दाङलाई प्रदेश ५ को राजधानी बनाउन पहल गर्छु : प्रचण्ड


Wednesday, 6 Nov, 2019 9:29 AM
२० कात्तिक, दाङ । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् ।  राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने उनको भनाइ छ ।

‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको केन्द्र निर्माणमा पनि दाङ जिल्ला एउटा महत्वपूर्ण जिल्लाको रुपमा उभिएर आउँछ भन्ने मेरो विश्वास छ’, दाङमा बुधबार बिहान सञ्चारकर्मीसँग प्रचण्डले भने, ‘ मैले त्यसको निम्ति आफ्नो ठाउँबाट हिजो पनि पहल गर्दै आइको थिएँ र भोलि पनि गर्नेछु । ’

प्रदेशको राजधानी टुंगो लागिसकेपछि विकास प्रक्रियाले गति लिने बताउँदै प्रचण्डले अगाडि थपे, ‘दाङ जिल्लाले खेल्ने भूमिका प्रदेशस्तरमा मात्र होइन, राष्ट्रिय स्तरमा पनि महत्त्वपूर्ण भएर आउँछ भन्ने विश्वास छ र हाम्रो तर्फबाट त्यो कोसिस भई नै राखेको छ ।’

दाङलाई नै प्रदेश ५ को केन्द्र बनाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक रहेको उनको भनाइ छ । दाङ पुग्दा आफूलाई न्यायो अनुभूति हुने गरेको भन्दै उनले विकासमा दाङले फड्को मारेकोमा प्रसन्नता व्यक्त गरे ।

उपनिर्वाचनतिर सरकारको ध्यान गएको भन्दै उनले चुनाव सफल बनाउनुपर्ने बताए । ‘उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ’, उनले भने, सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।

प्रदेश प्रमुखको बर्खास्ती र नियुक्तिलाई लिएर अनेक क्रिया–प्रतिक्रिया उब्जिरहेका बेला उनले यसलाई स्वभाविक प्रक्रिया भएको टिप्पणी गरे


global ime

Ruslan

runner bike

राजनीति

प्रदेश ५ को स्थायी राजधानी र नाम तोक्ने सिफारिस समितिका सांसदहरु विदेश भ्रमणमै मस्त

२७ मंसिर, बुटवल । सत्तारुढ दल नेकपाभित्रकै शक्ति संर्घषकै कारण प्रदेश ५ को नाम र स्थायी राजधानी तोक्न ढिलाइ भइरहँदा सिफारिस समितिका सांसदहरु भने विदेश भ्रमणमा निस्केका छन् । राजधानीको नाम र केन्द्रबारे प्रतिवेदन दिने समय पटक–पटक थपेपनि समितिको प्रतिवेदन बुझाउन छाडेर सांसदहरु भारत भ्रमणमा गएका हुन् । प्रदेश ५ संसद्ले २०७५ साल साउनमै नाम र राजधानी सिफारिस गर्न विशेष समिति गठन गरेको थियो । विशेष समितिले तीन महिनाभित्र नाम र स्थायी राजधानी सिफारिससहितको प्रतिवेदन पेस गर्ने समयसीमा पाए पनि समितिले पटक–पटक म्याद थप्दै आएको छ ।

चाबहिल–साँखु सडकखण्डको काम पाँच महिनामा सक्न माधव नेपालको निर्देशन

काठमाडौं, मंसिर २६ । पूर्वप्रधानमन्त्री एवं काठमाडौं क्षेत्र नम्बर–२ का सांसद माधवकुमार नेपालले चाबहिल–साँखु सडकखण्डको काम पाँच महिनाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । चाबहिल–साँखु सडकको बिहीबार निरीक्षण गर्दै उनले विस्तारित सडकको काम पाँच महिनाभित्र सम्पन्न गर्नुपर्ने बताएका हुन् । विस्तारित सडकको काम चित्तबुझ्दो नभएको भन्दै नेता नेपालले खाल्डाखुल्डी पुर्न र गुणस्तरीय पिच गर्नुपर्ने बताए ।
सत्तारुढ दल नेकपाका नेतासमेत रहेका उनले कानुनी र आर्थिक समस्या भए आफूले समाधान गर्ने भन्दै अन्य समस्या देखाएर काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको स्पस्ट पारे । 

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर घोडाघोडीमा नेकपा र कांग्रेसबिच विवाद

२६ मंसिर, धनगढी । समाजिक सञ्जालमा नगर प्रमुख ममता प्रसाद चौधरी र घोडाघोडी पर्यटन बोर्डका उपाध्यक्ष दयाराम चौधरीको चरित्रहत्या गरेको भन्दै उद्योग वाणिज्य संघका पूर्व अध्यक्षलाई कारवाही गरिनुपर्ने उजुरी परेपछि कैलालीको घोडाघोडीमा नेकपा र नेपाली कांग्रेसबिच विवाद उत्पन्न भएको छ । नेकपा नगरकार्य समितिले पूर्व उपाध्यक्ष चन्द्र प्रकाश चौलागाई विरुद्ध कारवाहीको माग गर्दै इलाका प्रशासन कार्यालय सुख्खडमा उजुरी दिएको छ । यस्तै नेपाली कांग्रेसले नागरिक स्वतन्त्रताको अधिकारलाई कुण्ठित गर्न खोजेको भन्दै विरोध जनाएको छ ।

अन्तर्राष्ट्रिय

बेलायत चुनाव : ‘एक्जिट पोल’मा कन्जरभेटिभलाई बहुमत

२७ मंसिर, काठमाडौं । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले बहुमत ल्याउने मत सर्वेक्षण (एक्जिट पोल) सार्वजनिक भएको छ । बीबीसी, आईटीभी र स्काई न्युजले मतदातासँग गरेका सर्वेक्षणमा कन्जभेटिभ पार्टीले बहुमत ल्याउने देखिएको हो । बीबीसीका अनुसार, मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका नतिजामा कन्जरभेटिभले ३ सय ६८ स्थानमा जित हासिल गर्ने देखाएको छ । एक्जिट पोलअनुरूप परिणाम आएमा कन्जभेटिभ सन् २०१७ मा भन्दा ५० बढी स्थानमा विजयी हुनेछ ।

साउदी महिलाहरुलाई होटल तथा रेष्टुराँ प्रवेशमा खुकुलो

२३ मंसिर, काठमाडौं । साउदी अरेबियाले सार्वजनिक होटल तथा रेष्टुराँहरुमा प्रवेशका लागि महिलामाथि गरिएको कडाइलाई खुकुलो पारेको छ । यसअघि सार्वजनिक होटल तथा रेष्टुराँमा परिवारका सदस्यसहित जाने महिलाहरुका लागि छुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको थियो । तर अब भने अन्य सर्वसाधारण सरह महिलाले जुनसुकै ढोकाबाट होटल तथा रेष्टुराँमा प्रवेश गर्न पाउने भएका छन् । दशकौंदेखि महिलामाथि लगाइएको प्रतिवन्ध फुकुवा गरेको अधिकारीहरुले जनाएका छन् । यसअघि साउदीमा श्रीमान वा परिवारका सदस्यबाहेक अन्यसँग होटल तथा रेष्टुराँमा जान महिलालाई कडाइ गरिएको थियो । 

भारतमा आज नागरिकता विधेयक पेश गरिँदै, विपक्षीको चर्को विरोध

२३ मंसिर, काठमाडौं । भारतको तल्लो सदन लोकसभामा आज नागरिकता संशोधन विधेयक २०१९ पेश हुने भएको छ । भारतका गृहमन्त्री अमित शाहले आज पेश गर्ने विधेयकका  लागि भारतीय जनता पार्टीले आज सोमबारदेखि बुधबारसम्म संसदमा उपस्थित हुन आफ्ना सांसदलाई व्हिप जारी गरेको छ ।  पार्टीको  तर्फबाट यसलाई मुख्य प्राथमिकता दिइएको छ । यसलाई संसदमा पेश गरेपछि सबै सांसदलाई उपस्थित हुन आग्रह गरिएको छ । केन्द्रीय मन्त्रिमण्डलले यसलाई पहिला नै स्वीकृति दिइसकेको छ । यो विधेयकका बारेमा संसदमा निकै चर्को बहस हुने सम्भावना रहेको छ ।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top