सभापति सुशील कोइरालाको पनि मलाई समर्थन छः पौडेल


Monday, 11 Jan, 2016 3:42 PM
२७, पुस काठमाडौँ । 
नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको आगामि १३ औं महाधिवेशनमा आफ्नो उम्मेदवारी सिंगो पार्टीको महाधिवेशन भएको भन्दै त्यसमा बर्तमान पार्टी सभापति सुशील कोइरालाको समेत समर्थन रहेको दावी गरेका छन । मुलुकको समस्या समाधानकोलागि रिपोर्टर्स क्लब नेपालले सुरु गरेको दवाव अभियान अन्र्तगत अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने,‘ देशभरीका साथीहरुले म बाट अपेक्षा गरेका छन । मेरो निष्ठा,योगदान, आवश्यकता र पार्टीलाई जिवन्त बनाउन मलाई सभापति बन्नु पर्छ भनेर देशै भरीको साथीहरुले भन्नु भएको छ । म अहिले छलफलमा छु, केही दिनभित्रै मेरो उम्मेदवारी स्पष्ट हुन्छ । मेरो उम्मेदवारी पार्टीको आवश्यकता हो । यसमा बर्तमान सभापति सुशील कोइरालाको समर्थन हुन्छ ।’



नेपाल भारतसहितको तेस्रो विश्वमा विरासतको राजनीतिको महत्व भएकोले त्यसलाई बेवस्ता गरेर पार्टीको प्रगति सम्भव नदेखेको बताए पनि पौडेलले भारतमा गान्धी परिवार रहे पनि प्रधानमन्त्री र पार्टी सभापति अरु ब्यक्ति पनि बनेको उदाहरण प्रस्तुत गर्दै त्यसबाट पार्टीमा आलोपालो हुन्छ भन्ने सिक्न आग्रह गरे । 
उनले भने,‘ गिरिजाबाबुले पनि उहाँलाई प्रस्ताव गर्दा किसुनजी हुनु हुन्छ भनेर छाड्नु भएको थियो । पार्टीमा यो परम्परा बीपी कोइरालाले सुरु गर्नु भएको हो । यसलाई सबै स्मरण गर्नु पर्छ ।’ सञ्चारकर्मीले तपाईलाई प्रधानमन्त्रीको लागि प्रतिबद्धता ब्यक्त गरेर सुशील कोइराला नै सभापतिको उम्मेदवार बन्ने सम्भावनाको विषयमा सोधेको प्रश्नमा पौडेलले अहिले ब्यक्तिको भन्दा पनि नेपाली काग्रेसको समग्र ब्यवस्थापनको कुरा भएको दावी गर्दै भने,‘मलाई चित्त बुझाएर मात्रै हुँदैन । भागबण्डाको अन्त्य गरेर पार्टीमा मुल्याङकनको पद्धतिको विकास गर्नु पर्छ ।’
प्रधानमन्त्रीको निर्वाचन जस्तै ढिला उम्मेवारी घोषणा गर्दा कतै सभापति पनि फुत्किने हो कि भन्ने जिज्ञासामा पौडेलले ‘समयमा डिसिजन गर्न नसक्दा अप्ठ्यारो पर्न सक्ने’ भन्दै चिन्ता ब्यक्त गरे । 

संघीयता अनुसार संगठन विस्तार गर्न विद्यानमै ब्यवस्था हुनु पर्ने भएकोले विद्यान संसोधनको आवश्यकता औल्याउँदै पौडेलले २००७ सालमा आएको संविधानको कुरा अहिले आएर साकार भएकोले अबको परिवर्तनको नेतृत्व पनि काग्रेसले लिनु पर्ने बताए । 
उनले भने,‘अरुले गरेको नेतृत्वले मुलुकलाई सहि ठाँउमा पुर्याउँदैन ।’ पौडेलले बर्तमान सरकार प्रति आफ्नो धेरै टिप्पणी नभएको भन्दै काग्रेसलाई अहिले सरकारको हतारो नभएको स्पष्ट पारे । 

उनले भने,‘ भर्खरै सरकार बनेको छ, एक सय दिन पनि नपुगी अहिले आलोचन गर्ने पक्षमा छुईन । हामी वाच गर्ने र बार्निङ्ग दिने काम गरिरहेका छौ । सरकारले गल्ती करेक्सन नरे आफैलाई समस्या पर्न सक्छ । सरकारको सुरुवाती काम राम्रो देखिएको छैन । भारतसँगको समस्या समाधान गर्न कुटनीतिक सक्रियता देखाउन सकेन ।’

मुलुकको अवस्थाप्रति संबेदनशिल भएर नै मुलुकको समस्या समाधान गर्दै आपूर्ति सहज बनाएर जनजीवन सामान्य बनाउन लागि परेको भन्दै सोही प्रयास स्वरु काग्रेस नेतृत्वको सरकारले नै दुई विषयमा संविधान संसोधन प्रस्ताव ल्याएको दावी गरे । 
पौडेलले भने संविधान संसोधन पछि  सबै कुरा संसोधन हुने भन्दै अर्को आन्दोलन नहुने गरी सीमांकन टुङग्याउन राजनीतिक समिति गठनको प्रस्ताव गरेको बताए । 

उनले भने,‘ बार्ता भईरहेको छ । कार्यदलललाई हामीले सहमतिको आउटलाईन दिएर पठाएका छौ समस्या अब धेरै लम्बिदैन । हामी सहमतिको नजिक छौ ।’ पौडेलले सीमांकनमा मधेसी दलहरुमै अलग अलग धारणा भएकोले त्यस्तो विविधताको विचबाट कसरी सहमति जुटाउने भन्नेमा आफूहरुले लागिपरेको दावी गरे । 

आफूले नेपालमा गतिरोध लम्बिएकोमा भारतीय पक्ष चिन्तित पाएको जानकारी दिदै आफूहरुसँग गरेको कुराको फलोअफ किन भएन सकेसम्म मोर्चालाई साथमा लिएर नभए संसोधन गरेर भए प्नि समस्याको समाधान गर्नुपर्ने धारणा राखेको सुनाए । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए यस्ता सुझाव

२०  साउन, काठमाडौँ । 
प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने बताएका छन् ।  कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू तथा विज्ञसँग गरेको कुराकानीमा  कांग्रेस सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरे ।

मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक बालकोट घर पुगे ओली

१९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक गरिएको मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक भक्तपुरको बालकोटस्थित निवास पुगेका छन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक बालकोट गएको जानकारी दिएका हुन्।

​सचिवालयबाट सहमति खोजौँः ओली, स्थायी कमिटी अलपत्र पारेर सचिवालयमा जान सकिन्नः प्रचण्ड

१९ साउन, काठमाडौं । सत्तारुढ नेकपा पार्टी भित्रको विवादको समाधान खोज्न निरन्तर असफल हुँदै आएको छ। सोमबार बालुवाटारमा भएको भेटमा पनि आ–आफ्ना अडान राखेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमतिमा पुगन सकेनन्।

अन्तर्राष्ट्रिय

जम्मु र कस्मिरसहितको भूभाग समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा

२१ साउन, काठमाडौं । पाकिस्तानले भारतीय नियन्त्रणमा रहेका जम्मु र कस्मिरसहितका क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ। भारतसँग विवादमा रहेका जम्मु, काश्मिर र गुजरातको जुनागढ क्षेत्र समेत समेटेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुकको नयाँ नक्सा जारी गरेका हुन्।

लेबनानमा नाइट्रेट भण्डारमा भयंकर विस्फोट, कम्तीमा ७८ जनाको मृत्यु, चार हजार बढि घाइते

२१ साउन, काठमाडौं । लेबनानको राजधानी बेरुतस्थित एक गोदाममा बुधबार ठूलो विस्फोट हुँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ। सयौं घाइते भएका छन्। लेबनानका स्वास्थ्यमन्त्रीले अहिलेसम्म ७० जनाको मृत्यु पुष्टि गरेका छन्। झन्डै चार हजार बढि मानिस घाइते भएको उनले बताएका छन्। लेबनानाका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन्।

भारतको उत्तर प्रदेशमा कोरोनाबाट मन्त्रीको मृत्यु

१८ साउन, काठमाडौँ ।
भारतको उत्तर प्रदेशकमा क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान मृत्यु भएको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top