esewa

मुलुक कसरी चलाउने ? पृथ्वीनारायणका दिब्योपदेश पढे पुग्छ !


Friday, 11 Jan, 2019 9:10 AM
२७ पुस, काठमाडौं । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सम्झना हरेक नेपालीको मनमा छ । यो देशको स्वाधिनता कसरी जोगाउने, अखण्डता कसरी कायम गर्ने र देशको विकास कसरी हुन्छ । आज पनि नेपाली राजनीतिको केन्द्रविन्दुमा यिनै विषय छन् । यही मुलमन्त्रलाई बुझ्न नसक्दा दुईतिहाईको सरकार बन्दा पनि नेपालमा स्थिरताको लक्षण देखिएको छैन । मुलुकको शासन कसरी चलाउने भनि उनले दिएको विचारलाई अहिलेको नेतृत्वले बुझ्न सक्यो भने हाम्रा धेरै समस्याको हल एकैपटक हुन्छ । 

जुनसुकै देशको परराष्ट्र नीतिका तीनवटा लक्ष्य हुन्छन् । पहिलो– देशको स्वाधीनता, सार्वभौमिकता र प्रादेशिक अखण्डताको रक्षा गर्ने । दोस्रो– आर्थिक, सामाजिक विकास र तेस्रो– विदेशी हस्तक्षेप एवं घुसपैठबाट बच्ने । ठूला शक्ति राष्ट्रहरुले कमजोर देशभित्र हस्तक्षेप गर्छन् । सानाले त्यो हस्तक्षेपलाई रोक्ने प्रयास गर्छन् । पृथ्वीनारायण शाहको परराष्ट्र नीतिलाई यसैको आलोकमा हेरिनुपर्छ । उनको परराष्ट्र नीतिमा पाँच वटा मुख्य तत्व देखिन्छन् । उनको परराष्ट्रनीतिको लक्ष्य पनि नेपालको सुरक्षा नै हो ।

हिमालयको काखमा एउटा हिन्दूराष्ट्र निर्माण गर्ने र त्यसलाई सुरक्षित राख्ने उनको परराष्ट्र नीतिको प्रमुख लक्ष्य देखिन्छ । त्यसैकारण उनले नेपाल एकीकरण गरे । किनभने, जनतामा एकता नभइकन सुरक्षा हुँदैन भन्ने उनलाई थाहा थियो । भारतमा त्यो प्रष्ट देखेका थिए । १९ वर्षको उमेरमा उनी राजा बने । २० वर्षको उमेरमा हतियार किन्न बनारसको यात्रामा गए । गोरखाको राजपाठ आफ्नी आमा र कालु पाण्डेलाई जिम्मा लगाएर बनारस गएका थिए । बनारस जाँदा उनले हतियार मात्रै किनेनन, बिहे पनि गरे । आफ्नो गोत्र बदले ।

त्यतिबेला गंगाजीको दायाँ–बायाँ रहेका हालको उत्तर भारतका राजा, रजौटाहरुको अवस्था कमजोर थियो । तिनीहरुलाई अंग्रेजहरुले कपाकप खाँदै जाने सम्भावना पृथ्वीनारायण शाहले देखे । नेपालमा बाइसे र चौबीसेलगायत काठमाडौं उपत्यका र पूर्वका किराँत राज्यहरु समेत एक भएन भने अंग्रेजले त्यसैगरी खान्छ भन्ने उनले देखे । र, नेपाल एकीकरण नै उनको परराष्ट्र नीतिको पहिलो तत्व हो ।

दोस्रो तत्व हो, त्यो एकीकरणका लागि आवश्यक कुटनीति र राजनीति । त्यही उनले गरे । काठमाडौं र नुवाकोटतर्फ लडाईं शुरु गर्नुअघि उनले बाइसे, चौबीसे सबै राजाहरुकहाँ आफ्ना दूत पठाए । लमजुङ, तनहुँ, कास्की, पर्वत, पाल्पा, रुकुम, सल्यान सबैतिर दूत पठाए । काठमाडौंमा समेत पठाइएका छन् । उनले सबैलाई कूटनीतिक र राजनीतिक तवरले सहमत गर्ने कोशिस गरे, ‘हामी एक भएनौं भने अंग्रेजको दास हुनेछौं । एक हुने कि नहुने ? हेर्नुस, तराईभन्दा पारि भारतमा के भइरहेको छ ?’
यसो भनेर सबैलाई सहमत बनाउने कोशिस गरे ।
एकीकरणकै सिलसिलामा उनले मकवानपुरका राजा हेमकर्ण सेनकी छोरीसँग बिहे गरेका थिए । तर, बिहे मात्रै गरे, राजकुमारीलाई गोर्खा ल्याएनन् । त्यो खटपट अर्कै छ । मकवानपुरका राजाको सम्पर्क तराईका मुसलमान राजाहरुसँग पनि थियो । र, उनीहरुले हातहतियार ल्याउनका लागि मद्दत गर्छन् कि भनेर बिहे गरेका थिए । तर, व्यवहारमा आफूलाई अपमान गरेको महशुस पृथ्वीनारायण शाहलाई भयो ।
उनले भनेका छन् , ‘डोला पनि ल्याउँ, मकवानपुरसँग कुरा पनि गरौं भनेर गयौं तर कुरा मिलेन । त्यसपछि मैले नौलाखे हीरा र एकदन्त हात्ती दिन्छौ भने डोला पनि लैजान्छु र दिँदैनौ भने फर्केर जान्छु भनेर निहुँ झिकेँ ।’
आफ्नो माग पूरा नभएपछि पृथ्वीनारायण शाह चन्द्रागिरी हुँदै गोरखा फर्किए । अहिले केबलकार बनेको ठाउँबाट काठमाडौं उपत्यका हेर्दा साह्रै राम्रो देखे । उनका साथमा आएका ज्योतिषीहरुले ‘तपाईंको इच्छा पूरा हुन्छ’ भनिदिए ।
‘कसरी मेरो मनको इच्छा तिमीहरुले बुझ्यौ’ भनेर सोध्दा उनीहरुले भने, ‘जसै तीन शहर नेपाल खाल्डोमा नजर भएथ्यो, सहसा हात जुँगामा गयो ।’ त्यो भनेको ‘त्यहाँको राजा हुन पाए त’ भन्ने भाव झल्किन्छ उनको भनाइमा ।
तेस्रो, उनको परराष्ट्रनीतिको तत्व हो, सेना । यदि राजनीति र कूटनीतिले काम गरेन भने सेना प्रयोग गर्ने । त्यतिबेला उनीसँग १५–१६ सय सैनिक थिए होलान् । गोर्खामा १२ हजार घरधुरी थिए । ती धुरीबाट १–१ जना लडाका मागेर लडाईं थालिएको थियो । त्यतिबेला न बर्दी थियो, न त कवाज हुन्थ्यो ।
बनारसबाट फर्केर आउँदा गोरखपुरबाट उनले तीन जना मुसलमान साथमा लिएर आएका थिए । उनीहरुलाई बन्दुक बनाउने, चलाउने र मर्मत गर्ने तरिका थाहा थियो । उनीहरुले गोर्खाली फौजलाई तालिम दिए ।

सिन्धुलीगढीमा क्याप्टेन किनलकको फौजलाई गोरखाको फौजले परास्त गरेको थियो । ‘उहाँ पनि काटी पत्थर काला च्याती ल्यायाँ’ भनेका छन् । ‘पत्थर काला’ भनेको बन्दुक हो । खोसेर त ल्याइयो तर कसरी चलाउने हो भन्ने थाहा थिएन । ती मुसलमानलाई थाहा रहेछ । उनीहरुको सहयोगमा अरुले पनि सिके ।
पृथ्वीनारायण शाहको परराष्ट्र नीतिको चौथो तत्व हो प्रतिरक्षात्मक लडाईं । दिव्योपदेशमा उनले भनेका छन, ‘जाई कटक नगर्नु, झिकी कटक गर्नु ।’ यसको अर्थ हो, आफैं निहुँ खोजेर जाइनलाग्नु तर निहुँ खोज्न आउनेलाई त्यसै नछोड्नु ।
नेपाल पहाडी मुलुक भएकाले परम्परादेखि नै पहाडमा लड्न हामी अभ्यस्त छौं । अग्लो ठाउँमा टाकुरामा बसेर तल बसेका शत्रुलाई ढुंगा गुल्टाएर वा धनुकाँड हानेर लड्ने हाम्रो शैली हो ।
हामी मैदानमा सक्दैनौं, त्यसैले आक्रमण गर्दै नजानु भनेर उनले भनेका छन् । उनले ‘सानालाई मिलाऊ, ठूलालाई नचलाऊ’ पनि भनेका छन् । यसैअनुरुप उनले बाइसे, चौबीसेलगायत राज्यहरुलाई आफूमा मिलाए तर भारत र चीनजस्ता महाशक्तिहरुलाई जिस्क्याउन गएनन् ।
पृथ्वीनारायण शाहले अपनाएको परराष्ट्र नीतिलाई नै जंंगबहादुर राणा, भीमसेन थापा, राजा महेन्द्रले पछ्याएको देखिन्छ । किनभने, परराष्ट्र नीतिको पहिलो निर्धारक तत्व भनेको भूगोल हो । अरु चिज बदलिन सक्छ, भूगोल बदलिँदैन । यही भूगोलका आधारमा पृथ्वीनारायण शाहले ‘नेपाल दुई ढुंगाबीचको तरुल हो’ भनेका थिए, जुन आज पनि उत्तिकै सान्दर्भिक छ ।
आर्थिक नीतिहरु
पृथ्वीनारायण शाहले मुलुकको आर्थिक समृद्धिका बारेमा पनि धेरै कुरा भनेका छन् । मुलुक गरिब भयो भने सुरक्षित रहँदैन भन्ने उनको मान्यता थियो ।
उनले पूर्व र पश्चिमको रास्ता बन्द गरी यहीँ रसुवाबाट, जहाँ अहिले चीनले बाटो खन्ने भनेको छ, काठमाडौंसम्म यातायातको बाटो खुलाउने इच्छा राखेका थिए । सिक्किम र गोरखाभन्दा पश्चिमका बाटो बन्द गर्ने उनको आशय हो ।

सिक्किममा अंग्रेजको पनि नियन्त्रण थियो । त्यतातिरको बाटो बन्द गरेर यताबाट व्यापार ग¥यो भने कर उठ्छ र हामी सम्पन्न हुन्छौं भन्ने उनको विश्वास हो ।
उनले समयमै भनेका थिए, ‘दक्षिणका बादशाहसँग घाहा राख्नु । त्यो महाचतुर छ ।’ घाहा भनेको शान्ति, मैत्री हो । त्यो भनेको अंग्रेजलाई खुशी राख्नु भनेको हो ।
‘हिन्दूस्तानमा विद्रोह भयो भने अंग्रेज फौज किल्ला खोज्दै आउन्या छन’ भनेर उनले भनेका छन् । किनभने, हिन्दूस्तानमा विद्रोह भयो भने सुरक्षाका लागि अंग्रेजहरु पहाडतिर स्वाभाविकै हुन्थ्यो । ‘आयो भने चुरेमा खुबै काटिन्या छ, ५–७ पुस्तालाई खजाना पनि मिल्न्याछ’ भन्नुको तात्पर्य हो, अंग्रेजहरु आए भने चुरेमा काट्छौं र ५–७ पुस्तालाई पुग्ने गरी हतियार खोस्छौं ।
उनले भनेका छन, विदेशका साहु–महाजनलाई गौर, पर्साहा (पर्सा) देखि उँभो आउन नदिनु, आया भन्या मुलुक कंगाल गरी छाड्न्या छन् ।’
यस्तै, अर्को ठाउँमा भनेका छन, ‘आफ्ना देशका कपडा बुन्न जान्यालाई नमूना देखाई कपडा बुन्न सिकाउनु । आफ्ना देशका कपडा लाउनु । विदेशका कपडा लाउन मनाही गरिदिनु ।’ भन्नुको तात्पर्य, स्वदेशी उत्पादनलाई प्रश्रय दिनु र विदेशी उत्पादनलाई निरुत्साहित गर्नु । यो आजका सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छ ।
‘गह्रो बन्या जग्गामा घर भया घर सारी गह्रो बनाउनु’ भनेका छन् । यसको अर्थ हो, घर भएको जग्गा खेतियोग्य छ भने भिरालोमा घर सारेर त्यहाँ खेति गर्नु । यसैगरी, ‘खानी भयाका जग्गामा गाउँ भया गाउँ सारी खानी खन्नु’ भनेका छन् । यसको अर्थ कुनै गाउँको जग्गामा खानी भेटियो भने गाउँ अन्यत्र सारेर भए पनि खानी निकाल्नु भन्ने हो । यो पनि समृद्धिको एउटा ‘प्रेस्क्रिप्सन’ हो ।
‘आफ्ना देशको जडिबुटी विदेश लगी बेच्नु र नगद खैंचनु’ भनेका छन् । जसको अर्थ हो, स्वदेशका जडिबुटी विदेशमा बेचेर विदेशी मुद्रा आर्जन गर्नु । ‘प्रजा मोटा भया दरबार बलियो रहन्छ’ भन्ने उनको नीति थियो । अर्थात, जनता सम्पन्न भए मात्र सरकार पनि बलियो हुन्छ । यदि जनता तन्नम भने उनीहरुले सरकारको विरुद्ध विद्रोह गर्न सक्छन् भन्ने उनको राय थियो ।

कर उठाउने ठेक्का कसैलाई नदिएर सरकार आफैंले उठाउनुपर्छ भन्ने उनको मान्यता थियो । यदि कसैलाई वर्षमा १५ सय रुपैयाँ उठाएर ल्याऊ भन्यो भने उसले जनतालाई निचोर्छ । जनता निचोरिन थालेपछि सरकारप्रति विद्रोही हुन्छन् । जनतालाई ‘एक्सप्लोइट’ गर्नु हुँदैन । प्रत्येक गाउँमा सरकारकै मान्छे पठाएर सरकारले तोकेबमोजिम मात्रै ट्याक्स लिनु भनेका छन, उनले ।
टक (पैसा) चोखो चलाउनु भनेका छन् । त्यतिबेला तिब्बतको सिक्का काठमाडौंका नेवार बाणाहरुले बनाएर पठाइदिन्थे । तिब्बतीहरुले चाँदी दिन्थे र त्यसको उनीहरुले सिक्का बनाएर तिब्बतमा जान्थ्यो । तर, नेवारहरुले चाँदीको सिक्का बनाएर पठाउँदा अलिकति मिसावट गर्थे ।
जब पृथ्वीनारायण शाहले काठमाडौं जिते, त्यतिबेला तिब्बतीका केही सिक्का यहाँ थिए, जुन नेपाली व्यापारीले तिब्बतीलाई सामान बेचेपछि उनीहरुले तिरेको पैसा थियो । त्यतिबेला तिब्बतका शासकले गोर्खाको एक रुपैयाँ र तिब्बतको एक रुपैयाँ बराबर हुनुपर्ने बताए । तर, पृथ्वीनारायण शाहले त्यो मानेनन् ।
‘हाम्रो शुद्ध छ, तिमीहरुकोमा मिसावट छ । त्यसैले तिमीहरुको सय पैसा बराबर हाम्रो ८० पैसा मात्र हुन्छ’ भन्ने उनको अडान थियो । उनको समयमा यो विवाद सुल्झिएन ।
एक ठाउँमा उनले भनेका छन, ‘मलाई एउटा कुराको सन्देह (डर) लागिरह्या छ । नगिचैै हिन्दूस्तान रह्या छ । त्यहाँ छोकडा पात्रिया (उरन्ठेउला नर्तक नर्तकीहरु) छन् । राजामहाराजको नाचगानमा बडो मोह हुन्छ । उनीहरु ती पात्रियाको नाचगानमा भुल्लान् । मुजुरा बजाएर तिनका नाच हेर्न थाल्यो भने राज्य डुब्छ । नाचगान हेर्ने मनसुवा भया तीन शहर नेपालको नेवारहरुको नाच झिकाएर हेर्या हुन्छ । यिनलाई दियाको पनि आफ्नै देशमा रहन्छ ।’
हिन्दूस्तानतिरबाट आएका नर्तक–नर्तकीलाई बक्सिस दिनुभन्दा यहीँका नेवारहरुलाई दिँदा आप्mनो देशको पैसा बाहिर जाँदैन भन्ने उनको अभिव्यक्तिको आशय हो । पृथ्वीनारायण शाहका यि महान विचार हाम्रा लागि मार्गदर्शक हुन । उनी दूरद्रष्टा थिए । आज पनि नेपाली राजनीतिले उनको सोचलाई पक्रन सकेको छैन । 


Ruslan

runner bike

ime

citizens bank

राजनीति

सिटिइभिटीको कामप्रति नेकपा महासचिव पौडेल असन्तुष्ट

३ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण गर्नुपर्ने सिटिइभिटीको काम चित्तबुझ्दो नभएको महासचिव पौडेलको भनाइ छ । सिटिइभिटी राष्ट्रिय कर्मचारी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पौडेलले सिटिइभिटीको कामलाई प्रभावकारी बनाउने गरी सरकारको तर्फबाट आवश्यक

कर्मचारी प्रशासनलाई सुधार्न जस्तोसुकै कदम चाल्न तयार छौं: मन्त्री पण्डित

३ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् । मन्त्री पण्डितले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको काममा जवाफदेही बनाउने गरी कानुन निर्माणमा सहयोग गर्न पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गरे । शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको

अनेरास्ववियुले अब कसैसँग चन्दा नलिने

३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै आर्थिक सहयोग नलिने बताए । ‘अब अनेरास्ववियुले संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै पनि आर्थिक सहयोग लिन बन्द गरेको छ’, उनले भने, ‘कुनै 

अन्तर्राष्ट्रिय

काबुल विश्वविद्यालयमा बम विस्फोट, ४ जनाको मृत्यु

३ साउन, काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो । घाइते आठ जनामध्ये एक जना भने किशोरी रहेको जनाइएको छ । यस विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी 

पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी भ्रष्टाचार अभियोगमा पक्राउ

३ साउन, कराँची । पाकिस्तानमा अर्का एकजना पूर्व प्रधानमन्त्री भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका छन् । हालका प्रधानमन्त्री इमराज खानभन्दा अगाडि सत्तामा रहेका शाहिद खक्वान अब्बासी भ्रष्टाचार अभियोगमा पक्राउ परेका हुन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको हो । अघिल्लो साता मात्रै भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्वराष्ट्रपति असिफ अली जर्दारी पक्राउ परेका थिए । अब्बासीले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी)को आयात सम्झौतामा अर्बौं रुपैयाँ अनियमितता गरेको आरोप 

अमेरिकी जलसेनाले इरानको ड्रोन खसालेको अमेरिकाको दाबी

३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको बताएका छन् । उक्त ड्रोन अमेरिकी पानीजहाजभन्दा झन्डै एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पलाई उदृत गर्दै बीबीसीले जनाएको छ । गत जुनमा अमेरिकाको ड्रोन खसालेको इरानले भने अमेरिकाले दाबी गरेअनुरूप इरानको ड्रोन नखसालिएको बताएको छ । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले हालको घटनालाई इरानले अमेरिकालाई उत्तेजित बनाउने प्रयत्न गरेको बताउँदै आफ्ना अधिकारी

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top