cg electronics
nlic

​गर्भवती महिलाले के गर्ने के नगर्ने ? जान्नुहोस् भ्रम र वास्तविकता


Wednesday, 16 May, 2018 1:42 PM
दैनिक रुपमा योग तथा व्याम गर्नाले हरेक उमेरका व्यक्तिलाई फाइदा पुग्छ । । यहाँ सम्मकी गर्भवती महिलाहरुले पनि दैनिक योग गर्दा आमा र बच्चा दुवैलाई फाइदा हुन्छ । तर गर्भावस्थामा रहेका महिलाहरुलाई योगाका कुनै कुनै कार्यहरु नगर्ने सल्लाह दिइएको छ । गर्भावस्थामा योगाको बारेमा लिएर विभिन्न प्रकारका भम्रहरु फैलिएका छन् । जान्नुहोस् गर्भवती महिलाको लागी योगा सम्बन्धि भ्रम र वास्तविकता ।

१. पीठ्युँको सहायताले नपल्टिनुहोस्

धेरै जनाले भन्ने गर्दछन् गर्भवती महिलाले पिठ्युँमा भार पर्ने कुनै पनि कामहरु गर्नु हुदैन यसो गर्नाले बच्चा र आमा दुवैलाई असर पर्दछ । तर यस अवस्थाका महिलाहरुले योगा कक्षामा यस्ता व्यामहरु सजिलै गर्न सक्दछन् ।

२. दैनिक कीगल व्यायाम

कीगल व्यायाम त्यस्तो व्यायाम हो जसले तपाईको यौन सम्बन्धि सम्पूर्ण समस्याको समधान गर्दछ र दैनिक रुपमा कीगल व्यायाम गर्नाले शरिरका मांशपेशिहरुलाई पनि फाइदा हुन्छ ।

३. नयाँ व्यायाम

नयाँ वा कुनै पनि योग आसन गर्दा शरिरलाई कुनै पनि कष्ट नदिई योगा गर्ने कोसिस गर्नु पर्दछ ।

४. इंवर्जनले तपाईको बच्चा उल्टो बनाईदिन्छ

इंवर्जन आसन त्यस्तो आसन हो जुन आसन गर्दा सबै शरिर उल्टो हुने गर्दछ  । यसले गर्दा गर्भावस्थामा रहेको महिलाहरुलाई यो व्यायाम गर्न दिइदैन जसबाट बच्चा जन्माउँदा गाह्रो हुन्छ भन्ने मान्यता रहेको हुन्छ । तर यो योग आसन गर्नाले बच्चा र आमा दुवैलाई फाइदा हुन्छ ।

५. धेरै काम नगर्ने

गर्भवस्थामा रहेका हरेक महिलालाई सबैजनाले दिने यो मुख्य सल्लाह हो । यस्तो अवस्थामा धेरै गह्रौ काम भने गर्नुे हुदैन तर स–साना कामहरु गर्दैमा तपाईको बच्चालाई कुनै खतरा भने हुदैन । घर वा अफिसमा तपाईहरुले यस्ता कामहरु गर्न सक्नुहुन्छ जसबाट तपाईको शरिरका मांशपेशिहरुलाई फाइदा हुन्छ ।



Ruslan

paicho

bussewa

राजनीति

​संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै

१४ जेठ, काठमाडौ । संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि संघीय समाजवादी फोरमलाई सरकारमा जान बाटो खुलेको हो । सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

१३ जेठ, काठमाडौ ।  राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५\७६को नीति तथा कार्यक्रम पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जीतेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प्रधानमन्त्रीले 

राष्ट्रियसभा बैठक शुरु

१३ जेठ, काठमाडौ । राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै छन् । प्रधानमन्त्री ओलीले यही जेठ १० गते राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए । छलफलका क्रममा तीन संशोधनसहित राष्ट्रियसभा सदस्यले आफ्ना धारणा राखेका

अन्तर्राष्ट्रिय

ट्रम्प-किम बैठक रद्द हुनुमा को जिम्मेवार ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जोन उनलाई पत्र पठाउँदै सिंगापुरमा जुन १२ का लागि प्रस्तावित शिखर बैठक रद्द गरेको जानकारी गराए। शिखर बैठक रद्द गरिएको खबर त्यतिबेला आयो जतिबेला उत्तर कोरियाले पुङ्गेरीस्थित आफ्नो पारमाणविक परीक्षणस्थललाई नष्ट पारिसकेको थियो। उत्तर कोरियाको त्यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो र पछिल्ला हप्ताहरूमा त्यसप्रति प्रतिक्रियाहरू आउने क्रम जारी थियो।

उत्तर कोरियाले दक्षिण र अमेरिकासँग सम्बन्ध सुधार्न गर्यो यस्तो ‘ब्रेक थ्रु’

१० जेठ, काठमाडौं । उत्तर कोरियाले आफ्नो एकमात्र परमाणु परीक्षण स्थलमा रहेको सुरुङलाई ध्वस्त बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबरअनुसार उत्तर कोरियाले कोरियाई प्रायद्विपमा रहेको तनाव कम गर्न यो कदम उठाएको हो । परमाणु परीक्षण स्थलको नजिक उपस्थित कयौं विदेशी पत्रकारहरुले त्यसक्रममा एक ठूलो विस्फोट देखेको बताएका छन् । 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top