siddhartha
gharjaggakosathi

​विकासको लागी राजनीति स्थिर हुनुपर्छ : बुढाथोकी


Tuesday, 23 Aug, 2016 1:59 PM

नविन बुढाथोकी नेकपा माओबादी केन्द्र काठमाडौका युवा नेता तथा माओबादी भातृसंगठन वाई सि एलका क्षेत्रीय ईन्चार्ज समेत हुन् । सफल युवा व्यावसायी उनि आर्थिक एजेन्डामा पार्टी तथा संगठनलाई सुझाव दिने थोरै युवा नेतामध्ये पर्छन् । नेपालमा ९ महिनामै सरकार परिवर्तन हुने पछिल्लो अवस्थाले विकास र आर्थिक उन्नतिमा पुर्याइरहेको असरबारे हामीले उहासंग कुराकानी गरेका छौ । प्रस्तुत छ उहासंग गरिएको कुराकानीको केही अंश ।

छिटो छिटो सरकार परिवर्तन र दलहरुबीचको राजनीतिक अन्तरद्वन्द्वले नेपालको भविष्य कता लगिरहेको छ ?
हाम्रो पार्टी १० वर्षे सशत्र जनयुद्ध लडेर स्थापित भएको हो ।  संविधान सभाबाट संविधान बनाउन माग गर्दै हामी युद्धबाट  शान्ति प्रक्रियामा आएका हौ । विश्वका धेरै मुलुकका शान्ति प्रक्रियासंगै बढेसँगै आर्थिक उन्नति र विकासले फड्को मारेका थुप्रै उदाहरण छन् । नेपालमा राजनितिक क्रान्ति सकियो अव आर्थीक क्रान्ति हुनुपर्छ । त्यसैले हाम्रो पार्टीको कार्यदिशानै त्यही अनुसार छ  ।  दुर्भाग्यबस हाम्रो मुलुकमा अन्य देशमा जस्तो शान्ति प्रक्रियापछी आर्थीक क्रान्ति हुन सकिरहेको छैन । सामाजिक र राजनीतिक दृष्टिले हेर्ने हो भने नेपाल विश्वका धेरै मुलुकभन्दा अगाडि पुगेको देखिन्छ । आर्थिक उन्नति र विकास किन भएन भनेर खोज्दा यहाँ केही कारणहरु भेटिन्छन । विश्वकै लोकतन्त्रमा सरकार फेरिनु सामान्य प्रक्रिया हो । यसले विकास र आर्थिक उन्नतिलाई असर नपार्ने स्थिर योजना नहुँदा हामी अप्ठ्यारोमा पर्दै गएका हौ ं।

सरकार परिवर्तन भएपनि आर्थीक ऐजेण्डा परिवर्तन नगरी विकासको गतिमा अघि बढ्न सकिदैन ?
तपाईले ठिक प्रश्न गर्नुभयो ।  राजनीति अस्थिर हुँदा पनि विकास र आर्थिक उन्नति सम्भव छ । सरकार अस्थिर हुँदा पनि उन्नति गर्ने मुलुकहरु विश्वमा थुप्रै छन् । जापानलाई हेर्न सक्नुहुन्छ । स्वतन्त्रतापछिको भारतको इतिहास हेर्न सक्नुहुन्छ । स्थायी योजना र बलियो कर्मचारीतन्त्रको भरमा विकास सम्भव छ । हो स्थायी सरकार हुँदा विकासलाई तीब्रता दिन बढी सहज हुन्छ । हाम्रो हकमा अब विदेश नीतिलाई एकरुपता दिएर यसलाई विकास र आर्थिक मुद्दा केन्द्रित गर्न जरुरी देखिन्छ । 

सरकार एक वर्ष टिक्न नसक्ने अवस्थामा विकास र उन्नतिको विषय एउटा रोमान्टिक गफमा सीमित हुँदै गए जस्तो लाग्दैन ?
हाम्रोमा राज्यका सबै क्षेत्र राजनीतिबाट प्रभावित भएका छन् । सबै नीतिहरुको मुख्य केन्द्र राजनीति भएर पनि त्यसो भएको होला। फेरि विकास र उन्नति भन्ने चिज एउटा प्रक्रियाको परिणाम पनि हो। राजनीति अस्थिर हुँदा पनि विकास र आर्थिक उन्नति सम्भव छ । सरकार अस्थिर हुँदा पनि उन्नति गर्ने मुलुकहरु विश्वमा थुप्रै छन् । जापानलाई हेर्न सक्नुहुन्छ । स्वतन्त्रतापछिको भारतको इतिहास हेर्न सक्नुहुन्छ । त्यसैले स्थायी योजना र बलियो कर्मचारीतन्त्रको भरमा विकास सम्भव छ। हो स्थायी सरकार हुँदा विकासलाई तीब्रता दिन बढी सहज हुन्छ । हाम्रो हकमा अब विदेश नीतिलाई एकरुपता दिएर यसलाई विकास र आर्थिक मुद्दा केन्द्रित गर्न जरुरी देखिन्छ ।

राजनीतिमा ठेकेदार प्रवृत्ति बलियो हुँदै गएको छ। पैसा नहुनेको स्थान खस्किँदो छ । यो प्रवृत्तिले हाम्रो लोकतन्त्रको भविष्य के होला ?

राजनीतिमा पैसाको अधिक प्रयोग नेपालका लागि मात्र नभई विश्वकै लागि चिन्ताको विषय हो जस्तो लाग्छ । अमेरिकी राष्ट्रपतिको चुनाबदेखि भारतकै निर्वाचन पद्धतिलाई हेर्ने हो भने पनि त्यहाँ पैसाको खोलो नै बगेको देख्न सकिन्छ । लोकतन्त्रलाई नकारात्मक कोणबाट हेर्ने हो भने यो सस्तो पद्धति चाहिँ होइन । हाम्रो सन्दर्भमा हेर्ने हो भने विकास योजना, नीति, कार्यक्रम केन्द्रित राजनीति हुने हो भने अहिले देखिएको ठेकेदार प्रवृत्ति कम हुन सक्छ । इमान र निष्ठाको राजनीतिले उँचो स्थान हासिल गर्न सक्छ ।

नेपालको राजनीतिले फड्को मार्दा विकास र आर्थिक उन्नति किन अघि जान नसकेको होला ?
राजनीति अघि गयो विकास पछि छोडियो भनेर अहिले सबैले अनुभव गरेका छन् । हाम्रो राजनीतिले किन विाकस अत्मसात गर्न सकेन त ? भन्ने बहस अब हुन जरुरी छ । विकास र आर्थिक उन्नतिले तीब्रता नपाउनुमा खास कारणहरु छन् ।  राजनीति र विकासलाई भिन्नाभिन्नै रुपमा डिल गर्नुपर्छ जस्तो लाग्छ । हाम्रोमा सबै कुराहरु राजनीति निर्दे्शित देखिएका छन् । संविधान लेखन र उद्योग खोल्ने काम तथा जलस्रोत आयोजनाहरु एउटै होइनन् । हामीले राजनीति, विकास, आर्थिक मुद्दा एवं सामाजिक मुद्दाहरुलाई छुट्टाछुट्टै अघि बढाउन नसक्दा यस्तो अवस्था आएको हो ।

यही संविधानमा आधारित भएर उन्नति र विकास गर्न सक्ने ठाउँहरु कहाँनेर छन् त ? त्यसका लागि पार्टीहरुले के गर्नुपर्छ ?
नयाँ संविधानले राजनीतिक स्थिरतालाई पनि सम्बोधन गरेको छ । अहिले धेरै छिटोछिटो सरकार फेरिए भनेर नै दुई वर्ष नभई सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने व्यवस्था गरेको छ। यो फ्रेमवर्कबाट विकास र उन्नति सम्भवै छैन भन्ने पनि होइन । अबको विश्वमा राजनीति भनेको त राज्यको एउटा पाटो हो, एउटा क्षेत्र हो । सुदृढ आर्थिक नीति बनाएर अघि जानुपर्ने देखिन्छ । पार्टीहरुबीच राजनीतिक इमान्दिारिता र राजनीतिक संस्कारको आवश्यकता छ । उद्योग, पूर्वाधार योजना र आर्थिक उन्नतिका क्षेत्रहरुबारे दलहरुबीच राजनीतिक सहमति गरेर अघि बढ्न आवश्यक छ । विकास योजना र आर्थिक सम्वृद्धिका क्षेत्र राजनीति तलमाथि हुँदा असर नपर्ने ठाउँमा राखिनुपर्छ । यो अवस्था निर्माण गर्न सके वैदेशिक लगानी र निजी क्षेत्र नेपालको विकासमा स्वतः आकर्षित हुन सक्छ । 


Ruslan

paicho

bussewa

राजनीति

काँग्रेस बैठक आज पनि जारी

५ माघ, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएकाले बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य,

निर्वाचन आयोग प्रदेशका समानुपातिक सांसदलाई प्रमाणपत्र बाँड्दै

५ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित भएका सांसदलाई आज प्रमाणपत्र दिने भएको छ । बिहीबार प्रदेश सभामा निर्वाचित सांसदहरुको सूचि सार्वजनिक गरेको आयोगले समानुपातिक तर्फका २२० सांसद्लाई आज निर्वाचित भएको प्रमाणपत्र दिन लागेको हो ।

प्रदेश प्रमुखको शपथग्रहण आज अपराह्न शितल निवासमा

५ माघ,काठमाडौँ ।  सातवटै प्रदेशका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार अपराह्न ३ देखि ४ बजे बीचमा शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपतिका विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

५ माघ, सोल । चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको समाचार छ । शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरियाल जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका

​बैज्ञानिक भन्छन्ः पृथ्वी दिन प्रतिदिन तात्दै गयो

५ माघ, लन्डन । मानवीय ज्यादतीका कारण पृथ्वी दिन प्रतिदिन तातिँदै गएको र बेलैमा सचेत नहुने हो भने यो भयावह हुने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । अमेरिकी अन्तरिक्ष संस्था नासा र बेलायती मौसविदहरुले गएको वर्ष २०१७ सबैभन्दा गर्मी वर्ष बनेको जनाएका छन् । १६७ वर्ष यताको 

पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिलाको निर्मम हत्या

५ माघ,पाकिस्तान ।  पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ताको निर्मम हत्या गरिएको छ ।  दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियो खोपको थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ता दुई आमा–छोरीलाई नै गोली हानी हत्या गरिएको हो । ३८ वर्षीया सकीना बीबी र १६ वर्षीया छोरी 

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top