siddhartha

दिल्लीमा दिल खोलेका प्रचण्डको भ्रमण न उपलब्धिमुलक न विवादित


Sunday, 18 Sep, 2016 4:14 PM




एलिजा उप्रेती /टिप्पणी 

कुनैबेला विस्तारवादी भारतसँग सुरुङयूद्ध लड्ने  रटान लगाउने उनै प्रचण्ड यतिबेला भारतको चारदिने राजकीय भ्रमण सकेर स्वदेश फर्केका छन् । उनको यो भ्रमण हेर्दा लाग्छ उनले  आफैले खनेको सुरुङ पुरिसकेका छन अर्थात जस्ताको तस्तै छ दिल्ली र प्रचण्डको सम्बन्ध विचमा कुनै दरार आएकै छैन । अझ भनौ भारतसँग उनको दुस्मनी कहिल्यै थिएन । 

तर सुरुङयूद्धमा पुगेका उनै  प्रचण्डको  दिल्लीसँगको सामिप्यता कसरी भयो त ? यसबारे राजतीतिक बृत्तमा राम्रै बहस र टिका टिप्पणी  बनेको छ । हुनत उनको यो कनेक्सन विल्कुलै नयाँ भने होइन । बिचबिचमा आएका बदलाव र भारतसँगको ढुलमुले सम्बन्ध उनकै बोलीमा अडान नहँुदा र  बोल्दा बोल्दै आवेगमा आउने प्रबृत्तिको कारण हो । पहिलो पटक सरकारबाट बाहिरिदा दाहाल भारतप्रति निकै आक्रामक बनेका थिए । वि.सं. २०६६ सालमा उनले बानेश्वरको एक  कार्यक्रममा गर्जदै भारत विरुद्ध स्वाधिनताको संघर्ष गर्ने  उद्घोष नै गरेका थिए । 

प्रधानमन्त्री माधव नेपालको सरकारलाई उनले कठपुतलीको संज्ञा पनि दिएर सोझै मालिकसँग वार्ता गर्छौ हामी कसैको एस म्यान भएर बस्दैनौ भनेर उर्लिएका उनले बिस्तारै बुझ्दै गएकी भारतसँग पौठेजोरी खेलेर नेपाली राजनीतिमा टिक्न सकिदैन भनेर ।

न उपलब्धिपूर्ण सम्झौता न विवादित  कदम

नेपाली राजनीतिको दिल दिल्लीसँग यसरी जोडिएको छ की जो सूकै शुरुमा भारतको विरोध गरेर  जनताको मनमा बस्न खोजेपनि आखिर नेपाली राजनीतिको रिमोट त उत्तैबाट चल्ने रहेछ भन्ने कुरा पनि उनले बुझे र यसकारण उनको अहिलेको भ्रमणमा कुनै पनि महत्वपूर्ण सम्झौता भएनन् । उनको यो भ्रमण भारतलाई रिजाउन मात्र गरिएको देखिन्छ ।अहिले उनले दिल्लीसँग दिल खोलेर कुरा गरेको अभिव्यक्ति पनि दिएका छन् । भारत भ्रमणकैक्रममा प्रधानमन्त्री प्रचण्डले संविधानको विषयमा भारतसँग कुनै पनि असमझदारी बाँकी नरहेको पनि दाबी गरेका छन् । 

हरेक पटक भारत गएका नेपाली प्रधानमन्त्रीहरुले कुनै न कुनै राष्ट्रघाती सम्झौता गरेर आउँछन् भन्ने नेपाली जनताको आँकलनलाई उनले गलत सावित त गरे तर उनको भारत भ्रमण भारतलाई खुसी पार्न  शिवाय अरु कुनै कामका लागि थिएन् भन्ने कुरा छर्लङ्ग भएको छ । 

भारतलाई खुसी पार्न पहिलेदेखि नै प्रचण्डको अभ्यास 

उसो त भारतसँगको सम्बन्ध ओली सरकारले बिगारेको अरोप  नलागेको होइन् यद्यपी सो सरकारमा माओवादी केन्द्रपनि सामेल थियो । पछि सरकारको नेतृत्व गर्ने चाहनाले बाहिरियो । 

पहिलाको जस्तै अवस्था नआओस भन्नको लागि  भारतसँगको सम्बन्ध सुधार्न अझ भनौ भारतलाई आफुप्रति विश्वासिलो बनाउन प्रचण्डले बेला बेलामा भारतको गुनगान गाउन थालिसकेका थिए । पहिलो पटक सरकारबाट बहिरिदा तथानाम गाली गर्ने उनै प्रचण्डले भारतसँगको सम्बन्ध सुधानुपर्ने आवाश्यकता औल्याउँदै आए । केही महिना अघि मात्र  भारतीय पत्रिका “टाइम्स अफ इण्डियासँग” विशेष कुरा गर्दै भारतसँग नेपालको सम्बन्ध तोड्नै नसक्ने बिन्दुमा पुगेको बताएका थिए ।   

प्रचण्डको पनि आफ्नै बाध्यता छ कारण सदियौ देखिको नेपाल भारत सम्बन्धलाई (राजनीतिक ) उल्टाउन सहज छैन् । यसकारण पनि सम्बन्ध सुधार्नुको विकल्प छैन् । 


के सम्झौता भयो भ्रमणमा ?

प्रधानमन्त्री भारत भ्रमणको क्रममा तीन सम्झौता भएका छन् । 
१. नेपाल र भारतबीच भएको पहिलो सम्झौता हुलाकी राजमार्ग निर्माणबारे छ । 
सम्झौताको पहिलो बुँदामा ‘तराईका सडकको स्तरोन्नतिका लागि परियोजना व्यवस्थापन परामर्श सेवाका लागि समझदारी भएको’ उल्लेख छ  । साथै दुई देशबीच यसलाई नयाँ मोडालिटीबाट अघि बढाउने समझदारी भएको छ । 
२. भारतको पूर्वप्रतिवद्धता अनुसारको ७५० मिलियन डलर सहुलियतपूर्ण ऋणको सम्झौता भएको छ । 
३. यो समझदारी नयाँ अनुदान तथा ऋण सहयोगबारे छ । साथै नेपालले भारतीय प्रधानमन्त्रीका नेपाल भ्रमणका बेला घोषणा भएको १००० मिलियन डलर सहुलियतपूर्ण ऋण मध्ये ५५० मात्र लिने प्रस्ताव गरेको छ ।












 




 



paicho

nepal life

bussewa

राजनीति

​कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री कोइराला

११ असार, विराटनगर । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तह निर्वाचनमा  कांग्रेस पराजित भए लोकतन्त्र कमजोर हुने बताएकी छन् ।विराटनगरस्थित आफ्नै निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालले शान्ति, सम्बृद्धि, लोकतन्त्र र प्रजातन्त्रको विकासका लागि कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नै  पर्ने बताइन् ।

​नेता महताको निधनमा एमालेबाट दुःख व्यक्त

११ असार, काठमाडौं । नेकपा(एमाले)ले डडेल्धुरा जिल्ला, पर्शुराम नगर कमिटीका अध्यक्ष बहादुर महताको स्थानीय तहको निर्वाचनका क्रममा यही असार ८ गते पर्शुराम–११ मा आयोजित आमसभालाई सम्बोधन गर्दै गर्दा हृदयाघातबाट निधन भएकामा दुःख व्यक्त गरेको छ । वि सं २०२८ मङ्सिर २५ गते जन्मिएका नेता महताले यसअघि तीन कार्यकाल साबिकको

​मधेसी–जनजातिका माग सम्बोधन गर्न आवश्यकः नेता गुरुङ

११ असार, पाँचथर । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले हिमाल पहाड–तराई सबैलाई गोलबन्द बनाएर मधेसी, जनजाति, आदिवासी र अल्पसङ्ख्यकका मागलाई सम्बोधन गर्न आवश्यक रहेको बताउका छन् । सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थामा राज्यले सबै दल 

अन्तर्राष्ट्रिय

पाकिस्तानमा तेल ट्यांकरमा आगलागी, १२३ भन्दा बढीको मृत्यु, कैयौं घाइते

११ असार, काठमाडौं । पाकिस्तानको पञ्जाव प्रान्तको सूवे स्थित बहावलपुर शहरमा एक तेल ट्यांकरमा आगलागी हुँदा एकसय जना भन्दा बढीको मृत्यु भएको छ । 

​बङ्गलादेशमा ट्रक दुर्घटनामा परी १६ जनाको मृत्यु

११ असार, ढाका । बङ्गलादेशको उत्तरी क्षेत्रमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । उत्तरी राङ्पुर जिल्लामा सडकबाट चिप्लिएर ट्रक दुर्घटना भएको हो । 

​इदको पूर्वसन्ध्यामा करिब सात सय सिरियाली कैदी रिहा

११ असार, सिरिया । सिरियाली सरकारले मुस्लिम धार्मिक पर्व इद उल फित्रका अवसरमा ६ सय ७२ जनालाई कैद मिनाह गर्दै रिहा गरेको छ ।राष्ट्रपति बसर अल असदविरुद्धको विद्रोहमा सघाएका केही लडाकुसहित अन्य कैदीबन्दीलाई रिहा गरिएको हो ।

विचार / ब्लग

​राजपाको आन्दोलन : बहिस्कार गरेर बैद्य माओवादी बन्ने या तराईको पहिलो शक्ति ?

राष्ट्रिय जनता पार्टी राजपाले आइतबार निर्बाचनमा भाग नलिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्यो । राजपाको आन्दोलनका कार्यक्रम यस्ता छन् कि आफुले बहिस्कार मात्र होइन, जनताले भोट हाल्न पनि नपाउन् भन्ने उद्देश्यले गरिएको आमहड्तालसहित । सरकारले पटक पटक लचिलो ढंगले प्रस्तुत भएर निर्वाचनको मिति सार्दा पनि राजपा सहमत हुन सकेन ।

सुदुरपश्चिमले कर्तव्यको भारी मात्रै कहिलेसम्म बोकिरहने ? सुदुरका समस्या,सम्भावना र सपनाहरु

अभाव, अशिक्षा, गरिबी, बेरोजगारी, जातीय छुवाछुत, महिला हिंसा, छाउपडी, देउकी प्रथा, कमलहरी, हलिया, कमैया, सुकुम्बासी लगायतका शब्दले दिइने सुदूरपश्चिमको परिचय फेरिदै गएको छ । ‘सुदूरपश्चिम’ को सट्टा अब ‘सुन्दर सुदूरपश्चिम’ भन्न थालिएको छ । सुदूरपश्चिम बाहिरबाट आउनेहरुका आँखामा अभावै अभाव र समस्यै समस्याको सुदूरपश्चिम भएपनि सुदूरपश्चिमेली भने ‘सुन्दर सुदूरपश्चिम’ देख्न थालेका छन् । 
Top