​नेपालको अर्थतन्त्रमा अर्को धक्का : रेमिट्यान्समा गिरावट


Tuesday, 18 Oct, 2016 4:54 PM



एलिजा,उप्रेती ।

 देशमा राजनीतिक अस्थिरता ,कमजोर सुशासनकै कारण अवसरबाट बञ्चित कैयौ यूवाहरु विदेश पलायन हुनेक्रम रोकिएको छैन । मुलुकमा दिनप्रतिदिन बेरोजगारी संख्या बढेसँगै काम र अवसरको खोजीमा विदेशिनेक्रम बढ्दै गयो । २०७२/७३ सम्ममा रोजगारीको लागि मुलुक छाडेर जाने नेपालीको संख्या ४३ लाख ७८ हजार पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा छ ।

यसैको परिणाम स्वरुप आ.व. २०५०/५१ मा विप्रेषण आप्रवाह रु. २ अर्ब १५ करोड रहेकोमा आ.व. २०७१/७२ मा रु. ६ खर्ब १७ अर्ब रह्यो जसको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.१ प्रतिशत हुन आउँछ ।विप्रेषण रकमको हिसाबले विश्वमा नेपाल २३ औं स्थानमा छ । २०७२/०७३ मा अन्तिम श्रम स्विकृतिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने गत अघिल्लो बर्षको तुलनामा १८ दशमलव ४ प्रतिशतले घटेको छ अर्थात ४ लाख १८ हजार रहेको छ । अघिल्लो बर्ष यसको संख्या २ दशमलव ८ प्रतिशतले घटेर ५ लाख १२ हजार रहेको थियो । यसरी बैदेशिक रोजगारमा जानेको संख्यामै गिरावट आएपछि  विप्रेषण  आप्रवाहमा असर पर्छ नै  । 

नेपाल जस्तो कम विकसित देश कृषि पछिको दोस्रो रेमिट्यान्समा आधारित अर्थतन्त्र हो । सरकारले रोजगारीका लागि विदेशिनेलाई लक्षित गर्दै फ्रि भिसा फ्रि टिकटको नीति ल्याएपनि त्यसलाई कडाइका साथ लागु गर्न सकेको छैन् । व्यवसायीहरुले नै यसलाई असहयोग गर्दै आएका छन् । यसकारण पनि विदेशिनेको संख्यामा गिरावट आएको कतिपयको आँकलन छ । 
गत साउन महिनामा रेमिट्यान्स आप्रवाह २.५ प्रतिशतले घटेर रु ५१ अर्ब ९४ करोड पुगेको नेपाल राष्ट्रबैंकको तथ्याङ्क छ । अघिल्लो बर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २६.३ प्रतिशतले बृद्धि भएको थियो । यस्तै आव ०७१/७२ मा रेमिट्यान्स आप्रवाहको कुल ग्राहस्थ उत्पादनसँगको अनुपात २९.१ प््रतिशत रहेकोमा अघिल्लो आवमा यो अनुपात २९.६ प्रतिशत थियो । 

हुनत रेमिट्यान्सले दिगो बैदेशिक मुद्रा आम्दानी त गर्दैन तर पनि रेमिट्यान्सले धानेको अर्थव्यवस्थामा  रेमिट्यान्स घट्नुले ठुलै झट्का दिन्छ । विदेशमा पसिना बगाएकै कारण एक छाक खान र लाउन सजिलो भएका तिनका परिवारलाई विदेशीने क्रममा गिरावट आएपछि असर पर्छ । नेपाल मात्र होइन विश्वका कतिपय देश रेमिट्यान्सकै कमाइले बाँचेका छन् । 

आर्थिक वर्ष २०७२/७३ मा मुलुकको समष्टिगत आर्थिक स्थायित्वका प्रमुख सूचकहरु नियन्त्रणभित्र रहेको भनिएपनि  समग्र आर्थिक गतिविधि  सन्तोषजनक रहेन् । फलस्वरुप, आर्थिक वर्ष २०७२/७३ मा मुलुकको समग्र आर्थिक वृद्धिदर न्यून रहने देखिन्छ । 

विश्व बैंकले समेत रेमिट्यान्समा कमी आउनुले बैक तथा वित्तिय सँस्थाको खराव कर्जा बढ्न सक्ने ,चालु खातामा नोक्सानी आउने ,शोधानान्तर अवस्था कमजोर हुने जस्ता चेतावनी दिइसकेको छ । भुकम्पले थिलो थिलो बनेको आर्थिक अवस्थालाई नाकाबन्दीले झन गिरायो । देशको अर्थतन्त्रमा असर गरेका यी घटनापछि पछिल्लो समय घट्दै गएको रेमिट्यान्सले झनै चुनौती थपिदिएको छ । 








 



Nmc

bijuli

paicho

bussewa

राजनीति

​म्याग्दीमा ७४ हजार मतदाता नामावली दर्ता

 १७ फागुन म्याग्दी । म्याग्दी जिल्लामा ७४ हजार जनाभन्दा बढीको तस्बिरसहितको मतदाता नामावली दर्ता भएको छ । 
जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा हालसम्म ३८ हजार ७९२ जना महिला, ३५ हजार ४८३ पुरुष र एकजना तेस्रो लिङ्गीले तस्बिरसहितको मतदाता 

सेना परिचालन गरेर भएपनि निर्वाचन गर्नुपर्छ : विजुक्छे

१६ फागुन,भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन्  । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि 

​स्थानीय चुनावका लागि निर्वाचन आयोगमा दल दर्ताको काम सुरु

१६ फागुन, काठमाडौं । स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा दल दर्ताको काम सुरु भएको छ । सोमबार नेपाल समावेशी पार्टीले दल दर्ता गरेको छ । अरु केही दलले पनि दल दर्ताको लागि फारम लगेका छन् ।

प्रवास/अन्तर्राष्ट्रिय

​ट्रम्पले रात्रिभोजको निम्तो बहिस्कार गरे

१६ फागुन, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारकर्मीको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताएका छन् । ह्वाइट हाउस पत्रकार संघले बार्षिक रुपमा आयोजना गर्दै आएको रात्रिभोजमा सहभागी नहुने ट्रम्पले घोषणा गरेका छन् ।

​२ बर्षदेखिनै चुरोटका अम्मली बनेका अल्दी दिनमै ४० चुरोट खान्छन्

इंडोनेशियामा बस्ने अल्दी रिजाल २ बर्षदेखिनै चुरोटका अम्मली बने ।उनले चुरोट पिउदै गरेको फोटो इन्टरनेटमा केही समय अघि निके भाइरल बनेको थियो ।  यि बच्चाले दिनमै ४० ओटा चुरोट पिउँथे । 

रक्सी खाएर मानिसको भिडबाट गाडी चलाउँदा २८ घाइते

१५ फागुन ।  अमेरिकाको न्यु ओर्लिन्स शहरमा रक्सी खाएर एक व्यक्तिले गाडी चलाउँदा २८ जना घाइते भएका छन् । ती ड्राइभरले न्यु ओर्लिन्समा परेड हेर्न जम्मा भएमा भिडको बिचबाट गाडी चलाएका थिए ।  ती घाइतेलाईउपचारका लागि अस्पताल भर्ना गरिएको रोयटर्सले जनाएको छ । 

बिचार

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो।

Top