kantipur mall

पासाङलाई उपराष्ट्रपति हुन नदिन को–को सक्रिय ?


Thursday, 29 Oct, 2015 1:12 PM

१२ कात्तिक , काठमार्डौ ।  एकीकृत माओवादी नेतृत्वमाथि पूर्वलडाकु कमाण्डर तथा पार्टी स्थायी समिति सदस्य नन्दकिशोर पुन ‘पासाङ लाई उपराष्ट्रपति उम्मेदवार नबनाउन व्यापक दबाब परेको छ ।

् पासाङलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णयमा पुनर्विचार गर्न सरकार नेतृत्वकर्ता दल एमालेले समेत एमाओवादी नेतृत्वलाई आग्रह गरेको श्रोतले बतायो ।आफ्नो भगमा उपराष्ट्रपति परेपछि एमाओवादीले पासाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियोे ।
 पासाङलाई उपराष्ट्रपति बनाउन नदिन  राष्ट्रिय–अन्तर्राष्ट्रिय लविङसमेत तीव्र भएको छ । दक्षिण छिमेकी भारतदेखि पूर्वप्रधानसेनापति रुक्मांगद कटवालसम्म पासाङलाई रोक्न सक्रिय भएका छन् ।
दुई वर्षअघि दुवै मृगौलामा गम्भीर समस्या देखिएपछि पासाङलाई चिकित्सकले उपचारका लागि दिल्ली जान स्ुझाएका थिए ।  ‘बरु आफू स्वदेशमै मर्न तयार रहेको तर विदेशी भूमिमा गएर उपचार नगर्ने’ अडान पासाङले लिएका थिए । उनको सो कदमको धेरैले स्वागत गरेका थिए । त्यही अडानका कारण  ‘राष्ट्रवादी’ छवि बनाउन सफल पासाङलालाई
उक्त घटनाका कारण भारतले  रोक्न चाहेको एकीकृत माओवादीका एक नेताले  बताए ।  पासाङलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णयमा पुनर्विचार गर्न नेपालस्थित भारतीय दूतावासले समेत  प्रत्यक्ष र अप्रत्यक्ष सन्देश पठाएको ती नेताले जानकारी दिएका छन् ।
पूर्वप्रधानसेनापति कटवाल पनि  पासाङलाई उपराष्ट्रपति बनाउन नहुने पक्षमा लागेका छन् ।  । विगतमा सेनामाथि भएका ठूला आक्रमणको नेतृत्व गरेका व्यक्तिलाई उपराष्ट्रपति जस्तो गरिमामय जिम्मेवारी दिँदा नेपाली सेनाको मनोबल गिर्ने दाबी कटवालको छ ।
कटवाल एमालेसहित सबै सत्तारुढ घटक, छिमेकी भारत तथा भारतीय सेनामार्फत समेत पासाङलाई रोक्न सक्रिय छन् ।
स्रोतका अनुसार ‘बन्दुकको नालबाट राज्य सत्ता कक्जा गर्न हिंडेको व्यक्ति’ कुनै दिन कार्यबाहक राष्ट्राध्यक्ष भएको खण्डमा जटिलता आउन सक्ने तर्क कटवालको छ । कटवालले आफ्नो तर्कमा सेनाका केही पूर्व र केही बहालवाला जनरलहरुलाई समेत सहमत गराएका छन् ।
यद्यपि मुल नेतृत्वसहित सेनाभित्रको ठूलो पंक्ति ‘सैनिक पृष्ठभूमिको राष्ट्रवादी’ उपराष्ट्रपति हुन लागेको भन्दै पासाङको पक्षमा देखिएको छ । पासाङ उपराष्ट्रपति भएको अवस्थामा कटवालले उनलाई सलाम गर्नुपर्छ । स्रोतका अनुसार त्यस्तो अवस्था नआओस् भन्नका लागि उनी अहिल्यैदेखि रोक्न सक्रिय भएका हुन् ।

प्रधानमन्त्री निर्वाचनसँगै काँग्रेससँगको १६ बुँदे सहमति भंग भएको भन्दै प्रमुख दुई दल एमाले र एकीकृत माओवादीले मुख्य पदमा भागबण्डा मिलाए । १६ बँदे अनुसार प्रधानमन्त्री निर्वाचनमा सुशील कोइरालाले उम्मेदवारी नदिएको भए काँग्रेसले राष्ट्रपति पाउने पक्का थियो ।
काँग्रेसले सहमति तोडे पनि आफूलाई प्रधानमन्त्री बनाउन लगाएको गुण तिर्न एमाले अध्यक्ष केपी ओली एमाओवादीलाई राष्ट्रपति दिन तयार भएका थिए । तर एमाओवादीले राष्ट्रपति एमालेलाई दिएर आफूले सभामुख र उपराष्ट्रपति रोज्यो ।
एमाले–एमाओवादीबीचको भागबण्डा सत्ता गठबन्धनभित्रैका केही दललाई मन परेको छैन । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, राप्रपा र नेकपा संयुक्तले समेत राष्ट्रपतिमा दाबी गरेका छन् । सकेसम्म मधेसी र नभए सत्ता गठबन्धनका साना दलले उपराष्ट्रपति पाउनुपर्ने माग उनीहरुको छ ।

यसैबीच एकीकृत माओवादीले भने पासाङलाई उपराष्ट्रपति उम्मेदवार बनाउने पार्टी निर्णयमा पुनर्विचार गर्न नसकिने प्रष्ट्याएको छ ।
प्रवक्ता दीनानाथ शर्माले पार्टी निर्णय कुनै पनि हालतमा पुनर्विचार नहुने बताए । ‘हामीले उपराष्ट्रपतिमा पासाङजीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छौं’, शर्माले  भने, ‘कसैले भन्दैमा निर्णयमा पुनर्विचार हुन सक्दैन ।’
शर्माले पासाङलाई उपराष्ट्रपति बनाउन नहुने दबाब आएको स्वीकार गरे । ‘मानिसहरुले विगतको आग्रह–पूर्वाग्रहका आधारमा उहाँका बारेमा धारणा बनाएका होलान्’, शर्माले भने, ‘कसका बारेमा कसले के सोचाइ बनाएको छ, हामीलाई त्यसमा सरोकार छैन ।’
पासाङलाई उपराष्ट्रपति नबनाउन लविङ गरिरहेका संस्था र व्यक्तिबारेमा आफूले कुनै टिप्पणी नगर्ने उनको भनाइ थियो ।


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

नवनियुक्त मन्त्रीहरुले अहिले ११ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिँदै

५ मंसिर, काठमाडौं ।  नवनियुक्त मन्त्रीहरूले बिहीबार  पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अुसार नवनियुक्त मन्त्रीहरुले बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ गराउने तय भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ । नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू

कार्यवाहक वडा अध्यक्ष २१ हजार घुस सहित पक्राउ

४ मंसिर, काठमाडौं । मोरङ जहदा गाउपालिकाका कार्यवाहक वडा अध्यक्ष उमेशकुमार शाहलाई २१ हजार घुस सहित प्रहरीले पक्राउ गरेको छ ।सडक निमार्णको योजनामा घुस लिएको भन्दै  उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बिहान बुद्धनगरमा रहेको वडा कार्यालयबाट नै नियन्त्रणमा लिएको हो । स्थानीय हरालाल सर्वरियाको घर देखी बाँधसम्मको ग्राभेल सडक निर्माण योजनाको सम्झौता कार्यन्वयन गरी सहजिकरण गरी दिने भन्दै ठेकेदारसँगा घुस मागेको र  सूचनाको आधारमा उनले १२ हजार घुस लिइसेको आधारमा प्रहरीले 

मन्त्रीपरिषद पुनर्गठनअघि राष्ट्रपतिसँग भेट गर्न शितलनिवास निवास पुगे ओली र प्रचण्ड

४ मंसिर काठमाडौ । मन्त्रिपरिषदको पुनर्गठनका विषयमा आपसमा छलफल सकेर नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास पुगेका छन्।बुधबार बिहान दुई अध्यक्षले बालुवाटारमा मन्त्रिपरिषद पुनर्गनका विषयमा छलफल गरेका थिए। बालुवाटारको छलफल लगत्तै दुई अध्यक्ष शीतलनिवास पुगेका हुन्। अहिले बालुवाटारमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई अध्यक्षले छलफल गरिरहेको राष्ट्रपति

अन्तर्राष्ट्रिय

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

३० कात्तिक, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । 

हङकङ आन्दोलन : शान्तिको कामना गर्दै मुस्लिम समुदायले गरे विशेष प्रार्थना

३० कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको हिंसात्मक आन्दोलनले जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा यहाँका मुस्लिम समुदायले शुक्रबार शान्तिको कामना गर्दै ‘विशेष प्रार्थना ’ गरेका छन् । चिम सा चुई नाथन रोडस्थित काउलुन मस्जिदमा मुसलमानहरुले भेला भएर शान्ति, सामाजिक सद्भाव र मेलमिलापको कामना गर्दै प्रार्थना गरे । आयोजक ईन्कर्पोरेट ट्रष्टी ईस्लामिक कम्युनिटीका अनुसार उक्त प्रार्थनामा ४ हजार भन्दा बढी मुसलमान समुदायका मानिसहरु सहभागी थिए । कम्युनिटिका अध्यक्ष जोहेर तेबखानले भने,‘हङकङ सँधै शान्तिपूर्ण स्थान हो । हामी सोही शान्ति कायम रहिरहोस् भन्ने कामना गर्दछांै, मलाई लाग्छ हङकङबासी सबैले शान्ति चाहन्छन् ।’

​श्रीलंकामा राष्ट्रपति निर्वाचन : पूर्वराष्ट्रपति राजपाक्षेका भाइ पनि उम्मेदवार

३० कात्तिक, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति बन्ने होडमा ३५ जनाले उम्मेदवारी दिएका छन्।  यसपटको निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र साजिस प्रेमदासबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top