ghaderi
esewa

प्रभु बैंकको ५ नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा


Thursday, 11 Apr, 2019 12:19 PM
२८ चैत, काठमाडौं । प्रभु बैंकले मुस्ताङ्ग र म्याग्दीका विभिन्न स्थानमा ५ नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मुस्ताङ्गमा चार र म्याग्दी एक शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । सेवाग्राहीलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । 

बैंकले मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं.२ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं.४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुकुचे तथा वडा नं. ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नंं. ३ स्थित दाना गरी ५ स्थान बाट शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालन गरेको हो । शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्घिजीवी तथा स्थानीयको बाक्लो उपस्थिति रहेको बैंकले जनाएको छ । 

बैंकले सञ्चालनमा ल्याएको थप शाखा रहित बैंकिङ्ग सेवाबाट मुस्ताङ्ग र म्याग्दी जिल्लाका स्थानीय वासिन्दालाई खाता खोल्ने तथा आफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्ने लगायतको बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ। बैंकले सञ्चालनमा ल्याएको बिस्तारित बैंकिङ्ग सेवाबाट सम्बन्धित क्षेत्रका सर्वसाधारण बैंकिङ्ग पहुँच भित्र आई आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

महाधिवेशन गर्न ढिलाई गर्न नहुने-राजपा नेता

११ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दवाव दिन सुरु गरेका छन्। तीन दिनयता काठमाडौंमा जारी राष्ट्रिय जनता पार्टी, नेपालको पदाधिकारी समितिको बुधबारको बैठकमा नेताहरुले राष्ट्रिय महाधिवेशन तत्काल गर्न पार्टी नेतृत्वलाई दवाव दिएका हुन्। बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको महासचिव केशव झाले जानकारी दिए। राष्ट्रिय जनता पार्टी, नेपालको यही वैशाख ७, ८ र ९ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन 

विद्यालयको सुधार अभियानमा सबै जुट्नु पर्छ-शिक्षामन्त्री पोखरेल

११ वैशाख, काठमाडौं । सरकारले आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७६ सालदेखि २०८५ सालसम्मको एक दशकलाई सरकारले सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरिरहेको जानकारी दिए। बुधबार भक्तपुरमा सुरु भएको सार्वजनिक विद्यालय रुपान्तरण अभियानसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले ‘हामी सुर्धाछौं हाम्रो सार्वजनिक विद्यालय’ भन्ने नारालाई सार्थक बनाउने गरी सार्वजनिक विद्यालयहरुको सुधार 

राष्ट्रिय पूँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ-मुख्यमन्त्री शाही

११ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय पूँजीको विकास नगरी मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने बताएका छन् । सुर्खेतमा सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्रिय पूँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए। ‘हामी अहिलेसम्म आयातमा निर्भर छौँ’, मुख्यमन्त्री शाहीले भने, ‘अब निर्यातलाई वृद्धि गर्न उत्पादन वृद्धिको योजना ल्याउन जरुरी छ ।’ कर्णालीको विकासको पहिलो प्राथमिकता भौतिक पूर्वाधारको विकास भएको 

अन्तर्राष्ट्रिय

हात बाँधिएका किशोर भाग्न खोजेपछि सेनाद्वारा गोली प्रहार

११ वैशाख, काठमाडौं । इजरायलका सेनाले आँखामा पट्टी लगाइएका र हात बाँधिएका एक प्यालेस्टाइनी किशोरमाथि गोली प्रहार गरेका छन्।१५ वर्षीय किशोर ओसामा अल–बादेनले इजरायलका सेनालाई ढुंगा प्रहार गरेको सेनाको आरोप छ। ढुंगा आक्रमणपछि सेनाले उनलाई पक्राउ गरेको थियो। सेनाले नियन्त्रणमा लिएपछि उनको आँखामा पट्टी लगाइदिएका थिए, हात बाँधिदिएका थिए। यद्यपी उनी त्यस्तो अवस्थामा समेत भाग्न खोजेका थिए। भाग्न खोज्दा सेनाले पेस्तोलले उनको खुट्टामा गोली प्रहार गरे। उनको दुवै खुट्टामा गोली लागेको छ। यस घटना गत 

उत्तर कोरियाली नेता किम रुसमा

११ वैशाख, भ्लादिभोस्तक । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन् । राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघिनै घोषणा गरिसकेको छ । यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने कार्यक्रम तय भएको क्रेमलिनका विदेश नीति हेर्ने युरी उसाकोभले बताएका छन् ।  तर उनले  

चीनको रासायनिक कारखानामा विष्फोट, ३ जनाको मृत्यु

११ वैशाख, चीन । चीनको भित्री मङ्गोलिया क्षेत्रमा रहेको एक रासायनिक कारखानामा भएको विष्फोटमा तीन जनाएको ज्यान गएको छ । भित्री मङ्गोलियाको उलानचाब शहरमा रहेको एक निजि रासायनिक कारखानामा विष्फोट हुँदा अरु ५ जना घाइते भएका चिनको समाचार संस्था सिन्ह्वाले जनाएको छ । बुधबार सबेरै २ बजेर ५५ मिनेटको समयमा उलानचाब शहरमा रहेको डोङ्सीङ केमीकल कारखानामा विष्फोट हुँदा आगलागी समेत भएको थियो । चीनमा बेलाबेला औद्योगिक दुर्घटनाहरु हुँदै आएका छन् । गत मार्च महिनामा मात्रै चीनको जियाङ्सु प्रान्तमा रहेको 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top