syangyong
nlic

​गगन थापालाई टक्कर दिने राजन भट्टराई भन्छन्– ‘व्यक्तिगत हिरोइजमको संसदमा केही काम छैन’


Sunday, 12 Nov, 2017 2:09 PM
यतिबेला मुलुकमा चुनावी सरगर्मी ह्वात्तै बढिरहेको छ । चुनावी रौनक धेरै छाएको मध्ये काठमाडौ क्षेत्र नं.४ पनि हो । यस क्षेत्रमा नेपाली कांग्रेसका युवा नेता गगन थापा र एमालेका युवानेता डा. राजन भट्टराईबिच कडा प्रतिश्पर्धा देखिएको छ । गगनथापासँग चुनावी मैदानमा होमिएका भट्टराईलाई न्यूजसेवाले चुनावी प्रचार अभियान बारे केही प्रश्न गरेको छ । 

चुनावी प्रचार अभियान कसरी अघि बढिरहेको छ ?
चुनावी प्रचार अभियान अहिले एकदमै तिब्रताका साथ भइरहेको छ । हाम्रो अभियान टोल भेला,  विभिन्न व्यक्तिसँगको भेटघाट, घरदैलो जस्ता कार्य गरिरहेका छौँ । 

दिनमा कति घण्टा प्रचारमा बिताउनु हुन्छ ?
म त मुलभुत रूपमै प्रचारप्रसारमै छु । बिहान साढे ५ बजेदेखि बेलुका १०–११ बजेसम्म हामी चुनावी प्रचार अभियानमा छौँ । हाम्रो संगठनात्मक संरचना छ । उहाँहरुले आफ्नै किसिमले काम गरिरहनुभएको छ । पहिले त उहाँहरुले बोलाएका बैठक तथा कार्यक्रममा जान्थे तर अहिले त गइराख्नु पर्देन । हामीले क्षेत्रीय निर्वाचन कमिटी, त्यसपछि प्रादेशिक कमिटी, वडा कमिटी, वडाले पनि कमिटी बनाएर कार्यालय राखेरै आफ्नो काम सुरू गरिसकेका छन् । टोलटोलमा प्रचार कार्यालय बनिसकेको छ । टोलटोलले संयुक्त रूपमा ब्लक ब्लक छुट्याएर प्रचार गर्ने काम भइरहेको छ । 

घरदैलोलाई प्राथमिकता दिनु भएको छ कि आमसभालाई ?
हाम्रो बढि भन्दा बढि घरदैलो र व्यक्तिगत भेटघाटमै केन्द्रित छ । 

तपाईंले मतदातासँग मत मागिरहँदा दिने आश्वासन के–के हुन ?
मैले मुलभुत रूपमा दुई किसिमको प्रतिवद्धता जाहेर गर्ने गरेको छु । राष्ट्रिय राजनीतिमा हामीले खेलिरहेको भूमिका र हामी किन आवश्यक छौँ अहिलेलाई भन्ने कुरा यहाँहरुले बुझिदिनुपर्यो, संविधानलाई जोखाएर, त्यसलाई कार्यान्वयन गरेर विकासको बाटोमा लैजाने, सम्वृद्धिको बाटोमा लैजाने एकमात्र पार्टी नेकपा एमाले हो । यो मुलुकको राष्ट्रिय स्वाधीनता, अखण्डता, क्षेत्रीय अखण्डतालाई जोगाएर देशभक्तिको भावना बुझाएर लैजाने एमाले नै हो, यो कुरामा तपाईहरुले ख्याल गरिदिनुस् भन्ने गरेको छु । अर्को कुरा स्थानीय तहका विषयहरुमा । आफुले पाउनुपर्ने न्यूनतम कुराहरु पनि जनताले पाएका छैनन् यो क्षेत्रका जनताले । बाटोघाटोको अवस्था अत्यन्त भयावह छ । ट्राफिक जामको समस्या अत्याधिक छ । सार्वजनिक यातायातको भयावह छ । खानेपानीको समस्या छ, ढलको भद्रगोल छ । धोविखोला करिडोर सम्पन्न नभएर बेहाल छ । धोविखोला फोहोर अस्तव्यस्त छ । यिनै समस्या समाधान गर्ने मैले प्रतिवद्धता जनाउने गरेको छ । 

मतदाताले तपाईंलाई सबै भन्दा धेरै सोध्ने प्रश्न र गर्ने गुनासो के हो ?
मलाई सोध्ने प्रश्नहरूमा मैले हामीले भर्खरै स्थानीय तहमा जितेका र्छौँ । जनताका आधारभुत कुराहरुलाई सम्बोधन गर्न हामी बोलेअनुसारका काम अगाडि बढाउँछौ । स्थानीय तहबाट दिनसकिने साधन र स्रोत हामी स्थानीय तहबाटै गछौँ । स्थानीय तहबाट नपुगेको स्रोत साधन हामीलाई राष्ट्रिय रूपमा जिताएर पठाउनुहोस् । हामी त्यहाँबाट गछौँ भनेका छौँ । हाम्रो अबको काम भनेको जनताका आधारभुत कुरालाई सम्बोधन गर्दै मुलुकलाई सम्वृद्धिको बाटोमा लैजाने हो । यो कुरा नेकपा एमाले, वाम शक्तिको अगुवाइमा मात्रै सम्भव छ । किनभने विगतमा कांग्रेसले बहुमत पाएर पनि यो मामलामा केही गर्न सकेन । कांग्रेसले पटक पटक बहुमत ल्याए पनि उसले कहिले पनि स्थायी सरकार पनि नदिने, जहिलेपनि असफलतातिर मात्र लैजाने काम गरेको छ । यसपटक वामपन्थीहरूलाई अवसर दिनुस भन्ने गरेका छौँ । यो कुरामा जनताहरु अत्यन्त सकरात्मक पनि छन् । 

चुनावी घोषणापत्रबारे मतदाताको कुनै जिज्ञासा पाउनु भएको छ ?
स्वभाविक छ । उहाँहरुले तपाईहरुले लेखेको मात्र हो कि भोलि काम गर्ने पनि हो भन्ने   उहाँहरुको प्रश्न छ । किनकी विगतमा त्यस्तो भयो । धेरै कुरा लेखिए । तर ति पुरा भएनन् । धेरै प्रतिद्धद्धता हुँदा पनि काम हुन सकेनन् । उहाँहरुले लेख्ने हो कि पुरा पनि गर्ने हो भन्ने प्रश्नमा हामी पुरा गर्ने पार्टी हौ । भनाई र गराईमा एकरुपता गर्ने हामी नै हौ भन्ने जवाफ दिन्छौँ । 

मतदाताको पहिलो रोजाई पार्टी हुँदोरहेछ या उमेद्वार ? के पाउनु भयो ?
पार्टी । यो पटक पार्टीलाई नै बढि रोजाइ गरेको मैले पाएको छु । 

मतमाग्न जाँदा अन्य प्रतिस्पर्धी दल र उमेद्वारको आलोचना गर्नुहुन्छ या आफ्नै कुरा राख्नु हुन्छ ?
मेरो कुरा गर्नुहुन्छ भने म अत्यन्तै स्वस्थ रूपमा प्रचार गरिरहेको छु । आफ्ना एजेण्डा राख्ने गरेको छु । अरुको टिकाटिप्पणी गर्दिन । 

अन्य प्रतिस्पर्धीको चुनावी प्रचार स्वस्थ छन् या आपत्तिजनक ?
हामी अत्यन्तै स्वस्थ प्रतिस्पर्धामा गइरहेका छौँ । हाम्रो जेनेरेशनमा चुनाव भनेको, डेमोक्रसी भनेको भनेको कुरामा विकल्प दिनुपर्छ । डेमोक्रेसीको ब्युटी नै विकल्प खोज्ने हो । त्यो विकल्प खोज्न पाउने त्यो जनताको मताधिकार र उसलाई हामीले जनतालाई आफ्ना राम्रा कुरा भनेर जनताको मन जितेर मत लिउँ भन्ने मेरो उद्देश्य हो । सकरात्मक ढंगले जनतालाई लोकतन्त्रप्रति, लोकतान्त्रिक व्यवस्थाप्रति र लोकतान्त्रिक व्यवस्थाबाट जनताको दैनिक जीवनमा ल्याउने परिवर्तनमा हामीले जोड्न खोजेका हौँ । त्यो विगतमा जोडिएनछ । त्यो नजोडिएको कारणले गर्दा जनता आफ्ना समस्याबाट निराश हुँदा व्यवस्थाप्रति पनि निराश भए । अब हामी यसलाई अन्त्य गर्नुपर्छ ।

हामीले हाम्रा विषयहरु हाम्रो लोकतन्त्र र यो प्रक्रियालाई जनताको जीवनसँग जोड्ने गरी हामीले लिएर जानुपर्छ । त्यो लैजान हामीले स्वस्थ हिसाबले लिएर जाउँ भन्ने मेरो प्रयत्न छ । तर मैले कता कता मेरा प्रतिष्पर्धा गरिरहेका साथीहरु अर्को ढंगले आउन खोजेको हो कि भन्ने लागिरहेको छ । म चाहान्छु यस्तो नहोस् । हामी अगाडिको जेनेरेशन भन्दा अलिक फरक देखाउनुपर्छ राजनीतिमा । फरक ढंगले जानुपर्छ भन्ने हामी हौँ भने हामीले त्यो खालको अस्वस्थ प्रतिस्पर्धा गर्ने होइन । व्यक्तिगत आरोप, प्रत्यारोपमा होइन । हामीले विशुद्ध आफ्ना कार्यक्रम र नीति लिएर जाउँ । आफुले गरेका कुराको प्रचार गरौँ । आफुले गर्न नसकेका कुराहरु औलाईंदिएको कुरालाई आरोप ठान्नु भएन । औलाईंएका कुरालाई मतदातालाई बुझाउन खोजिएको भन्ने बुझ्नुपर्छ । 

दिनमा १६ घण्टा प्रचारमा व्यस्त गगन भन्छन्– पार्टी, युवा र महिला चुनाव जित्ने मेरा अस्त्र

सबै उमेद्वारहरुले चुनाव प्रचारप्रसार महँगो भयो भनेर गुनासो गरेको सुनिन्छ यहाँलाई कस्तो लागिरहेको छ ?
चुनाव महंगो हुँदै गएको यथार्थ हो । चुनावमा महंगो, खर्च अत्यन्तै बढ्दै गउको देखिन्छ । यद्यपी हामीजस्ता पैसा नहुनेहरु अब चुनावमा उठ्ने भन्ने गाह«ो हो कि भन्ने डरलाग्ने स्थिति पैदा भएको छ । 

चुनावी खर्च कसरी जुटाउनु भएको छ ? 
चुनावी खर्च मैले हाम्रो पार्टीका सदस्य, सुवेच्छुकहरुबाट उठाइएको छ । त्यो भन्दा बाहेक अन्य सुभेच्छुकबाट सहयोगको अपेक्षा राखेको छु । यद्यपी उठिसकेको छैन । 

कुन तप्का र वर्गका मतदाताबाट यहाँलाई बढि आशा लागेको छ ?
मैले त सामान्यतया सबै वर्गको अपेक्षा गरेको छु । त्यसमा पनि मध्य र निम्न वर्गको बढि आउँछ भन्ने मेरो अपेक्षा छ । 

मुख्य प्रतिस्पर्धी कसलाई ठान्नु भएको छ ?
नेपाली कांग्रेस । त्यसमा कुनै विवाद नै छैन । 

तपाईंको जितको आधार के हो ?
यो पार्टी सिस्टम हो । मैले जितेपनि, मेरा प्रतिस्पर्धीले जितेपनि पार्टीका नीति तथा कार्यक्रम लागु गर्ने हो । व्यक्तिगत हिरोइजमको त्यहाँ केही काम छैन । पार्टी कस्तो छ, पार्टीले कस्तो नीति लिन्छ, गर्ने त्यहि नै हो । पार्टीले जसलाई प्रधानमन्त्रीको उमेद्वार बनाउने भन्छ त्यसैलाई भोट हाल्ने हो । मैले अर्कोलाई बनाउन मिल्दैन । त्यसकारण यसलाई पार्टी सिस्टममा जोड्नुपर्छ । मेरा जितका आधार भनेका एमाले र अहिले वाम गठबन्धनले लिएका एजेण्डा नै हुन् । राष्ट्रियताका विषयमा राष्ट्रिय रुपमा लिएको मुद्धा हो । त्यत्रो नाकाबन्दी भयो । नाकाबन्दीको न पनि उच्चारण गर्न नसक्ने प्रतिनिधिरु संसदमा हामीले पायौ । राजनीतिक दल पायौँ । भ्रष्ट्राचार गर्ने अख्तियार प्रमुखलाई महाअभियोग लगाउँदा महाअभियोग लगाउन नचाहने राजनीतिक दल पायौँ, भ्रष्ट्राचार विरोधी भएर अनियमितता रोक्नुपर्छ भन्दा सर्वोच्च अदालतको प्रधानन्यायाधीसलाई महाअभियोग लगाउने राजनीतिक दल पनि देख्यौँ हामीले । आईजीपी प्रकरण, राजदुत प्रकरण लगायतका थुप्रै भ्रष्ट्राचारका प्रकरण यहिबीचमा भएका छन् । अगाडिको कुरा पजेरो संस्कृति, सांसद खरिद बिक्रीका त कुरै छाडौँ । यी सबै कुरा र राजनीतिक अस्थिरता र अस्थिरतामाथि संस्कारहीन र खराब संस्कार हामीले भोगेका छौँ ।

यी सबै समस्याको समाधान गर्न अहिले वामपन्थी गठबन्धनको बहुमत हुनुपर्छ भन्ने हो । दोस्रो स्थानीय तहको सन्दर्भमा यहिँको समस्या भयावह छ । यहाँको खानेपानी, बाटो, ढल, सार्वजनिक यातायात, ट्राफिक जाम, ध्वनी प्रदुषण, धुलो जस्ता समस्या छन् । महानगरमा बसेको नागरिक भन्ने अवस्था छैन । यी समस्यालाई प्राथमिकतामा राखेर हामीले छिटो भन्दा छिटो समाधानमा जानुपर्छ । यी नै मेरा मुद्धा हुन् र विगत ८–१० वर्षमा त्यसमा कुनैपनि प्रगति नभएको मैले पाएँ । अब हामी यसमा केही न केही काम गरेर अगाडि बढ्नुपर्छ र मैले यसको अगुवाइ गर्छु । स्थानीय निर्वाचनमा हामीले राम्रो मत ल्याएका छौँ । स्थानीय तहका साथीहरुसँग समन्वय गरेर स्थानीय स्रोत साधनबाट र केन्द्रबाट बजेट पारेर हामी काम गछौँ । जनताको बीचमा जाँदा मेरो राम्रो तरिकाले हुन्छ भन्नेमा हामी विश्वस्त हुँदै गएका छौँ । 

यो पनि पढ्नुहोस् 
दिनमा १६ घण्टा प्रचारमा व्यस्त गगन भन्छन्– पार्टी, युवा र महिला चुनाव जित्ने मेरा अस्त्र

 


Ruslan

machha bank

ime

samajik surachhya

राजनीति

परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा जाँदै

१ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ९युएसएआइडी० र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उच्च अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने 

श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता : मन्त्री थापा

१ पुस, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताइन् । स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा मन्त्री थापाले यस क्षेत्रमा हुने समस्या समाधान गर्न सरकाले धेरै ऐन कानून निर्माण गरिसकेको बताइन् ।निर्माण भएका ऐन कानूनलाई प्रभावकारी 

कांग्रेस महासमिति बैठक : भित्र बन्दसत्र, बाहिर हिन्दूराष्ट्रका लागि हस्ताक्षर संकलन

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्र जारी छ । बन्द सत्रमा महामन्त्री डा. शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’ कोषाध्यक्ष सीतादेवी यादवले  ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक प्रस्ताव’ पेश गर्नुभएको छ । तीन वटै प्रस्तावमाथि आज छलफल हुनेछ । प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान संशोधनको

अन्तर्राष्ट्रिय

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

१ पुस, नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो । नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीशिकारी 

काँग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

२८ मंसिर, भोपाल । भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने भएका छन् । डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त भएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा सपथ ग्रहण गर्ने समाचारमा जनाइएको छ । मध्य प्रदेशको काँग्रेस समिति (एमसीसी) का अध्यक्ष समेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो । हालैमात्र सो राज्यमा सम्पन्न विधान 

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

२८ मंसिर, नयाँ दिल्ली ।  उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु हुन सक्ने आशङ्का गरिएको छ । दर्जनौं अरु कामदारले बाढीको पानी फाल्न कोसिस गरिरहेका छन् । मेघालय राज्यमा भएको वर्षापछि बिहीबार बिहान खानीमा पानी पसेको थियो । खानीमा बेपत्ता 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top