siddhartha

प्रदेश २ मा पनि एमालेले राम्रो गर्छ, मधेशवादी दल हार्नेवाला छन्


Friday, 7 Jul, 2017 4:11 PM


पुरञ्जन आचार्य समसामयिक राजनीतिका बारेमा खरो विश्लेषण गर्न सक्ने राजनीतिक विश्लेषक हुन । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रमुख सल्लाहकारको भूमिका समेत निभाइसकेका आचार्य कुनै बेला नेपाली काँग्रेसको सक्रिय राजनीतिमा समेत सहभागी थिए । पछिल्लो समय आचार्यले गर्ने राजनीतिक टिप्पणीले निकै चर्चा पाउने गरेको छ । यिनै आचार्यसँग दोस्रो चरणको स्थानीय तह निर्वाचनको नतिजा र यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने प्रभावका बारेमा न्यूजसेवाका राजु ढकालले
गरेको कुराकानी :


दोस्रो चरणको स्थानीय तह निर्वाचन नतिजालाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ ?

यो नतिजा त्यति धेरै अस्वभाविक र आश्चर्यलाग्दो छैन । जुन वातावरणमा दोस्रो चरणको निर्वाचन भएको थियो त्यो पृष्ठभूमि नेपाली काँग्रेसभन्दा एमालेका लागि नै अनुकुल थियो । नेपाली काँग्रेसको नेतृत्वले एक पछि अर्को गल्ती गर्दै गएको थियो । राष्ट्रिय राजनीतिको त्यहि पृष्ठभूमिमा दोस्रो चरणको निर्वाचन भयो । पहिलो चरणको निर्वाचन पनि त्यहि थियो । कस्तो भएको छ भने त्यसमध्ये जनताले एकदमै नरुचाएको गल्ती आईजीपी प्रकरण भयो ।  महाअभियोग प्रकरण भयो । त्यसबाहेक राजदुत, न्यायाधीस प्रकरण भयो । थुप्रै स–साना प्रकरण जुन माओवादी र काँग्रेस गठबन्धनको सरकारको पालामा हुन गए । त्यसले काँग्रेसको केन्द्रीय नेतृत्व फितलो देखियो । त्यसले एमालेको अगाडि काँग्रेस डिफेन्सिभ हुन पर्यो । 

हाम्रो देशमा अहिले पनि के छ भन्दा राजनीति सेन्ट्रली कमाण्ड, सेन्ट्रलवाट फरमान जारी गर्ने खालको, क्याम्पेन उठाउन सक्ने खालको नेतृत्वको खोजी हुन्छ । हाम्रो राजनीतिक ढाँचा त्यो ढंगको छ । त्यसको अपेक्षा नेपाली जनतालाई काँग्रेसबाट पुरा भएन । तर एमालेको खड्ग ओली जीको अभियानमा जनताले त्यो कुरा पाए । अब यता बर्षैदेखि सेट किसिमले बसिरहेको काँग्रेसको भोट चाँही धेरै हदसम्म तल गएन । तर २०५४ सालदेखि आएका लाखौ नयाँ युवा भोटरहरूले काँग्रेसका यि गतिविधिहरूलाई नरुचाएर विभिन्न ठाउँहरूमा गए । नेशनल फ्याक्टर त्यसले पनि काम गरेको छ । 

यसपालिको निर्वाचनमा म निर्वाचनभर विराटनगरमा बसेर पूर्वाञ्चलको राजनीतिलाई हेर्न, बुझ्न फोकस गरेँ । मैलै के देखेँ भने २० औ बर्षदेखि एमालेको वर्चश्व रहेको ठाउँमा एमालेका कार्यकर्ताहरूको बीचमा अन्र्तद्वन्द्व छ । तर काँग्रेस चाँही पराजयको लामो पीडा भोगेर यो पटक जित्नै पर्छ भन्ने एउटा एकदमै संगठित प्रयत्न पनि काँग्रेसले गरेको छ । त्यो भनेको खासगरी मोरङ नै हो । मोरङको उत्तरी बेल्टमा सँधैभरी जितिरहेको एमाले प्रायः ठाउँमा हार्यो । सँधै भोट दिइरहेकाहरूलाई उनीहरूको बारेमा ‘प्रिडिक्सन’ थियो यहि गर्छन उनीहरूले भोलि यस्तै गर्छन भन्ने । त्यसले गर्दा नयाँलाई मौका दिउँ भन्ने भयो एमालेले हार्यो यसपाली । मोरङको हकमा फेरि के देखियो भने काँग्रेसको आन्तरिक झगडा र गुटबन्दी व्यापक छ केन्द्रमा । एमालेमा पनि छ यो कुरा । तर, अहिले के देखियो भन्दा आन्तरिक झगडामा ‘रिजनल लेभल’मा भएको झगडाले चुनावलाई असर गरेको छ । झापामा कृष्ण सिटौला भर्सेस अरु काँग्रेस थिए । कृष्ण सिटौलाले आफ्नो बर्चश्व कायम गर्नलाई एकोहोरो टिकट दिए भन्ने आरोप खेप्नुपर्यो । त्यसकारणले काँग्रेस झापाका हार्यो । मोरङमा के भैदियो भने ‘फर्चुनेटली’ केन्द्रीय नेताहरू चार पाँच जना थिए । शेखर कोइराला, महेश आचार्य, मिनेन्द्र रिजालहरू थिए । यिनीहरू एकै ठाउँमा बसेर ‘क्याम्पिएन’ पनि गरे उमेद्वारी चयनमा पनि ठूलो विवाद भएन । खाली विराटनगरको केशमा अमृत अर्याल र भिम पराजुलीको विवाद थियो । टिकट दिएपछि त्यो विवाद पनि नेताहरूले साम्य पारे । ‘रिजनल’ निकायहरूको भूमिका जहाँ ‘यूनाईटेडली’ भएको छ त्यहाँ फेरि त्यहि पार्टीले प्रायजसो जितेको छ । अव मोरङमा माधव नेपाल र ओली गुटको झगडा चरम छ त्यहाँ । त्यसले पनि एक अर्कालाई असहयोग गर्ने टिकट वितरणमा पनि असहयोग गर्ने सबै कुरा भएको हुनाले मोरङको उत्तरी बेल्टमा एमाले हार्यो । 


प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्रमा पनि अर्कै पार्टीले जितेको देखियो । यसलाई केन्द्रमा नेताहरूको लडाईंको प्रभाव मान्ने वा ठूला नेताहरूको पकड कमजोर हुँदै छ भनेर बुझ्ने ?

केन्द्रीय नेताहरूको भूमिका यसपाली केपी ओली जीको आफ्नो ठाउँमा एउटा महत्व छ र उहाँले चुनावको हारजितमा असर पारेको देख्न सकिन्छ ।  बाँकी सुदुरपरिश्चममा शेरबहादुर जीले आफ्नो बर्चश्व पुरै गुमाउनु भएको छ । सेती–महाकाली होस वा बाँके–बर्दियामा प्रभाव घटेको छ । काँग्रेसमा खुमबहादुर खड्काले दाङदेखि लिएर शेरबहादरले सुदुरपश्चिमसम्म जुन ढंगले टिकट वितरण चुनावी ‘क्याम्पिएन’ गर्नुभयो, त्यसको परिणाम चाँहि एमाले अगाडि छ त्यहाँ । संविधानसभामा दाङका सबै सिट काँग्रेसले जितेको हो तर अहिले हार्नुपर्यो । 

के देखिन्छ भने क्षेत्रीय र केन्द्रीय नेता हुँदाहुँदै पनि टिकट वितरणमा भएका असन्तुलन या उनीहरूको घट्दो प्रभावले गर्दा चुनाव हारेका छन् । केन्द्रीय नेताहरूको भूमिका गौण नै देखियो । खासगरी काँग्रेसको त के देखियो भने काठमाडौंमा प्रकाशमान सिंहको कारणले पहिलो निर्वाचनमा सबै ‘लुज’ भएको देखिन्छ । सुदुरपश्चिममा शेरबहादुरजी र खुमबहादुरको प्रभाव क्षेत्र भनिन्थ्यो त्यहाँ पनि प्रायः सबै हारेको छ । जुन ढंगको बर्चश्व थियो त्यो रहेन । पूर्वाञ्चलमा झापामा कृष्ण सिटौलाको रहेन । यसरी के देखिन्छ भने काँग्रेसभित्र केन्द्रमा बसेर राजनीति गर्नेहरू जरासँग जुटेका रहेनछन् चुँडिएका रहेछन् । त्यसले गर्दा एमाले ठूलो पार्टी भएर आएको छ । 

राष्ट्रिय रुपमा एमाले एक नम्बरको पार्टी देखिए पनि काँग्रेस कमजोर दुई नम्बरको पार्टी भएन हाराहारी कै पार्टी भयो । यो कसरी सम्भव भयो भने काँग्रेस सामाजिक रुपले एमाले भन्दा अहिले पनि धेरै जोडिएको छ । यसको समाजमा रुटहरू थुप्रै छन् । यसका नेताहरू विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधिका रुटहरू अहिले पनि जोगिएकै छन् बाँचेकै छन् । त्यसलाई फलाउने फुलाउने विस्तारित गर्ने काम अहिलेका नेताहरूबाट हुन नसकेको पक्का हो । एमालेको पनि त्यहि नै हो । उसको एकदमै संगठित पार्टी छ । उसको व्यवस्थापन पक्ष एकदमै प्रभावशाली छ । वित्तीय प्रणाली पनि चुस्त छ । चाहिने जति खर्च गरको छ । नेपालमा के देखिन्छ भने ‘म्यानेजेरियलस्किल’ पनि एमालेमा देखियो संगठनात्मक क्षमता पनि एमालेमै देखियो । काँग्रेस भने अलिकति भगवान भरोसे, सामाजिक इकाइको पार्टीको रुपमा भयो । यो पालीको निर्वाचनले यसलाई पुष्टि गरेको छ । 


एमालेमा गुटबन्दीको प्रभाव यो निर्वाचनमा कत्तिको देखियो ? या एमालेले त्यसलाई दवाएर तत्कालका लागि त्यसलाई सतहमा आउन दिएन ?

एमालेले म्यानेज गर्ने कोशिस धेरै हदसम्म गर्यो । उनीहरूको विवाद हत्तपत्त बाहिर आउँदैन । केन्द्रीय नेतृत्वमा खड्ग ओली जीलाई चुनौति दिन सक्ने टिकट वितरणमा हस्तक्षेप गर्ने क्षमता अरु नेतामा एकदमै कम देखियो । माधव नेपाल जीले अहिले कहिँ कुनै किसिमको च्यालेन्ज गर्न पनि सक्नुहुन्न, गरेको देखिदैन पनि । ओली गुटलाई भित्रै गरे पनि बाहिर सतहमा आएको छैन । एकताको लागि यो एउटा राम्रै कुरा हो । तर त्यो अवस्था चाँही अहिले जिल्लामा छैन । अत्यन्तै ठूलो चरम गुटबन्दी छ । जिल्ला नेतृत्वमा माधव नेपाल जीले जे गरेपनि नगरेपनि प्रस्टै देखिने गरी एमाले पार्टीभित्र गुटबन्दी अन्र्तघात देखियो । एमालेमा पनि एउटा ठूलो संक्रमित रोग के फैलियो भने एमालेको मूलधारमा राजनीति गरिरहेको भन्दा पनि कोसँग पैसा छ ? को जग्गाको व्यापारी हो ? को लकडीको व्यापारी हो ? को ठेकेदार हो ? डनगिरीहरूले एमालेभित्र ठूलो भूमिका खेल्न थाले । केहि हदसम्म काँग्रेसमा यो रोग लागिवरी काँग्रेस कमजोर हुँदै छ । एमालेमा यो रोग देशव्यापी हुन्छ । देशव्यापी रुपमा पैसाको बोलवाला धनवली बाहुबलीहरूको वोलवाला एमालेभित्र देखियो ।  

विराटनगर वा पूर्वाञ्चलको चुनावमा उम्मेद्वारहरूमा लामो समयदेखि बाहुबली धनवलीसँगको संलग्नताले आरोपित थिए त्यसैलाई टिकट पनि दिइयो । 

पश्चिम तिरको कुरा ‘डाइनामिक्स’मा काँग्रेसको अन्तरकल, काँग्रेसको लिडरसिपको असक्षमता चुनाव हार्यो । म मेची महाकाली चुनावभन्दा अगाडि दुईतीन महिना घुमेर आएको थिएँ । मैले शेरबहादुरलाई भेटेर यो कुरा भनेको थिएँ । पाँच नम्बर प्रदेशमा एमालेको बर्चश्व रहनेवाला  छ । काँग्रेसले त्यहाँ जति प्रयत्न गरे पनि अब त्यसलाई सुधार गर्न सक्दैन । सात नम्बरमा चाँही तपाईंहरूले चाहनुभयो भने सुधार हुन्छ र सुधार गर्यो भने काँग्रेस एक नम्वर पार्टी हुन्छ भन्ने छलफल मैले शेरबहादुरसँग गरेको थिएँ । घुमघामको क्रममा भएका छलफलका निष्कर्ष मैले एमालेका नेताहरूसँग पनि सेयर गरेको थिएँ । तपाईहरूको पार्टीको स्थिति यो छ भनेर मैले महासचिव इश्वर पोखरेललाई पनि भनेको थिएँ । त्यो कुरा गर्दाखेरी शेरबहादुर जीले पाँच नम्वर प्रदेशमा हामीलाई केहि अफ्ठेरो हुन सक्छ त्यहाँ एमालेका प्रभावशाली नेताहरू छन् । 

अहिले आएका परिणामहरूबारे दुई महिना अगाडि नै छलफल नभएको होइन पार्टी सभापतिसँग मैले आफैले दुई राउण्ड घण्टौ कुरा गरेको थिए । तर प्राथमिकतामा के पर्यो भने सत्ता सरकार परिवर्तन पर्यो । त्यसलाई सुधार गर्नुपर्ने कुराहरू खासै जरुरत ठानिएन होला । 


तराई मधेशमा एमाले कमजोर हुन्छ भन्ने धेरैको आँकलन थियो तर नतिजा त्यस्तो खालको देखिएन उसको उपस्थिती राम्रै देखियो । यसको पछाडिको कारण के जस्तो लाग्छ ?

त्यसको पछाडि तीनवटा कारण छ । काँग्रेसले पनि मधेशीहरूलाई चित्त बुझाउन सकेन । त्यो पनि एउटा कारण हो । काँग्रेस माओवादीले अल्मल्याएर राख्यो भन्ने भयो । अझ आक्रोश पो बढि देखेँ मैले । एमालेको के छ भन्दा बीसौं बर्षदेखि चुनाव लड्दै आइरहेको पार्टी हो । उसको संगठन छ । संगठनमा मधेशीहरूले धेरै राम्रो परिचालन गर्छन आफ्नो पार्टी कार्यकर्ताहरूलाई । 

अब फेरि तराईमा के छ भन्दा पुरानो मधेशी र नयाँ मधेशीको बीचमा ठूलो फाटो छ । नयाँ आएका पछि आएर नागरिकता लिएका र पुराना, पुरानाहरूको स्वभाविक रुपमा कतै न कतै एमालेले हामीहरूलाई संरक्षण गर्छ भन्ने पनि छ । फेरि वर्गीय रुपमा पनि नेपालको कम्युनिष्ट आन्दोलन के छ भन्दा मधेशीहरूको बीचमा एक ढंगले लामो समयदेखि सप्तरी, सिराहा, मोहत्तरी मात्रै होइन मोरङ सुनसरीमा पनि स्थापित छ । त्यो भोटहरूचाँही वर्गीय रुपमा बनेका भोटहरू पनि अन्त गएनन् । 

अब नागरिकताको विषय, दुईवटा नागरिकताका डिभिजन छन् त्यसले पनि मधेशीहरूमा एमालेप्रति आकर्षण बढ्यो । पुराना मधेशीहरूको नयाँ मधेशीहरूले यहि आन्दोलन टायर बाल्नेमात्र काम गरे भन्ने छ । ‘सोसाइटी’हरूको ‘डाइनामिक्स’ हेर्दा पनि एमालेले राम्रैसँग बुझेर त्यसै अनुसार आफ्नो उम्मेद्वारहरू पनि दिएको छ । सबै ठाउँमा दक्षिण बेल्टमा मैले घुम्दाखेरी के देखेँ भने एमालेलाई जुन ढंगले काठमाडौंमा मधेश विरोधी पार्टी हो भनेर चित्रित गरिएको छ । त्यो अवस्था थिएन । मैले काँग्रेसका नेताहरूलाई भन्दै आएको थिए । यो नभएको कुरा हो । एमाले अहिले पनि मधेशमा आकर्षक पार्टी हो । मधेश र मधेशीहरूको बीचमा र छ पनि । नयाँहरू फोरममा थिए । काँग्रेस बीचमा बसेर त्यो आउने र जाने मानिसहरूलाई आकर्षण मात्र गरेको हो । तर सैद्धान्तिक रुपमा डिभिजन त्यसै किसिमले भएको थियो । 


एक दशक अगाडिको सबैभन्दा ठूलो पार्टीको रुपमा रहेको माओवादी केन्द्रको स्थिति अलि कमजोर देखियो । यति सानो संख्यामा माओवादी खुम्चियो कसरी ?

माओवादीले पहिलो संविधानसभामा जुन परिणाम ल्यायो सबैभन्दा ठूलो पार्टी बन्यो त्यो आन्दोलनको राप र ताप आन्दोलनको एजेण्डाले थियो । त्यसलाई उसले संस्थागत रुपमा विकास गर्न सकेन । संविधान जारी गर्न सकेन । देशलाई समावेशी बनाउन सकेन । आन्दोलनको एजेण्डा हुरी बतास जस्तो आयो । सबैले भोट हाले, गए । उसको पालामा स्थानीय निर्वाचन भएन आन्दोलनको हुरी बतासले चाँही उसले संविधानसभा एक जित्यो त्यो हुरी बताससँग संविधानसभा दुई पनि पुग्न नपाउँदै उसको सम्पूर्ण ‘लेजिटीमेसी’ समाप्त भइसकेको थियो । 

आन्दोलनले एकपल्ट भोट दिन्छ । शान्तिपूर्ण प्रक्रियामा आइसकेपछि चाँही संस्थागत रुपमा अगाडि बढाउनका लागि मिहिन काम गर्नुपर्दछ । त्यो मिहिन काम भनेको वार्डवार्डमा आफ्नो कमिटि गठन गर्नुपर्दछ । जिल्ला जिल्लामा आफ्ना कमिटिहरू गठन गर्नुपर्दछ । क्षेत्रीय रुपमा आउनु पर्दछ । कार्यकर्ताहरू सामाजिक रुपमा भिज्न सक्नुपर्दछ । एकातिर आन्दोलन थियो । पछि दुईवटै कुरा रहेन । माओवादीको थ्रेट पनि रहेन । पीएलए पनि रहेन, माओवादीको एजेण्डा पनि काँग्रेस र एमालेले बोकिदिए । एजेण्डाहरू स्थापित भयो । माओवादी स्थापित हुन सकेन । माओवादीको ‘लिडरसिप’ पुष्पकमल दाहालको आकर्षण पनि अत्यन्त कमजोर भयो । माओवादीमा फुट आयो, यसले पार्टीभित्र निराशा पैदा भयो । कैयौं कार्यकर्ताहरू विदेशीय । कार्यकर्ताको मनोवल उठाउन नेतृत्व एक ढिक्का भएर अगाडि बढ्नु पर्नेमा तिनीहरू आफँै फुटन थाले । त्यसपछि सवै जना फर्केर फेरि एमाले पट्टीलागे, कोहि राजनीतिबाट पलाएन भए । कोहि पार्टीलाई धिक्कारेर बसे । त्यो सबै परिस्थितिमा पनि अहिले चुनावमा उसको जित ठिकै हो ।  फेरि उसको संगठन बनेको यो पहिलो पल्ट हो । हिजोको दिनमा आन्दोलन र संघर्षको संगठन थियो । त्यसले आफ्नो ढंगले काम गर्यो । तर राजनीतिक इकाईको रुपमा संगठन बनेको यो पहिलो पल्ट हो । यसलाई भोलिका दिनमा परिचालन गर्न सक्यो भने माओवादी निराश हुनुपर्ने कारण छैन । 

मधेश केन्द्रीत दल संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमको अवस्थालाई कसरी मूल्यांकन गर्न सकिन्छ । यिनीहरूको राजनीतिक अवस्था यस्तै हो । यिनीहरूको राजनीतिक एजेण्डाले आफ्नो ठाउँमा महत्व राख्छ । हिजो माओवादीको जस्तै । भोलिदुई नम्वर प्रदेशमा असोज २ गतेको चुनावमा पनि यिनिहरू पहिलो पार्टी भएर आउँछन् भन्ने कुरा त्यहाँका जनताले पनि पत्याउँदैनन्, यिनिहरूका नेताले पनि पत्याउँदैनन् । 

जनमत यिनिहरूको संकुचित नै हो । भावना ठूलो छ । मधेशी भावना भन्ने होला । त्यो पनि एक प्रदेश एक मधेश छोड्दै छोड्दै दुई नम्वर प्रदेशमा सीमित हुन आईपुगे । त्यो पनि दुई नम्बर प्रदेशमा केही संख्या थप्नु पर्यो भन्ने छ । त्यसकारकाणले मधेशका नेताहरूको सबैभन्दा ठूलो समस्या भनेको जे माओवादीमा भयो त्यहि भयो ।  

मधेशका केन्द्रीय नेता र क्षेत्रीय नेताहरूको ‘क्रेडिविलिटी’ अत्यन्तै तल छ ।  यि आफै चुनाव हार्छन् । ‘क्रेडिविलिटी’ पार्टीको पनि खस्केको छ । फेरि यिनीहरूको आपसी बैमनस्यता पनि धेरै ठूलो छ । मधेशीहरूले मोरङ, सुनसरी, झापा, कपिलवस्तु, नवलपरासी, दाङमा एक ढिक्का भएर गएको भए यो भन्दा राम्रो परिणाम आउँथ्यो । यदि उनीहरू मधेशी, थारुहरूको हकहितमा लड्दै थिए भने त्यो हकहितको पछाडिको नेतृत्व नै छैन यिनीहरूसँग । यिनिहरूसँग गोलबन्द गर्न सक्ने रणनीति, नेतृत्व र कार्यशैली केहि पनि छैन । यसकारण भोलि २ नम्वर प्रदेशमा हुने निर्वाचनमा पनि मधेशी दल पछि पर्नेवाला छन् । प्रतिस्पर्धा काँग्रेस र एमाले कै बीचमा हुन्छ । निर्वाचनको दौरान मधेशी दलभित्र के पनि देखियो भने टिकट लिनकै लागि फोरम र राजपा छोडेर धेरै नेता काँग्रेस र एमालेमा ‘ज्वाईन’ गरे । त्यसकारण उनीहरूको पार्टीको स्थिति के रहेछ भन्ने कुरा त चुनावबाटै देखियो नि ।


त्यसो हो भने तराई मधेशको जनमत अहिले पनि काँग्रेस र एमालेमै छ भनेर बुझ्दा हुन्छ ?

तराई मधेशको जनमत अहिले पनि त्यहाँको समस्या काँग्रेस र एमालेले नै मिलेर सल्टाउन भन्ने व्यापक रुपमा छ र मधेशवादी पार्टी नेताहरूले यसलाई डुवाए, हेलचक्राईं गरे, बुझेनन्  भन्ने छ । तराई मधेशका जनताको विश्वास मुलधारका राजनीतिक दलसँगै छ । 


अहिलेको नतिजाले राष्ट्रिय राजनीति जुन रुपले अगाडि बढिरहेको छ, यसमा ठोस प्रभाव पार्ला या नपार्ला । एमालेले संविधान संशोधनमा जुन अडान लिइरहेको छ त्यसमा लचक होला या झनै कडा भएर प्रस्तुत होला ?

एमाले खासै लचक हँुदैन । एमाले लचक नहुनुपर्ने कारण प्रसस्तै छ । यहि अडानबाट उ एक नम्वर पार्टी बन्यो । अव २ नम्वर प्रदेशको चुनाव बाहेक अझै २ वटा मेजर चुनाव बाँकी छ ।  प्रदेश र संघीय संसदको यो ध्र्रुवीकरण जुन छ काँग्रेस, माओवादी र मधेशवादीले उठाईरहेको एजेण्डाको विपरित एजेण्डामा एमाले छ । तत्काल संविधान संशोधन गरेर मधेशीहरूलाई संशोधन गर्नुपर्दैन, सिमांकन हरेफेर गर्नुपर्दैन नागरिकताको सवालमा अहिले संविधानमा जे छ त्यहि ठिक छ एमालेको अडान यहि न हो । 

मधेशवादी दलहरूले उठाईरहेको एजेण्डामा एमाले लचक भएर संशोधन गर्ने वित्तिकै भोलिको दिनमा उसको ‘सपोर्टवेस’  खासगरी पहाडे बेल्टमा खुस्किन्छ भन्ने छ । त्यसकारण उसले यो बाटो लिन्छ भन्ने मलाई लाग्दैन । बरु आगामी निर्वाचनमा उसले आफ्नो अडानलाई बलियो किसिमले उठान सक्छ । त्यसकारण अहिले संविधान संसोधनको कुरा एमालेको समर्थनमा मधेशवादीदलले हुन सक्दैन भनेर बुझेर नै होला राष्ट्रिय जनता पार्टीले पनि असोज २ गतेका लागि निर्वाचन आयोगमा गएर पार्टी दर्ता गराउँदै छ । त्यसकारण एउटा राम्रो पक्ष के भएको छ भने शक्ति सन्तुलको कुरा गर्ने संविधान संशोधन पनि हुने हो ? त्यो सन्तुलनमा त एमाले २ नम्वरमा कमजोर पार्टी छैन । 

त्यसकारण मलाई के लाग्छ भने एमाले लचिलो हुनेपर्ने कारण केहि देख्दिन । तर एमाले लचिलो भएर सबैलाई राष्ट्रिय मुलधारमा ल्याउने संविधानको स्वीकार्यता बढाउने, भारतले पनि संविधानलाई स्वागत गर्ने बाटोमा एमाले गयो भने त्यो नेपाल र संविधानको लागि उत्तम बाटो हो । मलाई के लाग्छ भने बाँकी चुनाव नसकिएसम्म एमालेले संविधान संशोधनलाई सम्बोधन गर्दैन । चुनाव पछि एउटा राष्ट्रिय सरकार बन्यो भने वा एमालेको नेतृत्वमा सरकार बन्यो भने उसले भू–राजनीतिलाई सन्तुलनमा राख्नलाई अखण्ड नेपालको पक्षमा भनौं मधेशीहरूलाई पनि ल्याउनु पर्छ भन्नको लागि उसको प्रस्ताव अगाडि आउन सक्छ । 


अहिलेको दुई चरणमा आएको निर्वाचनको नतिजाले २ नम्वर प्रदेशमा निर्वाचनको नतिजालाई प्रभाव पार्ला या नपार्ला ?

यो नतिजाले २ नम्बरको निर्वाचनमा प्रभाव पार्छ । अब एमालेको प्रभाव विस्तार हुन्छ । जसरी पहिलो र दोस्रो चरणमा एमाले अगाडि छ त्यसमा स्वभाविक रुपमा काँग्रेस अगाडि हुनुपर्ने हो सवै एकीकृत ‘रिजनल’ पार्टी एक भए उनीहरू अगाडि हुनुपर्ने हो । तर त्यो अवस्था रहने अब काँग्रेस र एमाले कै बीचमा टक्कर हुन्छ । 


त्यसो हो भने आगामी प्रदेश र संघीय संसदको निर्वाचनमा पनि अहिलकै नतिजाको प्रभाव देखिने भयो ?

यहि नतिजा देखिने निश्चित छ । त्यस्तै चमत्कार गरेर, लिडरसीपको चमत्कार एजेण्डाहरूको चमत्कार, काँग्रेसले आफ्नो पार्टी एक नम्वरको हुनुपर्ने उद्देश्य अगाडि ल्याएर हामीलाई जिताउनु पर्छ भनेर न आएसम्म एमालेले काँग्रेसलाई पछाडि पारिरहन्छ । भोलिका चुनावमा चुनौति दिने प्रशस्त आधार छ । 


अहिले ‘एलायन्स’ त्यति प्रभावकारी देखिएन । अबको चुनावमा दलहरूबीच ‘एलायन्स’ हुने संभावना कत्तिको देख्नुहुन्छ ?

स्वभाविक ‘एलायन्स’ हुनुपर्ने हो त्यसका लागि ‘सेन्ट्रल फिलोसोफी’ले गाईड गर्छ । भोलिको दिनमा नेपालमा हेर्ने, बनाउने दृष्टिकोणले गाईड गर्नुपर्ने हो । त्यो हेर्दाखेरी स्वभाविक ‘एलायन्स’ काँग्रेस, मधेशवादी, राप्रपाहरूको हुनुपर्ने हो । अर्को माओवादी र एमालेको   ‘एलायन्स’ । एउटा ‘सेन्टर’बाट ‘लेफ्ट’ तिर ‘टिल्ट’ भएको अर्को सेन्टरमा बसेर ‘राईट’तिर टिल्ट पार्न खोज्ने यो एउटा दार्शनिक ढाँचामा ‘एलायन्स’ भयो भने र त्यो ढंगले तयार  भएका नेताहरू भए भने हुने हो । माओवादी र काँग्रेसको ‘एलायन्स’ मिल्दैन । हदै नमिल्ने त के हो भने मधेशवादी र एमालेको ‘एलायन्स’ त मिल्दै मिल्दैन ।

अहिले देखिएको ‘एलायन्स’ मिल्दैन, टिक्दैन, तत्कालिन उम्मेद्वार हार्ने जित्नेमा सीमित हुन्छ । यसले दिने जनमत र प्रतिनिधित्व पनि ठिक हुँदैन त्यसकारण एलायन्सको बारेमा सुविचारित किसिमले दार्शनिक रुपले प्रमुख पार्टीहरूले सोच्नु पर्यो । मुलुकलाई अगाडि बढाउने हो भने यस्तो अपर्रझटको ‘एलायन्स’, जो पायो त्यहिसँग मिलेर जित्ने ‘एलायन्स’ले पार्टी पनि ध्वस्त हुन्छ । मुलुक पनि ध्वस्त हुन्छ । जनता पनि अलमलमा पर्छन । त्यसकारण यस्तो ‘एलायन्स’ नगर्दा राम्रो हो । भारतमा पनि एलायन्स हुन्छ तर त्यहाँ त्यसको निश्चित आधार छन् । आशा के गर्न सकिन्छ भने अब हुने प्रदेश र केन्द्रको चुनावमा केहि निश्चित वैचारिक र दार्शनिक आधारमा ‘एलायन्स’ गर्न पर्छ भनेर दलहरूलाई सिकाउनै पर्ने भएको  छ । 

 
 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​रसुवामा विप्लव समूहका कार्यकर्ता पक्राउ

६ मंसिर, रसुवा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रसुवा जिल्ला कार्यवाहक इञ्चार्ज लेखनाथ लामिछानेलाई आज प्रहरीले पक्राउ गरेको छ । कालिका गाउँपालिका– ३ धारापानीका लामिछानेलाई सोही क्षेत्रबाट पक्राउ गरिएको हो । लामिछानेमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक सरत्कुमार थापा क्षेत्रीले जानकारी दिए । 

​बारामा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार शुन्य

५ मंसिर, बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुको प्राथमिकतामा एउटा महिला नपरेपछि बारा जिल्लामा राजनीतिक गर्ने महिला सकसमा परेका छन् । समानुपातिक समावेशिताको नारा दलहरुले जतिसुकै दिए पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुले बाराबाट कुनै पनि महिला उम्मेदवार नदिनुलाई महिलाप्रति विभेद् भएको बारावासीको गुणासो छ । 

​गुल्मी १ का उम्मेद्धार ज्ञवालीको प्रतिबद्धता, गाउँमा बोका–राँगादेखि विमानस्थलसम्म

हुमाकान्त पोखरेल
६ मंसिर, गुल्मी
 । गुल्मी क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नेकपा एमालेका प्रदिप ज्ञवालीले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन् । ज्ञवालीले स्थानिय स्तरदेखि राष्ट्रिय स्तरसम्मका आयोजनाहरु समयमै सम्पन्न 

अन्तर्राष्ट्रिय

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

अमेरिकाले उत्तर कोरियालाई फेरि चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने

५ मंसिर । अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद्को बैठकमा उत्तर कोरियालाई चरमपन्थीहरुलाई समर्थन गर्ने देशको सूचीमा राख्ने प्रस्ताव गरेका छन्। यसअघि पनि अमेरिकाले उत्तर कोरियालाई 

विचार / ब्लग

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 

​युवाले हाँक्दै गरेको विश्व र हाम्रो युवा नेतृत्व

ओम प्रकाश घिमिरे 
नेपालीहरुले बहुदलीय राजनीतिक प्रणालीको अभ्यासमा निर्वाचन मार्फत जनप्रतिनिधि चयन गर्न थालेको इतिहास झण्डै ६ दशक लामो  छ । यस अवधिमा ४ वटा प्रतिनिधिति सभाको निर्वाचन, २ वटा संविधान सभाको निर्वाचन र तीनवटा स्थानीय निर्वाचन मार्फत नेपाली नागरिकहरुले जनप्रतिनिधि चयन गरेका छन् । तर निर्वाचनहरुमा नियमितता हुन नसकेका कारण यो ६ दशकको अवधिमा थोरै निर्वाचनहरु मात्र भएका हुन् । वि.स.२०७४ साल 
Top