रेल चढ्ने सपना कहिले पुरा होला नेपालीको ?


Sunday, 3 Jan, 2016 6:42 PM
१९ मङ्सिर,काठमाडौँ । इन्धन अभावले यातायातको सास्ती बेहोर्नुपर्दा रेल र मेट्रो रेलको प्रसङ्ग उठ्ने गरेपनि नेपालमा रेल ‘कुरा बढी काम कम’ हुने विषय बन्दै आएको छ ।  सम्भाव्यता अध्ययन भएरपनि मेट्रो रेलको काम अघि बढ्न सकेको छैन । तर प्रधानमन्त्री, मन्त्री र नेताको भाषणमा भने यो सधैं बन्न लागेजस्तो गरी आउने गर्छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २९ गते देशवासीका नाममा गर्नुभएको सम्बोधनमा उपत्यकामा विद्युतीय मेट्रो रेलको व्यवस्था गरिने कुरा दोहो¥याउनुभयो । रेल विभागले दुई वर्ष अघि कोरियाली कम्पनीलाई मेट्रो रेलका विषयमा सम्भाव्यता अध्ययन गर्न लगाई प्रतिवेदन मन्त्रालयलाई दियो । प्रतिवदेन लगानी बोर्डमा पुगेको छ तर प्रक्रिया बढ्न सकेको छैन । 

“काम सुरु भएको कम्तीमा २० वर्षमा मेट्रो रेल बन्ने सम्भावना हुँदैन, तर मेट्रो रेल छिट्टै बन्ने अभिव्यक्ति आउँछ, यो असम्भव छ” – रेल विभागका महानिर्देशक अनन्त आचार्यले भन्नुभयो ।  उपत्यकामा ७७ किमी रेलमार्ग बनाउने मिल्ने सुझाव प्रतिवेदनमा छ । त्यसमा २५ किमी भूमिगत र ५२ किमी आकाशे हुन्छ । तीन भाग आकाशे र दुई भाग भूमिगत बनाउन अध्ययन कार्यदलले सिफारिस गरेको छ । 

सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक १२ किमी, कीर्तिपुर–कालिमाटीे–नयाँबानेश्वर–एयरपोर्ट ११ किमी र कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किमीमा आकाशे तथा स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमी र धोबीघाट–सिंहदरबार–नक्साल–गोङ्गबु १४ किमीमा भूमिगत बनाउन सिफारिश गरिएको छ । 

प्रतिवेदनका आधारमा मेट्रो नेपाल प्रालिले बनाएको ६५।९९ किमीको प्रतिवेदन बोर्डको दराजमा थन्किएको छ । “सरकारले लगानी गर्न नसक्ने भएकाले प्रतिवेदन आएर थन्किएको छ, प्रालिले यसमा इच्छा प्रकट गरेपनि त्यो संस्था नै अहिले सम्पर्कमा छैन, ६५।९९ किमीको निर्माण लागत रु २३ हजार ७५६।४० लाग्ने उल्लेख छ” – उहाँले भन्नुभयो । 

आकाशे रेलमार्ग निर्माणमा सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक १२ किमीका लागि रु ७८ अर्व ३६ करोड, कीर्तिपुर–कालिमाटीे–नयाँबानेश्वर–एयरपोर्ट ११ किमीका लागि रु ६८ अर्व ६ करोड र कोटेश्वर–चावहिल–स्वयम्भू २९ किमीका लागि रु एक खर्ब ५१ अर्व लाग्ने अनुमान गरिएको महानिर्देशक आचार्यले जानकारी दिनुभयो । भूमिगत रेलमार्ग निर्माणमा स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमीलाई रु एक खर्ब १८ अर्ब र धोबीघाट–सिंहदरबार–नक्साल–गोङ्गबु १४ किमीका लागि रु एक खर्ब ३९ अर्व ५० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । उपत्यकामा पाँचवटा विद्युतीय मेट्रो रेल निर्माणलाई कुल रु पाँच खर्ब ४७ अर्व १७ करोड लाग्ने अध्ययन प्रतिवेदनले देखाएको छ । 

मेची–काली रेलमार्गको काम सुस्त 

सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको मेची–काली रेलमार्गको कामले गति लिन सकेको छैन । 
राष्ट्रिय गौरवको आयोजना भएपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो नदिँदा रेलमार्गको कामले गति लिन नसकेको हो । यातायातलाई सहज र सुलभ बनाउन रेलमार्गको आवश्यकता भएपनि सम्बन्धित निकायको बेवास्ताले समस्या भएको विभागका अधिकारीहरुको गुनासो छ । 

रेलमार्गको विकास गर्न विसं २०६८ असार १ गते विभाग र २०६६ मा विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न विद्युतीय रेलवे आयोजना बन्यो । आयोजनाले उपत्यकामा मेट्रो रेल, मेची–काली विद्युतीय रेलमार्ग लगायत रेलमार्गका विषयमा कोरियाली कम्पनीमार्फत् सम्भाव्यता अध्ययन ग¥यो ।  मेची–काली रेलमार्गको शुभारम्भ सरकारकै बजेटमा भएको हो । “राष्ट्रिय गौरवको आयोजनालाई वन, वातावरण भनेर काम रोकिरहने हो भने अरु सरह राखे भइहाल्यो नि १ किन विशेषण थप्नुप¥यो रु, हामी पनि विनाश त गर्दैनौँ” – महानिर्देशक आचार्यले भन्नुभयो । 

निकुञ्जबाट जाने रेलमार्गमा काम रोकिएको छ । सर्लाहीमा कल्भर्ट बनाउने र माटो पुर्ने काम वातावरणीय प्रभाव मूल्याङ्कनका कारण रोकिएको हो । प्रति किमी रेलमार्ग निर्माण गर्न रु ५० करोड लाग्नेछ । मेची–महाकाली रेलमार्गको काम आव २०७०÷७१ देखि सुरु भएको हो । लालबन्दी–बर्दिवास ३० किमीमा पनि कल्भर्ट र माटो पुर्ने काम भइरहेकामा तराई आन्दोलन र इन्धन अभावका कारण रोकिएको छ । यसको लागत रु ३० अर्ब छ । 


global ime

Ruslan

runner bike

राजनीति

उपसभामुखले राजीनामा दिनुहुन्छ : प्रवक्ता श्रेष्ठ

४ माघ, नवलपरासी । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने बताएका छन् । सभामुख पदका लागि पार्टीले उम्मेदवारी दिने निर्णय गरिसकेको उल्लेख गर्दै श्रेष्ठले उपसभामुखले राजीनामा दिएपछि मात्रै पार्टीले सभामुखमा उम्मेदवारी दिन संविधानअनुसार मिल्ने बताए । सभामुख चयनमा ढिलाइ भएको उनले स्वीकार गरे । ‘सभामुख चयन अलि ढिलो भएको भन्ने कुरा सत्य हो । तर पनि हामी छिटै निष्कर्षमा पुर्याउँछौं,’ शनिबार नवलपरासीमा पत्रकारहरूसँग श्रेष्ठले भने, ‘माघ ६ गते संसद बैठक बोलाइएको छ । सूचना टाँसेर स्थगित गर्नु हुँदैन ।’

गुटका कारण कांग्रेसले कम्युनिस्टसँग लड्न सकेन : पौडेल

४ माघ, रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस बलियो प्रतिपक्षी बन्न नसक्नुको कारण पार्टीभित्रको गुटबन्दी भएको बताएका छन् । गुटबन्दीका कारण पार्टी कमजोर भएको भन्दै उनले एकजुट हुन आग्रह गरे । ‘कांग्रेसका नेता कुनै एक गुटको अभिभावक भएर अहिलेको कम्युनिस्टविरुद्ध लड्न सकिँदैन,’ प्रेस युनियन रामेछापले शनिबार मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले भने, ‘कम्युनिस्टविरुद्ध लड्ने हो भने पहिले पार्टीलाई बलियो बनाउनुपर्छ ।’ अहिलेको सरकार इतिहासकै भ्रष्ट भएको दाबी पनि उनले गरे । ‘सरकारले भ्रष्टाचारलाई संस्थागत रूपमै सरक्षण गरेको छ,’ नेता पौडेलले भने ।

राष्ट्रिय सभामा जनमोर्चाको उम्मेदवार : गण्डकीमा बराल, प्रदेश ५ मा पौडेल

४ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले राष्ट्रियसभा सदस्यका लागि २ उम्मेदवार अघि सारेको छ । जनमोर्चाले गण्डकी प्रदेशमा शंकरप्रसाद बराल र ५ नंं प्रदेशमा शिवप्रसाद पौडेललाई उम्मेदवार बनाएको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी र प्रदेश ५ बाट पार्टीले उठाएको २ उम्मेदवारले अन्य समूहबाट प्रतिस्पर्धा गर्ने जानकारी दिए । जनमोर्चाले आफ्ना उम्मेदवारलाई विजयी गराउन प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखहरूसँग भोटसमेत मागेको छ । राष्ट्रियसभाको १८ सिट रिक्त हुँदैछ । त्यसका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ ।

अन्तर्राष्ट्रिय

ट्रम्पमाथि सिनेटमा महाभियोग प्रक्रिया औपचारिक रूपमा शुरू, यस्तो छ उनको हट्ने या रहने संभावना

अमेरिकी संसद्‌को माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ।ट्रम्प विरुद्धका आरोपहरू सिनेटमा पढेर सुनाइएको छ भने सुनुवाइ प्रक्रियामा सहभागी हुने सबै सयजना सिनेटरहरूलाई शपथ दिलाइएको छ।
प्रमुख अभियोजनकर्ता एड्म स्किफले अहिलेसम्म कुनै पनि राष्ट्रपतिले महाभियोगसम्बन्धी छानबिनलाई प्रक्रियागत रूपमा अवरोध पुर्‍याउन नभनेको बताए। ट्रम्पमाथि 

राष्ट्रपति पुटिनद्वारा मिखाइल मिसुस्टिनलाई रुसको नयाँ प्रधानमन्त्री नियुक्त

२ माघ, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मिखाइल मिसुस्टिनलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । दिमित्रि मेद्भेदेवले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि राष्ट्रपति पुटिनले मिसुस्टिनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।  मिसुस्टिन संघीय कर सेवा प्रमुखका रुपमा कार्यरत थिए । ‘भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गर्नुभएको छ,’ क्रेमलिनद्वारा जारी वक्तव्यमा लेखिएको छ । राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेवले बुधबार राजीनामा दिएका हुन् । 

भाजपाले २०१९ को चुनाव प्रचारमै सक्यो १२ सय करोड

२ माघ, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले २०१९ को लोकसभा चुनाव र चारवटा प्रदेशसभा चुनावको प्रचार प्रसारमा मात्रै भारु १२ सय ६४ करोड खर्च गरेको छ। सन् २०१४ को चुनावमा भाजपाले जम्मा ७ सय १४ करोड खर्च गरेको थियो। जबकी भारतीय कांग्रेसले पछिल्लो लोकसभा चुनावमा ८ सय २० करोड खर्च गरेको छ भने २०१४ को चुनावमा ५ सय १६ करोड खर्च गरेको थियो।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top