cg electronics
nlic

यसकारण देखाइन्छ खेलाडीलाई ‘रेड कार्ड’ ! जानी राखौं फुटबलका सबै नियम


Friday, 8 Jun, 2018 12:41 PM
फीफा वल्र्ड कपको २१ औं संस्करण १४ जुनदेखि रुसमा सुरु हुन गइरहेको छ । फीफा वल्र्ड कप २०१८, रुसका विभिन्न १२ स्थानमा खेलाइने छ । यसपटक जम्मा ३२ टिमले सहभागिता जनाउँदै छन् । पछिल्लो समय पश्चिमा देशमा मात्रै नभएर अन्य देशहरुमा पनि फुटबलको ‘क्रेज’ बढ्दै गइरहेको छ । दर्शकहरुको संख्या बढ्दै गए पनि यो खेलका सबै नियम र यसमा प्रयोग गरिने शब्दावलीको पुरा अर्थ भने थोरैलाई मात्र थाहा हुन्छ । फुटबल खेलमा प्रयोग हुने शब्द र तीनको अर्थ यस्तो छ ।

अटैकर : एक यस्तो खेलाडी, जसको काम बललाई अगाडितर्फ पास गर्दै विपक्षी टिमको गोल पोस्टमा स्कोरका लागि अवसर बनाउनु ।

ब्याक हिल :फुटबललाई पछाडितर्फ धकेल्न कुर्कुच्चाको प्रयोग गर्नु । 

ब्याक पास : ब्याक पासको प्रयोग आफ्नै गोल पोस्टतर्फ गरिन्छ । आमरुपमा खेलाडीले आफ्नो टिमको गोलकिपरसम्म बललाई पुर्याउनको लागि यस्तो गरिन्छ । यसपछि खेल एक नयाँ शीराबाट सुरु हुन्छ । 

बेंडिंग द बल : बललाई हिर्काएर अफ सेन्टरसम्म लैजानु, ताकी त्यहीँबाट हिर्काएर बललाई गोल पोस्टसम्म पुर्याउन सकियोस । 

बायसाइकिल किक :खेलको क्रममा यो एक ‘मूव’ हो जसमा खेलाडी हावामा उफ्रेर बललाई टाउको भन्दा माथिबाट आफ्नो पछाडिपट्टी स्ट्राइक गर्छ । 

सेन्टर स्पट : खेल मैदानको सबैभन्दा बीचको भागलाई ‘सेन्टर अफ दि फिल्ड’ यानी ‘सेन्टर स्पट’ भनिन्छ । जहाँबाट खेलाडीले किकको सुरुवात गर्दछ । 

कनफेडरेशन :आफ्नो क्षेत्रमा फुटबलाको लागि जिम्मेदार संगठन । 

कर्नर फ्लैग :खेल मैदानलाई चिन्ह लगाउन चारैतर्फ लगाइएको झण्डा ।

कर्नर किक : यो कर्नरबाट प्रहार गरिने एकप्रकारको फ्री–किक हो । गोल लाइनबाट बल बाहिर गएपछि अन्तिममा जसको खुट्टामा बलले छोएको थियो उसकोविरुद्व फ्री–किक दिइन्छ । 

क्रस :लामो पास, जब एक कुनाबाट दोस्रो कुनामा रहेको आफ्नो साथीलाई खेलाडीले बल पुर्याउँछ ।

डिफेंडर : एक यस्तो खेलाडी, जसको काम विरोधी टिमको स्ट्राइकर्सलाई गोल गर्नबाट रोक्ने गर्छ । 

डाइरेक्ट फ्री किक : कुनै पनि खेलाडीको अवरोध विना निश्चित ठाउँबाट गोल पोस्टमा बललाई प्रहार गर्न पाउनु । 

ड्रिबल :गुड्दै गरेको बललाई नियन्त्रण गर्नुलाई ड्रिब्लिंग भनिन्छ । 

डमी रन :डिफेन्डरलाई झुक्याउनका लागि बलविना अगाडितर्फ दौडनु । 

फार पोस्ट :बल गोल पोस्टभन्दा निकै टाढा हुनु । 

फीफा :फीफाको पूरा नाम फेडरेशन इंटरनेशनल डी फुटबल एसोसिएशन हो । 

फाउल : नियमलाईलाई बेवास्ता गर्दै खेलको उलंघन गर्नु । 

फ्री–किक :कुनै खेलाडीको गल्तीले विपक्षी टिमको कमिटेड खेलाडीले पाउने किक नै फ्री–किक हो । फ्री–किक ‘डाइरेक्ट’ र ‘इनडाइरेक्ट’ दुबै हुन सक्छ । 

गिभ एन्ड गो :यस विधालाई १–२ को नामले पनि जानिन्छ । यसमा एक खेलाडीले आफ्नो साथी खेलाडीलाई बल पास गरेर अघि बढ्छ । यसपछि दोस्रो खेलाडीले बललाई केही अघि लैजान्छ अनि उसले बल फेरी पहिलेकै खेलाडीलाई पास गर्छ । 
गोल एरिया :गोल पोस्टअघिको सुरक्षीत आयातकार एरिया । यसलाई ‘सिक्स यार्ड बक्स’ पनि भनिन्छ । 

गोल किक :डिफेंडिंग टीमको खेलाडीले गोल पोस्टतर्फबाट पाउने किक । यसमा गोलकिपरलाई अधिकार हुन्छ कि उसले आफ्नो टिमको कुन खेलाडीलाई यो मौका दिन चाहन्छ । 
गोल लाइन :गोल पोस्टमा दुबैतर्फ खिचिएका रेखालाई गोल लाइन भनिन्छ । 

गोल माउथ :गोल पोस्टभन्दा अगाडिको भाग 

गोलकिपर :बललाई आखिरी लाइनमा डिफेंड गर्ने खेलाडी । यो खेलाडीलाई बललाई हातले रोक्ने अधिकार हुन्छ ।

हेडर :बललाई पास गर्न टाउकोको प्रयोग गर्नु । 

इन स्विंगर :एक यस्तो प्रहार जसले बललाई हावामा स्विंग गर्दै सीधा गोल पोस्टमा पुर्याउन सक्छ । 

किक अफ :सेन्टर स्पटबाट किक अफको माध्यामले खेल सुरु हुन्छ । म्याचमा गोल भएपछि सेन्टर स्पटबाट किक अफ गरेपछि फेरी खेल सुरु हुन्छ । 

म्यान टू म्यान मार्किङ :डिफेंसिव टिमको एक यस्तो रणनीति जसमा हरेक अटैकिंग खेलाडीको पछाडि एक डिफेंसिव खेलाडी प्रयोग गर्नु ।

मिडफिल्डर:अटैकर्स र डिफेंडर्सको बीच खेल सम्हाल्ने जिम्मेदारी मिडफिल्डरको हुन्छ । 

नियरपोस्ट : बलको नजिकतर्फको पोस्ट ।

आब्सट्रक्शन :विपक्षी टिमको कुनै खेलाडीलाई रोक्नका लागि शरीरको गलत तरिकाले प्रयोग गर्नुलाई आब्सट्रक्सन भनिन्छ । यसमा विरोधी टिमको खेलाडीलाई फ्री–किक गर्ने मौका मिल्न सक्छ । 

अफसाइड ट्रैप : बललाई किक गरेर विपक्षी टिमको खेलाडीभन्दा अगाडीको खेलाडीतर्फ बल फाल्नुलाई अफसाइड ट्रेप भनिन्छ । 

वन टच पास :बललाई कुनै कन्ट्रोलविना एक टचका साथ साथी खेलाडीतर्फ फरवार्ड या ब्याकवार्ड गर्नु ।

आउट स्विंगर :यस्तो किक, जसले बललाई हावामा घुमाउँदै गोल पोस्टभन्दा टाढा पुर्याउनु । 

पेनाल्टी एरिया :गोल पोस्टअघिको एक यस्तो कोणको आकारको एरिया जुन गोलकिपरको अधिकार क्षेत्रमा पर्दछ । आमरुपमा यसको आकृतीको कारण यसलाई १८ यार्ड बक्स पनि भनिन्छ । 

पेनाल्टी स्पट : गोल पोस्ट भन्दा १२ यार्ड दूरीको एक यस्तो रेखा जहाँबाट पेनाल्टी किक दिने गरिन्छ । 
पेनाल्टी :खेलमा फल भएपछि विपक्षी टिमको खेलाडीलाई पेनाल्टी स्पटबाट गोल गर्ने मौका मिल्छ । यसका केबल गोल किपरले मात्र बललाई रोक्न पाउँछ । 
पिच :जुन फिल्डमा फुटबल खेल्ने गरिन्छ । 

रेड कार्ड :खेलको दौरान कुनै गम्भीर गल्तीमा म्याच रेफ्रीले कसुरदार खेलाडीलाई सजाय दिनको लागि देखाइने रातो कार्ड । रातो कार्ड देखाएपछि खेलाडी मैदानबाट बाहिरिन पर्दछ । एउटै म्याचमा दुईपटक यल्लो कार्ड पाउने खेलाडीलाई पनि रेड कार्ड दिएर मैदान बाहिर पठाउन सकिन्छ । 

यल्लो कार्ड:खेलाडीले खेलको उलंघन गरेपछि रेफ्रीले संबन्धित खेलाडीलाई दिने चेतावनी 

जोन डिफेन्स :यसमा खेलाडीले फिल्डमा विपक्षी टिमको खेलाडीबाट बल खोस्नेभन्दा पनि कुनै एक ठाउँमा बसेर डिफेंस गर्ने गर्दछ । 


Ruslan

sponserworldcup

राजनीति

​नेपालमा चिनियाँ लगानी गणनायोग्य–प्रधानमन्त्री

६ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताएका छन् । चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले आज बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा गरिने लगानी वास्तवमै नाफामूलक उद्योगका रुपमा रहने 

हेटौडामा जारी कांग्रेस भेलामा भाँडभैलो, केन्द्रिय सदस्यले धमाधम हेटौडा छाड्दै

६ असार हेटौडा । मकवानपुरको हेटौडामा जारी कांग्रेस जिल्ला सभापतिहरूको भेलामा सहभागी हुन पुगेका केन्द्रीय सदस्यहरू यता न उता भएका छन् ।  उनीहरूलाई भेलामा कसले र किन बोलाएको भन्ने स्पष्टन नभएपछि उनीहरूको बिचल्ली परेको हो । आफुहरूको भूमिका केही नभएको भन्दै धेरैजसो केन्द्रिय सदस्यहरूले हटौडा बाइबाइ भन्दै फर्पिसकेका छन् । भेलामा केन्द्रिय सदस्यहरूको कुनै भूमिका नदेखिएपछि नेताहरू धमाधम बाहिरिएका हु्न् । 

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने : प्रधानमन्त्री

६ असार, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका हुन् । सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताएका छन्। विभिन्न

अन्तर्राष्ट्रिय

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

अमेरिकी विदेशमन्त्री मनुसीनमाथि जवाफी हमला, व्यापार युद्धका लागि तयार रहन चेतावनी

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top