​प्रदेशको विवादमा को जिम्मेवार,नेता कि जनता ? अवको बाटो के : बिश्लेषक के भन्छन् ?


Sunday, 4 Dec, 2016 3:02 PM


एलिजा उप्रेती /काठमाडौँ । सरकारले व्यवस्थापिका सँसदमा गतहप्ता  दलहरुलाई एकठाउँमा नल्याइकन विवाद नै विवादको विच  संविधान संसोधनको  प्रस्ताव दर्ता गर्यो । असन्तुष्ट मधेसी मोर्चाको माग सम्बोधन गर्न सत्ता प्रतिपक्ष एमालेलाई वेवास्ता गर्दै  संविधान सँसोधनको प्रस्ताव दर्ता गरेको एमालेले आरोप लगाउदै आएको छ । 
अर्कातर्फ सम्बोधन  गर्नुपर्ने एउटा प्रदेश भएपनि पाँच नम्बर प्रदेशलाई चलाएर विद्रोह निम्त्याएको मधेस मामिलाका जानकार तथा विश्लेषक बताउँछन् ।  यता सरकारमै सामेल दलका केही  नेताहरु संयूक्त रुपमा नै खुलेर संसोधन प्रस्तावको विरोध गरिरहेका छन् । छ दिन देखि शुरु भएको संविधान सँसोधन प्रस्ताव दर्ता विशेष गरी पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई झिकेर छुट्टै  प्रदेश बनाउने प्रस्तावसँगै शुरु भएको आन्दोलन  अझैसम्म रोकिएको छैन् ।  

कतै राजनीतिक दलको आडमा त कतै सर्वसाधारण आफै स्वत स्फुर्त रुपमा प्रदेश टुक्र्याउन पाइदैन भन्दै सडकमा आएका छन् ।   पाँच नम्बर प्रदेशका पहाडी जिल्ला पाल्पा अर्घाखाँची,गुल्मी रोल्पा र प्यूठान तथा ७ नम्बर प्रदेशका रुकुम ,दैलेख ,सल्यानलाई जोडेर आठौ प्रदेश बनाउने प्रस्तावसँगै चर्केको आन्दोलनले अबको राजनीति र सामाजिक अवस्था कता जाला भन्ने सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । 
एकाथरि संघियता  चाहन्छ भने अर्कोथरी ओठे संघियतामा सिमित छ जो आफ्नो क्षेत्रमा अलिकति पनि यताउती हुन नदिने पक्षमा छ  । तर विश्लेषकहरु अहिले संविधान सँसोधनको नभइ कार्यान्वयनको समय भएकाले अनावश्यक सँसोधनको प्रस्ताव गरेर अशान्त बनाएको आरोप लगाउँछन् । 

अहिलेको अवस्थालाई राजनीतिक विश्लेषक के भन्छन् ?
 

प्रा.डा, सुरेन्द्र केसी राजनीतिक  विश्लेषक 
राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी सरकारले व्यवस्थापिका सँसदमा संविधान संसोधनको प्रस्ताव दर्ता गर्नु नै गलत भएको बताउँछन् । सत्ता प्रतिपक्ष एमालेलाई यस विषयबाट  बाहिरै राखेर  प्रस्ताव गर्दा त्यसले सँकट निम्त्याउँछ भन्ने थाहा   हुदा हुदै सरकारले सो प्रस्ताव गरेको भन्दै  प्रा.डा. केसी भन्छन्,  “मधेसी मोर्चालाई खुसी पार्न ल्याएको संविधान सँसोधन विधेयकमा अन्र्तराष्ट्रको स्वार्थ छ । नेपाली मुल्य मान्यतालाई विर्सेर, राष्ट्रिय अखण्डता र सार्वभौकितामा हस्तक्षेप हुने गरी भारतले पटक पटक हस्तक्षेप गर्दै आएको र अहिलेको संािधान सँसोधनको प्रस्तावलाई विज्ञप्तिनै निकालेर स्वागत गर्नुले  पुष्टि गर्छ की यसको स्वार्थ समुह को हो भनेर ।  संघियता मधेसी मोर्चाको होइन भारतको एजेण्डा बनेको छ । माओवादीले मगरात ,थारुवान ,लिम्बुवान भनेर जातिय नाम झिकेर राष्ट्रलाई कमजोर पारेको छ । त्यस्तै  नेपाली काँग्रेस पनि  एमालेको घाटी अठ्याएर विभाजनमा साथ दिदै छ । ”
संघियता चाहिन्छ तर त्यसले सबैलाई चित्त बुझाउने खालको हुनुपर्छ , होइन भने पाँच विकास क्षेत्रलाई लिएर अघि बढ्दा अहिले देखिएको विद्रोह साम्य हुने भन्दै उनी भन्छन् , प्रक्रियागत ढङ्गले प्रस्ताव पास हुन्छ र त्यसलाई जनताले साथ दिन्छन भने त्यो पनि राम्रै हुन्छ । दलहरु आफ्नो स्वार्थअनुसार विभाजनमा जादैछन् । उनीहरु आफै कमजोर हुदैछन् । 


पत्रकार तथा विश्लेषक डा.राजेश अहिराज​
पत्रकार तथा विश्लेषक डा.राजेश अ‍ैराज संविधान संसोधन  प्रस्ताव गर्ने समयनै गलत भएकाले  मुलुकको पछिल्लो अवस्था देखिएको बताउँछन् । उनी भन्छन् ,“सरकार संविधान सँसोधन तर्फ भन्दा पनि कार्यान्वयन तर्फ लाग्नुपर्ने अवस्थामा भएको बेला जुन पक्षलाई सँम्बोधन गर्ने गरी संविधान सँसोधन दर्ता गरायो त्यसले नत मधेसी नेताको मागलाई सम्बोधन गर्न सक्यो नत  अरुको चित्त बुझाउन सक्यो । त्यसले त शान्त रहेको प्रदेश नम्बर पाँचलाई उचाल्यो मात्र ।  अहिले सम्म कुनै पनि मधेसी जनताले भनेका छैनन की यो गाविस टुक्राउ /यो नटुक्रयाउ । सिमांकनको विवाद जनतामा होइन नेतामा देखिएको छ । सबैलाई आफ्नो आफ्नो क्षेत्र सुरक्षित गर्नु छ  । पार्टीको विधान र संविधानमा फरक बुझ्नुपर्छ नेताहरुले  । मुख्य रुपमा संविधानले कसैलाई विभेद गरेको छैन ,विभेद नेतृत्वबाट हुन्छ ।”
अहिले राजनीतिक दलहरुनै संविधान संसोधन किन,कसरी र केका लागि भन्ने कुरामा स्पष्ट हुनुपर्ने समय आएको बताउदै  डा. अ‍ैराज भन्छन्, “संविधान संसोधनको विषयमा खुल्ला बहस हुनुपर्छ । सबैजना देशलाई बचाउन तर्फ लाग्नुपर्छ ।  पहिला देश अनि प्रदेश हुदा मात्र मुलुकको अखण्डता जोगाउन सकिन्छ ।” 


बालकृष्ण माबुहाङ (समाज विज्ञान विज्ञ )

बालकृष्ण मबुहाङका अनुसार संघियता ठीक भएपनि  अहिलेको विद्रोह भनेको राजनीतिक दलको  अराजकताको कारण हो । उनी भन्छन ,“संघियता हुदा केही तलमाथि हुन्छ तर यहाँ त “जिसका लाठी उसकी भैस” जस्तो भएको छ । दलहरुमानै कमजोरी  देखिएको छ । आफु अनुकुलका निर्णयमा जोड दिइरहेको जनताको कुरा गरिरहनु उचित होइन् । ”


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top