HIMALAYAN HYDRO
nlic

कुल्ली र बसका खलासी रजनीकान्त, कसरी बने चलचित्रका सुपरस्टार ?


Wednesday, 12 Dec, 2018 1:59 PM
भारतिय फिल्म स्टार रजनिकान्तको नाम सुन्नेवित्तिकै सबैले उनको स्टारडमको तारिफ गर्छन् । उनै सुपरस्टार रजनीकान्तको आज जन्मदिन हो । सन् १९५० डिसेम्बर १२ बैंङ्गलोरमा जन्मिएका रजनीकान्तको वास्तविक नाम भने  शिवाजी राव गायकवाड हो ।  रजनीकान्तको जन्म एउटा अत्यन्तै गरिब परिवारमा भएको थियो । उनका पिता रामोजी राव गायकवाड प्रहरीमा हवलदार थिए । चारजना दाजु र दिदीमध्ये रजनीकान्त कान्छा थिए ।  उनकी आमाको मृत्युपछि रजनीकान्तको परिवारको हालत झनै नाजुक बन्दै गयो । त्यसपछि परिवार तथा आफ्नो दैनिक गुजाराका लागि रजनीकान्तले कुल्लीको काम सुरु गरे । त्यसपछि उनी बैंङ्गलोर बसमा कन्डक्टरको काम गर्न थाले । 

कामका साथसाथै अभिनयमा रुचि राख्ने रजनीकान्तले १९७३ मा मद्रास फिल्म संस्थानमा भर्ना भए र उनले अभिनयमा डिप्लोमा गरे । कुनै समय थोरै पैसाका लागि कहिले रेलवे स्टेशन त कहिले बस स्टेशनमा धक्का खाने रजनीकान्त पछि दक्षिण भारतीय फिल्ममा सबैभन्दा धेरै पारिश्रमिक लिने सुपरस्टार बनेका छन् । 

रजनीकान्तको चेन्नईमा ठूलो बंगला छ जुन पाँचतारे होटल भन्दा कम देखिंदैन । यो घर बाहिरबाट जति सुन्दर छ इन्टेरियर डिजाइनका कारण भित्र पनि त्यतिकै सुन्दर छ । यो घर करोडौं मूल्य बराबरको छ । यसबाहेक भारतको पुनेमा पनि उनको आलीशान घर छ । 



रजनीकान्तले बलिउडमा फिल्म ‘मेरी अदालत, भगवान दाता, अन्धा कानून, चालबाज र दक्षिण भारतीय फिल्म ‘शिवाजी, काला, कबाली लगायत कयौं सुपरहिट फिल्ममा काम गरेका छन् । हालै उनी अभिनित फिल्म २।० ले पनि बक्सअफिसमा सफल व्यापार गरिरहेको छ । साथै उनले एउटा हलिउडको चलचित्रमा समेत अभिनय गरेका छन् जसको नाम ब्लडस्टोन हो ।



सिने जगतमा अनगिन्ती सुपरहिट फिल्म दिने रजनीकान्तलाइ सन् २००० मा पद्म भूषणद्वारा सम्मानित गरिएको थियो भने २०१४ मा ६ वटा तमिलनाडु स्टेट फिल्म अवार्डले सम्मान गरिएको थियो । 

जसमध्ये ४ वटा पुरस्कार सर्वश्रेष्ठ अभिनेता र २ वटा स्पेशल अवार्ड्स फोर बेस्ट एक्टरका लागि थिए । 


Ruslan

machha bank

ime

राजनीति

समृद्ध नेपालको प्रमुख आधार पर्यटन : उपराष्ट्रपति

२ माघ, कास्की । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताएका छन् । पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् ९ऊर्जा० र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताए । ‘नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम छन्, पूर्वाधार स्थापना गरेर गुणस्तरीय पर्यटक भित्र्याउनु अहिलेको आवश्यकता हो ।’ उनले भने । पर्यटकको सुविधाका लागि 

संस्कृतिको संरक्षणबाट सभ्य समाज निर्माण– मुख्यमन्त्री गुरुङ

१ माघ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृतिको संरक्षण संवर्द्धनबाट मात्रै सभ्य समाजको निर्माण गर्न सकिने बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वको अवसरमा पोखरा–१७ ढुङ्गेसाँघु मेलास्थलमा सदा शिवजी हरिहर मन्दिर सिद्धगुफा वेदविद्याश्रम गुठी व्यवस्थापन समितिद्वारा आज आयोजित भजन प्रतियोगिता, सम्मान तथा वेदपाठ कार्यक्रममा उनले चार्डपर्व, जात्रा, मठमन्दिरसँग जोडिएका सभ्यतालाई समृद्धिसँग जोडनुपर्ने बताए

मुख्यमन्त्री पोखरेल : शुभकामना

१ माघ, काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताएका छन् ।मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सघाउ पुर्याउँदै आएको विश्वास व्यक्त गरेका छन् ।शुभकामना सन्देशमा विविधतायुक्त

अन्तर्राष्ट्रिय

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

१ माघ, काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन्  । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् । घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त बिस्फोट निकै

राष्ट्रसङ्घीय प्रतिबन्धका कारण चीन–उत्तर कोरिया व्यापारमा मन्दी

३० पुस, बेइजिङ । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ ।उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो । तर, सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पश्चात चीनले पनि राष्ट्रसङ्घीय प्रतिबन्धलाई आत्मसात गरेको थियो । व्यापारमा प्रतिबन्धहरु लागेसँगै सन् २०१७ को तुलनामा गत 

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको आशंका

३० पुस, तेहरान । इरानको राजधानी शहर तेहरान नजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उक्त विमान कार्गो विमान रहेको भए पनि त्यस विमानमा १६ जना व्यक्ति रहेको आशंका गरिएको छ । तर त्यस विमानमा १० व्यक्तिमात्र सवार रहेका अर्को एक समाचारमा जनाइएको छ । तर इरानी सेनाले दिएको जानकारीअनुसार सो विमानमा १६ व्यक्ति सवार रहेका थिए र तीमध्ये त्यस उडानका एकजना उडान

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top