syangyong

​ओशोलाई प्रश्न : ‘म बुढो हुँदै गइरहेको छु, स्त्रीमा मेरो रुची घट्दै गइरहेको छ । के गर्नु पर्ला ?’


Saturday, 14 Apr, 2018 2:28 PM
श्रीमान, आफ्नो रुचीलाई कम हुन दिनुहोस् । यसमा गलत केही पनि छैन । अर्को कुरा के पनि ढुक्क भएर हिँड्नुहोस भने कुनै स्त्रीले तपाईँलाई याद गर्ने छैनन् । 

तर पश्चिममा, विशेष रुपले फ्रायडले जब यौन मनोविज्ञानको आफ्नो ‘पेन्डोरा बक्स’ खोले त्यसपछि मानिसहरुमा  एउटा अनौठो विचारले जरा गाड्यो, तिमीलाई अन्त्यसम्म कामुक बनिरहन पर्छ भनेर किनकी सेक्स जीवनको पर्याय हो । सत्तरी बर्ष होस् या असी बर्ष तपाईले सेक्समा रुची राख्नै पर्छ । यदि तपाईमा सेक्सप्रति रुची कम हुँदै गएको छ भने यसको अर्थ जीवनप्रति तपाईको रुची पनि कम हुँदै गएको छ । 

यो विचारले सेक्स र जीवनलाई पर्यायको रुपमा अथ्र्याइदियो । यो आधारहिन कुरा हो । हो, सेक्स र जीवन एक स्तरसम्म पर्याय हो । तर पूर्ण होइन । बालककालमा यो तपाईको जीवनको पर्याय होइन । जवानीमा यसको सम्बन्ध छ । बुढेसकालमा सेक्स फेरी पर्याय होइन । जीवनका कैयौं चरण हुन्छन् । बच्चाको रुची हुँदैन । युवको रुची हुन्छ ।

तर, पश्चिमा देशहरुमा सतत् युवा बन्ने प्रयास भइरहेको छ । तपाईं बुढो बन्न पाउनु हुन्न ! मानिसहरु आफैलाई बेबकूफ बनाउदै लगेका छन् । उनीहरु सोच्दछन् म अझै युवा नै छु भनेर । नयाँ–नयाँ औषधीहरुको खोजी भइरहेको छ । केहीले त सेक्स उत्तेजना ल्याउन त्यसको प्रयोग पनि गरिरहेका छन् । ताकि उनीहरुमा युवापन बाँचिराखोस भनेर । मानिसहरु यति बेबकूफ छन् कि युवा रहनका लागि उनीहरुले कुनै पनि प्रकारको बेवकूफीलाई स्वीकार गर्छन । बुढेसकाललाई एउटा विमारीको रुपमा लिइन्छ । पश्चिममा– बुढो हुनुको मतलब तपाईँ विरामी हुनु हो । यो बास्तवमा सही छैन । 

बुढेसकालको आफ्नै सौन्दर्य छ । यसको आफ्नै सम्पदा छ । जस्तो कि जवानीको आफ्नै सौन्दर्य र सम्पदा थियो । निश्चय पनि बुढेसकालको सम्पदा यौवनको सम्पदाभन्दा अधिक मूल्यवान छ । किनकी बुढो व्यक्तिल युवा अवस्था भोगिसकेको छ । उसले सबैकुरा जानीसको, देखेको छ । हरेक अनुभवलाई उसले संगालेको छ । जीन्दगीको भ्रमलाई पनि भोगेको छ । भ्रमहरु कसरी टुट्छन् त्यसको अनुभव पनि उसित छ । बुढेसकालमा मान्छे साँच्चै बुद्विमान हुन्छ जति उ पहिला थिएन । अब उ निश्चल बन्दैछ । जब सेक्सको चाहना खतम हुन्छ तपाईमा फेरी एक प्रकारको निश्चलता आउन थाल्छ । तपाई फेरी बच्चा जस्तै बन्नुहुन्छ । एक परिपक्व बच्चा !
पूर्वीय समाजमा यो एउटा संस्कार बनेको छ कि बुढो व्यक्ति युवकको शिक्षक बन्नुपर्छ । किनकी उसले संसार भोग्यो, विकसित भयो र समझदार बनेको छ । उनीहरुले अधिक राम्रो दिशा दिन सक्छन्,अधिक प्रौढता र स्पस्टताका साथ । बुढेसकालको उमेर मृत्युको तयारीको उमेर हो । र, यो महानतम तयारी पनि हो किनकी तपाईँ अज्ञातको लामो यात्रामा जाँदै हुनुहुन्छ । यदि तपाईँले सेक्समा रुची राख्नुभयो भने यसले तपाईँलाई मृत्युबाट विचलित गरिदिने छ । पश्चिममा यही भइरहेको छ ।

पश्चिममा मान्छेहरुले अझै पनि मृत्युलाई जीवनको हिस्साको रुपमा स्वीकार गरेका छैनन् । मृत्य बर्जित छ । जसरी सय बर्ष अघिसम्म सेक्स बर्जित थियो । सय बर्ष पहिले कोही पनि सेक्सको बारेमा कुरा गर्दैनथ्यो । यसको बारेमा कुरा गर्नु या लेख्नु सम्भव थिएन । यो यति बर्जित थियो कि भिक्टोरीयाको पालामा स्त्रीहरु कुर्सीको खुट्टा पनि ढाकेर राख्थे । किनकी खुट्टा देखाउन मनाही थियो । 

मृत्युलाई स्वीकारर्नु पर्छ । मृत्युलाई स्वीकार्न सक्नुभयो भने बुढेसकाललाई पनि स्वीकार्न सक्नुहुन्छ । र, स्वीकारमा विश्राम छ । यदि तपाईको सेक्सप्रति रस सिद्वियो भने तपाईको सारा ध्यान मृत्युतिर जान्छ । याद राख्नुहोस्, सेक्स र मृत्यु विपरित ध्रुव हुन । यदि तपाईले सेक्सप्रति लगाव छोड्नु भएन भने मृत्युको लागि कतिबेला तयारी गर्नुहुन्छ ? तपार्ईको ध्यान सेक्समा नै केन्द्रीत हुन्छ र तयारीबिना मर्नुहुन्छ । 

ध्यान मृत्यको तयारी हो । अब मृत्युको लागि तयार हुुनुहोस । ध्यान गर्नुहोस । अब तपाईले स्त्रीमा रुची राख्नुहुन्न भने त्यो राम्रो हो । अब स्वयममा ध्यान केन्द्रीत गर्नुहोस् । 

मेरो सुझाव छ, तपाईले आफ्नो जीवन बाँचिसक्नुभयो । तपाईले आफ्नो शरीरको सुखको लागि, नातासम्बन्धका लागि बाँचिसक्नुभयो । जे सिक्नुपर्ने थियो सिक्नुभयो । अब आन्तरिक यात्राको लागि समय छुट्याउनुहोस । 

साभार : आशो पुस्तक, ‘दि सिक्रेट आफ सिक्रेटस्’


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

जुम्लामा सरकारले गोली चलाएको छैन : उपप्रधानमन्त्री पोखरेल

५ साउन विराटनगर,।  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उनको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौँ ल्याएको प्रष्ट पारे । रक्षामन्त्री पोखरेलले वर्तमान सरकार जनताको स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत समस्या समाधान गर्न कटिबद्ध रहेको बताए । उनले  पूर्ववर्ती 

राप्रपाः गण्डकी प्रदेश कार्यसमितिलाई पूर्णता

५ साउन काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश कार्यसमितिले शुक्रबार पूर्णता पाएको छ । पार्टीको विधानबमोजिम अध्यक्ष कमल थापाले गण्डकी प्रदेशका अध्यक्ष हेमजङ गुरुङको सिफारिशअनुसार गण्डकी प्रदेशका उपाध्यक्षमा देवीप्रसाद कँडेल (बागलुङ) र गीता गुरुङ (कास्की), सचिवमा वरुणविक्रम राणा (कास्की), प्रवक्तामा नवराज बसौला (लमजुङ), कोषाध्यक्षमा पञ्चबहादुर गुरुङ (स्याङ्जा) र सहसचिवमा कृष्णराज अधिकारी (कास्की) लाई मनोनयन गरेका छन् ।  

​संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक :सभामुख महरा

४ साउन, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताएका छन् । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले  आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उनले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताएका हुन् ।“संविधान कार्यान्वयनका लागि 

अन्तर्राष्ट्रिय

इजरेलद्वारा गाजामा भीषण हवाई हमला

सीमा क्षेत्रमा आफ्ना सैनिकमाथि आक्रमण गरिएपछि इजरेलले गाजा पट्टीमा सैन्य अखडाहरूलाई निशाना बनाएको छ। सीमा क्षेत्रमा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको उसले जनाएको छ। हिंसात्मक घटनामा धेरै समयपछि इजरेली सेनाको ज्यान गएको हो। गाजाका अधिकारीहरूका अनुसार इजरेली हवाई हमलामा चारजना प्यालेस्टिनीहरू मारिएका छन् र उनीहरूमध्ये तीनजना हमास लडाकु समूहका सदस्य थिए। सीमा क्षेत्रमा प्रदर्शनका क्रममा चौथो प्यालेस्टिनी 

५ वर्षका बालक, जसले आफैँ लेखे आफ्नै मृत्युको सन्देश

२ साउन, काठमाडौं । पूर्वजानकारी पाएर मृत्युलाई स्विकार्न जोकसैको आँटले सक्दैन । उमेरले जीवनको उत्तरार्धतिर लागेकाहरु पनि यस्तो क्षण सहज रुपमा बिताउन सक्दैनन् । तर, अमेरिकाका एक पाँच वर्षीय बालकले आफ्नो मृत्युको पूर्व जानकारी पछिको यात्रा सजिलोसँग पार गरेका छन् । उनी हुन् ग्यारेट मिथायस । 

प्रधानमन्त्री छँदा चढेको हेलिकोप्टरमै चढेर १० वर्षका लागि जेल जाँदै शरीफ, फर्किए पाकिस्तान

समाचार सूत्रका अनुसार न्याबले नवाज र मरियमलाई अदियाला जेल लैजानका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर मागेको थियो । मन्त्रालयले संस्थालाई त्यही हेलिकोप्टर दियो, जुन प्रधानमन्त्रीका लागि रिजर्भ राखिन्छ । अर्थात् नवाज कुनै बेला जुन हेलिकोप्टरमा प्रधानमन्त्रीका रुपमा देशभरी घुमिरहन्थे अहिले त्यही हेलिकोप्टरमा चढेर उनी जेल जाने भएका छन् । 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top