औपचारिक बजार नहुँदा नाकाबन्दी नेपालको भविष्यमा गहिरो चुनौती


Monday, 14 Dec, 2015 12:45 PM
राजु पौडेल
नेपाली बजारलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन भारतसँगको खुल्ला सिमाना मुख्य अड्चन रहँदै आएको छ । खुल्ला सिमानाको लाभ अनौपचारिक रुपमा व्यापारिक क्रियाकलापमा संलग्न व्यक्तिले उठाउँदै आएका छन् ।नेपाली बजारमा आफ्नै उत्पादन कम हुने मात्र होईन, औपचारिक प्रकृयाबाट बिक्री वितरण पनि कम हुन्छ । समुदायमा स्थापित परम्परागत मान्यताको विनिमय संस्कारले स्थानीय उत्पादन व्यक्तिगत रुपमा क्रय विक्रय गर्ने पुरानो प्रचलन छ ।नेपाली बजारमा विधमान यी दुवै कमजोरीको लाभ खुल्ला सिमाना जोडिएको शक्ति राष्ट्र वा त्यहाका नागरिकको पहुँचमा जान्छ ।एकातिर भारतीय उत्पादनको एकछत्र प्रभुत्व, अर्कोेतिर अनौपचारिक बिक्री वितरण हुने परम्परागत मान्यताले नेपाली बजारको प्रकृतिलाई पहिल्यै देखि अनौपचारिक बजारको श्रेणीमा मापन गरिँदै आएको थियो ।झन्डै तीन महिनादेखि जारी अघोषित नाकाबन्दीले यो मापनलाई सत्य सावित मात्र गरिदिएको छैन नेपाली बजारको भविष्यलाई समेत गहिरो चुनौती थपिदिएको छ।झन्डै तीन महिनादेखि लगाईएको अघोषित आर्थिक नाकाबन्दी जारि छ ।

नेपाल आयल निगमका अधिकृत इन्धन विक्रेता पेट्रोलपम्प बिरलै खुल्छन् तर, सडकमा ट्राफिक जाम घटेको छैन ।वैकल्पिक उत्पादन नभएको देशका नागरिकको माग नेपाली सीमासँग जोडिएका भारतीय गाउँका युवाले चर्को मुल्यमा पूर्ति गरिरहेका छ ।यस्तो अनौपचारिक संजाललाई नाकाबन्दी, व्यापार–पारबहन सन्धि र नियम कानुनको खासै छेकबार छैन । जसरी पनि नेपाली पैसाले सिमाना काट्नु हो, काटेकै छ ।लुकीछिपी गुणात्मक र मात्रात्मक रुपमा जस्तो र जति ईन्धन पनि निर्यात गर्न पाउँदा भित्रिएको अनौपचारिक पैसाले निश्चित भारतीय बजारलाई पनि दीर्घकालीन लाभ मिल्ने छैन ।यस्तो अनौपचारिक माध्यमबाट प्राप्त इन्धनले सडकमा देखिने सवारीसाधनको  बाक्लो आवतजावतमा  नेपाली राज्यलाई पनि उति चिन्तित तुल्याएको छैन।देशको घरयासी अर्थतन्त्रको आकार र प्रतिव्यक्ति आम्दानीको मुल्यांकन गर्दा लागत मुल्यको दोब्बरभन्दा बढीमा पेट्रोल किन्ने हैसियतमा बिरलै नेपाली उपभोक्ता होलान तर, इन्धनको अनौपचारिक खरिदमा ठुलो मात्राको पैसा खपत भएको छ ।यस्तो भद्रगोल आयातले धानेको नेपालको स्थानीय बजार कसरी आम उपभोक्ताको हितमा फर्केला गम्भिर आशंका पैदा भएको छ ।
नेपालको संबिधान २०७२ जारी भएपछि मुलुक नयाँ युगमा प्रवेश गरेको छ ।

संबैधानिक व्यवस्थाले मात्र नयाँ युगको परिचय स्थापित गर्न सक्दैन ।संबिधानमा समाबेशी आर्थिक विकास वा वित्तीय समाबेशीता  तथा वितरणको परिकल्पना गरिएको छ ।संबिधान कार्यान्वयनको चरणमा प्रवेश गर्दा नगर्दै स–सानो आकारमा भएपनि पुँजी निर्माण गर्ने स्थानीय व्यापार नराम्रोसँग प्रभावित भएको छ ।स्थानीय बजार यस्ता परिकल्पनालाई उठान गर्ने आधारभुत क्षेत्र हो ।यस्ता बजारमा अनौपचारिक कारोबारको हिसा बढ्दै जाँदा सिमित वा असिमित क्रयशक्ति भएका उपभोक्ताको बजार अधिकार हनन हुन्छ ।सवै बर्गका उपभोक्ताले राज्य नियन्त्रित बजारमा अ–आफ्नो क्षमता अनुसार पैसा खर्च गर्ने प्रणाली भनेकै आर्थिक विकासको जग हो ।यस्ता आधारभुत बजारमा आम उपभोक्ताको पहुँच सुनिश्चित गर्ने कर्तब्य राज्यको हुन्छ ।औधोगिकरणको अप्र्रर्याप्त विकास भएको मुलुकका यस्ता बजारमा खर्च गर्ने पैसाको श्रोत सिमित हुन्छ  ।यस्तो अप्ठ्यारो श्रोतबाट प्राप्त हुने रकमको ठुलो हिसा सिमित शिर्षकको खरिदमा सकिँदा अन्य शिर्षकमा खर्च गर्ने पैसा अपुग हुन गई आर्थिक असन्तुलन उत्पन्न हुन्छ  ।अहिले नेपाली बजारका हामी आम उपभोक्ता जानेर वा नजानेर एवं चाहेर वा नचाहेर  असन्तुलित आर्थिक क्रियाकलापलाई प्रोत्साहन गर्ने आत्मघाती क्रियाकलापमा अभिमुख छौँ  ।

राष्ट्रको विकासका लागि आफ्नै सिर्जना, लगानी, उत्पादन, खपत र आम्दानीको स्वाभाविक साइकल आवश्यक मानिन्छ ।यो साइकलको निर्माण हामीले मौखिक वा लिखितमा धेरै नै गरेका छौं ।तर, अनुभव गर्ने गरि कार्यान्वयन गर्न सकिएको छैन ।राज्यको भूगोलभित्र अवस्थित बजार उल्लेखित प्रयत्नको सिंगो रुप प्रदर्शन गर्ने स्थान हुन तसर्थ, यस्ता बजारको अनुशासन राष्ट्रको विकाससँग अन्योन्याश्रित सम्बन्धमा हुन्छ  ।राज्यले निर्धारण गरेका ऐन, नियम, कानुनको कार्यान्वयन नहुनु भनेको सोझो अर्थमा अनुशासन उल्लघन हुनु हो ।अनुशासनको उल्लघनमा बजारको माग अनुरुपको स्थानीय उत्पादन आपूर्ति गर्ने क्षमता कमजोर हुनु र फितलो नियमन मुख्य जिम्मेवार मानिन्छन् ।नेपालको सुन्दर भविष्य परिकल्पना गर्ने सवैले यी आधारभुत कुरामा पहिला ध्यान केन्द्रीत गर्नुपर्दछ  ।

नाकाबन्दीले सिर्जित समस्या ईन्धनमा मात्र सिमित छैन ।आयात निर्यातको असन्तुलित इतिहास भएको देशमा लामो समयसम्मको नाकाबन्दीले बजारका प्रत्यक आर्थिक गतिविधि अनौपचारिकता तर्फ मोडिएका छन् ।बजारमा कुनै व्यक्ति–व्यक्ति, समुह–समुहको लगानी किन नहोस् त्यो सार्वजनिक वित्तको अवधारणा अन्तर्गत पर्दछ ।वस्तु, सेवा तथा उत्पादन खपत गर्ने आम नागरिक हुन् ।यसरी गरिने खपतमा भुक्तान भएको पैसा समुदायबाट संकलित हुन्छ ।लागत मूल्यको कैयन गुणा बढी मुल्यमा बेचेर आर्जन गरेको फ्रिजयोग्य धनको खोजि राज्यको दायित्व हो ।अप्ठ्यारो भयो भन्दैमा राज्यले यस्ता महत्वपूर्ण वित्तीय समस्यामा मौनता साँचेर बजारको नजिरलाई नकारात्मकता तर्फ प्रोत्साह गर्न मिल्दैन।

क्षमता अनुसारको उत्पादन गर्न नसक्नु हाम्रो मुख्य समस्या हो ।आफुसँग बढी भएको चिजले आफुसँग नभएको बस्तु विनिमय गर्ने भरपर्दो संयन्त्र निर्माण गर्न नसक्दा हामीलाई श्रोत साधनले सम्पन्न हुँदाहुँदै पनि पराधिन आर्थिक अभ्यासमा लाग्न वाध्य पारिरहेको छ ।स्वाधीन राष्ट्र एउटा मात्र देशको आयातमा मात्र निर्भर हुनु अर्को दुर्भाग्य हो ।उत्तरी सिमानामा जोडिएको देश चीनसँगका दुईवटा नाकामात्र नियमित गर्न सक्दा नेपाली बजार यति बिध्न अनौपचारिक हुने थिएन ।तर, बिडम्बना बि.स. २०२८ देखि संचालनमा आएको अरनिको राजमार्ग नै निर्वाध आयात निर्यातमा उपयोग हुन सकेको छैन ।भौतिक पूर्वाधारको निर्माणमा यस्तो पेचिलो मुद्दा सम्बोधन हुँदैन ।त्यहीं मुलुकमा विनियोजित विकास बजेटको मुस्किलले ६० प्रतिशत पनि खर्च हुँदैन।पुँजीको अभावमा यी सवै नभएका होइनन् ।नीतिनिर्माणको तहमा हुने ईच्छाशक्तिको अभावले हाम्रो दैनिक किनमेलसँग जोडिएका बजारलाई अनौपचारिक तर्फ प्रेरित गरिरहेको छ ।

उपभोक्ताको हित संरक्षण अनौपचारिक बजारमा सम्भव छैन ।अनौपचारिक बजारमा पाइने क्षणिक आकर्षक आम्दानीको लोभले औपचारिक व्यापारिक संस्थामा समेत छलछाम हुन थालेका तथ्य सार्वजनिक भएका छन् ।ईन्धनको आधिकारिक कारोबार गर्ने पेट्रोलपम्पका मेशिनमा रिमोट वा चिप्सको प्रयोग गरेर उपभोक्ता ठग्ने नयाँ प्रविधि अपनाईएको छ ।यो मुलत समस्या होईन, अप्ठ्यारोमा रातारात अकुत सम्पती आर्जन गर्ने प्रवृति हो ।कुनै पनि प्रवृतिको निराकरण त्यति सजिलो विषय होइन ।सन् १९६२ मा अमेरिकन काँग्रेसले उपभोक्ता हित संरक्षण बिधयक पारित गरेपछि विश्वमा अभ्यासमा आएको यो विषय विश्व ब्यापार संगठनमा आवद्ध राष्ट्रका लागि अनिवार्य जस्तै मानिन्छ ।यो शाख र गरिमालाई कायम राख्ने दायित्व सवैको हो ।हामी सवै राज्यका अंग हौँ ।आफुलाई दीर्घकालिन क्षति प¥ुयाउने अभ्यासमा प्रोत्साहित हुनुहुँदैन ।
हाम्रो बजार एकै रातमा यति धेरै समस्याले जेलिएको होइन ।तसर्थ, यसको निदान पनि एकै रातमा सम्भव छैन ।तर, सकारात्मक दिशाको हाम्रो प्रयत्न आजैबाट शुरु हुनुपर्छ ।राज्य वा नीतिनिर्माणको तहमा कार्यरत जिम्मेवार पदाधिकारी अव साच्चिकै बजारको अनुशासन कायम गर्ने बिषयमा गम्भिरतापुर्वक लाग्नु पर्छ ।भएका नीति, नियम र कानुनको परिपालन गर्न गराउन दवाव सिर्जना गर्नु नै अहिलेको लागि पुर्ण हुन्छ ।यस्तो प्रकृतिको आर्थिक अभ्यासलाई धान्ने घरयासी अर्थतन्त्रको आकार छैन ।रात रहे अग्राख पलाउँछ ।उपभोक्ता हित संरक्षण मात्र होइन, कर्तब्य पनि हुन्छन ।कामना गरौँ,समुदायको पैसा तान्ने बजार औपचारिक होस् ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै डब्लुएचओबाट बाहिरियो अमेरिका

२४ असार, काठमाडौँ । 
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ।  विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै  अमेरिका डब्लुएचओबाट बाहिरिएको हो। संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए।   राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top