ghaderi
esewa

मलाई हत्याको एक नम्बर लिस्टमा राख्नेहरु देखेर दया लाग्यो : प्रचण्ड


Thursday, 14 Mar, 2019 3:16 PM
 ३० फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजोसँगै जनयुद्ध लडेका साथीहरूले आफूलाई मार्ने सूची बनाएको बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर टिम खटाएको दस्ताबेजसमेत भेटिनु दुःखद भएको उनले बताए । ‘प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर टिम खटाउनुभएको छ रे,’ वाइसिएलले बिहीबार पेरिसडाँडामा गरेको सहिद तथा बेपत्ता परिवारजनलाई सम्मान कार्यक्रममा उनले भने, ‘मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो त ?’ आफूलाई मार्न टिम खटाउनेहरूलाई देखेर दया लागेको उनले बताए । ‘ती साथीहरूलाई देख्दा दयामाया लागेको छ । सोच्नुस राम्रोसँग भनेको छु,’ दाहालले भने ।

राज्य कानुनअनुसार अघि बढ्ने बताएका उनले जनयुद्धको योजनाकर्ता, नेतृत्वकर्ता र शान्ति प्रक्रियाको पनि नेतृत्वकर्ता भएकोले अन्तिमसम्म लडिराख्ने बताए । विप्लवले प्रचण्डजस्तै बन्छु भनेर नक्कल गरेको उनले बताए ।

‘नक्कलले दुःख पाउनुबाहेक अरू केही हुन्न । मेरो स्कूलको नक्कल गरेर पास भइँदैन । सक्कल गरे पो पास भइन्छ,’ दाहालले भने, ‘जनयुद्धकै बेला मैले ज्ञानेन्द्रलाई महेन्द्रको कलाविहीन नाटक भनेको थिएँ । नौटंकी भनेको थिएँ । भयो त्यस्तै । आखिर उनले दरबार छोड्नु पर्यो । 
देशमा राजतन्त्र पनि नभएको र २०५२ सालको जस्तो परिस्थिति पनि नभएकोले विप्लवले सोचेजस्तो केही गर्न नसक्ने उनले बताए ।
‘यो ०५२ साल होइन । देशमा राजतन्त्र छैन । हिजो सँगै लडेका साथीहरूको सरकार छ, अनि परिस्थिति हेर्नु पर्दैन ?,’ दाहालले भने, ‘अर्को प्रचण्ड बन्छु भनेर हिँडेका छन् सजिलो छैन । म प्रचण्ड बन्छु भनेर हिँडेकै होइन । जनताले प्रचण्ड बनाइदिएका हुन् ।’
उनले प्रचण्डको नक्कल गरेर प्रचण्ड भइँदैन भन्ने राम्रोसँग बुझ्न पनि उनले आग्रह गरे । ‘प्रचण्डकै नक्कल गरेर प्रचण्ड भइँदैन । यही समयमा फेरि नयाँ प्रचण्ड बन्दैन । हिजोका साथीहरूलाई यो सल्लाह दिइराखेको छु,’ उनले भने ।

जनयुद्ध लडेका सहिद तथा बेपत्ताजनसहित नेताबाट देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएकोले त्यो परिवर्तनबाट अब पछि हट्न नसकिने उनले बताए । ‘महान् सहिद र बेपत्ताका परिवारजनका अगाडि बसेर म भन्छु परिस्थिति ०५२ सालजस्तो छैन । हाम्रै कारणले परिवर्तन आएको छ । यसलाई उल्ट्याउने भनेको निरंकुशतातिर लैजाने हो,’ उनले भने ।

उनले सहिद तथा बेपत्ताजनका परिवारलाई आफूहरूको नेतृत्वमा दुई तिहाइको सरकार रहेकोले निराश नहुन आग्रह पनि गरे । परिवर्तन ल्याउन साथ र सहयोग गर्नेलाई कुनै आग्रह वा पूर्वाग्रह नराखी कन्जुस्याइँ नगरी सहयोग गरिने उनले बताए ।

सहिदलाई सम्मानका लागि जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेल र झापा विद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली दिन आफू ती ठाउँ पुगेको उनले बताए । ठूलो पार्क बनाएर सहिदको नाम लेख्ने र ती स्मारक ऐतिहासिक बनाउन सके परिवारजनलाई पनि खुसी आउने उनले बताए ।
‘ठूलो पार्क बनाएर सहिदका नाम लेख्न सकियो र ती स्मारक ऐतिहासिक ठाउँ बनाउन सकियो भने मात्रै नखुलेका मनहरू र कैयौं प्रश्न गुठिएका मन चंगा हुन्छन,’ दाहालले भने, ‘सहिदले गरेका काम राम्रा रहेछन, युगयुगसम्म पनि सम्मानित हुने रहेछन् भन्ने दिन आउँछ ।’


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

राज्य चूप लागेर बस्न मिल्दैन : माधव कुमार नेपाल

११ चैत, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताएका छन् । चितवनमा आज पत्रकारसँगको भेटघाटमा उनले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताए । पूर्वप्रधानमन्त्री नेपालले भने, ‘राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।’ नेता नेपाल महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा आज चितवन आइपुगेका हुन् । डा सिके राउतको समूहलाई

सुरक्षा समितिको बैठकबाट सेना परिचालन हुने: मन्त्री पोखरेल

११ चैत, विराटनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सुरक्षा परिषद्को बैठक नबसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको प्रस्ताव राष्ट्रपतिबाट सदर भएपछि मात्र सेना परिचालन हुने स्पष्ट पारे । उनले सेना परिचालनको एक महीनापछि प्रतिनिधिसभाबाट उक्त प्रस्ताव पास हुनुपर्छ भन्दै प्रधानमन्त्री एक्लैको निर्णयबाट सेनाको परिचालन हुने भन्ने कुरा 

महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा : प्रकाशमान सिंह

११ चैत, भद्रपुर । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताएका छन् । झापाको विर्तामोडमा नेपाल प्रेस युनियनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइन विपरीत बोलेका विचार निजी हुने स्पष्ट पारे । ‘नेपाली काङ्ग्रेस लोकतान्त्रिक पार्टी भएकाले आफ्नो अलग्गै धारणा राख्न पाउने नेताको पनि अधिकार हो’, उनले भने, ‘तर पार्टीको आधिकारिक धारणा के हो भनेर प्रश्न 

अन्तर्राष्ट्रिय

नेतान्याहु र ट्रम्पबीच भेटवार्ता हुने

११ चैत, वासिङटन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वासिङ्टनमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सो भेटवार्ताको क्रममा गोलान हाइटस्मा रहेको यहुदीहरूको सार्वभौमितालाई अमेरिकी राष्ट्रपति ट्रम्पले औपचारिक रुपमा स्वीकार गर्ने अनुमान गरिएको छ । सिरियाले १९६७ मा छ दिनको युद्ध गरी आफ्नो कब्जामा लिएको गोलान हाइट्स लामो समयदेखि नै अन्तर्राष्ट्रिय चासोको विषय बनेको थियो । अमेरिकाले इजरायलको सार्वभौमिता स्वीकार गर्ने अनुमान गरिएको छ । आगामी अप्रिल ९ मा इजरायलमा

​पूर्वी अफगानिस्तानमा विस्फोट आठ सर्वासधारण घाइते

११ चैत, जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा रहेको एक स्वास्थ्य शिवीरनजिकै सोमबार एक विस्फोट भएको छ । यसमा परी कम्तीमा आठ सर्वसाधारण घाइते भएका एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । घाइते मध्ये तीन बालबालिका र तीन महिलालाई प्रान्तीय अस्पतालमा सारिएको प्रहरी र उद्धारकर्ताहरुको टोली जानकारी दिएको प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोग्यानीले जानकारी दिएका छन् । यस विस्फोटमा परी कैयौ पसल र कार्यालयहरु समेत ध्वस्त भएको बताइएको

नर्वेको तटीय इलाकामा पानीजहाजबाट सयौंको उद्धार

११ चैत, ओस्लो । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार तीन सय भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ । पानीजहाजमा यात्रारत व्यक्तिहरुले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त जहाज समुद्रमा ढलपल गरेको र मुस्किलले डुब्नबाट जोगिएको देखिएको थियो । नर्वेका उद्धारकर्मीहरुले तत्कालै हेलिकप्टर र अन्य जहाजको सहायताबाट उद्धारकार्य थालेका थिए । भाइकिङ स्काई कम्पनीको उक्त पानीजहाजमा विद्युत आपूर्ति बन्द भएको 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top