huwai hospital
nlic

खोकनामा उत्खनन् नगरेसम्म डोजर चलाउन दिन हुन्न : इतिहासविद् डा. रमेश ढुंगेल


Wednesday, 5 Dec, 2018 10:07 AM
१९ मंसिर, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्गको प्रस्थान विन्दु काठमाडौंको खोकना अहिले चर्चामा छ । कारण हो त्यहाँ हजारौं बर्ष पहिलेको बस्तीका प्राचिन अवशेष पाइएको छ । द्रुतमार्गको प्रस्थान विन्दु खोकनालाई बनाउँदा महत्वपूर्ण स्थान नासिने भन्दै स्थानीयले विरोध गरेका छन् । तर नेपाली सेनाले भने खोकनालाई नै दु्रतमार्गको प्रस्थान विन्दु बनाउनु पर्ने अडान लिएको छ । स्थानीबासी र सेनाबीच तनावको स्थिति पैदा भएको छ । खोकनामा महत्वपूर्ण ऐतिहासिक तथ्य भेटिएपछि इतिहासकार र पुरातत्वविद्हरुको ध्यान आकृष्ट भएको छ । उनीहरुले खोकनाको उत्खनन् गरेर यसको इतिहासलाई केलाउनुपर्ने बताउन थालेका छन् । उनीहरुलले द्रुतमार्गको प्रस्थान विन्दुलाई परिवर्तन गन सुझाव दिएका छन् । खोकनाको स्थलगत भ्रमण गरी त्यहाँ भेटिएका प्राचिन बस्तुहरुको निरीक्षण गर्नु भएका इतिहासविद् डाक्टर रमेश ढुंगेलले न्यूज सेवासँगको कुराकानीमा त्यस क्षेत्रलाई जोगाउनु पर्ने भन्दै यस्तो तर्क पेश गर्नुभयो ।

खोकनाबासीले प्राचीन कालको इनार स्वाट्टै खनेर निकालेका छन् । विहारका खण्डहरु भेटिएका छन् । मञ्जुश्रीदेखि शिखीबुद्धसम्मको इतिहास छ त्यहाँ । सन्को पहिलो शताब्दीमै त्यहाँ बस्ती भएको प्रारम्भिक अनुमान लगाउन सकिन्छ । ३०० बर्षअघिसम्म त्यहाँ बस्ती थियो कि भन्ने लाग्छ । 
मञ्जुश्रीको थान अहिले पनि छँदैछ त्यहाँ । पुरानो मन्दिर भत्किएर नयाँ बनाएको छ । शिकालीको चौरलाई उत्खनन् नगरी बाटो बनाउनै दिन हुँदैन । पारिपट्टीबाट बाटो लगे पनि हुन्छ नि । पुरातात्विक क्षेत्रलाई नविगार्ने गरी बाटो खन्दा हुँदैन ? सुरुको सर्वेक्षण पारीपट्टीबाट थियो रे । त्यस्तो क्षेत्रलाई मिचेर अघि बढ्न हुन्छ ?
 
मैले त्यहाँ रहेका इनारहरुलाई हेरें । १६ सय बर्षसम्मको त एसै पनि देखियो । शिखीबुद्धको इतिहास पनि पाइएको छ । त्यसैले त्यहाँ २ हजार बर्षअघि बाटै बस्ती थियो भनेर भन्न सकिने प्रशस्त आधारहरु छन् । बाटोघाटो, इनार के छैन त्यहाँ ?बस्ती–बस्तीका अवशेष छन् । के कारणले त्यहाँको सभ्यता नष्ट भयो भन्न त अहिले सकिन्न । इन्जिनियरले भन्दैमा हुन्छ । उनीहरुले त बाटो बनाउन जानेका छन् । इनार देखोस कि पुराना इट्टा । ढलान गरेर बाटो बनाउँ भन्छ । हामी त पुरातात्विक चिज बचाउन सिकेका छौ । हामीले त बनाउन पर्यो भन्छौं । 
 
किरातकालभन्दा पहिलेको सभ्यता 
 
अब शिकाली भनेको शिखिबुद्धको हो । मञ्जुश्रीका थानहरु छन् । ति ‘अर्लि क्रिस्चियन इरा’ भन्दा अडाडिका हुन । त्यहाँ एउटा सभ्यता थियो । काठमाडौंको हाँडीगाउँ जस्तै ऐतिहासिक थलो हो खोकना । अब हाँडीगाउँ, चाँगुनारायणको बीचबाट बाटो लगिदिने ? बागमतीको पारीपट्टीबाट लगे भैगो नि । अब कतिपयले यतापट्टी जग्गा किनिसके । लाखमा किनेर करोडौमा जग्गाबेच्न खोज्नेहरु यसमा लागिपरेका छन् । सरकारका सचिवहरु, प्राविधिकहरु सबैले जग्गा किनेका छन् । प्लटिङ गरेका छन् दुई–तीनसय रोपनी जग्गा। उनीहरुले त्यतैबाट लैजानुपर्छ भनेर जोडबल गरिरहेका छन् । त्यस्तो महत्वपूर्ण इनार फेला परेको छ । त्यसलाई नष्ट गरेर कसरी बाटो लैजान दिने । सभ्यताको खोज गर्नु पर्यो । त्यस्तो ऐतिहासिक थलो भेटिएको छ । हाम्रो लागि त त्यो रोचक स्थान हो । यस्तो बेला झन् सरकारले पुरातत्वका जानकारहरुलाई त्यहाँको बास्तविकता के हो भनेर खोज्न लगाउनु पर्ने हो । त्यो स्थानलाई सुरक्षित गर भन्नु पर्ने हो । 
 
पाँच सय रोपनी क्षेत्रफल सुरक्षित गर्नुपर्छ 
 
पुरातात्विक उत्खनन् गर्ने हो भने चार–पाँच सय रोपनी क्षेत्रफललाई सुरक्षित गर्नुपर्छ । शिकालीको डाँडोको छेउछाउदेखि लिएर खोकनाको पच्चिम–दक्षिणपट्टीसम्म जोगाउनुपर्छ । खन्न दिन हुँदैन । अब त त्यहाँ सुत्न जानु पर्ने अवस्था भैसक्यो । 
 
सयौं घरका जगहरु भेटिएका छन् । महत्वपूर्ण किल्ला, रथ तान्ने सडक, पटाङ्गिनीहरु, विहारका अवशेष भेटिएका छन् । शीप जानेका र ‘पावर’ भएकाहरुले त जे गरे पनि भो नि त्यसो भए । 
 
किंवदन्ती पुष्टि गर्न सकिन्छ 
 
कतिपय हाम्रा इतिहासहरु किंबदन्तीमा मात्र छन् । तर त्यहाँ रहेका बस्तुहरुलाई हेर्दा त्यो बास्तविक इतिहास हो भन्ने स्पष्ट देखिन थालेको छ । म ञ्जुश्री भनेको हावादारी कुरा हो भन्थे । तर, मञ्जुश्री भन्ने मान्छे हो । बुद्धभन्दा पहिलेको मान्छेलाई बुद्धिष्टभित्र समाहित गरेर मान्यता दिएको मात्र हो । त्यहाँ मञ्जुश्रीसँग सम्बन्धित प्राचिन अवशेषहरु भेटिएका छन् । खोकनाका मान्छेहरु आँफै चारहजार बर्षभन्दा अघिका मान्छेजस्ता देखिन्छन् । 
 
काठमाडौं उपत्यकाको राम्रो चित्र
 
खोकना हाँडीगाउँ, चाँगुनारायण, विशालनगर, देउपाटन जस्तै ठाउँ हो । अब यि पुराना सभ्यतामा घरका जंगल बनिसक्यो । यहाँ उत्खनन् गरेर विगतका सबै इतिहास पल्टाउन पनि गाह्रो छ । त्यहाँ त खाली खेतहरु छन् । खोज्न निकै सजिलो छ । त्यसलाई त जोगाउन पर्यो । त्यसले प्राचिनतम मानिसको सभ्यताको जानकारी दिन्छ । देशको लागि गौरब गर्ने ठाउँ हुन्छ । बाहिरको मान्छेहरु आएर लाइन लागेर हेर्ने छन् । अहिले ३ हजार बर्ष पहिलाको सभ्यता पाइयो भने सानो कुरा हो त्यो ? काठमाडौं उपत्यकामा बस्तीको विस्तार कसरी भयो ? कति पुरानो ठाउँ हो यो भन्ने चित्र खोकनामा पाइने छ । 
 
सरकारलाई ‘कन्भिन्स’ गर्नुपर्छ
 
सरकारलाई कन्भिन्स गर्नुपर्छ । कहिले–काँही चेतना नभएर, बुझाइमा कमजोरी भएर पनि 
 
त्यस्तो गरिएको हुन सक्छ । हामीलाई पनि मन्त्रालयले सल्लाहाकारको रुपमा राखेको छ । हामी त्यहाँका जागिरदार त होइनौ तर विज्ञ समुहमा त मलाई पनि राखेका छन् । हामीले लागेको कुरा भन्ने हो  । सरकारको काम भनेको विकास निर्माण गर्ने हो । तर विकास निर्माण गर्ने भन्दैमा संस्कृति मास्न त भएन । त्यहाँका जनता सजग भए । हाम्रो पुरातात्विक चिज जान्छ भन्ने भयो । स्थानीय आँफैले खनेर कतिपय कुराहरु निकालिसके । यतिबेला त त्यो ठाउँलाई पुरातत्व विभागले कब्जा गरिसक्नु पथ्र्यो । त्यत्रो इनार खनेको पुरातत्वका मान्छेले हो र ? त्यहीका मान्छेले हो । स्थानीयहरुलाई त्यहाँ बाटो आओस् भन्ने चाहना छैन । उनीहरुले खोचे थाप्न गरेको हो भने पनि अब त त्यहाँ प्राचिन कुरा त देखिइसक्यो । यसलाई बेवास्ता गर्न भएन । सरकारले व्यापक अध्ययन गराइ दिन पर्यो । यो प्राचिन स्मारकलाई भत्काएर लैजाने कुरा आउँदैन । अब डोजर लगाएर भत्काउन खोजिन्छ भने म त त्यहाँ गएर सुत्न तयार छु ।


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

प्रतिनिधिसभा बैठक: गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न माग

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाबहादुर राउतले गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । उनले गुठी जमीनलाई रैकरमा लैजाने प्रक्रियालाई वैधानिकता प्रदान नगरेसम्म किसानलाई सधैँ मर्का पर्ने बताए । विसं २०६४ माघ १० गते सर्वोच्च अदालतले गुठी जमीनलाई रैकरमा परिणत गर्न नमिल्ने फैसला गरेको थियो । सांसद नरबहादुर धामी, नारायणप्रसाद खतिवडा र पवित्रा निरौलाले कृषिमा राज्यको लगानी बढ्दै गए पनि उत्पादन वृद्धि

बेलायती रक्षामन्त्री र प्रचण्ड बिच भेट, गोर्खा सैनिकको समस्याबारे चासो व्यक्त

१० फागुन, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् । आज आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका

स्वतन्त्रताको सीमा हुँदैन– मन्त्री बाँस्कोटा

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए । सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गरिन् । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको 

अन्तर्राष्ट्रिय

पाकिस्तानी दुई संस्था प्रतिबन्धित

१० फागुन, इस्लामावाद । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सकेको छ । आर्थिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन राष्ट्रसंघले यसअघि नै सिफारिश गरेका ती दुई संस्थालाई पाकिस्तानको सरकारले पनि प्रतिबन्ध लगाएको हो । भारत प्रशासित काश्मिरमा भएको हालैको आतंककारी हमलापछि ती संस्थालाई प्रतिबन्धित गरिएको बताइएको 

​मोल्दोभा र सेनेगलमा आइतबार मतदान

१० फागुन, चिसिनाउ । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ । सोभियत युनियन सन् १९९१ मा विघटन भएसँगै स्वतन्त्रता प्राप्त गरेको मोल्दोभा रुस र युरोपेली मुलुकको तानातानमा फसेको छ । करिब ३५ लाख जनसंख्या रहेको मोल्दोभाका बहुसंख्यक जनता मस्कोसँग घनिष्ट सम्बन्ध बनाउन चाहन्छन्, तर रोमानीयाको मोडेल पछ्याउन उपयुक्त

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए

१० फागुन, नाइजेरिया । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । ‘५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो । यो भिडन्त झण्डै चार घण्टा चलेको थियो,’ डानिजिग्बा गाउँका निबासी बुबे शेगुले बताए । स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top