार बनाउने

६ कात्तिक, पोखरा । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले आगामी मंसिरमा हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । रजनी लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८ भदौमा साझा पार्टीमा प्रवेश गरेकी थिइन् । त्यसबेला नै उनले टिकट पाउने अनुमान थियो । 

उपनिर्वाचनका लागि उमेदवारबार छान्न काँग्रेसको कसरत, पदाधिकारी बैठक बस्दै

६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीको बैठक आज (बुधवार) पनि बस्ने भएको छ । बिहीबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने एजेण्डाका बारेमा साझा धारणा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।   पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको प्रवक्ता  विश्वप्रकाश शर्माले जानकरी दिए । उनले आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका बारेमा बैठक केन्द्रित रहने पनि बताए ।  कांग्रेसले उपनिर्वाचनका बारेमै छलफल गरेर पार्टीबाट निर्वाचन लड्ने उमेदवारका बारेमा आवश्यक निर्णय गर्न  बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

​राष्ट्रपति भण्डारी जापान भ्रमण पूरा गरि आज स्वदेश फर्कँदै

६ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी भई आज (बुधबार) बिहान टोकियोस्थित हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गरेकी छन् । उनलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गरेका छन् । राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी सहभागी छन् ।

अन्तर्राष्ट्रिय

​अफगानस्तानको विद्रोही समूह तालिबानलाई चीनको निम्तो

६ कात्तिक, काठमाडौं । अफगानिस्तानको घरेलु बिषयको छलफलका लागि तय गरिएको बेइजिङ सम्मेलनमा सहभागी बन्न चीनले तालिबान प्रतिनिधिलाई आग्रह गरेको छ। चीनले मङ्गलबार ‘इन्टरनेशनल इनर्जी एजेन्सी’ (आईईए)को प्रतिनिधिमण्डललाई अफगानिस्तानका राजनीतिक तथा आर्थिक बिषयमा छलफल गर्न निमन्त्रणा गरेको हो।

​कश्मीरको सीमा क्षेत्रमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु

३ कात्तिक, काठमाडौं । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

ब्रेक्जिटमा ढिलाईको माग गर्दै बेलायती प्रधानमन्त्रीद्वारा ईयूलाई पत्राचार

३ कात्तिक, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले ब्रेक्जिटलाई ढिलो गर्न आग्रह गर्दै युरोपेली संघ (ईयू)लाई पत्राचार गरेका छन् । ब्रेक्जिट प्रक्रियाको अन्तिम टुंगो लगाउने म्याद यही अक्टोबर ३१ सम्मको रहेपनि शनिबार हाउस अफ कमन्समा भएको मतदानले सो समयावधीलाई अस्वीकार गरेको थियो । त्यसैले जोहन्सनले ईयूलाई पत्राचार गरेका हुन् । तर उनले समयावधी थप्न आग्रह गर्दै पठाएको पत्रमा हस्ताक्षर भने गरेका छैनन् । ईयू काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ट्विट गर्दै जोहन्सनको पत्र पाएको उल्लेख गरेका छन् । कसरी प्रतिक्रिया जनाउने भनेर अब ईयूका नेताहरुसँग छलफल गर्ने उनले जनाएका छन् । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top