cg electronics
nlic

‘बर्खामा पानीले डुब्छ, हिउँदमा शितलहर चल्छ, प्रदेश राजधानी किन विराटनगर बनाउने ?’


Monday, 8 Jan, 2018 3:33 PM
प्रदेशको राजधानी तोक्ने काम यति पेचिलो बनेको छ कि सरकार यो संवैधानिक दायित्वबाट पन्छने कोसिशमा लागेको देखिन्छ । उता प्रदेश राजधानीको माग राख्दै विभिन्न स्थानमा आन्दोलन चर्किन थालेका छन् । एक सातायता प्रदेश राजधानीकै विषयमा धनकुटा आन्दोलित बनेको छ । प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग राख्दै धनकुटावासी आमहड्तालमा उत्रिएका छन् । आन्दोलनको नेतृत्व नवनिर्वाचित एमाले प्रतिनिधिसभाका  सांसद राजेन्द्र राईले गरिरहेका छन् । आन्दोलनका अगुवा राईसँग न्यूजसेवाले गरेको कुराकानी :

प्रदेश राजधानी तोक्ने जिम्मा प्रदेश सभाको हो । प्रदेश सभा गठन नै भएको छैन । अहिले नै हामीले भनेकै ठाउँमा प्रदेश राजधानी तोकिनुपर्छ भनेर आन्दोलन गर्नुको कुनै औचित्य छ र ?
यो आन्दोलन त जायज छ नि ! आफूले खाइपाइ आएको कुरो गुम्न लागेपछि के गर्ने त ? प्रदेश नं १ का १४ जिल्लामध्ये धनकुटा नै ‘सेन्टर’मा छ । हावापानी पनि राम्रो छ । भौतिक पूर्वाधार पनि छ । जग्गा जमिन राम्रो भएको, मध्यपहाडी लोकमार्गबाट ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर र सोलुखुम्बुसँग सडक सञ्जाल भएको उचित ठाउँ हो । यहाँका जनताले उठाएको आवाज ठिक हो  । यसमा हाम्रो समर्थन छ । त्यसको नेतृत्व हाम्रो पार्टीले गरिरहेको छ । 

यतिका बर्षसम्म धनकुटा पूर्वको मुकाम बन्यो, अब अरु ठाउँलाई पालो दिँदा राम्रो हैन र ?
पालो दिने त ठिकै हो । अब पालो दिँदा कहाँ उपयुक्त हुन्छ भन्ने कुरा पनि त ख्याल गर्नुप-यो । प्रशासनिक रुपमा सेवा दिँदा कुन ठाँउमा सजिलो हुन्छ भन्ने पनि सबैले बुझ्न जरुरी छ । धनकुटाबाहेक अन्यत्र कहीँ पनि उपयुक्त र सम्भव छैन । विराटनगरमा हे¥र्यौं भने बर्खामा पानी आएर चुर्लुम्मै डुब्छ । अहिले हुस्सु आएर सास्ती छ । विराटनगर आफैँमा व्यापारिक केन्द्र हो । त्यहाँका जनता आफैंमा सक्षम छन् । त्यहाँ विकास छ । त्यसकारण पहाड राजधानी बनाउनु पर्दछ । धनकुटा विराटनगरको तुलनामा पछाडी छ । अब इटहरीलाई हेर्ने हो भने यो आफैँमा ठूलो शहर बनिसक्यो । किन चाहियो त्यहाँ प्रशासनिक क्षेत्र ? अहिले उपयुक्त ठाउँ धनकुटा हो, यो भन्दा अर्को विकल्प छैन । 

भर्खरै जनप्रतिनिधिको रुपमा निर्वाचित हुनु भएको छ । सपथ पनि लिइसक्नु भएको छैन । अहिले नै बन्द हडतालमा उत्रनु भयो । काम को पहिलो सुरुवात नै बन्द हड्तालबाट भयो अलिक असजिलो महशुस भएको छैन । 
आन्दोलन ले त जनता  खुसी पो छन् ! यो जनप्रतिनिधिले राम्रो काम गर्ने रहेछ । हाम्रा नेताहरु ठिक रहेछन् भन्ने कुरा गर्छन् यहाँका जनता  । किनभने, हाम्रो हक–अधिकार सरकारले खोस्न आँट्यो, परिस्थितीलाई ठिक ठाँउमा ल्याउन नेताहरु लागिपरेका छन् भन्ने बुझाई छ जनतामा । तपाईं अगाडि बढ्नुहोस्, नेतृत्व गर्न प¥यो भनेर जनताले मलाई भनेकाभन्यै छन् । 

बिभिन्न मन्त्रालय बनाएर बोर्ड पनि टाँग्नु भो, यस्ता कामले अराजकतालाई बढवा दिँदैन ?
हामी लोकतन्त्रमा विश्वास गर्ने मान्छेहरु, हामी अराजकताको कल्पना पनि गर्न सक्दैनौं । यो दवावमुलक आन्दोलन हो । अहिलेको काम चलाउ सरकारलाई संविधानमा व्यवस्था भएबमोजिम तत्काल अस्थायी राजधानी तोक, ढिलासुस्ती नगर, यसले गर्दा जनतालाई अन्यौलनमा नपार भनेर दवाव दिन यो आन्दोलन गरेको हो । यहाँका मानिस सचेत छन् । आन्दोलनलाई राम्रो ढंगले व्यवस्थापन गरेर अघि बढ्छन् ।
 
तपाईंहरु जस्तो विराटनगरका जनता पनि आन्दोलनमा उत्रिएका छन् । अनशनमा बसेका छन् । विराटनगवासीले पनि तपाईंहरुले जस्तो आम हड्ताल गरे भने त्यो बेला के हुन्छ ?
विराटननगरका साथीहरुले किन त्यस्तो गर्नुप-यो ? त्यो आफैँमा विकास भएको ठाउँ हो । ठूलो शहर हो । त्यहाँका मानिसहरुले यसपटक धनकुटालाई माया गर्नुहुन्छ भन्ने मैले बुझेको छु । उहाँहरुले हामीहरुलाई ‘सपोर्ट’ गर्नुहुन्छ । 

झापा, मोरङ, सुनसरी र इलामका एमालेकै सांसदहरुले विराटनगरलाई प्रदेश राजधानी बनाउनु पर्ने भनेर लविङ गरिरहनु भएको छ । तपाईंहरु धनकुटा भन्दै हुनुहुन्छ । एउटै पार्टीभित्र पनि किन एकमत हुन नसकेको ?
यो राजनीतिक निर्णय होइन । प्राविधिक निर्णय हो । यसमा पार्टीको निर्णय आवश्यक छैन । जनताले जे भन्छन् पार्टीले त्यही गर्ने हो । मलाई अरु जिल्लाका साथीहरुले अगाडि बढ्नुहोस् हामी साथ दिन तयार छौं भन्नुभएको छ । म प्रदेश सभाको सांसद नभए पनि धनकुटावासीको हैसियतले यो आन्दोलनको नेतृत्व गरिरहेको छु । 

त्यसो हो भने प्रदेश सभाको निर्णय तपाईहरुलाई मान्य हुन्छ ?
धनकुटाबाहेक अन्यत्र निर्णय हुँदैन, हामी मानिहाल्छौ नि !

संघीयता कार्यान्वयको चरणमा छ । प्रदेशको मुकामकै लागि यत्रो हानथाप भइरहेको छ । यी सबै घटनाक्रमलाई हेर्दा कतै संघीयता नै हाम्रो कलहको बिज बन्ने त होइन ? 
हामी यसलाई संस्थागत गर्ने काममा पो लागिरहेका छौं त । यसले संघीयतालाई कुनै अप्ठ्यारो पार्दैन । हामीले भन्यौं, धनकुटामा प्रदेश राजधानी राखियो भने विकासको न्यायोचित वितरण हुन्छ । सेवा–सुविधा पु¥याउन पनि सजिलो हुन्छ भन्ने मान्यता राखेर हामीले दवावमूलक कार्यक्रम राखेको हो । यसले संघीयतालाई नै कसरी हानी गर्ला र ? सबैतिरबाट आएका कुरालाई बुझेर निर्णय गर्न झन सजिलो हुन्छ । 


 


Ruslan

sponserworldcup

राजनीति

​ऊर्जा, परराष्ट्र र गृहको बजेटमाथि छलफल

११ असार, काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत विभिन्न तीन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले 

​स्थानीय तहको काममा, छायाँ सरकारको अनुगमन

१० असार, रुकुम । स्थानीय सरकारले गरेका विकास निर्माणको कार्यलाई नेपाली काँग्रेसको छायाँ सरकारले अनुगमन गर्न शुरु गरेका छन् ।बाँफीकोट गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँमा भएका भौतिक पूर्वाधारको अवस्थाका बारेमा छायाँ सरकारले अनुगमन गरेको हो । विकास निर्माणको नाममा हुनसक्ने भ्रष्टाचार र अनियमिततालाई रोक्नका लागि विभिन्न योजनाको अनुगमन शुरु गरिएको छायाँ सरकार प्रमुख हर्कसिंह खत्रीले बताएका 

​प्रदेश नं ४ को नाम र राजधानी सम्बन्धमा छलफल हुँदै

१० असार, पोखरा । प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो । गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाएको थियो । पहिलो प्राथमिकतामा गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा

अन्तर्राष्ट्रिय

राष्ट्रपति लक्षित विस्फोटपछि जिम्बाब्वे स्तब्ध, बलाबाल बँचे एमरसन मनाङगाग्वा

जिम्बाव्वेमा राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गरी गराइएको एउटा विस्फोटले पूरै देशलाई स्तब्ध बनाएको छ। विस्फोटमा कुनै चोट नलागेका राष्ट्रपति मनाङगाग्वालाई त्यसलाई आफ्नो ज्यान लिने प्रयासका रूपमा चित्रण गरेका छन्। उनले सत्तारूढ जानुपीएफ पार्टी आवद्ध आफ्ना प्रतिद्वन्द्वीहरू उक्त हमलाका लागि जिम्वेवार भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। बुलावायोमा चुनावी र्‍याली सकेर हिँडन लाग्दा गराइएको विस्फोटमा दुई मन्त्रीसहित कम्तीमा १० जना घाइते भएका छन्। 

न्यूजिल्याण्की प्रधानमन्त्रीलाई पुत्रीलाभ, ६ दिन लिइन् सुत्केरी बिदा

केही महिनाअघि आफू गर्भवती भएको खुलासा गरेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले छोरीलाई जन्म दिएकी छिन्। अकल्याण्ड शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै उनले अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छिन्। नवजात शिशु स्वस्थ रहेको र उनको तौल ३.३१ किलोग्राम रहेको जानकारी दिँदै आर्डर्न र उनका प्रेमी क्लार्क गेफोर्डले लेखेका छन्, (वी वान् ) तिमीलाई हाम्रो गाउँमा स्वागत छ। अहिले हामी 

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top