कस्तो होला बाबुराम बिना एमाओवादीको नम्बर वान बन्ने यात्रा !


Thursday, 24 Mar, 2016 12:36 PM
११,चैत,काठमाण्डौं ।  
माओवादी पार्टी एक भएको बेला पनि बहुमत ल्याउन नसकेको अवस्थामा पछिल्लो समय एमाओवादी कार्यकर्तालाई  ‘नम्वर वान ’बन्ने भाषणको व्यापार गर्दै हिडेको छ । जो पछिल्लो सयम ६ चिरामा विभाजित भइसकेको अवस्था छ ।  ६ टुक्रामा टुक्रिएको माओवादी पार्टीको एक प्रमुख पार्टी एमाओवादीका अध्यक्ष प्रचण्डले त पटक–पटक एक नम्बरको पार्टी बनाउने सार्वजनिक उद्घोष समेत गरेका छन् । माओवादी त्यत्तीबेला पावरफुल थियो जतिबेला बाबुराम,वैद्य,बादल,विप्लवहरुसंग संगै थिए ।



तर आज ठूलो प्रश्न छ, एमाओवादीको अघि के सवै माओवादी एक ठाउँमा आउदैमा वा नआएमा एमाओवादी नम्बर वान बन्ने हैसियतमा छ त ?  एकजना विश्लेषक भन्छन–‘माओवादी अब एक नम्बरको पार्टी बन्छ भन्नु र गधालाई धोएर गाई बनाउछु भन्नु उस्तै हो ।’ एक नम्बर पार्टी बनाउन दौडिरहेका प्रचण्डले किन बेलाबेला यस्तो कार्ड फ्याक्छन त्यो वुझिनसक्नु छ । त्यसो त दोश्रो संविधान सभा निर्वाचनमा पनि वैद्यले पार्टी छाडेको अवस्थामा प्रचण्डले मेचिकाली दौडाहामा एमाओवादीले २ तिहाई मत ल्याउने ठोकुवा नै गरेका थिए । अन्त्यमा प्रचण्डले कल्पनासम्म नगरेको २५ सीटमा खुम्चीयो, एमाओवादी । तर माओवादी अध्यक्ष प्रचण्डले आफ्ना कमजोरीहरु भने सच्च्याउने हिम्मत कहिल्यै गरेनन् । 



प्रचण्डका ५ कमजोरी यस्ता छन् । 
पहिलो: प्रचण्डले कहिल्यै पनि पार्टीलाई विधि र पद्धतीमा व्यवस्थित गर्न सकेनन् । अरुका लागि विधिका कुरा गर्ने तर उनी आफु विधीमा कहिल्यै चलेनन्,जो माओवादीभित्रको ठुलो समस्या हो । 

दोश्रो :  एमाओवादीमा गल्ती गर्नेलाई कार्वाही र राम्रो गर्नेलाई पुरस्कारको व्यवस्था अर्थात उपयुक्त मुल्याङ्कन छैन् । 

तेश्रो : प्रचण्ड सर्वाहारा वर्गका नेता हुन । तर उनको जीवन सदागिपुर्ण छैन । उनको लवज कुनै सम्भ्रान्त वर्गभन्दा कम छैन,प्रचण्डभन्दा कयौ गुणा सरल जीवन स्वर्गीय काग्रेस सभापति सुशील कोइरालाले जिउँथे ।

चौथौ: प्रचण्डको सबैभन्दा ठूलो समस्या हो नाता–गोता र निकटता । जसले प्रचण्डलाई सधैभरी बदनामित गरिरह्यो । उनले जहिल्यै पनि आफुनिकटका मान्छेलाई मात्रै बोक्दै आएको आरोप खेप्दैै आएका छन् ।

पाचौं: प्रचण्डको पाँचौ समस्या हो उनको आफ्नै मुखबाट निष्कने बोली । उनले आफ्नो बोलीमा लगाम नलगाउदा पार्टी भित्र र बाहीर जहिले पनि समस्या हुदै आएको छ भने प्रचण्डले माफी समेत माग्नुपरेको छ । भावाशेषमा वग्ने उनको बानीले प्रत्यक्ष मार पार्टीलाई परेको छ । 
कस्तो बनाउने पार्टी ?

एमाओवादी युवा नेता खगराज भट्टका अनुसार एमाओवादी नयाँ परिवेशमा नयाँ भएर आउन खोज्दैछ । मौलिक पहिचान सहितको मौलिक पार्टी बनाउन सक्ने कि नसक्ने माओवादीका अघि ठूलो चाइलेन्ज भएको उनको वुझाई छ । माओवादीले पहिचान र सामाथ्र्यका आधारमा आफुलाई रुपान्तरण गर्न सके माओवादी पहिलो पार्टी बन्न सक्ने उनको दावी छ । विचार र राजनीति एक ठाउमा आए पार्टी ठिक ठाउँमा आउने युवा नेता भट्ट बताउँछन् । 



बाबुराम बिनाको एमाओवादी 
बाबुराम एमाओवादी भित्रको मुख्य योजनाकार थिए । माओवादीको खाका लेख्नेदेखि अन्य कतिपय निति निर्माणको काम बाबुरामले नै गर्दै आएका थिए । यहाँसम्मकी एमाओवादीको पहिलो र दोश्रो संविधान सभा निर्वाचनको प्रतिवद्धतापत्र समेत भट्टराईले नै तयार गरेका थिए । तर उनी हाल एमाओवादी छैनन् । बाबुरामकै भनाईलाई आधार मान्ने हो भने एमाओवादी रातो स्टीकर लागेको घर हो । के त्यसो भए बाबुराम विनाको एमाओवादी नम्बर वानको बाटोमा आउँन सक्छ ? 

एमाओवादी नेता भट्टका अनुसार बाबुरामको बर्हिगमन ठुलो झट्का भएपनि माओवादीले आफुलाई रुपान्तरण गरे अवसर छ । उनको वुझाईमा वैद्यले पार्टीको आन्तरीक जीवनमा प्रभाव पार्छन भने बाबुरामले जनताको लेबलमा । चुनावी परिणाम जनताकै तहबाट आउँछ । भट्ट भन्छन्–‘हामीले आफुलाई एमाले,कांग्रेसभन्दा भिन्न देखाउन सक्ने कि नसक्ने हाम्रो भविष्य त्यसैमा निर्धारण हुन्छ  । 

सरकारमा गएकाले बदनाम गराए 
माओवादी भित्र पछिल्लो समय सबैभन्दा ठूलो समस्या हो ओली सरकारमा भोज खान गएका माओवादी मन्त्रीको । स्वयंम ओलीले केहि गर्न त सकेनन्,सकेनन्,माओवादीबाट सकारमा गएका मन्त्रीहरुले रिवन काट्नेदेखि अन्य काम गर्न सकेनन् । सरकारमा माओवादीले दक्ष मान्छे नपठाएको माओवादीभित्रै चर्चा छ ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त सार्वजनिक रुपमै माओवादी मन्त्रीको कामको आलोचना गर्दै आएका छन् । माओवादी नेताका अनुसार माओवादी मन्त्रीको यस्तै हर्कत र काम हुने हो भने भएको माओवादी इज्जत पनि माटोमा मिल्न सक्छ । मुलुक संकटको बेला गृहर आपुर्तीमन्त्री सम्हाल्दा पनि जनताले सास्ती खेप्नुपरेको छ । आपुर्तीमन्त्री गणेशमान पुन त झन कार्टुन नै बन्न पुगेका छन् ।   



नम्बर ३ बाट नम्बर १ कसरी 
प्रचण्डले नम्बर ३ मा रहेको हालको एमाओवादीलाई अर्को निर्वाचनमा नम्बर वान बनाउने बताएपनि त्यसको तयारी भने देखिदैन् । अब माओवादी एक भएपनि त्यत्ती सजिलै माओवादी पहिलो बन्ने सम्भावना देखिदैन् । कारण हो,जनतामा माओवादीप्रतिको विश्वास गुम्नु । त्यो विश्वास माओवादीले आफ्नै कथनी करणीले गुमाएका हुन् । 

विभाजीत कार्यकर्ताको मनोविज्ञान,र नयाँ निती कार्यक्रम बिना भाषणमा मात्रै नम्बर १ राम्रो लाग्छ तर यथार्थमा त्यो तयारी देखिदैन् । अहिलेसम्मको माओवादी भनेको तत्कालीन नेकपा माओवादी नै एमाओवादी भएपनि ।  प्रचण्ड एक्लैले यो परिस्थितीसम्म ल्याइपुगाएका होइनन,सवैको योगदान छ ,तर अब सबै एकठाउमा हुने सम्भावना त्यत्ती देखिदैन् । यस्तो अवस्थामा एमाओवादीलाई ३ नम्बरमै टिकिरहन पनि मुस्कील पर्न सक्छ । 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रधानमन्त्री ओलीलाई हटाउने तयारी

१५ फागुन, काठमाडौँ ।
नेकपाका स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ‍ओलीले  बुधबार बसेको सचिवालय बैठकको निर्णय नमाने ओलीलाई प्रधानमन्त्रीबाटै हटाउने गृहकार्य भएको छ ।

संकटमा प्रधानमन्त्री, निर्णय उल्टाए गम्भिर अवस्था आउने चेतावनी

१५ फागुन, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेसँगै नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्रीले भने मेराविरुद्ध खेल भए, मुकाबिला गर्न तयार छु

१४ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध षड्‌यन्त्र भएको बताएका छन् । बुधबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओली षड्‌यन्त्रपूर्वक चालिएका खेलहरूको  मुकाबिला गर्न आफू तयार रहेको बताए । 

अन्तर्राष्ट्रिय

इटालीमा कोरोना २५ प्रतिशतले वृद्धि, बहराइनमा पनि संक्रमण

१५ फागुन, काठमाडौँ ।
कोरोना भाइरसको संक्रमण चीन हुँदै विश्वभर देखिन थालेको छ ।  कोरोना नियन्त्रणका लागि विश्वव्यापी प्रयास भइरहेका बेला युरोपका इटाली, अस्ट्रिया, क्रोएशिया, ग्रिस, नर्वे र स्विट्जरल्यान्डमा संक्रमण भेटिएको छ। कोरोनाबाट सबैभन्दा बढी इटली प्रभावित भएको छ ।

दिल्ली हिंसामा ज्यान गुमाउने २० पुगे, मुख्यमन्त्री केजरीवालद्वारा सेना परिचालनको माग

१४ फागुन, काठमाडौं । भारतको राजधानी दिल्लीमा नागरिकता कानुनको विषयमा जारी दुई पक्षीय झडपमा मृत्यु हुनेको संख्या २० पुगेको छ। बुधबार बिहानसम्म उत्तरपूर्वी दिल्लीमा मृतकको संख्या बढेर २० पुगेको हो भने २ सय ५० भन्दा बढी घाइते भएका एएनआइले जनाएको छ। दिल्लीमा हिंसा बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई सेना परिचालन गर्न आग्रह गरेका छन्। 
 

दिल्ली तनाव साप्रदायिक हिंसामा परिणत, १३ को मृत्यु, १ सय ५० बढी घाइते

१४ फागुन, काठमाडौँ ।
भारतको राजधानी दिल्लीमा जारी नागरिकता कानूनविरुद्ध चर्किएको आन्दोलन साम्प्रदायिक हिंसामा परिणत भएको छ । भारत सरकारले ल्याएको नागरिकतासम्बन्धी कानुनको विरोध र समर्थन गर्नेहरुबीच उत्पन्न तनाव, हिन्दु र मुस्लिम समुदायबीच को हिंसामा बदलिएको हो।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top