राष्ट्रपति पुटिनद्वारा मिखाइल मिसुस्टिनलाई रुसको नयाँ प्रधानमन्त्री नियुक्त


Thursday, 16 Jan, 2020 3:10 PM
२ माघ, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मिखाइल मिसुस्टिनलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । दिमित्रि मेद्भेदेवले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि राष्ट्रपति पुटिनले मिसुस्टिनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । 

मिसुस्टिन संघीय कर सेवा प्रमुखका रुपमा कार्यरत थिए । ‘भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गर्नुभएको छ,’ क्रेमलिनद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेवले बुधबार राजीनामा दिएका हुन् । मेदभेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने भएकाले राजीनामा दिएको बताएका थिए । 

पुटिनको सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ ।

प्रधानमन्त्रीले भने,‘वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजीनामा गरेको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।’ प्रधानमन्त्रीका अनुसार सुधारका आगामी सबै निर्णय राष्ट्रपतिले लिनुहुनेछ ।

प्रधानमन्त्री मेदभेदेवले राजीनामा दिएपछि राष्ट्रपति पुटिनले उनलाई धन्यवाद र आभार व्यक्त गरेका छन् । उनले भनेका छन,‘प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि धन्यवाद दिनछु, यस क्रममा उपलब्धि हासिल गरेका नतिजाहरूप्रति आभारी पनि छु ।’ 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

महरालाई फेरि अर्को आपत आइलाग्यो ! सरकारी वकिल उच्च अदालतमा जाँदै

६ फागुन काठमाडौ । सरकारी वकिलको कार्यालयले निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयमा फैसला चित्त बुझ्दो नभएको भन्दै उच्च अदालतमा मुद्दा पुनरावेदन गर्ने तयारी गरेको छ ।पूर्व सभामुख महरालाई अदालतले सफाइ दिएको विषयमा पुनरावेदन जाने सरकारी वकिल नुमराज खनालले बताए । यससँगै महरालाई अर्को संकट आइलाग्ने देखिएको छ ।  यता  महराको निलम्बन भएको सांसद पद पुनर्बाहली हुने भएको छ ।संसद सचिवालयका उपसचिव

संवैधानिक अंग सरकारको कब्जामा : कोइराला

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सरकारकै कारण संघीयता धरापमा परेको आरोप लगाएका छन्। कोइरालाले सरकार नियन्त्रितप्रजातन्त्रको अभ्यासमा लागेकाले संघीयता बेवारिसे बनेको बताए। कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा आधारित शासन व्यवस्थामा विश्वास गर्ने भएकाले नेकपा सरकार नै संघीयताविरोधी रहेको आरोप लगाए।

अन्तर्राष्ट्रिय

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

निर्दयीहरु जसले गर्भवती र बालबालिकालाई पनि जिउँदै जलाए

५ फागुन, काठमाडौं । अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा कम्तिमा २२ जनाको मृत्यु भएको छ । क्यामरुनको उत्तर–पश्चिमी क्षेत्रको गाउँमा आक्रमण भएको र सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको हो । तुम्बो गाउँमा भएको घटनामा मारिनेमा आधा बालबालिका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अधिकांशलाई आक्रमणकारीले जिउँदै जलाएका हुन् । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top