siddhartha

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

विष्णु पोखरेल


Thursday, 23 Nov, 2017 1:55 PM
एउटा गीत छ, ‘भन्छन् लोग्ने मान्छे भएर रुनु हुन्न रे...’ । नेपाली समाजको पुरानो भनाई पनि हो यो । साँच्चै लोग्ने मान्छेले रुनु हुन्न किन भनियो होला ? माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पछिल्ला केही दिनले यो प्रश्नलाई झन् अगाडि ल्याइदियो । 

गत आइतबार प्रकाशको निधनमा आमा सीता दाहाल रोइन्, श्रीमती रोए, दिदी–बहिनी रोए, आफन्तहरु रोए, तर प्रचण्ड सकेसम्म नियन्त्रणमा रहे । 

पशुपति आर्यघाटमा छोराको अन्तिम संस्कारमा प्रचण्डको पीडा राम्रैसँग छाम्न सकिन्थ्यो । छोरालाई दागबत्ती दिँदै गर्दा उनको अनुहार नराम्रोसँग अमिलिएको थियो । आँखाभरी आँशु भरिइसकेको थियो । तर, भित्रै दबाए, बाहिर खस्न दिएनन् । अमिलो अनुहार लिएरै उनले उपस्थिततिर फर्किएर दुवै हात उठाए । 

साँझ लाजिम्पाट फर्किएपछि पनि सम्हालिए र परिवार सम्हाल्ने कोसिस गरे । पीडा भएपनि आँशु थाम्नुपरेको संकेत सोमबार शुभचिन्तकमाझ प्रचण्डले गरे । निन्याउरो अनुहार लगाएका शुभचिन्तकमाझ प्रचण्डले सहाससाथ बाहिर निस्केर सम्बोधन गरे । 

उनी आफू सम्हालिँदै पत्नी सीतालाई पनि सम्हाल्दै छन् । प्रकाशजस्ता छोराछोरी देशमा धेरै भएको र जनताले आफूहरुबाट अभिभावकको भूमिका खोजेको भन्दै पत्नीलाई सम्झाइरहेका छन् । 

मंगलबार उनी पत्नी सीतालाई साथमै लिएर चुनावी सभा कार्यक्रमका लागि चितवन गए । छोरो बितेको दुई दिनमै उनी पीडा पचाएर चितवन पुगेका थिए । भरतपुर चुनावी सभामा प्रकाशलाई श्रद्धान्जली दिँदै गर्दा पत्नी सिता एकाएक भक्कानिइन् । भक्कानो त प्रचण्डको मनमा पनि परेको थियो होला, तर उनी सम्हालिए, पत्नीलाई सम्झाउनतिर लागे । 

त्यही कार्यक्रममा आफ्नै पार्टीका पोलिट्ब्युरो सदस्य तथा जनवादी गायक खुसीराम पाख्रिन पनि हृदयघात भएरै गए । पीडामाथिको पीडामा पनि सम्हालिए प्रचण्ड । छोराको मृत्युको पीडा मनमा थेगेर उनी मंगलबार साँझ नै रौतहट गोली काण्डमा परी घाइते भएकालाई उपचार भइरहेको भरतपुरस्थित अस्पतालमै गएर पनि भेटे । नआत्तिन सान्त्वना दिन भ्याए । आफू यत्रो पीडामा हुँदा पनि उनी अरुको पीडामा मल्हम लगाउन तयार भए  ।  

केही दिन प्रचण्डलाई पछ्याएपछि उही गीतको प्रसंग फेरि उठ्छ, के लोग्ने मान्छे भएर रुनु हुँदैन ? सत्य यो हो भन्ने लाग्छ कि लोग्ने मान्छे पनि रुन्छन्, पीडाले चौपट पोल्छ । प्रचण्डलाई पनि यस्तो पक्कै भयो, भएको छ । पार्टी कार्यालयमा कोठाभित्रै रोए, छोराको दाहसंस्कार सकाएर निवास फर्किएपछि कोठाभित्र एक्लै केहीबेर रोए रे । तर, परिवार र आफन्तसामु भने सम्हालिए । किनभने, उनी रुँदा परिवारमा पीडा झन् बढ्थ्यो । परिवारमा लिनुपर्ने यो जिम्मेवारी हाम्रो सामाजिक मान्यताले लोग्ने मान्छेलाई नै दिएको छ । 

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । अरुको पीडा कम गर्न पनि आफ्नो पीडा दबाए । लोग्ने नै रुन थालिदियो भने स्वास्नी झन् रुन्छिन्, अनि परिवारका सबै सदस्य । त्यहाँ, आँशु र पीडा सम्हालिसाध्ये हुँदैन । आफ्नो एकथोपा आँशु खस्दा परिवार, आफन्त र शुभचिन्तकका आँखाबाट सागर उर्लिन्छ भन्ने सायद प्रचण्डलाई पनि थाहा थियो । 

आफ्नो मनमा भक्कानो फुटेपनि आँशु छुटाउन नसकेको व्यहोरा उनले सार्वजनिक पनि गरिसकेका छन् । प्रकाशको निधनको भोलिपल्ट लाजिम्पाट निवासमा पुगेका शुभचिन्तकमाझ उनले यो वेदना पोखेका थिए । भनेका थिए, ‘पीडा त ठूलै छ, तर सम्हालिनु परेको छ ।’ उनले यसो भन्दै गर्दा उपस्थितका आँखा रसाएका थिए, तर आफू सम्हालिए । सायद, उनको मनमा पनि एउटा सोंच बलियो छ, लोग्ने मान्छे भएपछि सम्हालिनै पर्छ, लोग्ने मान्छे भएर रुनु हुँदैन...। 

हो हाम्रो सामाजिक चित्र र लय नै यस्तै छ । त्यसैले त भनिन्छ, लोग्ने मान्छे भएर रुनु हुँदैन । 


 


Ruslan

paicho

bussewa

राजनीति

​यी हुन् एमाले माओवादीबीच भएका भागवण्डा, मन्त्रालयका सूचीसहित

 १० फागुन काठमाडौ। विहीबार सम्पन्न एमाले–माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकले मन्त्रालयको भागवण्डा  टुङ्ग्याएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले आज विहान बाँडफाँट गरेको स्रोतको भनाई छ । 

ओलीसँग वार्ता सकिएलगत्तै प्रचण्डले किन बोलाए पूर्वहेडक्वार्टर सदस्यहरुको बैठक ?

१० फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको पूर्वहेडक्वार्टर सदस्यहरुलाई आफ्नो निवासमा बोलाएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रचण्डले आफ्ना नेताहरुलाई खुमलटार निवासमा जम्मा हुन सर्कुलर जारी गरेका हुन् । बैठकका लागि नेताहरु खुमलटारमा जम्मा भएका छन् ।

पार्टी एकता र मन्त्रालय भागवण्डामा अझै सहमति जुटेन, दुई कार्यदलको बैठक बालुवाटारमा जारी

१० फागुन, काठमाडौं । पार्टी एकताको प्रारम्भिक आधार तयार पारेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबारबाट एकताको थप गृहकार्य सुरु गरेका छन् । पार्टी एकताको लागि संगठनात्मक र प्रतिवेदन तयार पार्न बनाइएका दुई कार्यदलले आजबाट काम सुरु गरेका हुन्

अन्तर्राष्ट्रिय

कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

१० फागुन, अबुजा । नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिएका छन् । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना सदस्यलाई बुधबार घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिनुभएको सरकारका प्रवक्ताले जानकारी दिए । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने

१० फागुन। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन नमिल्ने फैसला सुनाएको छ । सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजको अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले ठहर गरेको हो । प्रधानन्यायाधीन मेन साक्विब निसारको नेतृत्वमा 

भारतीय फिल्मस्टार हसानले खोले नयाँ राजनीतिक पार्टी

१० फागुन ।  भारतीय फिल्मस्टार कमल हसानले नयाँ राजनीतिक पार्टी खोलेका छन् ।भारतको दक्षिणी राज्य तामिलनाडूमा हसानले नयाँ पार्टी खोलेको घोषणा गरेका हुन । ६२ वर्षका  हसानले तामिलनाडूको मदौरी शहरमा आफ्ना समर्थको भीडमा नयाँ पार्टी खोलेको घोषणा गरेका हुन् । सो राज्यमा अभिनेता राजनीतिमा प्रवेश गर्ने संस्कार नै बनिसकेको छ ।

विचार / ब्लग

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 

१२ वर्षपछि प्रचण्डले सम्झिएकी दिपा

आफ्नो बच्चा बिरामी भएर धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार गराउँदै थिइन् दिलमाया रोका दिपा । बिहानको समय, त्यस्तै सवा आठ भएको हुँदो हो, उनको मोवाईलमा घण्टी वज्यो । उनले मोवाईल हेरिन कुनै परिचित नम्वर त थिएन, तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो । हेलो दिपा जि हो ?

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :
Top