esewa
kantipur mall

रेमिटयान्स कम्पनीका दसैंतिहार उपहार : डबलको डबलदेखि हेलिकप्टरमा भ्रमणसम्म


Thursday, 3 Oct, 2019 4:13 PM
१६ असोज, काठमाडौं । ठूला चाडपर्व नजिकिँदै गर्दा विभिन्न रेमिटयान्स कम्पनीहरूले आकर्षक उपहार योजनासहितका अफर ल्याएका छन् ।यो उपहार योजना अन्तर्गत रेमिटयान्स पठाउने भाग्यशाली ग्राहकले डबलको डबलदेखि हेलिकप्टरमा भ्रमण गर्ने अवसरसम्म पाउने छन् । दसैंतिहार, छठलगायतका चाडपर्वमा विदेशिएका नेपालीले देशमा रहेका आफन्तलाई खर्च पठाउने भएकाले अन्य समयभन्दा बढी रेमिटयान्स भित्रिने गर्छ । त्यसै अवसरमा विदेशबाट रकम पठाउने र स्वदेशमा रकम बुझ्ने सर्वसाधारणलाई आकर्षित गर्नका लागि रेमिटयान्स कम्पनीहरूले विभिन्न उपहार योजना सञ्चालन गरेका हुन् ।

रेमिटयान्स सेवा प्रदायक कम्पनीहरूले चाडपर्वलाई लक्ष्य गरी रकम पठाउने र लिने ग्राहकहरूलाई आकर्षक उपहार योजना सञ्चालन गरिरहेका छन् । दसैं नजिक आइसकेकाले धेरैजसो रेमिटयान्स कम्पनीले दसैंतिहार लक्ष्य गरेर उपहार योजना ल्याइसकेका छन् ।

प्रभु मनि ट्रान्सफर, आइएमई, सिटी एक्सप्रेस मनि ट्रान्सफर, वेस्टन युनियन मनि ट्रान्सफरलगायतका रेमिटयान्स कम्पनीहरूले उपहार योजना सार्वजनिक गरिसकेका छन् । दसैंतिहारमा विदेशबाट रकम पठाउने मध्ये लक्की ड्रमा विजयी हुने ग्राहकले त्यस्तो उपहार प्राप्त गर्ने छन् ।  गत वर्ष पनि दसैं र तिहारलाई लक्ष्य गरी रेमिटेन्स कम्पनीले यस्तै उपहार योजना ल्याएका थिए ।

प्रभु मनि ट्रान्सफरले दसंै, तिहार तथा छठ पर्वको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी ‘चाडपर्वको उमंग, रमाऔं प्रभुसँग’ भन्ने नयाँ योजना ल्याएको छ । उक्त योजनामा प्रभु मनि ट्रान्सफरबाट कारोबार गर्ने हरेक व्यक्ति यस योजनामा सामेल हुन सक्नेछन् ।

यस योजनामा एक जोडी भाग्यशाली बिजेताले प्रभु हेलिकप्टरमा कालिञ्चोक भ्रमण गर्ने अवसर पाउनेछन् । साथै, अन्यले विभिन्न उपहारहरूमा टिसर्ट, क्याप र प्रभु टिभी सेटटप बक्स पाउने छन् ।

आइएमईले दसैं तथा दीपावली लक्षित सेवाग्राहीमुखी योजना ‘यो दशैमा खुसीलाई डबलको डबलको डबल गरौं’ योजना ल्याएको छ। कात्तिक ३० सम्मका लागि उक्त योजना ल्याएको आइएमई ग्रुपका जनसम्पर्क अधिकृत राजु पौडेलले बताए ।

उक्त अवधिसम्म रेमिटयान्सको कारोबार गर्ने ग्राहकलाई हरेक दिन आइएमई पेमार्फत् पैसा पठाउने सेवाग्राहीलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता २ जना सेवाग्राहीलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने भएको छ ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । सेवा र सर्तअनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत गरिने भएको छ ।

यसैगरी, सिटी एक्सपे्रसले ‘लखपति एक्सप्रेस २०७६ न यति न उति सीधै लखपति’ योजना ल्याएको छ । कात्तिक ३० सम्मका लागि उक्त योजना ल्याएको सिटी एक्सप्रेसले बताएको छ । उक्त योजनामा सिटी एक्सप्रेसबाट रेमिटयान्सको कारोबार गर्ने ग्राहकलाई हरेक महिना लक्की ड्रमार्फत् एक जनालाई १ लाख दिइने भएको छ ।

यस्तै, कम्पनीका ग्राहकले दशैं योजनामा दैनिक १० जनाले २०० रुपैयाँ रिचार्ज, हरेक साता १ जनाले १० हजार रुपैयाँ दिने कम्पनीले जनाएको छ । उपहार योजनाको अन्त्यमा बम्पर उपहार १० लाख दिइने भएको छ ।

वेस्टर्न युनियन मनि ट्रान्सफरले आफ्नो माताहतमा रहेर रेमिटयान्सको कारोबार गर्ने ग्राहकहरुलाई दशैंमा डबल पैसा योजना ल्याएको छ । योजना अन्तर्गत आफ्ना ग्राहकहरुलाई कात्तिक ३१ गतेसम्म रेमिटयान्सको कारोबार गर्दा कारोबार रकमको दोब्बर पाउने छन् । पैसा डबल योजनामा रकमको सीमालाई भने ५० हजार रुपैयाँ गरिएको छ ।

उक्त मनि ट्रान्सफरमार्फत् २५ हजार रुपैयाँसम्म आएको रकमलाई कम्पनीले २५ हजार थप गरी ५० हजार रुपैयाँ दिनेछ । साथै २५ हजार रुपैयाँभन्दा माथिको रकममा भने डबल योजना नभइ निश्चित रकम थप गरी ग्राकलाई दिइने कम्पनीले जनाएको छ । उपहार योजनाको अन्त्यमा बम्पर उपहारमा लक्की ड्रमार्फत् १ जनालाई १० लाख रुपैयाँ दिइने बताइएको छ ।

हाल करिब ४० लाख नेपालीहरु अध्ययन, व्यवसाय र रोजगारको सिलसिलामा विदेशमा छन् । उनीहरुले आफूले कमाएको रकम रेमिटेन्स कम्पनीमार्फत नेपाल पठाउँदै आएका छन् । चाडवाडमा नेपालीको नयाँ लगाउने, मिठो खाने संस्कृति भएकाले चाडपर्वका लागि भन्दै विदेशमा रहेका आफन्तले पैसा पठाउने गरेको रेमिटयान्स कम्पनीका सञ्चालकहरु बताउँछन् ।  ‘कहिल्यै पैसा नपठाउने व्यक्तिहरु पनि यो सयमा परिवारलाई खर्च भन्दै पैसा पठाउने गर्छन,’ एक रेमिटेन्स कम्पनीका सञ्चालकले भने, ‘त्यसैले सामान्य समयको तुलनामा यसबेला रेमिटेन्स आप्रवाह बढी हुन्छ ।’

गत आर्थिक वर्ष ८ खर्ब ७९ अर्ब रेमिटयान्स नेपाल भित्रिएको थियो। जसमा करिव ८९ अर्ब रुपैयाँ असोज महिनामा मात्रै भित्रिएको थियो ।


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

केपी ओलीले इन्डो–प्यासिफिक रणनीतिको सेवा गरे : मोहनविक्रम सिंह को आरोप

४ कात्तिक, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई दक्षिणपन्थी विचलन भनेर टिप्पणी गरेका छन् । यद्यपि सी विचारधाराको आलोचना गरे पनि चीनसँगको सम्बन्ध विस्तारलाई नेकपा मसालले महत्व दिने उनले बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको एक सातापछि प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले भनेका छन, ‘सीको विचारधारा वास्तवमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन नभएको दक्षिणपन्थी संशोधनवादी विचारधारा हो । त्यहाँको कथित नयाँ ढाँचाको समाजवादी व्यवस्था वास्तवमा पूँजीवादी व्यवस्था हो र त्यसले अब साम्राज्यवादको रुप लिइसकेको छ ।’

प्रधानमन्त्री बिहीबार बाकु जाने, मुख्य सन्देश–असंलग्न आन्दोलनलाई महत्व

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन यही कात्तिक ७ गते (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी कात्तिक १० गते आइतबार स्वदेश फर्किनेछन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालले सधैँ असंलग्न आन्दोलनलाई महत्व दिँदै आएको बताउँदै यसपालि पनि महत्व दिएर नै प्रधानमन्त्री स्तरबाट भ्रमण हुन लागेको जनाए । 

महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

३ कात्तिक, काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । 

अन्तर्राष्ट्रिय

​कश्मीरको सीमा क्षेत्रमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु

३ कात्तिक, काठमाडौं । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

ब्रेक्जिटमा ढिलाईको माग गर्दै बेलायती प्रधानमन्त्रीद्वारा ईयूलाई पत्राचार

३ कात्तिक, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले ब्रेक्जिटलाई ढिलो गर्न आग्रह गर्दै युरोपेली संघ (ईयू)लाई पत्राचार गरेका छन् । ब्रेक्जिट प्रक्रियाको अन्तिम टुंगो लगाउने म्याद यही अक्टोबर ३१ सम्मको रहेपनि शनिबार हाउस अफ कमन्समा भएको मतदानले सो समयावधीलाई अस्वीकार गरेको थियो । त्यसैले जोहन्सनले ईयूलाई पत्राचार गरेका हुन् । तर उनले समयावधी थप्न आग्रह गर्दै पठाएको पत्रमा हस्ताक्षर भने गरेका छैनन् । ईयू काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ट्विट गर्दै जोहन्सनको पत्र पाएको उल्लेख गरेका छन् । कसरी प्रतिक्रिया जनाउने भनेर अब ईयूका नेताहरुसँग छलफल गर्ने उनले जनाएका छन् । 

कुर्द नहटेमा टाउको फुटाइदिने टर्कीका राष्ट्रपतिको चेतावनी

३ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले यदि उत्तरी सिरियाको सीमामा प्रस्तावित ‘सेफ जोन’बाट कुर्द लडाकु नहटेमा उनीहरुको टाउको फुटाइदिने चेतावनी दिएका छन् । टर्की विहीबार सो क्षेत्रमा सैनिक कारवाही स्थगन गर्नका लागि राजी भएको थियो । यद्यपि यो रोक ५ दिनका लागि मात्रै हो । तर शनिबार दुवै पक्षले युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका थिए । टर्कीले कुर्दहरुलाई आतंककारी मान्दै आएको छ र सिरियाको सीमा क्षेत्रमा ‘सेफ जोन’ बनाउने उसको लक्ष्य रहेको छ । अस्थायी युद्धविरामको बावजुद सीमा शहर रास अल अएनमा शनिबार छिटपुट हिंसा भएको थियो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top