kantipur mall

​कतारमा नाकाबन्दीका दुई वर्ष : कसैसँग झुकेन, नाकाबन्दी गर्नेलाई नै टाउको दुख्ने गरि झनै उठ्दै !


Monday, 21 Oct, 2019 4:19 PM

विक्रम संवत् २०७२ सालमा नेपाल करिब पाँच महिना नाकाबन्दीमा पर्दा यहाँको सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा निकै जटिल प्रभाव परेका थिए। अर्थतन्त्र त लगभग शून्य वृद्धिदरमै झरेको थियो। तर नेपालले भूकम्पपछि बेहोरेको उक्त भारतीय नाकाबन्दीलाई खाडी मुलुक कतारमाथि हाल जारी नाकाबन्दीसँग तुलना गर्न नसकिने अर्थविद्हरूले बताएका छन्। नाकाबन्दीको सामना गर्न कतारले तत्काल चालेका कदम र अवलम्बन गरेको नीतिबाट नेपालले पाठ भने सिक्न सक्ने अर्थविद्‌ चन्दन सापकोटाको भनाई छ ।
आतङ्कवादलाई सघाएको भन्दै साउदी अरब, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनले  कतारमाथि नाकाबन्दी गरेको दुई वर्ष नाघिसकेको छ।

सन् २०१७ को जुन महिनादेखि नाकाबन्दीमा रहेको कतारले आफूमाथि लगाइएको आरोपलाई सशक्त रूपमा अस्वीकार गर्दै आएको छ। 

नाकाबन्दीबाट गलेन
चारवटा प्रभावशाली एवम्‌ शक्तिशाली छिमेकी मुलुकले एकसाथ कतारमाथि नाकाबन्दी गरे पनि त्यसको ‘खासै असर नदेखिएको’ अर्थविद्हरू बताउँछन्। उनीहरूका अनुसार नाकाबन्दी हुँदाहुँदै कतारी अर्थतन्त्र धरमराउन नसक्नुको तीनवटा प्रमुख कारण देखिन्छ।

अर्थविद्‌ स्वर्णिम वाग्लेका अनुसार पहिलो कुरा कतारको आर्थिक सामर्थ्य हो। ‘कतारको प्रमुख निर्यात नै प्राकृतिक ग्यास हो। र, प्राकृतिक ग्यासको स्वभाव नै के हुन्छ भने त्यसका क्रेताहरूसँग १०, १५, २० वर्षसम्मको सम्झौता हुन्छ’ ।
दीर्घकालीन सम्झौताका कारण उसको आर्थिक सामर्थ्य दह्रो छ र आर्थिक बचत पनि धेरै छ,उनी थप्छन्।

त्यसप्रति सहमति जनाउँदै अर्का अर्थविद्‌ विश्व पौडेल भन्छन्, उसले निर्यात गर्ने चिजको संसारभरि बजार छ। कतार विश्वकै सबैभन्दा बढी एलपीजी ग्यास निर्यात गर्ने देश हो।

सन् २०१७ मा मात्रै उसले आठ करोड १० लाख टन ग्यास निर्यात गरेको थियो जुन विश्वको कुल आपूर्तिको झन्डै एकतिहाइ हो। लन्डनस्थित अनुसन्धान कम्पनी क्यापिटल इकनोमिक्सका मध्यपूर्व अर्थतन्त्र मामिलाका जानकार जेसन टुभीले गत ज्यानुअरीमा भनेका थिए,‘थप ग्यास निकालेरै पनि कतारीहरू बाँच्न सक्छन्।
अर्थविद्‌ वाग्लेका अनुसार कतारले लन्डन, न्यूयोर्क सहरसहित पश्चिमा मुलुकहरूमा रणनीतिक लगानी पनि गरेको छ। ऊसँग सोभरेन वेल्थ फन्ड भनिने रणनीतिक राष्ट्रिय बचत खर्बौँ बराबर छ।

भौगोलिक अवस्था
उनका अनुसार नाकाबन्दीबाट कतार गल्न नसक्नुको अर्को कारण उसको भौगोलिक अवस्था हो। वाग्ले भन्छन्, कतार भूपरिवेष्टित देश होइन। समुद्रसम्म पहुँच भएकोले भूपरिवेष्टित नेपाललाई जस्तो जोखिम भएन। अर्थविद्‌हरूका अनुसार केही मुलुकले गरेको सहयोगका कारण पनि नाकाबन्दीसँग जुझ्न कतारलाई सघाउ पुग्यो।

समुद्रसँग पहुँच रहेको कतारलाई टर्की र मध्यपूर्वको एउटा शक्ति देश इरानले सहयोग गरे। दूधको मागलाई मध्यनजर गर्दै कतारले विमानमार्फत्‌ दशौँ हजारको सङ्ख्यामा इरानबाट गाई निर्यात गर्‍यो। हुन त त्यसलाई कतिपय अर्थविद्ले ‘राजनीतिक नाटक’ भन्ने गरेका छन् भने कतिपयले आफू जुनसुकै अवस्थाको सामना गर्न सक्षम रहेको कतारको सन्देशको रूपमा लिने गरेका छन्।

तीबाहेक वास्तविक कतारीको जनसङ्ख्याको आकार पनि नाकाबन्दीको असर नपर्नुको एउटा कारण भएको अर्का अर्थविद्‌ विश्व पौडेल बताउँछन्।
उनी भन्छन्, वास्तविक कतारीलाई त्यहाँ समस्या हुने स्थिति नै थिएन। तीन लाख जनसङ्ख्या छ। दश जनामा एकजना मात्र कतारी नागरिक हुन्।
 पर्याप्त आपूर्ति
अर्थविद्‌ चन्दन सापकोटाका अनुसार नाकाबन्दीसँग जुझ्न कतारले विशेषगरी दुईवटा आर्थिक रणनीति अपनाएको देखिन्छ। पहिलो कुरा बजारमा खाद्य पदार्थ तथा अरू सामानको अभाव हुन नदिन तत्कालका लागि पर्याप्त आयात गर्‍यो। जस्तैः इरान र टर्कीबाट जोसँग उसको सम्बन्ध राम्रो छ। अनि आफ्नो आन्तरिक उत्पादन क्षमता बढाउन लगानी पनि बढायो। दोस्रो कुरा निजी लगानी बढाएर कतारले आर्थिक वृद्धि गर्न निजीकरणका साथै अरू आर्थिक उदारीकरण गर्‍यो। उत्पादन बढाउँदै आत्मनिर्भर हुने, आयात प्रतिस्थापन गर्ने र आफ्नो उत्पादन निर्यात पनि गर्ने खालको रणनीति लियो र धेरै हदसम्म यो सफल पनि भएको छ ।

नेपालले कतारबाट के सिक्न सक्छ ?
एउटा सानो खाडी मुलुक भएर पनि कतारले नाकाबन्दीको दृढतापूर्वक सामना गरेको उदाहरण नेपालमा पनि दिने गरिन्छ। कतार र नेपालको आर्थिक तथा भौगोलिक अवस्था तुलना गर्ने किसिमको नभए पनि केही कुरा सिक्न सकिने कतिपयको तर्क छ।
अर्थविद्‌ सापकोटा भन्छन्, नेपालले पनि उत्पादन बढाउँदै आत्मनिर्भर हुने, आयात प्रतिस्थापन गर्ने र आफ्नो उत्पादन निर्यात पनि गर्ने खालको रणनीति लिनुपर्छ। कृषि प्रशोधन गरेको सामान, सस्तो र भरपर्दो बिजुली, पर्यटन, र तीव्र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ।
सापकोटाका अनुसार खाद्य सामग्रीको सुनिश्चितता गर्न अरू देशका कृषि उत्पादन र प्रशोधन गर्ने कम्पनीमा लगानी गरेको थियो जसले आत्मनिर्भर हुन महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो।
त्यसबाहेक सरकारी खर्चको मात्रा र गुणस्तरमा सुधार, कर्मचारीतन्त्र र राजनीतिक स्तरमा हुने ढिलासुस्तीका साथै नचाहिँदो हस्तक्षेप बन्द गर्नुपर्ने उनको सुझाव छ। सापकोटाका अनुसार जुन तरिकाले सरकारले आफ्नो र निजी क्षेत्रको लगानी बढाउन केन्द्रीय भूमिका खेल्नुपर्थ्यो, त्यो नेपालमा देखिँदैन।
उनी थप्छन्, सरकारले आर्थिक उदारीकरण गर्दै निजी लगानी बढाउन भन्दा पनि निजी लगानीको नियन्त्रणमा धेरै ध्यान दिएको देखिन्छ। बोली धेरै, काम कम भएको छ।
कतारी लगानी कोष अल रयानका वरिष्ठ निर्देशक अकबर खानले गत ज्यानुअरीमा बीबीसी न्यूजसँग भनेका थिए, ूनाकाबन्दीले हाम्रो भावनामा त असर पारेको छ, तर हाम्रो व्यापार गर्ने क्षमतामा चाहिँ होइन। बीबीसी न्यूज


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

सीमा निरीक्षण समिति निमार्ण गर्ने सरकारको निर्णय

६ मंसिर, काठमाडौं । सरकारले सीमानिरीक्षण समिती मार्फत नेपाल भारत र नेपाल चिनबिचको सीमा विवाद हल गर्ने भएको छ ।  बिहिबार मन्त्रिपरिषद बैठकमा निर्णय सार्वजानीक गर्दै सीमा विवाद निरीक्षण समिति गठन गर्ने निर्णय भएको सरकार प्रवक्त गोकुल प्रसाद बासकोटाले जनाएका छन । भारतले तयार गरेको नयाँ राजनितिक नक्सामा नेपाली भूमी आफ्नो नक्सामा समावेश गरेपछि नेपालमा विरुद्ध चर्को विरोध 

जिल्ला अदालतको आदेश विरूद्ध न्याय माग्दै उच्च अदालत पुगे पूर्बसभामुख कृष्णबहादुर महरा

५ मंसिर काठमाडौं । यौन दुर्व्यवहारको अभियोगमा कारागार  चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावदेन दर्ता गरेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पूर्वसभामुख महरा अदालत पुगेका हुन् । निवेदन दर्ता भइसकेको महरा निकट स्रोतले बतायो । महराले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन दिएका हुन् ।  संसद सचिवालयकी कर्मचारीसमेत रहेकी महिलालाई यौन दुर्व्यवहार 

​नयाँ मन्त्रीले लिए सपथ

५ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नयाँ मन्त्रीहरुलाई राष्ट्रपतिले सपथ खुवाएकी हुन् ।  हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ नयाँ मन्त्री बनेका छन् । त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् । मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट तथा राज्यमन्त्रीहरुले प्रधानमन्त्री 

अन्तर्राष्ट्रिय

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

३० कात्तिक, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । 

हङकङ आन्दोलन : शान्तिको कामना गर्दै मुस्लिम समुदायले गरे विशेष प्रार्थना

३० कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको हिंसात्मक आन्दोलनले जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा यहाँका मुस्लिम समुदायले शुक्रबार शान्तिको कामना गर्दै ‘विशेष प्रार्थना ’ गरेका छन् । चिम सा चुई नाथन रोडस्थित काउलुन मस्जिदमा मुसलमानहरुले भेला भएर शान्ति, सामाजिक सद्भाव र मेलमिलापको कामना गर्दै प्रार्थना गरे । आयोजक ईन्कर्पोरेट ट्रष्टी ईस्लामिक कम्युनिटीका अनुसार उक्त प्रार्थनामा ४ हजार भन्दा बढी मुसलमान समुदायका मानिसहरु सहभागी थिए । कम्युनिटिका अध्यक्ष जोहेर तेबखानले भने,‘हङकङ सँधै शान्तिपूर्ण स्थान हो । हामी सोही शान्ति कायम रहिरहोस् भन्ने कामना गर्दछांै, मलाई लाग्छ हङकङबासी सबैले शान्ति चाहन्छन् ।’

​श्रीलंकामा राष्ट्रपति निर्वाचन : पूर्वराष्ट्रपति राजपाक्षेका भाइ पनि उम्मेदवार

३० कात्तिक, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति बन्ने होडमा ३५ जनाले उम्मेदवारी दिएका छन्।  यसपटको निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र साजिस प्रेमदासबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top