esewa
kantipur mall

प्रजनन नियन्त्रणभन्दा व्यवस्थापनमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह


Thursday, 11 Jul, 2019 12:21 PM
२६ असार,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गरेका छन् ।

विश्व जनसंख्या दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसंख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारका साथै जन्मदरमा आएको कमीलाई दृष्टिगत गर्दै व्यवस्थापनमा ध्यान दिन जोड दिएका हुन् ।

हरेक जुलाई ११ का दिन संयुक्त राष्ट्रसंघको आह्वानमा आज संसारभर जनसंख्या दिवस मनाइँदैछ ।

प्रधानमन्त्री ओलीले जनसंख्या सँग जोडिएका अत्यन्त महत्वपूर्ण पक्षले समग्र आर्थिक वृद्धि तथा विकासका योजना र कार्यक्रममा प्रभाव पार्ने भएकाले आर्थिक विकास, निर्माण र सामाजिक रुपान्तरणका लागि यस अवसरलाई सदुपयोग आग्रह गरेका छन् । सन्देशमा भनिएको छ, ‘नेपालमा शिशु तथा बाल मृत्युदर र सबै उमेरका जनसंख्याको मृत्युदरमा आएको उल्लेख्य कमीका कारण औसत आयुमा वृद्धि भएको छ र श्रम शक्ति बहुल उमेरको उल्लेख्य उपस्थिति भएको अवस्था सिर्जना भएको छ । यस अवस्थालाई हामीले उपयोग गर्न सक्नुपर्छ ।’

बालिकामाथि हुने लैङ्गिक विभेदमा कमी आउन थालेको तर छोरी शिशुप्रति गर्भमै वा जन्ममै विभेद गर्न थालिएको लक्षण देखिन थालेको जनाउँदै उनले शिशु जन्मको लैङ्गिक अनुपातले भविष्यमा जनसाङ्ख्यिक असन्तुलन निम्त्याउने सम्भावनाप्रति सचेत हुन आग्रह गरेका छन् ।

ज्येष्ठ नागरिकको आर्थिक स्वावलम्बन कायम गराउँदै उनीहरुलाई सहभागिताको अवसर उपलब्ध गराउन सरकार सजग रहेको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक, पारिवारिक र आवासको सुरक्षाका साथै उनीहरुको स्वास्थ्य सेवा र तन्दुरुस्ती सरकारको प्राथमिकतामा परेको जनाए । ‘कुनै पनि प्रकारको बालश्रम र बाल दुव्र्यवहारप्रति सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको छ । बालविवाहजस्तो विकासको प्रतिफलको नकारात्मक सूचकमा परिवर्तन ल्याउन प्रयासहरु भइरहेका छन्, कुनै पनि प्रक्रियाबाट हुने गरेका बालविवाहको रोकथामका लागि वर्तमान सरकार कटिबद्ध छ,’ सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले युवा जनशक्तिको बसाइँसराइका प्रवृत्तिलाई नियमन गर्दै कामको खोजीमा बाह्य मुलुक जान लालायित युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने र उनीहरुको क्षमता यहीँ परिचालन गर्ने सोचका साथ काम हुन थालेको सन्दर्भमा सरकार किशोरकिशारीको अपेक्षा र आकाङ्क्षालाई सम्बोधन गर्दै देशको आर्थिक सामाजिक रुपान्तरणमा सक्रिय उमेर समूहका जनशक्तिले अधिकतम योगदान पुर्याउन सक्ने वातावरण बनाउन तल्लीन रहेको पनि स्पष्ट पारेका छन् ।


Ruslan

runner bike

राजनीति

परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क प्रस्थान

५ असोज काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् ।  मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि छन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट र सदस्य दीनानाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल

कीर्तिपुर आउँदा माइती आएजस्तो लाग्छ : प्रचण्ड

४ असोज, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर आउँदा माइतीघर नै आएजस्तो लाग्ने बताएका छन् । शनिबार कीर्तिपुरको पाँगामा रहेको जनसेवा माध्यामिक विद्यालयमा नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले भने, ‘कीर्तिपुर आउँदा, अझ पाँगा आउँदा मलाई माइती आएजस्तो लाग्छ । मेरो माइतीघर नै हो भन्याजस्तो लाग्छ ।’ उनले आफू २०–२२ वर्षको उमेरमा कीर्तिपुरमा बसेकोले भावनात्मक सम्बन्ध पनि रहेको बताए । ‘तानाशाही पञ्चायतको आन्दोलनको बेलामा भूमिगत रूपमा बस्ने, प्रशिक्षणहरू चलाउने, संगठन बनाउने र जनतासँग अन्तर्क्िरया गर्ने थलो पाँगा, कीर्तिपुर थियो,’ उनले भने ।

संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन परराष्ट्र मन्त्री ज्ञवाली शनिबार न्यूयोर्क जाँदै

४ असोज, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली शनिबार अमेरिकाको न्यूयोर्क जाँदै छन् । संयुक्त राष्ट्र संघको ७४औं महासभामा सहभागी हुन उनी शनिबार राति साढे ९ बजे न्यूयोर्क जान लागेकोे परराष्ट्र मन्त्रालयले जनाएको छ ।  स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओली महासभामा सहभागी नहुने भएपछि परराष्ट्र मन्त्री ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न लागेका हुन । उनले महासभालाई असोज १३ गते सम्बोधन गर्ने कार्यक्रम छ ।न्यूयोर्कमा रहँदा परराष्ट्र मन्त्री ज्ञवालीले साकर्का विदेश मन्त्रीहरुको अनौपचारिक वार्ताको अध्यक्षता गर्ने, अल्पविकसित र भूपरिवेष्ठित देशका मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेलगायत कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

अन्तर्राष्ट्रिय

अवैध आप्रवासीलाई निकाल्ने भारतीय गृहमन्त्रीको घोषणा

२ असोज, काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) लाई आसाममा मात्रै सीमित नराखी देशभर लागू गरिने बताएका छन् । उनले सबै अवैध आप्रवासीहरुलाई देशबाट बाहिर निकालिने पनि घोषणा गरे । भारतीय दैनिक पत्रिका हिन्दूस्तानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले भने, ‘तपाईंहरु ईंग्ल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका गएर बस्नुस् । तपाईंलाई कसैले घुस्न दिने छैन । भारतमा आएर चाहिँ कोही कसरी बस्न सक्छ ? यसरी देश चल्दैन ।’ उनले समयको आवश्यकता भन्दै देशका सबै नागरिकले दर्ता हुनपर्ने बताए । 
 

तालिबानले अमेरिकालाई भन्यो–वार्ताका लागि हाम्रो ढोका खुला छ

१ असोज, काठमाडौं । तालिबानले आफ्नो तर्फबाट वार्ताको ढोका बन्द नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वार्ता पुनः स्थापित गर्न चाहन्छन् भने आफ्नो तर्फबाट ढोका खुला नै रहेको तालिबानले बताएको बिबिसीले उल्लेख गरेको छ ।  तालिबानको तर्फका वार्ता प्रमुख शर मोहम्मद अब्बास स्तानिक्जाइले वार्ता नै आफगानिस्तानमा शान्ति स्थापनाको एक मात्र माध्यम रहेकोमा जोड दिएका छन् । ट्रम्पले गएको हप्ता अफगान तालिबानसँगको वार्ता अन्त्य भएको बताएका थिए ।

भारतीय विदेशमन्त्री जयशंकरको घोषणा– पाकिस्तान अधिनस्थ काश्मीर भारतको हिस्सा हुनेछ

१ असोज, काठमाडौं । भारतका विदेश मन्त्री एस जयशंकरले पाकिस्तान अधिनस्थ काश्मीर एक दिन भारतको हिस्सा हुने बताएका छन् । आफ्नो कार्यकालको सय दिन पूरा भएको अवसरमा उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै भारतका विदेश मन्त्री जयशंकरले भनेका छन, ‘पाकिस्तान अधिनस्थ काश्मीरको बारेमा भारतको दृष्टिकोण प्रष्ट छ । पाकिस्तान प्रशासित कश्मीर भारतको हिस्सा हो र हामीलाई लाग्छ एक दिन त्यो भारतको हिस्सा हुनेछ ।’ भारतीय विदेश मन्त्रीले संविधानको धारा ३७० को बारेमा भने,‘यो दुईपक्षीय मुद्दा होइन । यो भारतको आन्तरिक मुद्दा हो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top