​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?


Saturday, 24 Dec, 2016 11:18 AM

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो। प्रसिद्ध बाला त्रिपुरा सुन्दरी मन्दिर, मष्टा भवानी गल्ली, नेपालकै गहिरो शे–फोक्सुन्डो ताल, बौद्धमार्गीको प्रसिद्ध से–गुम्बा, विश्वकै अग्लो मानव बस्ती धो तराप तथा नेपालकै दोस्रो ठूलो सुलिगाड झरना यहाँका प्रमुख आकर्षक गन्तव्य भएर पनि दुर्गम र प्रचारप्रसार हुन नसक्दा यस्ता क्षेत्र ओझेलमा पर्दै आएका हुन्।त्रिपुराकोट गाविसमा रहेको त्रिपुरा सुन्दरी मन्दिर प्रचुर सम्भावना बोकेको एकमात्र प्रमुख धार्मिक सम्पदा हो ।नेपालका अन्य मन्दिरभन्दा पृथक् भौतिक संरचना रहेको यस मन्दिरसम्म सहजै पुग्न सकिए पनि प्रचारप्रसार हुन नसक्दा मन्दिर ओझेलमा परेको स्थानीय पुजारी विष्णु न्यौपानेले बताए।
अर्का पुजारी लक्ष्मी शर्माका अनुसार डोल्पासम्म पुग्नलाई सडक यातायातको विकास भए विदेशबाट पनि हजारौँ धार्मिक पर्यटक भित्र्याएर आर्थिक लाभ लिन सकिन्छ। यसका लागि राज्यले विशेष कदम चाल्नुपर्छ, उनले भनिन्। सडकको सहज पँहुच नहुँदा पनि नजिकै रहेका दुईवटा मष्टा भवानी मन्दिरमा भूत, भविश्य र वर्तमानको अग्रिम जानकारीका लागि प्रत्येक दिन सयौँ भक्तजन आउने गर्छन् यी धार्मिकस्थलमा दर्शन गर्नका लागि उच्च ओहोदाका व्यक्तिसमेत हेलिकप्टर लिएर आउने गरेको पुजारी शर्माले बताइन्।
भूगोलले डोल्पालाई ठगेपनि प्राकृतिक छटाले भरिपूर्ण भएकाले यहाँको विकासका लागि राज्य अग्रसर हुनुपर्ने स्थानीय विकास अधिकारी सागर मिश्रले बताए । यस क्षेत्रको विकास गर्न सके राज्यलाई करोडौँ बराबरको राजस्व पर्यटन क्षेत्रबाटै सङ्कलन हुने र यहाँका स्थानीयवासीको आर्थिकस्तर वृद्धि हुने कुरामा कसैको दुईमत नरहेको उनको भनाइ छ । नेपालकै गहिरो शे–फोक्सुन्डो तालसम्म पुग्न एकदमै कष्टकर भएकाले त्यहाँ जान खोज्ने पर्यटक बीचबाटोबाटै फर्कन गरेको स्थानीयवासी रणबहादुर कार्कीले बताए। सडकले नजोडिएको डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थललाई स्तरोन्नति नगरेकाले पनि यहाँको पर्यटन व्यवसाय ओझेलमा परेको पर्यटन व्यवसायीले बताए । सडक सञ्जाल पर्यटन क्षेत्रसँग प्रत्यक्ष रुपमा जोडिएकाले यसको विकासबिना पर्यटन विकास गर्न सम्भव नभएको सहायक प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले बताए।डोल्पालीको जीवनस्तरसँग प्रत्यक्ष रुपमा जोडिएको यार्सागुम्बा पछिल्लो समयमा लोप हुँदै गएकाले डोल्पा र डोल्पालीको आर्थिकस्तर खस्कँदो अवस्थामा रहेको अवस्थामा राज्यले डोल्पाको पर्यटन क्षेत्रमा विकास गर्न चासो दिए यहाँका बासिन्दाको आर्थिकस्तरमा समेत सुधार आउने उनको दाबी छ। यहाँ र्‍याफ्टिङको प्रचुर सम्भावना बोकेका नदी नालसमेत सुनसान छन्, ठूलो भेरीमा र्‍याफ्टिङ व्यवसाय सञ्चालन गरेर थुप्रै पर्यटक भित्र्याउन सकिन्छ, यसबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले बताए। यार्सागुम्बालगायतका दुई सयभन्दा धेरै प्रजातिका बहुमूल्य जडीबुटी पाइने भएकाले तिनको संरक्षण तथा दिगो व्यवस्थापनका लागि सोच्ने हो भने यसबाट पनि राज्यले राम्रो आम्दानी गर्न सक्ने अध्यक्ष बुढाको भनाइ छ।



Nmc

jutta mela

bijuli

bussewa

राजनीति

​नेपाल र युएईका ऊर्जामन्त्रीबीच भेटवार्ता

३ माघ अबुधावी। ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ । अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको 

चैतमा चुनाव हुने सम्भावना टर्यो, सरकार भाग्न खोज्यो : नेताहरु

३ माघ, काठमाडौं । स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैतमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् । तर  दलहरुवीचको सहमतिमै चुनावको मिति घोषणा गर्ने सरकारको तयारी रहेको  भनेका छन् । 

​ तोकिएकै समयमा तिनै तहको निर्वाचनः सञ्चार मन्त्री

३ माघ, धरान । ​सुचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले तोकिएकै समयमा तिनै तहको निर्वाचन गर्ने वताए । धरानमा गरिएको पत्रकार सम्मेलनमा वोल्दै  उनले स्थानिय निकाय लामो समय देखि जनप्रतिनिधि विहिन भएको छ । यसले गर्दा पनि स्थानिय निर्वाचन तुरुन्त हुनुपर्नेमा 

प्रवास/अन्तर्राष्ट्रिय

​विश्वका शक्तिशाली १० खुफिया एजेन्सी ,जसको नाम सुनरै थररर हुन्छन्

विश्वका हरेक देशमा त्यस देशका नागरिक,दस्तावेज र बौद्धिक सुरक्षाको जिम्मेवारी एक एजेन्सीले निकै मौन र शालिन तरिकाले निभाइरहेका हुन्छन् । यस एजेन्सीमा काम गर्ने मानिसहरुका बारेमा प्रायलाई थाहा हुदैन् ।

​किर्गिस्तानमा विमान दुर्घटनाहुँदा ३२ जनाको मृत्यु, घरमा ठोकिएर दुर्घटना

३ माघ  । किर्गिस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ । हङकङबाट उडेको टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थल नजिक दुर्घटना भएको समाचार संस्था रोटर्सले जनाएको छ ।  विमान घरमा ठोक्किएर दुर्घटना भएको हो । 

​सपनामा बारम्बार किन आउँछन् बुद्ध र शिव भन्दै आत्तिए राहुल गान्धी

३ माघ । कांग्रेस आईका उपाध्यक्ष राहुल गान्धीले आफ्नो सपनामा बाराम्बार गौतम बुद्ध र शिव आउने गरेको उल्लेख गरेका छन् ।  उनले शिव र गौतम बुद्धको तस्बिरमा भारतीय कांग्रेस पार्टीको झन्डा देख्ने गरेको र सो कारण आफुलाई निकै डर लागेको भन्दै एक बाबालाई सुनाएका थिए । 

बिचार

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो।

ओली कमरेड!संघीयता र गणतन्त्र एमालकोे एजेण्डा होइन भने माओवादीसंग माफि माग्नुस्

एमाले त्यस्तो कुकुरको पुच्छर हो,जसको पुच्छर १२ वर्ष ढुङ्गा्रोमा राखेपनि कहिले पनि सिधा हुनसक्दैन् । उसले आफ्नो असली रुप देखायो । केपी ओलीले संघीयता मनै परेको छैन् भन्न थाले । बामदेव गौतम संघियता लागु हुदैन भन्न थाले । परिणाम संघियता नै धरापमा पर्ने खतरा छ ।  यतिबेला नेकपा एमाले संघीयताको विरुद्धमा उत्रिएको छ ।

Top