esewa

किम जङ उन र रुसी राष्ट्रपति पुटिनबीच भेट, ट्रम्पसँग कुरा नमिलेपछि उन पुटिनसँग नजिकिएका हुन् ?


Thursday, 25 Apr, 2019 11:26 AM
१२ बैशाख काठमाडौ । उत्तर कोरियाली नेता किम जङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीवार भेट भएको छ। उनीहरू रुसको सुदूरपूर्वी भ्लादिभोस्तोक नगरनजिकै रहेको रुस्की टापुमा भेला भएका छन्। उनीहरूको शिखरवार्तामा रुसले दुई पक्षबीच कोरियाली प्रायःद्वीपको परमाणु समस्याुको विषयमा वार्ता हुने बताएको छ। तर किमले चाहिँ अमेरिकासँग वार्ता विफल भएपछि अब रुसको समर्थन खोज्ने अपेक्षा गरिएको छ। डोनल्ड ट्रम्प र किमले यो वर्षको सुरुमा हानोईमा उत्तर कोरियाको परमाणुअस्त्र कार्यक्रमबारे शिखरवार्ता गरेका थिए। तर उनीहरूको बैठक कुनै सहमतिबिना सकिएको थियो।

पुटिनसँग पहिलो पटक भेट्न किम बुधवार रेल चढेर भ्लादिभोस्तोक पुगेका थिए  । किम आफ्नै रेल चढेर रुस पुगेका थिए । त्यहाँ पुग्नेबित्तिकै उनले रुसी अधिकारीहरूलाई न्यानो अभिवादन गरेका थिए। त्यहाँ किम कारमा चढ्दै गर्दा एक साङ्गीतिक टोलीले मनोरञ्जन दिएको थियो। उनको कारसँगसँगै उनका अङ्गरक्षकहरू मन्द गतिमा कुदिरहेको देखिएको थियो। ‘म हाम्रा जनताको न्यानो भावना लिएर रुस आएको छु। मेरो आशा छ यो भ्रमण सफल र उपयोगी हुनेछ, किमले खसनमा सीमा पार्दै गर्ने क्रममा रुसी टेलिभिजनसँग भने।

सम्माननीय पुटिनसँगको भेटमा कोरियाली प्रायः द्वीपको अवस्था सुधार्ने र हाम्रो दुईपक्षीय सम्बन्ध सुधार्ने विषयमा ठोस ढङ्गले कुराकानी हुने मेरो आशा छ।  रुस्की टापुमा रुसी र उत्तर कोरियाली झन्डाहरू फहराइरहेका छन्। त्यहाँस्थित एउटा विश्वविद्यालयको परिसरमा दुई नेताबीच भेट हुने कार्यक्रम छ। रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभको भनाइमा क्रेमलिन उत्तर कोरियाको विषयमा जारी छ पक्षीय वार्ता फेरि सुरु हुनुपर्ने पक्षमा छ। उसको भनाइमा त्यो वार्ता प्रक्रियामार्फत् कोरियाली प्रायःद्वीपमा परमाणुअस्त्रको विवादलाई सम्बोधन गर्न सकिन्छ। सन् २००३ मा सुरु गरिएको त्यो वार्तामा दुई कोरिया, चीन, जापान, रुस र अमेरिका सहभागी हुने गरेका छन्। तर त्यस्तो बहुपक्षीय वार्ता केही समययता अवरुद्ध हुँदै आएको छ। बीबीसीकी लरा बिकर भन्छिन् अमेरिकासँग सम्बन्ध चिसिएपछि उत्तर कोरियाले अहिले आफ्ना अन्य बलिया विश्वशक्ति पनि मित्र रहेको देखाउन खोजिरहेको छ। यो रुसका लागि पनि कोरियाली प्रायःद्वीपमा आफ्नो प्रभाव कायमै छ भनेर देखाउने अवसर हो। हालै उत्तर कोरियाले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका कारण अमेरिकासँगको वार्ता विफल भएको बताएको थियो। उसले पोम्पेओलाई वार्ता प्रक्रियाबाटै हटाउनु पर्ने माग गरिसकेको छ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

सामाजिक सुरक्षा योजनालाई उद्योगी नेताहरुले नै सहयोग गरेनन् : मन्त्री विष्ट

८ भदौ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्योगी नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री विष्टले नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सूचीकरणमा आवद्ध नभएको बताए । रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी वाहनामात्रै भएको भन्दै उनले नेताहरुद्वारा सञ्चालित प्रतिष्ठानको सूचिकरण नहुनुले नै कानुन कार्यान्वयनमा समस्या सिर्जना भएको दाबी गरे ।

शीर्ष नेता र उच्च कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्छ : रवीन्द्र मिश्र

८ भदौ, बुटवल । साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएको दाबी गर्दै उनले ०४६ सालयता सरकारको नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानबिनको माग गरेका हुन् । आइतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले भने, ‘भ्रष्टाचार रोक्न ०४६ सालयता राजनीतिक र प्रशासनिक नेतृत्वमा पुगेका 

सरकार सफल भएमात्र संघीयता सुदृढ हुन्छ : पर्यटनमन्त्री भट्टराई

७ भदौ, फिदिम । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री भट्टराईले समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को मार्ने बताए । 
 

अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक मिसाइल परीक्षण

८ भदौ, काठमाडौं । उत्तर कोरियाले फेरि दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा लगातार मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियाले शनिबार छोटो दूरीका दुई वटा ब्यालेस्टिक मिलाइल परीक्षण गरेको हो  दक्षिण कोरियाका ‘ज्वाइन्ट चीफ अफ स्टाफ’ ले भनेका छन्, ‘सेनाले दुई अज्ञात प्रक्षेपास्त्रहरु देखेको छ । ती छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरु हुन सक्ने अनुमान गरिएको छ ।’

कश्मीर पुग्न नपाइ विमानस्थलबाटै फर्काइएपछि के भने राहुल गाधीले ?

भारत सरकारले धारा ३७० खारेज गरेपछि पहिलो पटक जम्मू–कश्मीर भ्रमणमा निस्केका कांग्रेस नेता राहुल गान्धीसहितको विपक्षी दलको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले श्रीनगर विमानस्थलबाटै फर्कायो । गान्धीसहित ११ जना नेताको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले विमानस्थलबाट बाहिर निस्कन प्रतिवन्ध लगाएपछि उनीहरु त्यहाँबाट फर्किए । आफूहरुलाई त्यहाँका नागरिकसँग भेट गर्न नदिएपछि राहुलसहितका नेताहरुले पत्रकार सम्मेलन गरे । 

कश्मीर विवाद : धार्मिक प्रार्थनापछिको विरोध प्रदर्शनमा झडप

७ भदौ, काठमाडौं । भारत प्रशासित कश्मीरका सुरक्षा निकायहरू श्रीनगर शहरमा प्रदर्शनकारीहरूसँग भिडेका छन् । सौरा क्षेत्रमा शुक्रवारको धार्मिक प्रार्थनापछि सयौँ मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए । शान्तिपूर्ण शुरू भएको विरोध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि हिंसा भएको थियो । प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो । कम्तीमा दुईजना घाइते भएका छन् । तीन साता अगाडि भारत सरकारले जम्मू(कश्मीरलाई प्रदान गरेको आंशिक स्वायत्तता खारेज गरेपछि त्यहाँको स्थिति तनावपूर्ण छ ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top