ghaderi
esewa

कुटुमा कुटुका राजनराज : पहिले किन गुमनाम, अहिले किन हिट ?


Saturday, 12 Aug, 2017 2:49 PM
एकपछि अर्को, लगातार सुपरहिट संगीतको सिर्जना गर्नु कुनै पनि सर्जकका लागि असंभवप्राय काम हो । तर अहिलेका सफल एवं चर्चित संगीतकार राजनराज शिवाकोटी भने अपवाद भएका छन् । उनका हरेक फिल्मी गीतले नयाँ रेकर्ड बनाउँदैछन् । कुनै समय थियो रेडियो र टेलिभिजनमा बजेका आधारमा कुन गीत कति लोकप्रिय भए भन्ने मापन गरिन्थ्यो । सबैका दाबी आ–आफ्नै हुन्थे । तर अब परिस्थिति फेरिएको छ । युट्युबको जमाना आयो दाबी गर्दैमा मात्र हुँदैन । कुन गीत कतिपटक हेरियो, सुनियो, उसैले सबै कुरा बताईदिन्छ । यदि युट्युबलाई आधार मान्ने हो भने शिवाकोटी नै अहिलेका १ नम्बर संगीतकार हुन । उनले संगीत गरेका चलचित्र ‘वडा नम्बर ६’ को ‘पूर्व पश्चिम रेल...’ ‘छक्कापञ्जा’को  ‘सुर्के थैली खोई.....’ र ‘दुई रुपैंया’को कुटुमा कुटुले...’  युट्युबमा एक करोड भ्यूज पार गरेका छन् । ६ वटा नेपाली गीत मात्र छन् युट्युवमा करोड भ्यूज पार गर्ने जसमध्ये ३ वटा शिवाकोटीको नाममा छन् । संगीतमा सफलतासँगै बजारमा उनको चर्चा, माग र ब्यस्तता बढेको छ । अहिलेका उनै चर्चित संगीतकार शिवकोटीले आफ्नो सांगीतिक सफलताको रहस्य हामीसँग यसरी खोले :
  • राजनराज शिवाकोटी, गायक/गीतकार/संगीतकार

मेरो संगीतमा स्रोता नोष्टाल्जिक बन्छ 

मैले संगीत गर्ने स्रोतहरुका लागि हो । मेरा रचना स्रोता–दर्शकको डिमाण्ड, टेष्ट अनुसार भयो । उहाँहरुले खोजे कै जस्तो संगीत तयार गरेकाले मेरो गीतहरुलाई रुचाउनुभयो । नेपाली माटोको सुगन्ध, आफू जन्मेको हुर्केको, बढेको धरातलको कुराहरु सबैलाई मन पर्छ स्वभाविक रुपमा । आफ्नै कथा–व्यथा, कला, संस्कृती धर्मसँग सम्बन्धित कुराहरु जुन दर्शक स्रोताहरुसँग सिधै रिलेट गर्छ त्यसले सवैको ध्यान खिच्छ । कतिपय अवस्थामा मानिसमा पुरानो चिजहरु जान्ने उत्सुकता हुन्छ । पुरानो पुस्ता आफ्नो स्मृतिमा जान खोज्छ । मानौ कि ‘आँगनीमा कलधारो कलधारोमा लेउ’ भन्दाखेरी, अब गाउँघरमा आँगनको छेउमा कलधारो हुन्छ नी, त्यो मान्छेले झल्यास्स सम्झन्छ । ओहो ! मेरो कथा त, यो पनि थियो है भन्ने हुन्छ । जस्तै ‘सुर्के थैली’, अथवा ‘कुटुमा कुटु’ भन्ने गीतमा प्रयोग भएका शब्दावलीहरु आफुले भोग्दै आएको र आफ्नो चलनचल्तिमा भएका चिजलाई बिर्सिराखेको बेलामा एक्कासी पाउँदा रमाइलो हुन्छ की जस्तो लाग्छ मलाई । 


फिल्मका कथावस्तुको परिवेश पनि मिल्यो 

यो अर्थमा म आफूलाई भाग्यमानी पनि ठान्छु । खास कुरा त त्यो पनि हो जस्तो लाग्छ मलाई । मैले संगीत गरेका सबै चलचित्रहरुमा मेरो गीतको कन्सेप्ट लगभग–लगभग मिल्न खोज्छ । त्यो हिसाबले प्रायजसो अहिलेसम्म आएका सबै चलचित्रको स्टोरीमा मेरो संगीत एडजष्ट भएको देखिन्छ ।  म भाग्यमानी भएर पनि होला ।


म हिँडेको बाटो सहि रहेछ भन्ने लाग्छ 

भेटघाट हुँदाखेरी अग्रज स्रष्टाहरुले स्याबासी दिइराख्नु भएको छ । राम्रो गर्यो भनेर, ‘अगाडि बढ यसैगरी हाम्रो माया आर्शिवाद छ’ भन्नुहुन्छ । दर्शक स्रोताहरुको माया हुने नै भइहाल्यो । यहि क्षेत्रमा लागेका साथीभाइले पनि  अगाडि बढ्न प्रोत्साहित गरिराख्नु भएको छ । त्यतिबेला म हिँडेको बाटो सहि रहेछ भन्ने फिल हुन्छ । १० बर्ष अघि नै चलचित्रमा यस्तै खालको संगीत गर्न चाहन्थे तर त्यतिखेर आत्मविश्वास पनि कमजोर थियो  । जुन बेलामा मैलै  ०६२–०६३ सालमा वार्ता गराईदिउँ भन्ने एल्बम निकालेको थिएँ, लोक–शैलीको लोक–मोर्डन, त्यो चल्दाखेरी मलाई एक किसिमले यो ट्रेण्ड चल्न सक्छ र  यसलाई युटिलाइज गर्नुपर्छ  भन्ने लागेको थियो । तर बीचमा मैले मौका पाइन । मैले वर्कआउट गरें, एक दिन पक्कै पनि मौका आउला भनेर । अहिले मेरो सोच अनुसारको काम गर्न पाएको छु । 


‘एकै खालको लय’ मेरो शैली हो  

आमाको काख त एउटै नै हुन्छ नि होइन र ? आमाको काखमा लुटुपुटु गरेको माया र स्नेहको आभास त एउटै हुन्छ । आमाको माया फरक खोज्छु भनेर अर्काको काखमा मान्छे जाँदैन । मेरो शैली नी त्यही हो । लोकशैली नेपाली माटोको सुगन्ध हो । कतिपए हराएका  र लोप हुनलागेका शब्दावली मैले प्रयोग गर्छु । त्यसले पुरानो पुस्ता आफ्नो स्मृतिमा गए नयाँ पुस्ताले अभ्यस्त हुन पाए । त्यसले शब्दको पनि जगेर्ना गरेको छ । नयाँ पुस्ताले हाम्रो संस्कृति के रहेछ भन्ने कुराको ज्ञान पाएको छ । अर्को कुरा हरेक गीतमा कन्सेप्ट फरक छ मेलोडी फरक छ । बाजागाजा तिनै हुन । हाम्रै नेपाली बाजासँग फ्युजन गरेर बजाउने  हो । सबै गीतको शैली एउटै होइन ।  नेपालीपन बोकेको भएपछि लगभग–लगभग कलर त आइहाल्छ । 


फरक खालको संगीतमा पनि मेरो दक्षता छ

धेरै दर्शक स्रोताहरुलाई थाहा छैन होला, यो भन्दा अगाडि मैले पपगीत, आधुनिक गीतहरु गरेको छु । अनिल सिंहले गाएको ‘म माया गर्छु मेरी उनीलाई’, नविन के. भट्टराइले गाएको ‘अलिकति पिडा हुँदा नि’, अन्जु पन्तले गाएको ‘जिन्दगी यो फुलै फुलको थुंगा हुँदैन’, भन्ने गीत सुन्नु होला । मैले नगरेको होइन पहिला गरेको छु । तर यो समय, यतिखेर दर्शक स्रोताको लागि यस्तै शैली मन परेको छ । त्यसले गर्दा मैले यो गरेको हो । समयअनुसार चल्दै जाने त हो नि ।


चलेका गीत नै सदाबहार बन्ने हो  

‘मोहनी लाग्ला है’ आजसम्म उत्तिकै ताजै छ । ‘कुसुमेरुमाल’, ‘चट्ट रुमाल’, ‘बाह्रहाते पटुकी’ आजसम्म ताजा छ । चलचित्रभन्दा बाहिरको वारी ‘जमुना पारी जमुना’ आजसम्म चर्चित छ । अहिले तत्कालै समयको हेर्नुहुन्छ भने भर्खरै तीन बर्ष भयो ‘सुर्केथैली’ आजसम्म ताजै मानेका छन् । त्यो भन्दा पछाडिको कुरामा म भविष्यवाणी गर्न सक्दिन । 


गीतले चलचित्र चले

यो त स्वभाविक रुपमा स्पस्टै देखिएको छ । ‘कुटुमा कुट’ु भन्ने गीत दर्शकले जुन रुपमा मनपराउनु भयो ‘दुई रुपैया’ भन्ने चलचित्र हेर्न जानुपर्छ भन्ने मानसिकता सबैमा बन्यो । त्यसले गर्दा स्वभाविक रुपमा हलसम्म दर्शकलाई तान्ने काम गर्यो नि । पब्लिसिटीको माध्यम त गीत बन्यो । पछिल्लो समय चलचित्रहरुले पनि राम्रै व्यापार गरिरहेका छन् । त्यसमा गीतको भूमिका पनि महत्वपूर्ण रहेको देखिन्छ । अहिले निर्माता निर्देशकले चलचित्रमा गीत संगीतलाई प्राथमिकता दिन थाल्नु भएको छ । 


प्रस्ताव लिएर आउनेलाई निराश पार्दिन 

सम्भावना रहेसम्म मेरो सिर्जनाले चित्त बुझाएसम्म मैले रिजेक्ट गरेको छैन । किनभने म सिर्जना गर्ने मान्छे हो । मैले त जो आए पनि जस्तो आए पनि मसँग भएको चिजलाई दिन पर्छ । ब्यानर जस्तो सुकै होस, ठूलो सानो, नयाँ पुरानो जस्तो होस मसँग भएको म्यूजिक निःसन्देह निसंकोच दिल खोलेर सुनाउँछु । कतिपयलाई मनपर्छ कतिपयलाई पर्दैन । उहाँहरुको स्टोरीमा सुट नहुन सक्छ । कतिले स्टोरीमा सुट गरेन भन्नृु हुन्छ । ति चिज आफसे आफ हुने कुराहरु हुन । 


तनाव लिएर काम गर्दिन 

म पहिला पनि त्यति चापमा काम गर्दिनथे । मसँग सिर्जना छैन भने अलि समय यत्तिकै पनि चुप लागेर बस्छु । सिर्जनाको लागि टाइम कुर्छु । चाप लिएर तनाव लिएर हिँडदिन । मलाई चाप भन्दा पनि खुलेर सिर्जना गर्न रमाइलो लाग्छ । मसँग  भएको सिर्जनाले कोही रमाउनु भयो भने खुसी लाग्छ । 


म होइन मेरा सिर्जना हिट भएको हो 

मैले सुरुमा संगीत गर्दा म सुपरहिट, सुपरस्टार हुँला भनेर गरिन । आत्मसन्तुष्टिको लागि मैले राम्रो सिर्जना गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । मेरो आत्माबाट आएको कुरालाई प्रस्तुत गर्छु भन्ने थियो । सुरुसुरुमा उतारचढाव, तनावका कुरा आउँथ्यो । तर समयले परीक्षा लिन्छ । यो कुरा मलाई राम्रोसँग थाहा थियो । किनभने समयले त्यो लिन्छ नै । ती दिनहरुमा पनि मैले रमाउँदै काम गरेँ, धेरै सिकेँ । त्यसलाई दुःखको रुपमा लिइन । त्यसले गर्दा समयसँग मार्केटसँग आफूले चाहेको कुरासँग टुयुन हुन सजिलो भयो । यहि स्थानमा पुग्छु भन्ने त थिएन तर आज पनि म कुन स्थानमा पुगे भन्ने थाहा छैन । म हिट भएको हैन मेरो सिर्जना हिट भएको हो । म त एउटा माध्यम मात्रै हो ।  म आफ्नो काम गरिराखेको छु । मैले जानेको बुझेको सकेको काम निरन्तर गरिराखेको छु  । त्यो सिर्जनामा दर्शक–स्रोताहरु रमाइराख्नु भएको छ । त्यो मेरो मात्र होइन सारा नेपालीहरुको प्रिय चिज बनेको छ । त्यो प्रसाद हो सवैलाई बाँडिदिएको छु । 

 


Ruslan

runner bike

ime

citizens bank

राजनीति

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मा विमलेन्द्र निधिलाई

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । सभापति देउवा विदेश प्रस्थान गरेकाले निधिलाई कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३)को व्यवस्थाअनुसार निधिलाई कार्यवाहक सभापति तोकिएको हो । सभापति देउवा उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गरेका छन । उनी आगामी सोमबार स्वदेश

ढल्यो २५ वर्षदेखि सिक्किममा रहेको चाम्लिङ सरकार

१० जेठ, भारत । सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ । लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो । सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाउने भएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने पक्का भएको छ । मुख्यमन्त्री पवनकुमार चाम्लिङ

अन्तर्राष्ट्रिय

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

९ जेठ, कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ। विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ। यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ। अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ। स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top