प्रचण्ड कमरेड तपाईले सपना देख्न छाडेकै हो र ?


Tuesday, 13 Oct, 2015 12:30 PM
प्रिय प्रचण्ड,

अभावै–अभाव,पीडा,आसुँ र क्रन्दनबाट गुज्रीरहेको देशको एउटा नागरिक भएर यो पत्र तपाईलाई लेख्दैछु । मुलुकले तपाईकै गठजोडमा नयाँ संविधान त पाएको तर संविधानले सानो सलाईको काटि पनि छाडिदिएको छ समाजमा । तपाईलाई त थाहै छ, सानो सलाईको काटीले पनि संसार जलाउन सक्छ । संविधान पाएकोमा हामी खुसी छौं,तर सारा देश खुुसीको उन्मादमा रमाउन सकेको छैन । प्रिय प्रचण्ड, समकालीन राजनीतीमा तपाइले खेलेको भुमीका अत्यन्त प्रशंशनीय छ तथापी तपाईले यक्ष प्रश्नहरुको जवाफ दिनुभएको छैन,नेपाली समाजलाई ।

संविधान सभापछिका तीन एमालेका प्रधानमन्त्रीहरु एमाओवादीकै सहयोगमा वने । हुन त तपाईलाई पनि अनौठो लाग्दो हो तपाइकै होनहार सयौ कार्यकर्ता मार्न निर्देशन दिने कमल थापा,एमाओवादीलाई वादँरको संज्ञा दिने ओली आज तपाईका कत्ति निकट । अनी जीन्दगीभरी प्रचण्ड हाम्रो सुप्रिम नेता भनेर मर्न र मार्न तयार हुने नेता कार्यकर्ता पराई । तपाईलाई कहिल्यै कम्युनिष्ट नदेख्ने ओलीसंग अचम्मको प्रेम,युद्धका हरेक मोर्चाहरुमा संगसंगै रहेका वैद्य,बादल,विप्लव सौतेनी आमाका छोराजस्तै ।

राजनीती अनौठो खेल हो भन्ने त सुनेको थिए तर यत्ति अनौठो हो सोचेकै थिइन मैले । कमरेड,साच्चै तपाईको सपनामा रुकुम,रोल्पा,कर्णालीका दुखहरु आउन छाडेकै हुन त ? के तपाईको मुटु यत्ति निर्दयी भएकै हो त ? सोच्नुस त युद्धमैदानमा परिवर्तन आउँछ र देश वन्छ वनेर गोली थापेकाहरुको सपना पुरा भयो त ? हो गणतन्त्र आयो,संविधान आयो तर जुन थारु,मधेशी,दलितहरुले तपाइकै नेतृत्वमा सञ्चालीत युद्धमा रगत वगाए,उनिहरुका परिवारजनमा खुसी छायो त ? अहँ कमरेड त्यसो कदापी हुन सकेन् । हुन त तपाई राजनीतिको अनौठो खेलाडी हो तर तपाईले त खेल पनि अनौठो खेल्नुभो न हारेजस्तो न जितेजस्तो । मैदान तपाईले वनाएजस्तो मज्जा अर्कैले लुटेजस्तो,खाना तपाईले पकाएजस्तो पेट अर्कैले भरेजस्तो । रगत माओवादीले वगायो तर रगतको व्याज अर्कैले खाएजस्तो कस्तो अनौठो हगि । तपाईकै भाषमा भन्ने हो भने तपाईले देशका लागि त्याग गर्नुभो,ठुलो रिस्क मोल्नु भो तर कमरेड कस्का लागि ।

हो राजनीतीमा स्थायी केही हुदैन तर यत्तिसम्म घटिया लेवलसम्म राजनीती पुग्दैन होला । हो मुलुकको संकट टार्न नयाँ सरकार आवश्यक थियो,तपाईले सहयोग गर्नुभो तर सरकारमा जानु हुदैन्थ्यो सुण्ड,मुण्ड र मण्डलेहरुको । तपाईले एक कार्यक्रममा आफ्ना कार्यकर्तालाई गुनासो गर्दै भन्नुभो –‘संविधान वनाएकोमा खोइ मलाई वधाइ दिएको ।’ त्यहीबाट तपाईले वुझ्नपर्दथ्र्यो कि तपाईका लािग जीवन दिने सहिद,वेपत्ता,घाइते अपाङ र भोक,प्यास नभनी लडेकाहरुको मन कदापी खुसी छैन । यतिवेला तपाईलाई काग्रेस–एमालेजनका सवैभन्दा वढी वधाई आएका छन तर तपाईका कुनै समर्थक,शुभचिन्तकबाट आएको छैन । के काग्रेस–एमाले,कमल थापहरु प्रिय भएर अरु सवै तपाईका पराई भएकै हुन त ? तपाई मान्नुस या नमान्नुस अहिले तपाईले ओली नामको सर्पलाई दुध खुवाएर अमृत ओकल्नेछ भन्ने आशा गर्नुभएको छ ,तर जुनसुकै प्रजातीको सर्प भएपनि त्यसले विषै ओकल्छ ।

एकदिन त्यही सर्पले तपाईले डस्नेछ,त्यत्तीवेला अहिले तपाईले चाहिन्नन् भनेर हेपेका डाक्टर र वैद्यहरु नै काम लाग्नेछन् । तपाईले अस्ती भन्नु भो पार्टिलाई २ वर्षपछि एकनम्वर वनाउँछु भनेर तर के यसरी नै वन्छ एकनम्बर पार्र्टी । तपाईका हजारौ कार्यकर्ताहरु अवरको खाडीमा ४० डिग्रीको प्रचण्ड गर्मीमा जीन्दगी चलाउन दिनरात मरिरहेका छन् । कुनै दिन पुष्पकमल अर्थात प्रचण्ड कत्ति प्यारो थियो कार्यकर्ताका लागि तर आज हेर्नुस त अरबको प्रचण्ड पो प्यारो भयो ।

के यि सव कुरा तपाईका सपनामा आउन छाडेकै हुन त कमरेड । अन्त्यमा ओलीलाई प्रधानमन्त्री वनाउन जत्ती तपाईले प्रयास गर्नुभो त्यत्ती तपाइका चिराचिरा परेका पार्टीहरुलाई एक गर्न कम्मर कसेको भए तपाईको हैसियत अर्कैै हुन्थ्यो । आज देशले,रुकुम,रोल्पा,कर्णाली र सुदुरले प्रचण्ड मात्रै होइनन्,वैद्य,बाबुराम,विप्लव,बादल सहितको पुरानै ढिडो र खोलेमा रमाउने माओवादी चाहेका छन् । के तपाईले त्यो साहस र त्याग गर्न सक्नुहुन्छ । के प्रचण्ड पुष्पकमलबाट लाजीम्पाटहरु छाडेर पुरानै झुपडीमा रमाउन सक्ने प्रचण्ड वन्न सक्छ ?  त्यसैमा तपाईको भविष्य निर्धारण हुन्छ ।

                                 अहिलेलाई यत्ति,सुदुरको भुमीबाट तपाईको शुभचिन्तक केशव जोशी । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै डब्लुएचओबाट बाहिरियो अमेरिका

२४ असार, काठमाडौँ । 
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ।  विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै  अमेरिका डब्लुएचओबाट बाहिरिएको हो। संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए।   राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top