ghaderi
esewa

किन र कसरी गरिन्छ शवको पोष्टमार्टम ?


Saturday, 22 Sep, 2018 7:32 AM
 आकस्मिक वा शंकास्पद रुपमा मानिसको मृत्यु भएमा मृत्यको कारण पत्ता लगाउन पोस्टमार्टम गरिन्छ । अन्य कारणबाट मृत्यको कारण पत्ता नलागेमा अन्तिम विकल्पको रुपमा फरेन्सिक विशेषज्ञ डाक्टरहरुले शवलाई विभिन्न कोणबाट चिरफार गरी भित्री र बाह्य अंगको अध्ययन र परिक्षण गरेर मृत्यको कारण पत्ता लगाइन्छ । पोस्टमार्टम भनेको ‘पोष्ट’ अर्थात पछाडी ‘मार्टम’ अर्थात मृत्युको कारण पत्ता लगाउने भन्ने हुन्छ । अर्थात मृत्युपछि मृत्युको कारणबारे पत्ता लगाउन गरीने अध्ययन नै पोस्टमार्टम हो ।  तर नेपालमा अझै पनि पोस्टमार्टम जस्तो संवेदनशील कार्य गर्ने फरेन्सिक चिकित्सा शास्त्रको पहिचानसम्म नगरिएको र उचित व्यवस्थापन हुन नसकेको फरेन्सिक विशेषज्ञहरुको गुनासो छ ।  

किन गरीन्छ पोष्टमार्टम ? 
फरेन्सिक चिकित्सा शास्त्रको उद्धेश्य नै अदालती कामकारबाहीका लागि शंकास्पद मृत्यु भएकाहरूको शरीर चिरफार गरेर मृत्युको कारण पत्ता लगाउन सहयोग गर्नु हो । कसैको हत्या भएको हो या भवितव्य या अन्य कुनै रोगका कारण हो या प्राकृतिक हो पत्ता लगाउने जिम्मा फरेन्सिक विशेषज्ञकै हुने गर्छ ।  

 कसरी गरीन्छ पोष्टमार्टम ? 
पोस्टमार्टमको प्रक्रियामा सर्वप्रथम शवको निरिक्षण गरिन्छ । कहीँ चोट लागेको छ भने चोटको गहिराइ लम्बाइको नाप लिइन्छ । पोस्टमार्टम गर्दा टाउकोको हड्डीलाई झिकेर मस्तिकको जाँच गरिन्छ । त्यसपछि मुखदेखि कम्मरसम्म चिरेर भित्रको सबै अंगको जाँच गरिन्छ र सबै अंगको प्याथोलोजी जाँचको लागि नमुना संकलन गरिन्छ । त्यसैको रिपोर्टबाट मृत्युको कारण पत्ता लगाउने गरीन्छ । सबै प्रक्रिया तिन चरण, टाउको छाती र पेट चिरेर अध्ययन गरीने चिकित्सकहरु बताउँछन् । 

 नेपालमा पोष्टमार्टमको अवस्था
 नेपालमा पोस्टमार्टमको इतिहास वीर अस्पतालबाट शुरु भएको थियो । निकै अव्यवस्थित र कमजोर व्यवस्थापनका कारण १८ वर्षअघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा स्थानान्तरण गरीयो । तर अझै पनि शिक्षण अस्पतालमा पोष्टमार्टम कक्षको अवस्थामा कुनै सुधार आएको छैन । समस्या पोष्टमार्टम कक्षको अवस्थामा मात्र होइन पोष्टमार्टम गर्ने फरेन्सिक विशेषज्ञ डाक्टरहरुको अभाव छ शिक्षण अस्पताललाई । नेपालमा पोस्टमार्टमको लागि चाहिने उपकरण, जनशक्ति, प्याथोलोजी ल्याब, शव राख्ने फ्रिजलगायतका आवश्यक पूर्वाधारको उचित व्यवस्थापनमा सरकारले चरम बेवास्ता गरीरहेका छ । २०७२ साल बैशाख १२ को भूकम्प अगाडी १८ वटा शव अटाउने क्षमता थियो । भूकम्पपछि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विभागलाई शव राख्नको लागि १ सय ५० शव अटाउने फ्रिज आईआरसिएस (रेडक्रस)ले निर्माण गरीदिएपछि केही राहत मिलेको छ ।  प्रत्येक जिल्लामा पोष्टमार्टम गरिने भए पनि देशभरी जम्मा ७ जना मात्र फरेन्सिक विशेषज्ञ डाक्टर रहेका छन् । विशेषज्ञलाई सहयोग गर्ने सहयोगी एकजना पनि नभएको बरिष्ठ चिकित्सकहरुको भनाइ छ ।  दैनिक ५ देखि ७ वटा शवको पोष्टमार्टम गर्नुपर्ने भएकाले विभिन्न किसिमको संक्रमण हुने जोखिम पनि हुन्छ । अहिलेसम्म पनि शिक्षण अस्पतालको फरेन्सिक विभागको आफ्नै प्याथोलोजी ल्याब छैन । जसले गर्दा एक घण्टामा सकिने पोष्टमार्टमलाई एक दिनसम्म कुर्नु पर्ने बाध्यता छ ।   


Ruslan

runner bike

ime

citizens bank

राजनीति

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मा विमलेन्द्र निधिलाई

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । सभापति देउवा विदेश प्रस्थान गरेकाले निधिलाई कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३)को व्यवस्थाअनुसार निधिलाई कार्यवाहक सभापति तोकिएको हो । सभापति देउवा उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गरेका छन । उनी आगामी सोमबार स्वदेश

ढल्यो २५ वर्षदेखि सिक्किममा रहेको चाम्लिङ सरकार

१० जेठ, भारत । सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ । लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो । सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाउने भएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने पक्का भएको छ । मुख्यमन्त्री पवनकुमार चाम्लिङ

अन्तर्राष्ट्रिय

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

९ जेठ, कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ। विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ। यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ। अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ। स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top