आफ्नो माटोको सुगन्ध सधै उत्तम हुन्छ, आफ्नो गाउँ, ठाउँ आफै बनाउ


Saturday, 26 Mar, 2016 8:44 PM
सामाजिक विकास र समाज परिवर्तनको चाहना सबै नागरिकमा छ । नागरिकहरु व्यक्तीगतरुपमा यस्तो चाहना पुरा गर्न सक्दैनन् । हुनत: राज्य संयन्त्रबाट यस विषयमा चाहना उठाउनु पर्ने हो तापनि हाम्रो जस्तो अन्योल ग्रस्त राजनितीबाट गुज्रेको मुलुकमा यस किसिमको चाहना तत्काल पुरा हुने देखिदैन । राज्यले चाहे परिवर्तन हुन सक्छ भन्ने हाम्रै जस्तो भुपरिवेस्ठित छिमेकी मुलुक भुटानले शिक्षा र स्वास्थ्य जस्तो जनसरोकार राख्ने सामाजिक सेवाको क्षेत्रमा जनताको समान पहुँच हुने गरि दुवै क्षेत्र निःशुल्क गरेको छ, त्यस्तै ग्रामिण स्तरमा कृषि कार्यमा संलग्न किसानहरुलाई विद्युत सुविधा समेत निःशुल्क गरेको छ त्यस्तै पर्यावरणीय सन्तुलन कायम गर्न कुल भुभागको ७२% बनजंगल क्षेत्र विस्तार गरेको छ । त्यस्तै आफ्नो भाषा र परम्परागत भेषभुषालाई जिवन्त बनाएको छ । यस्ता गतिविधीमा हाम्रो राज्य पनि जिम्मेवार बन्नु पर्ने हो विडम्बना हुन सकिरहेको छैन । हामी आपसमै टिकाटिप्पणीहरु गर्न अव्यस्त छौ । यसैले अव नागरिक तहबाटै केही गर्न जुट्नु पर्छ । स्वदेशमा बस्ने र रोजीरोटीको लागी विदेशिएका तमाम नागरिकले कम्तीमा आफु जन्मेको जन्मभुमीलाई सकेको सहयोग तन, मन र वचनले गर्नको लागी तयार हुनु पर्छ । अव सरकारको भर मात्र नपरि आफ्नो गाउँ, शहरमा सबै निश्चित रुपमा जुटेर सरकारी क्षेत्र र अन्य सामाजिक संस्थाहरु सँग सहकार्य गरि समाजका हरेक सामाजिक सेवाहरुमा सबैको समान पहुँच दिलाउनको लागी अघि बढ्नु पर्दछ ।  यो कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा सानो विचार र धारणा प्रस्तुत गर्ने जमर्को यो छोटो आलेखमा मोटामोटीरुपमा गर्न खोजिएको छ ।
             मुलत कुनै न कुनै कामको शुरुवात गर्नको लागी भित्री ईच्छा शक्ती र चाहना हुनु जरुरी छ । त्यस पश्चात त्यसलाई नेतृत्व गर्न सक्ने आँट र विश्वास पनि हुनु अर्को पक्ष हुन आउँछ । तत्पश्चात सबैलाई समेटेर समान लक्ष्य प्राप्तीमा डोराउन सक्ने र अरुलाई विश्वास दिलाउन सक्ने क्षमता र कलाको जरुरत पनि आवस्यक छ । कुनै काम सफल हुनको लागी उपयुक्त सपना देख्नै पर्छ । सपनालाई साहाकार पार्नको लागी भरपर्दो योजना र योजना पुरा गर्ने उपायहरु वा बाटोहरु उपयुक्त छान्नु पर्ने हुन्छ । त्यसपछि योजनाको सफल कार्यान्वयन भए पछि बल्ल तोकिएको लक्ष्य प्राप्त हुन सक्छ । अव कुरा गरौ कसरी सामाजिक सेवाहरुको लागी जनस्तरबाट सहयोग जुटाउन सकिन्छ र सहयोग जुटाउन सकिने आधार के के हुन सक्छन् । 
             सबै भन्दा पहिला त अहिलेको आधुनिक संचारको विस्तार र पहुँचलाई ध्यानमा राख्दै संसारभरी छरिएका सबै जानपहिचान भएका साथीहरु र सबै व्यक्तीहरु सँग सामाजिक संजाल मार्फत आपसमा कुराकानीलाई अगाडी बढाउने , यसरी कुराकानी र कामको लक्ष्य व्यापक भौगोलिक क्षेत्रलाई लक्ष्यीत गरेर भन्दा पनि आफु जन्मेको सानो गाउँ र शहरमा जन्मेकोले वडा तहमै भएको क्षेत्र छनौट गरेर कुराकानीलाई अगाडी बढाएर समाज सेवाको बारे आफ्ना विचार र धारणाहरु प्रस्तुत गर्ने , यस किसिमको भावनामा साथीहरुको सहमती देखिएमा धेरै साथीहरु र आफ्नो नेराघेराका सबै व्यक्तीहरुलाई गुरुप च्याटमा जोडेर संसारभरीका सबै गाउँले वा शहरी वडाको सबै व्यक्तीहरु वीच बहस अगाडी बढाउने । जुन बहसमा आफ्नो ठाउँमा के कसरी शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा कसरी सहयोग जुटाएर संस्थागतरुपमा काम गर्ने त्यस तर्फ व्यापक  छलफल गरी प्राथमिकता निर्धारण गरि काम गर्नको लागी आपसी सहमति जुटाउने र दीर्घकालीन रुपमा कसरी आर्थिक स्रोत जुटाउन सकिन्छ त्यसबारे पनि छलफल गर्ने साथै कस्तो संस्था खोल्ने , के कस्तो संरचना तयार गर्ने , व्यवस्थापन कसरी गर्ने , स्वदेश र विदेशमा बस्ने वीच कसरी सम्बन्ध स्थापित गर्ने , संस्थाको कार्यक्षेत्र के कस्तो निर्धारण गर्ने , दीर्घकाल सम्म अविच्छिन्न रुपमा संस्था कसरी अगाडी बढाउन सकिन्छ आदी बारे व्यापक छलफल गर्ने र निश्चितरुपमा सबै कुरामा सहमती भए पछि संस्था दर्ता र विधी- विधान बनाउन स्वदेश र विदेशमा बस्नेहरु सबैको प्रतिनिधित्व हुने गरि कार्यसमिति गठन गरि आवस्यक प्रकृया अगाडी बढाउने गर्नु पर्छ । 
            यो प्रयासबाट यस्तो संस्था निर्माण हुन सकोस् कम्तीमा पनि संस्थामा  आवद्ध सदस्यहरुले प्रत्येक बर्ष कमसेकम एकपटक एक दिन को कमाई र अरु बढी सहयोग गर्न चाहेमा अरु थप सहयोग पनि गर्न सकिने हुनु पर्यो । त्यस्तै संस्था विशुद्ध राजनिती प्रभावबाट मुक्त संस्था बन्नु पर्यो  जसले मुख्यरुपमा सामाजिक सेवामा काम गर्न सदस्यबाट संकलित आर्थिक सहयोगको साथै अन्य दातृ संस्था , सरकारी निकाय र व्यक्तीहरु बाट प्राप्त आर्थिक एवं भौतिक सहयोगको उपयोग गर्दै समाजमा पुर्याउनु पर्ने अत्यावश्यक सामाजिक सेवाहरु शिक्षा, स्वास्थ्य , खानेपानी, सरसफाई , सडक, खेलकुद लगायत क्षेत्रमा सहयोग गर्ने र त्यस्तो सहयोग गर्दा निश्चित लक्ष्य सहित परियोजना निर्माण गरि प्रत्यक्ष संस्थाको निगरानीमा काम गर्नु पर्ने हुन्छ । त्यस्तै संकलित कोषको केही प्रतिशत अक्षय कोष स्थापना गरि उक्त कोषको रकमलाई भरपर्दो बैक-विक्तिय संस्था वा सहकारी संस्थामा खाता खोली निश्चित ब्याज आउने गरि लगानी गर्नुपर्छ । त्यस्तै आवस्यकता अनुसार सामाजिक चेतना फैलाउने कामका अतिरिक्त व्यवसायीक अल्पकालीन सिपमुलक तालीम , स्वरोज़गार सृजना गर्ने तालीम र वर्कसप तथा अभिमुखीकरण कक्षा संचालन गर्ने समेत गर्नु पर्दछ । त्यस्तै संस्था आर्थिक रुपमा सबल हुँदै गएमा थप आर्थिक आय आर्जन र कोषको विस्तार गर्नको लागी अन्य आय-आर्जन हुने कामहरु जस्तै बैक तथा विक्तिय संस्था, व्यवसायिक संस्था , आयआर्जन सम्बन्धी व्यवसायीक कृषि कार्य समेत गर्न सकिन्छ जसबाट थप हुन आएको आम्दानीलाई पुन सामाजिक सेवाको क्षेत्रमै प्रवाहित गर्न सकिन्छ । 
         यसै सन्दर्भमा यस्तै प्रयास स्वरुप छलफलमा जुटिएको एक संस्थाको भविश्यमा गरिने कामको मार्गचित्र र प्राम्भिक कार्य जुन संस्था स्थापनार्थ गर्नु पर्ने हुन्छ त्यसबारे मोटामोटी तय गरिएको खाँका यहाँ प्रस्तुत गरिएको छ । जुन उदाहरणको रुपमा व्यक्त गरिएको छ, जसलाई अन्य क्षेत्र वा स्थानका व्यक्तीहरुले पनि अनुसरण गर्न सक्ने छन् । 
      यस नारायणस्थान, बलेवा बाग्लुङ मा बस्ने स्वदेश तथा विदेशमा रहनु हुने आम महानुभावहरुलाई यस गाउँको हरेक सामाजिक सेवाहरुलाई सुविधायुक्त र स्तरिय बनाउनको लागी सबैलाई एक शुत्रमा बाँधेर अगाडी बढ्नको लागी एउटा अविच्छिन्न उत्तराधिकारी गैर सरकारी समाजिक संस्था स्थापना गर्ने खोजिएको छ । जसले मुलत शैक्षिक क्षेत्रको आधुनिक विकासलाई प्राथामिकता दिने साथै जनस्तरमा भरपर्दो स्वास्थ्य सेवा पुर्याउन र अन्य सामाजिक सेवाहरुलाई पनि सबै गाउँबासीहरुको पहुँच र सर्वसुलभता कायम गराउन ठोस प्रयास गर्ने, जुन कामलाई सबैले देख्ने गरि परिमाण र परिणाममुखी बनाउनको लागी प्रयत्नशील रहने । 
                 यसरी निर्माण हुने संस्थामा सकभर सबै नारायणस्थानवासीको घरधुरी र व्यक्तीहरु नछुटाई सबैलाई साधारण सदस्य वितरण गरेर निश्चित संजालमा आवद्ध गर्दै संस्थामा समाहित गर्ने र सबैलाई सामाजिक उत्तरदायित्व र आपनत्तोको भावना अभिवृद्धी गर्ने । यसलाई मुलरुपमा आफैमा समर्थवान संस्था बनाएर यही संस्थाको मातहतमा र अनुगमनमा सामाजिक सेवाहरुमा सहयोग र परियोजनाहरु संचालन गर्ने( यहाँ कुनै पनि निश्चित कार्य पक्षलाई परियोजना भन्ने बुझिनेछ) यस्तो काम गर्दा सदस्यहरुबाट उठाईने  बार्षिक सहयोग र सरकारी अनुदान, अन्य दातृसंस्थाहरु , सामाजिक संस्थाहरु र व्यक्तीहरुबाट प्राप्त हुन आउने सहयोगलाई समेत परिचालन गरिने छ । संस्थाको आर्थिक आम्दानी र अार्थिक गतिविधीलाई दिगो राख्न बार्षिक रुपमा कम्तीमा पनि एक दिनको कमाईलाई अनिवार्य गरिनेछ र थप सहयोग गर्न चाहनेहरुबाट प्राप्त थप रकम  सहर्ष स्वीकार गरिनेछ । यसरी जम्मा हुन आएको आर्थिक सहयोगको रकमबाट बनेको कोष ( Cash Fund) मध्ये निश्चित प्रतिशत अक्षयकोष को रुपमा विकास गरिदै लगिने छ । 
       मुलभुत रुपमा यस संस्थाबाट यस प्रकार कार्य अगाडी बढाउने सोच बनाईएको छ :
   १) स्वदेश तथा विदेशमा रहने सबै व्यक्तीहरु -स्वरोजगार वा  रोजगारमा संलग्न व्यक्तीहरु, व्यवसायीहरु, व्यापारीहरु, किसानहरु, मजदुरहरु, विभिन्न पेशामा आवद्ध व्यक्तीहरु  लगायत  सबै व्यक्तीहरुलाई शुरुमा निश्चित संजालमा जोडिने वा समुहमा आवद्ध गरिनेछ ।
२) यसरी सहभागी व्यक्तीहरु मध्ये निश्चित व्यक्तिहरुलाई सबैलाई समेट्न गरि संस्था स्थापना र संचालानार्थ कार्यसमिति गठन गरिने छ जसमा स्वदेश तथा विदेशमा रहनु हुनेहरुको संलग्नता रहनेछ र त्यस मध्ये पनि स्वदेशमा रहनु हुनेलाई संस्था दर्ता लगायतका काम गर्न विधान बनाउने देखि कानुनी प्रकृया पुरा गरी संस्थाको दर्ता गराउने जिम्मा दिईनेछ ।
३) यस संस्थामा सबैलाई शुरुमा सहभागी बनाउन सदस्यता शुल्क सहित संस्थाको साधारण सदस्य बनाईने र आवस्यकता अनुसार विधानले तोके अनुसार सदस्यहरुका प्रकारहरु पनि तय गरिने छ । 
४) यो संस्था विशुद्ध सामाजिक संस्था र राजनीतिबाट कुनै प्रभाव नपर्ने संस्थाको रुपमा विकसित गरिने छ ।
५) यो संस्थामा आबद्द सदस्यहरुले जीवनकाल र आयआर्जन गर्न सक्ने वेला सम्म कम्तीमा बर्षको एकपटक कम्तीमा पनि एकदिनको आम्दानी संस्थाको कोषमा जम्मा गर्ने प्रतिबद्धता जाहेर गर्नु पर्ने छ ।
६) यो संस्थाले शैक्षिक विकास विना समाज परिवर्तन गर्न सकिदैन भन्ने मान्यता राखी पहिलो प्राथमिकतामा शिक्षालाई जोड दिएर काम गर्ने छ जस अन्तर्गत गाउँमा रहेको सबै स्कुलहरुलाई समान हैसियतको शिक्षाको स्तर र भौतिक सुविधाहरु एवं शैक्षिक गुणस्तर कायम गर्न निश्चित योजना बनाएर कार्यान्वयन गर्ने छ र यसै संस्थाको पुर्ण निगरानीमा काम संचालन गरि आवस्यक काम सम्पादन पश्चात स्कुललाई हस्तान्तरण गरिनेछ र स्कुलले उपलब्ध सेवा-सुविधालाई उचितरुपमा संचालन नगरेको ठहर गरिएमा आउँदा दिनहरुमा त्यस्तै कामका लागी आवस्यक आर्थिक सहयोग पाउनबाट वंचित गरिनेछ । साथै उच्च शिक्षा र कलेज तहको शिक्षालाई समेत विकास गर्न आवस्यक सहयोग गरिनेछ । त्यस्तै एउटा सार्वजनिक पुस्तकालय गाविस मा पायक पर्ने स्थानमा स्थापना गर्न सक्दो पहल गर्ने र त्यसलाई अध्ययन र खोज केन्द्रको रुपमा विकास गर्न सकिनेछ यसका लागी दातृसंस्थाहरु को सहयोग र स्वयं संस्थाको पनि लगानी बाट निर्माण गरिनेछ । 
७) शैक्षिक क्षेत्र पछि अर्को महत्वपुर्ण क्षेत्र स्वास्थ्य सेवालाई भरपर्दो र सबैको सर्वसुलभता र सामान्य स्वास्थ्य सेवा गाउँमै उपलव्ध हुने वातावरण सृजना गर्न अस्पतालको निर्माण र एम्बुलेन्स सेवाहरु साथै सामान्य चिरफार , एक्स रे र हात-खुट्टा फ्याक्चर हुँदा प्लास्टर सम्म गर्ने सुविधा गाउँकै स्वास्थ्य केन्द्रमा उपलब्ध गराउन आवस्यक बजेट विनियोजन गरि सरकारी निकाय र अन्य सहयोगी संस्था र व्यक्तीको सहयोग जुटाउन सकृयरुपमा लागिने छ र कार्यान्वयन गरिने छ । 
८) अन्य सामाजिक सेवाहरु जस्तै -खानेपानी , सरसफाई , पोषण कार्यक्रम , सडक, विद्युत-टेलिफोनसेवा साथै खेलकुद विकास , असहाय  बालबालिका, असहाय वृद्धहरुको संरक्षणमा सहयोग गरिने छ । त्यस्तै स्वरोजगार र व्यवसायिक आयआर्जन सम्बन्धी तालीमहरु संचालन गरि युवाहरुलाई मुलुक भित्रै जिविका उपार्जनको बाटो देखाउन सहयोग पुर्याईने छ । 
९) समग्र गाउँको गुरुयोजना बनाएर काम गर्न पहल गरिने छ जसको लागी गाविस कार्यालय वा गाउँ परिषदमा उक्त योजना पास गराएर आपसमा समन्वय गरेर कार्यक्रम गरिने छ । आपसमा कार्यक्रमहरु नजुधाई सम्पादन गर्न समन्वयकारी भुमिका खेलिने छ । 
१०) गुरुयोजना अन्तर्गत नै सबै क्षेत्रका क्षेत्रगत योजना तर्जुमा गरेर कार्यान्वयन गरिने छ । 
११) यस संस्थालाई यस्तो सामाजिक संस्थाको रुपमा विकास गरिने छ जसलाई सरकारी निकाय , योजना आयोग, अन्य ग़ैरसरकारी संस्था, दातृसंस्थाहरु , व्यक्तीगत दाताहरुले समेत सहयोग गर्न सकुन र सहयोग माग्न सकियोस् । यस किसिमको सामाजिक अभियान्ता संस्थाको रुपमा विकास गरिने छ । 
१२ ) धवलागिरी अंचलको पर्यटन प्रवर्धन गर्न महत्वपुर्ण टेवा पुर्याउने बर्षौ देखि वेवारिसे बलेवा एर्पोर्टलाई पुन संचालन गर्ने सम्बन्धमा सम्बन्धीत निकायमा आवाज पुर्याउन र आवस्यक प्रकृया थालनीमा यो संस्थाले अगुवाको काम गर्ने छ । 
१३ ) यो संस्थाको कार्यक्रम र आम्दानी , खर्च र योजना कार्यान्वयन र उपलवधीलाई सबैले हेर्न मिल्ने गरि सामाजिक संजालको पेज वा वेबसाईट मा राख्ने व्यवस्था गरिनेछ ।
१४) विदेशमा बस्नेहरुको सहयोगलाई छिटो-छरितो र कम खर्चमा नेपाल गाउँमा पुर्याउन अर्थात् संस्थाको खातामा जम्मा गर्न सजिलो बनाउन आवस्यक विद्युतिय माध्यम जस्तै PayPal लगायत सुविधा उपलब्ध गराउने व्यवस्थालाई समेत लागु गरिने छ । 
१५) व्यापाकरुपमा काम गर्न सकिने र व्यापक सहभागिता गराउन मिल्ने विधान तर्जुमा गरेर , संस्थालाई स्थापना र संचालन गरिने छ । 
१६) तत्कालै संस्था स्थापनाको लागी कार्यसमिति गठन गर्ने र सोही कार्यसमितिले तोकिएको समय सम्म संस्थालाई व्यवस्थापनको काम गर्ने जिम्मेवारी तोकिने छ ।
१७) संस्थाको दैनिक कागजी कामकार्वाही र लेखा सम्बन्धी काम गर्न कार्यालय स्थापना गरेर कर्मचारीहरुको  व्यवस्था समेत गर्न सकिने छ । 
१८) यदी भविस्यमा कोषको प्रचुर विकास हुनसकेमा कुनै आर्थिक लाभ गर्न सकिने बैक विक्तिय संस्था, सहकारी लगायत संस्थाहरु स्थापना गरि नियमित आम्दानी गरि उक्त आम्दानीलाई समेत सामाजिक सेवाकै काममा लगाउन सकिने छ । 
१९) कार्य समितीले नै आवस्यक काम -कार्वाही अगाडी बढाएर काम गर्ने छ । 
           यो माथी उल्लेखित बुँदागत कुराहरु एउटा सामाजिक अभियान संचालन गर्ने सन्दर्भमा संचालन गरिएको गुरुप च्याटमा प्रस्तुत ड्राफ्ट हो र यो कुराकानीले संस्थागतरुप छिट्टै लिदै पनि छ । यस्तै किसिमबाट र अरु तरिकाहरुबाट समेत सबैलाई आपसमा सम्बन्ध स्थापित गरेर जनस्तरबाट सामाजिक सेवा सम्बन्धी काम गर्न सकिन्छ । आफु जहाँ जस्तो अवस्थामा रहेपनि आफु जन्मेको माटोलाई संझनु पर्दछ भन्ने अभिप्रायबाट नै यस्ता सामाजिक कामहरु गर्न सकिन्छ । सानै तहबाटै आ-आफ्नो ठाउँमा यस किसिमको अभियान चलाउन सके समग्ररुपमा गाउँ, शहरहरुमा सामाजिक सेवाहरुको विकास गर्न सरकारकै पुरा मुख ताक्नु पर्दैन । 
        अन्तमा यस्ता सामाजिक क्षेत्रको विकास गर्न सबैले आफ्नो स्तरबाट अभियान चलाउनु अवस्यक छ । जन्मभुमिको विकासलाई टेवा नपुर्याई आफ्नो व्यक्तिगत विकासलाई मात्र ध्यान दिनु पनि कति हद सम्म ठिक बेठीक आफै मुल्यांकन गरौ तर एउटा कुरा याद राखौ आफ्नो माटोको सुगन्ध सधै उत्तम हुन्छ । यसको संरक्षण र विकासमा सबै जुटौ । 
            बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ सजार ४ सय जना मात्र कोरोना संक्रमित, ७६ हजार २ सय उपचारछि निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top