siddhartha
gharjaggakosathi

​के म गर्भवती भएकै हुँ त ?


Sunday, 17 Dec, 2017 3:17 PM
कुनै पनि महिलाले आफु गर्भवती भए–नभएको घरमै थाहा पाउनको लागि होम गर्भावस्था टेस्ट किटहरु निकै छिटो र सरल उपाय भएको छ । महिलाहरुले  ‘डू–इट योरसेल्फ’ किट सजिलै बजारमा किन्न सक्छन् । यस्ता किटहरु औषधी पसल, डिपार्टमेन्ट स्टोर र किराना पसलहरुमा सहजै पाउन सकिन्छ । महिनावारी गडबडी भएको केही दिनमा नै महिलाहरुले आफ्नो घरमा नै पिसाबको जाँच गरेर आफु गर्भवती भए नभएको सजिलै थाहा पाउन सक्छन् ।

बोस्टनस्थित् महिला अस्पतालकी मिडवाइफरीकी निर्देशक र एक प्रमाणित नर्स मिडवाइफ मिशेल हेलजसनले होम टेस्टलाई बजारीकरण गर्नुको प्रमुख उद्धेश्य नै महिलाहरुलाई आफु गर्भवती भए नभएको थाहा पाउनको लागि नै हो भनेकी छन् । यदि सकारात्मक परिणाम आएको खण्डमा महिलाहरुले जन्मपूर्व रेखदेखको लागि डाक्टर वा स्वास्थकर्मी कहाँ गएर परार्मश लिनु पर्ने उनले बताएकी छन् । 

गर्भावस्था पहिला नै निदान भएको खण्डमा चिकित्सकहरुले पनि गर्भवती महिलाहरुलाई उचित सरसल्लाह दिने मौका पाउँछन् । यसका साथै चिकित्सकहरुले गर्भवती महिलाहरुको नराम्रा बानी जस्तै धुम्रपान, मध्यपान र अनुचित औषधीहरुको सेवन नगर्न सल्लाह दिने गर्दछन् जसले विकास हँुदै गरेको भू्रणका लागि हानी गर्ने गर्दछ ।

पहिला पहिला गर्भवती भए नभएको परिक्षण डाक्टर र नर्सहरुले मात्र गर्ने गर्दथे र जसमा धेरै नै समस्याहरू पनि आउने गर्दथे । त्यसले धेरै समय पनि लिने भएकाले महिलाहरुले निकै नै असहजता महसुस गर्दथे । परिक्षणको क्रममा चिकित्सकहरुले महिलाको पिसाबको केही मात्रा लिएर त्यसलाई खरायो, मुसा र भ्यागुतोमा जाँचको लागि प्रयोग गर्दथे । यदि ती जनावरहरुको प्रजनन प्रणालीमा जाँचमा  कोरियोनिक गोन्डोट्रोटिन ( एचसीजी) को स्तरको मापन भएको खण्डमा महिला गर्भवती भएको थाहा हुन्छ किनकी उक्त हार्मोन गर्भवती महिलाहरुमा मात्र हुन्छ ।

पहिलो होम प्रेग्नेङ्सी किटलाई १९७० मा व्यापक रुपमा अमेरिकी बजारमा ल्याइएको थियो । परिक्षणमा शुद्ध पानी, एक ट्यूबमा भेडाको रातो रक्त कोशिका र एक ड्रप ड्रपर समावेश गरिएको थियो । यसले ( एचसीजी) को परिक्षणका लागि पिसाबको नमूना लिएको २ घण्टा पछि मात्र परिणाम दिने गर्दथ्यो ।

होम टेस्टको फाइदा भनेको महिलाहरुले आफ्नो शारीरिक सम्बन्धको गोप्यता कायम नै राख्न सक्छन् । किटको प्रयोगले महिलाहरुले निकै नै छिटो र सहज तरिकाले आफु गर्भवती भए नभएको थाहा पाउन सक्छन् ।

अहिलेको समयमा बजारमा दर्जनौ होम गर्भावस्था टेस्ट किटहरु पाउन सकिन्छ । प्राय बजारमा  ६० देखि १५० रुपैंया सम्मका होम टेस्टका सामाग्रीहरू उपलब्ध छन् । घरमै निदान गर्न सकिने वस्तुहरुको उपयोगीतामा होम गर्भावस्था टेस्ट किट सर्बाधिक बिक्री हुने वस्तु हो ।

परिक्षण कस्तो हुन्छ  ?
होम गर्भावस्था परिक्षणले पिसाबमा एचसीजी स्तरको मापन गर्दछ । यो हार्मोन गर्भाशयमा अण्डहरु प्रत्यारोपण भएको केही समयमा प्लासेन्टाले उत्पादन गर्दछ, त्यसैले यो गर्भवती महिलाहरुमा मात्र पाइन्छ ।  सुरुवाती गर्भावस्तामा एचसीजीको मात्रा हरेक ४८ देखि ७२ घण्टामा रगतमा दोब्बर हुने गर्दछ भने दोस्रो ट्रिमिटरको अवधिमा हार्मोन अपरिर्वतित हुने गर्दछ । 

कहिले परिक्षण गर्ने ?
सबैभन्दा राम्रो परिणामका लागि महिलाहरुले आफ्नो महिनावारी गडबडी भएको एक हप्तासम्म कुरेर परिक्षण गरेको नै राम्रो हुने हेलजसनको भनाई छ । यो विधी खासगरी अनियमित महिनावारी चक्र जुन २८ दिने महिनावारी चक्रको तुलनामा थपघट हुने भएका महिलाहरुका लागि निकै नै फाइदाजनक सावित भएको छ । 

यसले कसरी काम गर्छ ?
परिक्षणको क्रममा एक कप जति पिसाबलाई लिएर औषधी ड्रपरको सहायताले परिक्षण पट्टीमा पिसाबलाई स्थानतरित गरेर गरिन्छ । यसमा महिलाले सिधै बाथरुममा गएर परिक्षण पट्टीमा पिसाब फेरेर पनि परिक्षण गर्न सक्दछन् ।

टेस्टले मिडस्ट्रीम पिसाबको प्रयोग गर्ने सल्लाह पनि दिएको छ जसको मतलब पहिला सौचालयमा पिसाब गर्ने र त्यसपछि कपमा नमूनाको लागि फेरी पिसाब गर्ने । एउटा महिलाले होम टेस्ट किटको मद्यतले केही मिनेटमा नै आफु गर्भवती भए नभएको थाहा पाउन सक्छिन् । केही उत्पादकहरुले यदि महिनावारी मिस भएको पहिलो दिनमा नै परिक्षण गर्दा पनि होम गर्भावास्ता परिक्षण किटले ९९ प्रतिशत यर्थात परिणाम दिने दाबा समेत गरेका छन् । तर केही अध्ययनकर्ताहरुले उत्पादकहरुको यो दाबा माथि प्रश्न चिन्ह खडा गरिरहेका छन् । 

परिणामलाई बुझ्नु

परिक्षणको आधारमा, परिणाममा प्लस वा माइनस साइन, एकल वा दोहोरो रेखा, एउटा रंग परिवर्तन हुनु वा गर्भवती वा गर्भवती होइन देखाउने डिजिटल रीङआउटको रूपमा पाउन सकिन्छ । कुनै परिक्षणमा भने नियन्त्रण विन्डो समेत हुन्छ जसको प्रयोग पिरणाम विन्डोसँग तुलना गरिन्छ । एक नियन्त्रण विन्डोले परिक्षण सहि तरिकाले भएको छ वा छैन भनेर देखाउने काम पनि गर्दछ । उदाहरणका लागि यदि विन्डोमा केही नियन्त्रण रेखा वा प्रतिक देखिएन भने परिक्षणले राम्रोसँग काम नगरेको थाहा हुन्छ ।
धेरै कारणहरुले परिक्षणको परिणाममा प्रभाव पार्ने गर्दछन् : गर्भबती परिक्षणमा हतार गर्दा पनि सही परिणाम नआउने हुन्छ किनकी एचसीजी स्तर महिनावारी मिस भएको केही समयमा त्यति सक्रिय भइसकेको हुँदैन ।

घरमा गरिने परिक्षण र अस्पतालमा हुने परिक्षण
पिसाबको नमूना लिएर घरमा गरिने परिक्षण र अस्पतालमा गरिने परिक्षण उस्तै खालका हुन्छन् । किनभने दुवैमा एचसीजी हर्मोनको स्तर जाँच गरेर एउटी महिला गर्भवती भए नभएको परिक्षण गरिने हेलजसनले बताइन् । साथै उनले गर्भावस्ताको परिक्षण लागि रगतको पनि परिक्षण गर्न सकिने बताएकी छन् र जसलाई बिटा एचसीजी परिक्षण पनि भन्निछ । यो पिसाब परिक्षण भन्दा निकै नै संवेदनशील पनि हुन्छ ।
 
रगतको परिक्षणबाट गर्भावस्थाको जाँच पिसाबको नमूना लिएर गर्ने भन्दा छिटो गर्न सकिन्छ । तर यो जाँच पिसाबको नमूना लिएर गर्ने जस्तै महिलाले आफै घरमा बसेर भने गर्न सक्दैनन् । यसको लागि अस्पताल वा क्लिनिकमा नै धाउनु पर्ने हुन्छ । साथै यो परिक्षण पिसाबको नमूना लिएर गर्ने जति सहज र छिटो परिणाम दिने खालको भने हुँदैन ।

होम गर्भावस्था परिक्षण गर्ने तरिका
सवधानी पूर्वक गर्ने  :
 राम्रो परिणामको लागि प्याकेटमा भएको निर्देशन पुस्तिका राम्ररी पढ्ने र त्यसको पालना गर्ने । विशेष रूपले कहिले र कहाँ प्रयोग गर्ने भन्ने निर्देशनको पालन गर्ने र परिणाम पढ्नको लागि पर्याप्त समयको प्रतिक्षा गर्ने । 

बिहान परिक्षण गर्नुहोस्:  एक महिलाले बिहानको पहिलो पिसाबको नै परिक्षण गर्दा राम्रो हुन्छ, किनभने बिहानको पहिलो पिसाबमा एचसीजीको मात्र धेरै हुन्छ । दिनको समयमा धेरै पेय पर्दाथ पिइने हुनाले पिसाब पातलो हन्छ । जसबाट राम्रो परिणाम नआउन सक्छ ।

फेरि परिक्षण गर्नु पर्ने पनि हुन्छ : यदि कुनै पनि महिलालाई आफु गर्भवती भएको जस्तो लागिरहेको छ र परिणाम भने नकारात्मक आएको छ भने उक्त परिक्षण फेरि गर्नु पर्ने पनि हुन्छ । उसले केही हप्ता पछि जाँच गर्दा राम्रो हुन्छ किनकी त्यतिबेला एचसीजीको स्तर बढीसकेको हुन्छ ।

समयले पनि फरक पार्दछ : गर्भधारण गरेको र महिनावारी मिस भएको निकै छिटो हतार गरेर जाँच गरेको खण्डमा पनि गलत परिणाम आउन सक्छ किनभने प्लासेन्टामा पर्याप्त एचसीजी जम्मा भइनसकेको हुन पनि सक्छ ।

अतिरिक्त साहयता लिनुहोस् : यदि महिलालाई उक्त होम परिक्षणको उत्पादनमा विश्वास नलागेको खण्डमा महिलाले अन्य उल्पादन वा डाक्टरकोमा गएर पनि परिक्षण गराउन सक्छन् । 
लाइभसाइन्स्बाट 


Ruslan

paicho

bussewa

राजनीति

एमालेसँग चाँडो एकता हुन्छः प्रवक्ता भुसाल

४ माघ, काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले)संगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छिन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन् । दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी

​संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छ : प्रधानमन्त्री देउवा

४ माघ, काठमाडौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन् । आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले संविधान निर्माणपछि तराई 

जनकपुरको विरोधमा वीरगन्जमा प्रदर्शन

४ माघ, वीरगन्ज । सरकारले प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगन्जमा विरोध सुरु भएको छ । वीरगन्जलाई प्रदेशको राजधानी बनाउनुपर्ने माग राख्दै वीरगन्जबासीले बिहानैदेखि वन्दको आह्वान गर्दै प्रदर्शन गरका छन् ।

अन्तर्राष्ट्रिय

अब दुई कोरियाको साझा झण्डा हुने, मिल्ने भए छुट्टिएका दुई मुलुक

४ माघ । आउँदो फेब्रुअरीमा हुने विन्टर शीतकालीन ओलम्पिकमा आपसमा दुश्मनजस्तै रहेका दुई कोरिया उत्तर र दक्षिणले साझा झण्डा लिएर मार्च गर्ने भएका छन् । सीमावर्ती गाउँ पान्मुन्जोममा भएको दुई कोरियाका उच्च नेताको वार्तामा आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर 

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top