​पृथ्वीप्रति राज्यको बेवास्ताः तर प्रहरीले गर्‍यो राजकीय धुनसहितको सम्मान


Thursday, 12 Jan, 2017 7:44 AM

२८ पुस, काठमाडौ । सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन उठेका मागप्रति उदासीनता देखाए पनि राष्ट्रिय जीवन र समाजका विभिन्न समूह तथा व्यक्तिहरूले नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको दुई सय ९५औं जन्मजयन्तीका अवसरमा उनीप्रति कृतज्ञता र भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

राजधानीको सिंहदरबार अगाडि पृथ्वीको सालिकमा बुधबार बिहानैदेखि अलगअलग भेषभूषामा सजिएका विभिन्न समूहले झाँकी एवं बाजागाजासहित उपस्थित भएर माल्यार्पण गरे भने कतिपय शैक्षिक संस्था एवं संस्थानहरूले उनको सम्मानमा बिदा पनि दिएका छन् । देशका विभिन्न भागमा पनि उनको सम्मानमा कार्यक्रमहरू आयोजना भएका छन् ।

राष्ट्रिय एकताका प्रतीक शाहको जन्मदिनमा सार्वजनिक बिदा माग भइरहेको बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पर्व र अन्य बिदाका सम्बन्धमा पुनरावलोकन गर्ने निर्णय गरेको छ । पुनरावलोकन गर्दा कुन बिदा राष्ट्रिय, कुन क्षेत्रीय र आञ्चलिक रूपमा दिने भन्ने निक्र्योल गरिनेसमेत मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

क्रिसमसमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारले पृथ्वीको अपमान गर्दै बिदा नदिए पनि मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी पाएको गृह मन्त्रालयअन्तर्गतको नेपाल प्रहरीको ब्यान्डले भने राजकीय धुनसहितको उनलाई सम्मान अर्पण गर्‍यो ।

गोर्खा समाजले पृथ्वीको तस्बिरलाई मोटरमा विशेष सजावटका साथ सजाउँदै नगर परिक्रमा गराएको थियो भने समाजको सहयोगमा नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो । शिव सेना नेपालले एक सय आठ मिटर लामो पुष्पहार अर्पण गरेको थियो ।

शाहप्रति सम्मान अर्पण गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ता, नेकपा ९माले०, पूर्वमन्त्री केशरबहादुर विष्टको नेतृत्वमा एकीकृत राष्ट्रवादी शक्ति, पृथ्वीनारायण विचार अभियान राष्ट्रिय एकता तथा दुई सय ९५औं शाह जयन्ती नागरिक मूल समारोह समिति, २५ प्लस काठमाडौं, विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, गुरुङ सेवा समिति, शाही युवा शक्तिलगायत विभिन्न क्लब आफ्नो पहिचानसहित सहभागी भए ।

शाहप्रति श्रद्धाञ्जलि दिन आउने कतिपय सहभागीको एकै आवाज थियो, ‘वर्तमान नेतृत्वले मुलुकलाई असफलतातर्फ धकेलेकाले अबको विकल्प भनेको २०४७ सालको संविधान ब्युँत्याउनु र जनताले विदेशी शक्तिका मतियारबाट राज्यसत्ता खोस्नु हो ।’ यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।



Nmc

bijuli

paicho

bussewa

राजनीति

​एमाले र माओवादी केन्द्रको संयुक्त मोर्चा

१४ वैशाख, लमजुङ। स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लमजुङले संयुक्त मोर्चा बनाएका छन् । आज दुवै पार्टीका जिल्ला प्रमुखले पत्रकार सम्मेलन गरी निर्वाचनमा सहकार्य गर्ने बताएका हुन् । 

​८० प्रतिशत कर्मचारीलाई स्थानीय तह र प्रदेशमा पठाउने सरकारको तयारी

१४ बैशाख, काठमाडौं । सरकारले निर्वाचनलगत्तै स्थानीय तह सञ्चालनका लागि ठूलो संख्यामा स्थानीय तहमा कर्मचारीहरु खटाउने गृहकार्य गरेको छ । सम्वन्धित मन्त्रालयहरुले त्यसको गृहकार्य अघि बढाएका छन् । स्थानीय तहमा नजाने कर्मचारीलाई विदाइ गरिने सरकारको तयारी 

स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पु-याउन माग

१४ वैशाख, काठमाडौँ । अन्तर पार्टी महिला सञ्जालले स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व पचास प्रतिशत पु-याउन माग गरेको छ । सञ्जालले बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्जालकी अध्यक्ष रेणुकुमारी यादवले देशमा विभिन्न 

प्रवास/अन्तर्राष्ट्रिय

​टर्कीमा नौ हजार प्रहरी अधिकारी निलम्बित

१४ वैशाख, अङ्कारा  । टर्कीमा बुधबार अबेर राति गुलेनिस्ट समूह अर्थात फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)सँग आवद्ध भएको आशङ्कामा नौ हजार १०० प्रहरी अधिकारी निलम्बित भएका राज्यद्वारा सञ्चालित अनाद्लु समाचार समितिले जानकारी दिएको छ । बुधबार

भारत अधिनस्थ काश्मिरमा तीन सैनिकको मृत्यु

 १४ वैशाख, श्रीनगर (भारत अधिनस्थ) । भारतको अधिनस्थ काश्मिरमा बिहीबार संदिग्ध आतङ्ककारी गरेको आक्रमणमा परी कम्तीमा तीन सैनिकको मृत्यु भएको छ । यो घटना सो इलाकामा भारतीय अधिकारीले इन्टरनेट सेवा प्रवन्धकलाई फेसबुक, ट्वीटरलगायतका २२ वटा 

​पाकिस्तानद्वारा २९ भारतीय माझी पक्राउ

१४ वैशाख, इस्लामाबाद  । पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् । देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् । 

बिचार

​महिलाहरू कसैका खेत होइनन्, मन लागेको बेला जोत्न पाइने

राजनीतिमा महिलाको भुमिकाको चर्चा सधै भइरहन्छ। राजनीतिमा महिलाको भुमिका कहिले पर्दा पछाडी हुन्छ त कहिले अगाडी । कहिले महिलाले राज्यसत्ताको उपयोग गर्छन त कहिले राजनीतिले महिलालाई बस्तुको रुपमा प्रयोग गरेर राजनीतिलाई प्रभावित गरिन्छ। नेपालको सन्दर्भमा राज्यसत्ताको प्रयोग 

​यसकारण पतन हुनेछ एमाले

सुरुमै प्रस्ट्र भनौं, यो कसैलाइ लक्षित गरि लेखिएको लेख होइन । बस् ,जिम्मेवार दलको चरित्रलाइ केलाउँदै मतदातालाइ सचेत पार्ने एक चेष्टा मात्र हो ।दुई दशकपछि  स्थानीय चुनाब हुन गइरहँदा यो देशमा लाखौं नयाँ निर्णायक मतदाता जन्मिएका छन् । कयौं लामो संक्रमणकाल अन्त्य हुनैलाग्दा भइरहेको निर्वाचनले देशलाइ गतिशिल मात्र बनाउने छैन, दुरदराजका नेपालीले संघियताको आयाम र महत्वबारे बुझ्नेछन् । दैनिक जनजीबनमा आइपर्ने हरेक

आईजीपी प्रकरणः प्रधानमन्त्रीले प्रहरी प्रमुख छान्ने कि अदालतले ?

के एकजना कार्यकारी सरकार प्रमुखले एकजना सेनाप्रमुख, प्रहरी प्रमुख, कर्मचारी प्रमुख वा अन्य कुनै विश्वासिलो अधिकारी कानुुनको जगमा टेकेर छान्न पाउँदैन ? प्रचण्डले नियुुक्त गरेका आईजी जयबहादुर चन्द वाइसियलका प्रमुख पनि थिएन्न, पूर्वडेपुटी कमाण्डर पनि थिएनन् । र, सरकारका लागि अर्का दाबेदार डीआइजी नवराज सिलवाल पनि सौताका छोरा वा दानव थिएनन् । 

Top