cg electronics
nlic

प्लास्टिक सर्जरीको ‘डरलाग्दो अनुहार’, सर्जरी गराउँदै हुनुहुन्छ भने यस्ता छन् बच्ने उपाय


Wednesday, 11 Oct, 2017 9:57 AM
जर्सन टुजिलो आफ्नो अनुहार सुन्दर बनाउन चाहन्थे, यसका लागि उनले आफ्नो अनुहारको कस्मेटिक सर्जरी गराए । तर, यसको परिणाम यति डरलाग्दो आयो कि अहिले जर्सन आफै आफ्नो अनुहार हेर्न सक्दैनन् ।

कोलम्बिया निवासी जर्सनलाई चार वर्ष एक जना डाकटरले उनको गालामा इन्जेक्शन लगाउने सल्लाह दिएका थिए । त्यसबाट उनको गाला भरिने डाक्टरले बताएका थिए । केही समयपछि उनी एक ब्युटिसियनकोमा पुगे । जहाँ उनलाई थाहा भयो उनको गालामा चिकित्सकले गलत इन्जेक्शन लगाएका छन् ।

जर्सन भन्छन्–तीन महिनापछि मेरो अनुहारको छाला कडा हुन थाल्यो, अनुहार रातो हुन थाल्यो ।

२८ वर्षीय जर्सनले आफ्नो बिग्रदो अनुहार बचाउनका लागि चार वटा थप सर्जरी गराए । उनको अनुहार ५० देखि ६० प्रतिशतसम्म ठिक भयो । उनलाई अझै दुई वटा अपरेशन गर्नुपर्ने लागेको छ।

खराब प्लास्टिक सर्जरी
स्पेनमा हुने प्लास्टिक सर्जरीमध्ये १६.५ प्रतिशत सर्जरी पहिलाबाटै खराब अपरेशनलाई ठिक गर्ने उद्देश्यले हुने गर्दछ । स्पैनिश सोसाइटी अफ प्लास्टिक रिकन्स्ट्रकटिभ एन्ड एसथेटिक सर्जरी (आसईसीपीआरई) ले गरेको सर्भेअनुसार प्लास्टिक सर्जरी गराउनेहरुमध्ये तीन जनामध्ये मात्र एकलाई मात्र आफ्नो चिकित्सकको क्षमतामाथि विश्वास हुने गर्दछ ।

इन्स्टिट्युट अफ लिगल मेडिसनका अनुसार कोलम्बियामा निकै धेरै प्लास्टिक सर्जरी गराउने गरिन्छ । सन् २०१५ मा कोलम्बियामा प्लास्टिक सर्जरीका कारण १३ जनाको मृत्यु भएको थियो भने सन् २०१६ मा यो संख्या बढेर ३० पुग्यो ।

स्तनको स्वरुप नै बिग्रियो
कयौ पढेलेखेका र जानकारहरु पनि खराब प्लास्टिक सर्जरीको शिकार हुने गरेका छन् । पत्रकार लोरेन बेल्ट्रानले आफ्नो अनुभव सुनाउँदै भनिन्–जब म १८ वर्षकी थिए तब मैले आफ्नो स्तनको सर्जरी गराएँ । जहाँ मैले यो सर्जरी गराएँ, त्यो क्लिनिकका एक जना विशेषज्ञ मेरै क्षेत्रका थिए, त्यसैले मलाई उनीमाथि शंका लागेन ।

लोरेन भन्छिन्–मेरो सर्जरी निकै खराब रह्यो, मेरो स्तनको स्वरुप नै पूर्णरुपमा बिग्रियो । मेरो एएटा निप्पलमा टाँकाको निशान बस्यो ।
त्यसपछि लोरेनले एक अर्को सर्जरी गराइन्, तर उनको स्तन झनै खराब भयो । एक जना पत्रकार भएका नाताले लोरेनले सर्जरी गर्ने ती डक्टरहरुका बारेमा खोजविन गरिन् ।

तब उनलाई थाहा भयो कि कोलम्बियामा डाक्टरहरुको एउटा समूह ब्राजिल गएर सर्जरीसम्बन्धी सामान्य कोष गर्दा रहेछन्, जसलाई पछि पूर्ण मेडिकल कोर्षको मान्यता प्राप्त हुने रहेछ । लोरेनले यो विषयलाई अदालतसम्म लगिन्, त्यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामै छ।

नक्कली प्लास्टिक सर्जनको बिगबिगी
स्पेन निवासी एनहोआ प्लेसर लेनेज प्लास्टिक सर्जरी विशेषज्ञ हुन् । उनी भन्छिन्–प्लास्टिक सर्जरी व्यवसायमा धेरै घुसपैठ भएको छ।
उनले भनिन्–प्लास्टिक सर्जन बन्नका लागि सबैभन्दा पहिला ६ वर्षको मेडिकल कोष गर्नु पर्दछ, त्यसपछि पाँच वर्षको अलग्गै प्रकारको विशेषज्ञता कोर्ष गर्नुपर्ने हुन्छ । सबै मुलुकमा यो कोर्ष करिब करिब एउटैजस्तो छ।

अधिकांश डाक्टर मात्र ६ वर्षको कोर्ष पूरा गरेपछि प्लास्टिक सर्जरी गर्न सुरु गर्दछन् । उनीहरु विशेषज्ञतासम्बन्धी कोर्ष पूरा नै गर्दैनन् । यद्यपि यो गैरकानुनी होइन । तर यसबाट सर्वसाधारणले ठुलो हानी बेहोर्नु परिरहेको छ।

एउटै नामका कयौ सर्जन
लोरेन भन्छिन्–एउटा सबैभन्दा ठुलो समस्या यो हो कि सर्जरीसम्बन्धी एसोसिएसनको नाम एउटै जस्ता हुन्छन् । मानिसहरु गुगलमा सर्जन खोज्ने गर्दछन् । जसमा उनीहरुले सर्जनले कुनै ठुला हस्तीसँग तस्वीर खिचाएको देख्छन् । यही देखेर सर्वसाधारणहरु सर्जरीका लागि तयार हुने गर्दछन् ।
 
डाक्टर प्लेसर भन्छिन्–टेलिभिजनमा प्लास्टिक सर्जरी गराउनेहरुले आआफ्नो विज्ञापन दिने गर्दछन्, यस्ता विज्ञापनमा ठुला टेलिभिजन कलाकार संलग्न हुन्छन् । त्यसैले मानिसहरुलाई यस्ता विज्ञापनले पनि आकर्षित गर्दछ । यसबाहेक कयौ मानिस सस्तो प्लास्टिक सर्जरीको प्रलोभनमा पनि फस्ने गरेका छन् ।

प्लास्टिक सर्जरीमा प्रयोग गरियो खाद्य तेल
लोरेन बेल्ट्रान भन्छिन्–कोलम्बियामा धेरैजसो नाई मानिसको नितम्ब र स्तनमा तरकारी पकाउने तेलको इन्जेक्शन लगाइदिने गर्दछन् । यो तेलमा बाइपालिमिर हुन्छ, यसलाई मेडिकलमा प्रयोग गैरकानुनी हो ।

यो पदार्थ शरीरका लागि उपयुक्त छैन, तैपनि मानिसहरु यसको प्रयोग गर्नदेखि डराउँदैनन् । यसमा लिक्विड सिलिकोन, मिथाइलमेथाक्रिलेट र कोलगन हुन्छ ।

सुरक्षित प्लास्टिक सर्जरी गराउने केही उपाय
–सर्जनसँग उसको योग्यता सोध्नुस्, उनको अनुभवसम्बन्धी आवश्यक जानकारी हासिल गर्नुस् ।
–सर्जनसँग यो विषयमा कुरा गर्नुस कि केही गडबड भयो वा आपतकालको स्थितिमा के गरिनेछ ।
–यो सुनिश्चित गर्नुस कि सर्जनले प्लास्टिक सर्जरीमा विशेषज्ञता हासिल गरेको छ कि छैन ।
–बिचौलियाको चक्करमा पर्दैनपर्नुस्, जो सर्जनले अपरेशन गर्ने हो उसैसँग कुरा गर्नुस् ।
–यदि तपाई अन्य मुलुक र्गर सर्जरी गराइरहनु भएको छ भने यो सुनिश्चित गर्नुस् कि तपाई सर्जनका भाषा बुझ्नु हुन्छ कि हुन्न, ताकि तपाई सर्जनसँग सिधै कुरा गर्न सक्नुहुनेछ । बीबीसी हिन्दीबाट
 


Ruslan

sponserworldcup

राजनीति

​नेपालमा चिनियाँ लगानी गणनायोग्य–प्रधानमन्त्री

६ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताएका छन् । चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले आज बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा गरिने लगानी वास्तवमै नाफामूलक उद्योगका रुपमा रहने 

हेटौडामा जारी कांग्रेस भेलामा भाँडभैलो, केन्द्रिय सदस्यले धमाधम हेटौडा छाड्दै

६ असार हेटौडा । मकवानपुरको हेटौडामा जारी कांग्रेस जिल्ला सभापतिहरूको भेलामा सहभागी हुन पुगेका केन्द्रीय सदस्यहरू यता न उता भएका छन् ।  उनीहरूलाई भेलामा कसले र किन बोलाएको भन्ने स्पष्टन नभएपछि उनीहरूको बिचल्ली परेको हो । आफुहरूको भूमिका केही नभएको भन्दै धेरैजसो केन्द्रिय सदस्यहरूले हटौडा बाइबाइ भन्दै फर्पिसकेका छन् । भेलामा केन्द्रिय सदस्यहरूको कुनै भूमिका नदेखिएपछि नेताहरू धमाधम बाहिरिएका हु्न् । 

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने : प्रधानमन्त्री

६ असार, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका हुन् । सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताएका छन्। विभिन्न

अन्तर्राष्ट्रिय

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

अमेरिकी विदेशमन्त्री मनुसीनमाथि जवाफी हमला, व्यापार युद्धका लागि तयार रहन चेतावनी

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top