HIMALAYAN HYDRO
nlic

५२ वर्षमै संसार छाडेका पृथ्वीनारायण शाहका १० तथ्य , नायक कि खलनायक ?

उनले हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरूलाई देशनिकाला गरे


Thursday, 10 Jan, 2019 1:01 PM
 शुक्रबार पृथ्वी जयन्ती । नेपाल एकिकरणका महान व्यक्तिका रूपमा रहेका राजा पृथ्वीनारायण शाह पनि विवाद रहित भने हुन सकेनन् । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहलाई विवादमा पनि विवादमा तानिएको छ। उनको सम्झनामा मनाइने राष्ट्रिय एकता दिवस अर्थात पौष २७ मा नेपाल सरकारले बिदा दिन छोडिसकेको छ। आदिवादी जनजातीको एउटा तप्काले  त उनलाई ‘युद्ध अपराधी’ भन्दै आएको छ । 
काठमाडौंको नेवार समुदायको एउटा हिस्सा आजसम्म पनि उनीसंग क्रुद्ध छ। तर ५२ वर्षमै संसारबाट बिदा हुनु अघी उनले जे गरेका थिए त्यो कम्ति शाहसिक र रोचक भने थिएन।

सन १७७९ मा जन्मिएका विलक्षण प्रतिभा शाहले भिरकोट, कास्की, लम्जुङ्ग गोरखामा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गर्न सफल भएका थिए भने आधुनिक नेपालको जग बसाल्ने सम्पुर्ण श्रेय पनि उनैलाई जान्छ।
विभिन्न पुस्तक र सन्दर्भ सामाग्रीका आधारमा पृथ्वीनारायण शाहका केही रोचक १० कुरा यहाँ समावेश गरिएको छ। 

१.पृथ्वीनारायण शाहलाई बाल्यकालमै रामायण र महाभारत खुब पढाइएको थियो।उनि धनुवाण, तरबार र घोडसवारीमा निपुर्ण थिए।

२. २० वर्षको उमेरमा गोर्खाको राजा भएका उनी पिता नरभुपाल शाहले पुण्य प्राप्त गरुन भनि काशी पुगेर गोत्र समेत परिवर्तन गरेका थिए।

३.नेपाल एकिकरणको सपना पृथ्वीनारायण शाहको मात्र थिएन । यो सपना त उनका पिता नरभुपाल शाहको थियो। बरु एकिकरण सपना देख्न पनि उनलाई पिताले नै सिकाएका थिए। एकिकरणका लागि उनलाई उत्प्रेरित भने प्रमुख ज्योतिष कुलानन्द ढकालले गरेको बताइन्छ।

४. उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनैतिक लाभ लिने उद्देश्यले विवाह भएको थियो। उनले पछी दोस्रो विवाह पनि गरे।

५. पृथ्वी नारायण शाह अगाडी पनि उपत्यकाका राजा यक्ष मल्ल, पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पालामा पनि  एकीकरण भएको थियो। तर एकीकृत नेपाललाई उनीहरुले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोराहरूमा आफ्नै जीवनकालमै बाँडेर गए। तर पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछी नेपाललाई पुनःविभाजन हुन नदिइ जोगाइ राख्ने पद्धती बसाएर गए।

६. उनले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको तर नेपालले सबै भुभाग कायम राख्न भने सकेन ।

७.ललितपुरका पाँच प्रधानमन्त्री हरूले पृथ्वीनारायण शाहलाई राजा बन्न आमन्त्रण दिएका थिए। पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरू कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले उनीहरूलाई त्यहीँ मारेर उनीहरूको सर्वस्वहरण समेत गरेका थिए। पृथ्वीनारायण शाहको नियत भनेको आफू सत्तामा आइसकेपछि त्यहाँका अरूलाई सफाया गर्ने थियो, चाहे ती उनलाई सहयोगी हुन वा प्रतिरोधी ।गोरखालीहरूको यस्तै हर्कतका कारण चिनियाँ सम्राट किएन लोङ (सन् १७३६÷१७९६)ले आफ्ना उत्तराधिकारीहरूलाई भनेका थिए “अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू” ।

८.भक्तपुर जितेपछी पृथ्वीनारायण शाहले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए। त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र ध्वनिसम्बन्धि पुस्तक आदि रहेका थिए।

९.नेपालमा क्रिश्चियन धर्म प्रचार गर्नका लागि आएका कयापुचिनहरूले ६० वर्षसम्म नेपालमा बसेका बेला हजारौँ हस्तलिखित पुस्तक जलाएर गर्व गरेका थिए। मल्लकालमा हिन्दू धर्म प्रचार गर्नका लागि भारतबाट आएका शंकराचार्यले बुध्द धर्मसम्बन्धी ७०० ग्रन्थ जलाइदिएका थिए।

१०. त्यतिबेला उपत्यकाले तिब्बतका लागि मुद्रा छापेर त्यता पठाउने र त्यस वापत् ठुलो राजस्व आउने गर्थ्यो। तर पृथ्वीनारायण शाहले त्यसलाई निरन्तरता दिन सकेनन्, साथसाथै व्यापारमा पनि धेरै कर बढाए।

राम्रा गुणका बाबजुत उनिमाथि आरोपहरु लाग्ने गरेका छन् ।

हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरूलाई पनि देशनिकाला गरिदिए। अनि ठूल्ठूला व्यापारीहरू पनि व्यापार गर्नका लागि अरु देशमा गए। सन् १७७४ मा नेपालमा तिब्बतसित कारोबार गर्ने दुई वटा मात्र कश्मिरी पसल बाँकी रहेको थियो। पृथ्वीनारायण शाहको कानून, नियम पालना नगर्ने व्यापारीहरूको कान काटेर देश निकाला गरिन्थ्यो। ता(सि लुन पोया तेसु लामा दलाई लामापछिका दोस्रा लामाले नेपालका राजालाई पत्र समेत पठाएर भनेका थिए “हिन्दू होस् वा मुसलमान, सबै व्यापारी तपाईँदेखि डराउँछन्, कोही पनि तपाईँको देशमा बस्न राजी छैनन्।”


Ruslan

machha bank

ime

राजनीति

संस्कृतिको संरक्षणबाट सभ्य समाज निर्माण– मुख्यमन्त्री गुरुङ

१ माघ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृतिको संरक्षण संवर्द्धनबाट मात्रै सभ्य समाजको निर्माण गर्न सकिने बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वको अवसरमा पोखरा–१७ ढुङ्गेसाँघु मेलास्थलमा सदा शिवजी हरिहर मन्दिर सिद्धगुफा वेदविद्याश्रम गुठी व्यवस्थापन समितिद्वारा आज आयोजित भजन प्रतियोगिता, सम्मान तथा वेदपाठ कार्यक्रममा उनले चार्डपर्व, जात्रा, मठमन्दिरसँग जोडिएका सभ्यतालाई समृद्धिसँग जोडनुपर्ने बताए

मुख्यमन्त्री पोखरेल : शुभकामना

१ माघ, काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताएका छन् ।मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सघाउ पुर्याउँदै आएको विश्वास व्यक्त गरेका छन् ।शुभकामना सन्देशमा विविधतायुक्त

पर्यटन क्षेत्रको नीतिगत सुधार गर्न सङ्घीय संसद् तयार : सभामुख महरा

१ माघ, काठमाडौं । सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताएका छन् ।नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२औँ वार्षिक साधारणसभाको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुकको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । ‘विश्वभरका पर्यटकलाई नेपालका बारेमा प्रचारप्रसार गरी नेपाल आउन अभिप्रेरित गर्ने कार्यमा सक्रिय नाट्टाले

अन्तर्राष्ट्रिय

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

१ माघ, काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन्  । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् । घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त बिस्फोट निकै

राष्ट्रसङ्घीय प्रतिबन्धका कारण चीन–उत्तर कोरिया व्यापारमा मन्दी

३० पुस, बेइजिङ । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ ।उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो । तर, सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पश्चात चीनले पनि राष्ट्रसङ्घीय प्रतिबन्धलाई आत्मसात गरेको थियो । व्यापारमा प्रतिबन्धहरु लागेसँगै सन् २०१७ को तुलनामा गत 

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको आशंका

३० पुस, तेहरान । इरानको राजधानी शहर तेहरान नजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उक्त विमान कार्गो विमान रहेको भए पनि त्यस विमानमा १६ जना व्यक्ति रहेको आशंका गरिएको छ । तर त्यस विमानमा १० व्यक्तिमात्र सवार रहेका अर्को एक समाचारमा जनाइएको छ । तर इरानी सेनाले दिएको जानकारीअनुसार सो विमानमा १६ व्यक्ति सवार रहेका थिए र तीमध्ये त्यस उडानका एकजना उडान

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top