प्रधानमन्त्री ज्यू तेहरी कस्तो लाग्यो ? अब खोरङ्गा पनि हेर्ने कि


Thursday, 25 Feb, 2016 7:34 PM
कुमार भण्डारी
कम्युनिष्ट प्रधानमन्त्री भएर पनि मनलाग्दी जथाभावी भाषण गर्ने र उद्घाटन अनि औपचारिक समारोहमा अन्य व्यक्तिलाई छेडछाड गर्दै उखान तुक्का मिश्रित अभिब्यक्ति दिन खप्पिस केपी शर्मा ओलीले यस पटक भारतमा नाटकै देखाए । उनले भारतको गुजरातमा भूकम्पपछिको पुननिर्माण र तेहरी वाँधको निरिक्षण गर्न गए । त्यो पनि भारतको औपचारिक भ्रमणको बेला भारत भ्रमणको केही पनि एजेण्डा छैन भनेर पत्रकार सम्मेलनमा बोल्ने ओलीको बोली वाँध निरिक्षण, शहर निरिक्षण र भोज भतेरमै भ्रमणलाई सीमित गरेका छन् ।

उनले आफुलाई प्रधानमन्त्रीको रुपमा भन्दा पनि एउटा नेपालबाट भारत गएको पर्यटकको रुपमा प्रस्तुत भए । उनले भारतले बनाएको तेहरी वाँधको निरिक्षण मात्र गरेनन् । त्यसबाट प्रेरणा समेत मिलेको धारणा राखे । कस्तुरीले बास्नाको खोजीमा भैंतारिएर हिँड्ने तर आफ्नो नाभीबाट बासना छरिएको थाहा नपाएने भने झैं ओलीलाई नेपालमा पनि तेहरी जस्ता जलबिद्युत आयोजना छन भनेर थाहा नहुनु एउटै हो । तेहरी वाँध किन र कसरी सम्भव भयो भन्ने कारण खोजेमा मात्र ओलीको भ्रमणको उपलब्धी हुन्छ । नत्र पर्यटन प्रबद्र्धन गर्न ओली भारत गएको ठहर्छ ।

प्रधानमन्त्रीज्यू तेहरी वाँधको गुणगान होइन, आफु जन्मिएको जिल्ला तेह्रथुमको खोरङ्गा खोला जलबिद्युत आयोजनाको हालत हेर्न पहिले तेह्रथुम जानुस । अनिमात्र थाहा हुन्छ, विकास कसरी सम्भव हुन्छ भनेर । के खोरङ्गा खोला जलबिद्युत आयोजना तेहरी वाँध भन्दा कमजोर छ र ? भारतको तेहरी वाँध जस्तै खोरङ्गा खोला जलबिद्युत आयोजना पनि हुन सक्छ । तर त्यसको बाधक को हो रु कारण खोज्नुस प्रधानमन्त्रीज्यू, नेपाली जनताको भोको पेट भर्न र नांगो आग छोप्न तपाइँका भाषण फिका सावित हुन्छन् ।

प्रधानमन्त्रीकै मातहतमा रहेका सरकारी निकायले तेहरी जस्ता जलबिद्युत आयोजना बन्न र बनाउन दिएका छैनन् भन्ने थाहा पाउनु पर्छ । उद्घाटन र भाषणले तेहरी वाँध सम्भव भएको होइन् । खोरङ्गा खोला जलबिद्युत आयोजना जस्ता दर्जनौं आयोजनाको बाधक सरकारकै उर्जा मद्यन्त्रालय, बिद्युत बिकास बिभाग, नेपाल बिद्युत प्राधिकरण, वाताबरण मन्त्रालय होइन र रु के ति निकालले कुनैं पनि जलबिद्युत आयोजनाले सबै मापदण्ड पुरा गरेकै आधारमा त्यस्ता आयोजना निर्माण हुन दिन्छन त रु पहिले सोध्नुस प्रधानमन्त्रीज्यू, उर्जा मन्त्री र सचिवलाई, प्राधिकरणका कार्यकारी निर्देशक र बिद्युत बिकास बिभागका प्रमुखलाई के उनीहरुले आर्थिक नजरना ग्रहण नगरी कुन जलबिद्युत आयोजना निर्माण गर्न दिएका छन् ।

अनि यस्ता धेरै जलबिद्युत आयोजनाका लगानीकर्ताको गुनासो के प्रधानमन्त्रीज्यु सुन्न सक्नु भएको छ । सुन्नु भएको छ भने समाधान गर्ने क्षमता राख्नु हुन्छ रु सक्नु हुन्छ भाषण गर्नुस नत्र हवाई गफ अब तपाईँका अन्धभक्तले त सुन्लान तर स्वभिमानी नेपालीलाई फुर्सद छैन् ।


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

वामदेवविरूद्ध सर्वोच्च अदालतमा रिट, राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय बदर गर्न माग

५ असोज, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।  पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। 

नेकपा सचिवालय बैठक स्थगित, मन्त्रिमण्डल पुनर्गठनबारे दुई अध्यक्षले थप गृहकार्य गर्ने

५ असोज, काठमाडौं । आज (सोमबार) दिउँसो १ बजे पेरिसडाँडामा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । थप गृहकार्य गरेर बस्ने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक स्थगित गरेका हुन् । ​हिजो बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनमा छलफल भएको थियो । 

अन्तर्राष्ट्रिय

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, ७० लाख संक्रमित

६ असोज, काठमाडौँ । 
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा दुई लाख बढी व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा हालसम्म २ लाख ४ हजार ५ सय मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  अमेरिकामा साढे ७० लाख ४६ हजार २१६ मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top